होण्डाको कार किन्ने सोच्दै हुनुहुन्छ ? यस्ता छन् मोडेल (मूल्य सहित)
काठमाडाैं । जापनिज कार उत्पादक कम्पनी होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपालमा उक्त ब्राण्डका ९ अलग मोडेलका कारहरु बिक्री वितरण गर्दै आइरहेको छ । यस्ता मोडेलहरुमा डब्लुआर–भि, ब्रिओ, सिआर–भि, बिआर–भि, अमेज, ज्याज, सिटि, सिभिक र एचआर–भि लगायत पर्छन् भने ती मोडेलहरु १२०० सीसी देखि लिएर १५०० सीसी सम्मका छन् । कम्पनीले जनाए अनुसार यी मोडेलहरु ३१ भेरियन्टका साथ नेपाली बजारमा उपलब्ध छन् भने ती भेरियन्टहरुको मूल्य २९ लाख २५ हजार रुपैयाँ देखि लिएर १ करोड ३३ लाख रुपैयाँ सम्म पर्दछ । कम्पनीको हालको अफर अनुसार ग्राहकहरुले होण्डा कारको खरिदमा मोडेल अनुसार एक लाख २५ हजार रुपैयाँ देखि लिएर पाँच लाख रुपैयाँ सम्मको नगद छुट पाउनेछन् भने त्यसका साथै एक आर्थिक वर्षको रोड ट्याक्स क्लियरेन्स, एक वर्षको निःशुल्क इन्स्योरेन्स र त्यसैगरी २० हजार रुपैयाँ मूल्य बराबरको एक्सेसरिजहरु पनि प्राप्त गर्नेछन् । होण्डाका कारहरु विश्व बजारमा यसको विश्वसनियता र राम्रो लुक्सका लागि प्रख्यात रहेका छन् । नेपालमा हाल उपलब्ध भइरहेको होण्डा कारहरुको मूल्य सूची यस प्रकार रहेको छ ः
साढे सात लाख ‘स्मार्ट’ कार्ड छाप्न बाँकी, एक दिनमा कार्ड कहिले पाइन्छ ?
काठमाडौँ । यातायात व्यवस्था विभागमा अहिले झण्डै साढे सात लाख ‘स्मार्ट’ कार्ड (चालक अनुमतिपत्र) छाप्न बाँकी रहेको छ । यो ‘मास प्रिन्टर’ ले पूर्ण क्षमतामा छपाइ गर्नु पहिले अहिले देशभरका यातायात कार्यालयबाट छपाइका आवेदन परेको सङ्ख्या हो । पहिले साना क्षमताका प्रिन्टरले छपाइ गर्दा छाप्न बाँकी कार्डको सङ्ख्या धेरै भएको विभागले जनाएको छ । ‘मास प्रिन्टर’ पूर्ण क्षमतामा काम गर्दा केही महिनामा नै सकिने विभागका महानिर्देशक गोगनबहादूर हमालले बताए । ‘मास प्रिन्टर’ को क्षमता प्रतिघण्टा चार पाँच सयसम्म कार्ड छाप्ने रहेको छ । पहिले सञ्चालनमा रहेका साना क्षमताका उपकरणसमेत सञ्चालनमा ल्याइने उनको भनाइ छ । पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइका लागि कार्ड पर्याप्त नभएपनि अहिले कार्ड खरीद भइसकेको उनको भनाइ छ । उनले भने, “छाप्न बाँकी कार्ड सकिनासाथ सकेसम्म एक दिनमा कार्ड दिन हामी प्रयास गर्नेछौँ ।” सरकारले ‘स्मार्ट’ चालक अनुमतिपत्र छपाइ शुरु गरेसँगै नै समस्या आएको थियो । एकातिर भएका उपकरण देशभरका अनुमतिपत्र छाप्नका लागि पर्याप्त नभएको र भएका उपकरणमा समेत समस्या आउँदा छाप्न बाँकी कार्डको सङ्ख्या बढिरहेको थियो । सरकारले ‘मास प्रिन्टर’ दुई महिना पहिले ल्याएको थियो । अहिले जडान सकिएर परीक्षणसमेत भइसकेको छ । रासस
बिएस६ इञ्जिनमा आयो यामाहाको एफजि सिरिज, टर्कमा वृद्धिका साथै कलर अप्सन पनि थपियो
काठमाडाैं । जापनिज मोटरसाइकल कम्पनी यामाहाले आफ्नो पहिलो बिएस६ कम्प्लायन्ट उत्पादन ‘एफजि भी३’ र ‘एफजि-एस भी३’ लाई भारतमा सार्वजनिक गरेको छ । भारतिय बजारमा यी बिएस६ प्रदुषण मापदण्ड अनुरुपका मोटरसाइकलहरुको मूल्य क्रमशः ९९ हजार दुई सय र एक लाख एक हजार दुई सय रुपैयाँ तोकिएको छ । दुवै मोटरसाइकलकाे मूल्य पहिलेको तुलनामा दुई हजार पाँच सय रुपैयाँको वृद्धि भएको कम्पनीले जनाएको छ । त्यसैगरी, कम्पनीले एफजिएस भी३ लाई ‘मेटालिक रेड’ र ‘डार्कनाइट’ गरी थप दुई कलर स्किममा उपलब्ध पनि गराएको छ जसमध्ये ‘डार्कनाइट’ चाहिँ थप एक हजार पाँच सय रुपैयाँ महँगो रहेको छ । नयाँ एफजि भी३ र एफजिएस भी३ मा पहिले दिइएकै १४९ सीसी सिङ्गल-सिलिण्डर एफआई इञ्जिन समावेस गरिएको छ । यामाहाका अनुसार यस इञ्जिनको कम्प्रेसन रेशियो ९.६ः१ रहेको छ जुन पहिलेको भन्दा बढी हो । यस इञ्जिनले पहिलेको भन्दा केहि कम पावर प्रोड्युस गर्छ भने टर्क चाहिँ बढी प्रोड्युस गर्छ । तुलनात्मक रुपमा भन्नुपर्दा पहिलेको बिएस४ इञ्जिनले १३.२ एचपीको पावर र १२.८ एनएमको टर्क प्रोड्युस गर्थ्याे भने अहिलेको बिएस६ इञ्जिनले १२.४ एचपीको पावर र १३.६ एनएमको टर्क प्रोड्युस गर्दछ । एफजि भी३ र एफजिएस भी३ का अन्य फिचरहरुमा भने कुनैपनि परिमार्जन गरिएको छैन । यी मोडेलहरुमा डवल डिस्क, सिङ्गल च्यानल एबीएस, टेलिस्कपिक फर्क, मोनोशक र पहिले दिइएकै इन्स्ट्रुमेन्ट क्लष्टर समावेश छन् । कम्पनीका अनुसार यामाहाले चाँडै नै आफ्ना अरु उत्पादनहरुलाई पनि बिएस६ इञ्जिनका साथ बजारमा ल्याउने तयारी गरिरहेको छ । नेपालका लागि यामाहा टू-ह्विलर्सको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेज प्रा.लि.ले हाल बिएस४ कम्प्लायन्ट एफजिएस भी३ लाई तीन लाख १८ हजार नौ सय रुपैयाँ मूल्य तोकेर नेपाली बजारमा बिक्री वितरण गरिरहेको छ ।