बीएस ६ प्रदूषण मापदण्डको प्रभाव, रोकिन सक्छ रोयल इन्फिल्डका यी मोडेलहरुको उत्पादन
काठमाडौं । भारतिय मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्डले आफ्ना ५०० सीसीका सम्पूर्ण मोडेलहरुको उत्पादन बन्द गर्ने प्रवल सम्भावना रहेको कुरा भारतिय मिडियाहरुले उल्लेख गरेका छन् । अप्रिल २०२० बाट भारतमा अनिवार्य गरिएको ‘बीएस६प्रदूषण मापदण्ड’ अनुरुप रोयल इन्फिल्डले आफ्ना ५०० सीसीका मोडेलहरुमा कुनै परिमार्जन नगरिकनै डिस्कन्टिन्यू गर्ने सम्भावना बढेर गएको हो । बीएस६ प्रदूषण मापदण्ड अनुरुप रोयल इन्फिल्डले ५०० सीसीका मोडेलहरुलाई परिमार्जन गर्नुपरेमा कम्पनीले ठूलो लगानी थप्नु पर्नेछ ।लगानी थप्नुभन्दा यी मोडेलहरुको उत्पादन नै बन्द गर्नुमाकम्पनीले आफ्नो हित देखेको हुन सक्छ । रोयल इन्फिल्डको ५०० सीसी का मोटरसाइकलहरुको उत्पादन बन्द हुन सक्ने अर्को कारणमा६५० सीसी ट्वीन्स (इन्टरसेप्टर र कन्टिनेन्टल जिटि) को लञ्चलाई पनि आधार मान्न सकिन्छ । भारतिय बजारमा ५०० सीसीका मोटरसाइकलहरुको मागमा ठूलो गिरावट आइरहेको वेला यी ६५० सीसीका मोटरसाइकलहरुको माग ह्वात्तै बढ्नुले पनि उक्त सम्भावनालाई मलजल गरेको छ । रोयल इन्फिल्डको ५०० सीसी फेमेलीमा हाल ‘क्लासिक ५००’, ‘बुलेट ५००’ र ‘थन्डरबर्ड ५००’ गरी तिन मोडेलहरु रहेका छन् । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोवाइल्स प्रा.लि.ले नेपालमा ५०० सीसीका सम्पूर्ण मोडेलहरुको विक्रिवितरण भने केहि महिना अघि बाट नै बन्द गरिसकेको छ ।
यस्तो छ महिन्द्राको ‘एक्सयुभि३००’, सुरुवाती मूल्य ३९ लाख ७५ हजार
काठमाडाैं । इण्डियन अटोमेकर कम्पनी महिन्द्राको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा विक्री वितरण गर्दै आइरहेको छ । महिन्द्राको लोकप्रिय मोडेलको रुपमा चिनिने ‘एक्सयुभि३००’ नेपाली बजारमा ३९ लाख ७५ हजार रुपैयाँ सुरुवाती मूल्यका साथ उपलव्ध रहेको छ । यस एसयुभिका डब्लु४, डब्लु६, डब्लु८ र डब्लु८(ओ) गरी ४ अलग भेरियन्टहरु रहेका छन् । महिन्द्राले एक्सयुभि३०० मा मेमोरी फङ्सन सहितको डुअल–जोन क्लाइमेट कन्ट्रोल, टायर प्रेशर मोनिटरिङ्ग सिस्टम्स, १२ भोल्टको व्याट्री, फ्रन्ट पार्किङ्ग सेन्सर्स, एबीएस, ईबीडी जस्ता विशेषताहरु समावेस गरेको छ । यस एसयुभिको टप भेरियन्ट डब्लु८(ओ) मा भने ७ ओटा एयरब्याग्स, इलेक्ट्रिक सनरुफ, क्रुज कन्ट्रोल, एलईडी डे–टाइम रनिङ्ग ल्याम्प्स, स्मार्ट फोन कनेक्टिभिटी सहितको ७–इञ्च टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम जस्ता फिचरहरु पनि समावेस रहेका छन् । ‘एक्सयुभि३००’ ११९७ सीसीको पेट्रोल इञ्जिन र १४९७ सीसीको डिजेल इञ्जिन अप्शनमा उपलब्ध रहेको छ । यस एसयुभिमा समावेस पेट्रोल इञ्जिनले ११० बीएचपीको पावर र २०० एनएमको टर्क प्रोड्युस गर्दछ भने डिजेल इञ्जिनले चाहिँ ११५ बीएचपीको पावर र ३०० एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस एसयुभिमा६–स्पिड गियरबक्स दिइएको छ । ५ सिटर यस एसयुभिको चारओटै चक्काहरुमा डिस्क ब्रेक जडान गरिएको छ । त्यसैगरी यस एसयुभिको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर रहेको छ भने फ्युल ट्याङ्क क्यापासिटी चाहिँ ४२ लिटरको रहेको छ । अग्नि इन्कर्पोरेटेडले एक्सयुभि३०० को हाल नेपालमा उपलब्ध भेरियन्टहरुको मूल्य यस प्रकार तोकेको छ:
टोयोटाले इटिओस फेमेलीकाे उत्पादन बन्द गर्दै, यस्ता छन् कारण
काठमाडौं । जापनिज कार उत्पादक कम्पनी टोयोटाले अप्रिल २०२० बाट आफ्नो इन्ट्री लेभल कारहरु ‘इटिओस’, ‘इटिओस लिभा’ र ‘इटिओस क्रस’ को उत्पादन बन्द गर्ने भएको छ । भारतमा नयाँ प्रदुषण नियम लागू हुने दिनबाट यी मोडेलहरुलाई डिस्कन्टिन्यू गरिनेछ । टोयोटाले आफ्ना ती मोडेलहरुलाई नयाँ प्रदुषण नियम अनुरुप अपडेट गर्नुपरेको खण्डमा सो कारहरुको मूल्य धेरै बढेर जानेछ । त्यसैगरी अक्टोवर २०२० बाट भारतमा ‘पेडेस्ट्रियन प्रोटेक्शन नम्र्स’ पनि लागू हुन गइरहेको छ । सो नियम लागू भएपछि वाहनहरुमा शिट मेटल लगायतका विशेषता हुनु अनिवार्य समेत हुनेछ । भारतिय मिडियाहरुले जनाए अनुसार टोयोटाले इटिओस फेमेलीलाई उल्लेखित मापदण्ड अनुरुप अपडेट गर्न ठूलो लगानी खन्याउनुको सट्टा सो फेमेलीकै उत्पादन बन्द गर्नुमा फाइदा देखेको हो । टोयोटाले पहिलो पटक इटिओस सेडानलाई डिसेम्वर २०१० मा बजारमा ल्याएको थियो भने इटिओस लिभा ह्याचब्याकलाई जुन २०११ मा र इटिओस क्रसलाई चाहिँ मे २०१४ मा भित्र्याएको थियो । इटिओस फेमेलीको उत्पादन बन्द गरिए पछि ‘ग्ल्यान्जा प्रिमियम ह्याचब्याक’ टोयोटाको इन्ट्री लेभल मोडेलको रुपमा चिनिनेछ । टोयोटाको नेपालका लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले नेपाली बजारमा इटिओसको मूल्य ३७ लाख ५० हजार रुपैयाँ तोकेको छ भने इटिओस लिभा चाहिँ ३२ लाख रुपैयाँ मूल्यमा विक्री वितरण गर्दै आइरहेको छ ।