नेपाली बजारमा टोयोटाको सबैभन्दा सस्तो कार ‘इटिओस लिवा’, के छन् विशेषता?
काठमाडाैं । जापनिज अटोमेकर कम्पनी टोयोटाको नेपालका लागि आधिकारीक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले टोयोटाका विभिन्न मोडेलहरु नेपाली बजारमा विक्री वितरण गर्दै आइरहेको छ । नेपालमा पाइने टोयोटाका कारहरुमध्ये‘इटिओस लिवा’ सबैभन्दा सस्तो मोडेलको रुपमा रहेको छ जसको नेपाली बजार मूल्य रु. ३६ लाख ७० हजार तोकिएको छ । यस कारमा प्रयोग भएको ११९७ सीसी ४ सिलिण्डर डिओएचसि पेट्रोल इञ्जिनले ७९ बिएचपिको पावर र १०४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १८.२ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको डाइमेन्सनको कुरा गर्नुपर्दा यसको लम्वाई ३८८४ मिलिमिटर, चौडाई १६९५ मिलिमिटर र उचाई १५१० मिलिमिटर रहेको छ भने ग्राउण्ड क्लियरेन्स चाहिँ १७० मिलिमिटर रहेको छ । त्यसैगरी ४५ लिटरको फ्यूल ट्याङ्क क्यापासिटी रहेको यस कारको अगाडिको चक्काहरुमा डिस्क ब्रेक दिइएको छ भने पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ । यस कारका सेफ्टि फिचरहरुको रुपमा दुईओटा एयरब्याग्स्, एबीएस सिस्टम, ईबीडी सिस्टम, सेन्ट्रल लकिङ्ग, चाइल्ड सिट लक, रिभर्स पार्किङ्ग सेन्सरजस्ता विशेषताहरु रहेका छन् भने कम्फर्ट फिचर्सका रुपमा एयर कण्डिसन, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्नमिल्ने ड्राइवर सिट, हेड रेस्ट, कार कुसन जस्ता विशेषताहरु रहेका छन् । त्यसैगरी अन्य फिचरहरुको रुपमा यस कारमा आउटसाइड रियर भ्यू मिरर्स, नयाँ अप्टिट्रन कम्बिमिटर,१२ भोल्टको ब्याट्री, ठूलो क्याविन स्पेस र बुट स्पेसजस्ता विशेषताहरु रहेका छन् । कम्पनीले जनाए अनुसार अहिलेको विशेष अफर अनुसार यस कारको खरिदमा रु. दुई लाख नगद छुटको व्यवस्था गरिएको छ । टोयोटाको नेपालमा विक्री भइरहेको सवैभन्दा महँगो मोडेल चाहिँ ल्याण्ड क्रुजर एसयूभी हो जसको नेपाली बजार मूल्य भने रु. चार करोड ५२ लाख रहेको छ।
‘हिरोे एक्सपल्स २००’, नेपाली बजारमा सस्तो मूल्यमै स्तरीय एडभेन्चर बाइक
काठमाडाैं । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्गले हिरोको नयाँ उत्पादन ‘एक्सपल्स २००’ लाई तीन लाख ८५ हजार रुपैयाँ मूल्य तोक्दै नेपाली बजारमा केहि दिन अघि बाटविक्री वितरण शुरु गरेको छ । ‘एक्सपल्स २००’ एउटा अफरोड मोटरसाइकल हो जसलाई भ्रमणमा जान रुचाउने युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको हो । हाइ माउण्टेड मडगार्ड, अफरोडिङ्ग नव्बी टायर्स, इञ्जिन गार्ड, विन्ड सिल्ड, माथिपट्टि लगाइएको एक्जस्ट पाइप र नकल गार्डस् लगायतका फिचर्सले यस बाइकलाई एउटा उत्कृष्ट अफरोड मेशिन बनाएको छ । यस बाइकको अफरोडिङ्ग विशेषतालाई ध्यानमा राखेर कम्पनीले यसमा २२० मिलिमिटरको ग्राउण्ड क्लियरेन्स र त्यसैगरी अगाडि २१ इञ्चको र पछाडि भने १८ इञ्चको स्पोक व्हिल्स दिएको छ । यी ठूला चक्काहरुले जस्तोसुकै अप्ठ्याराहरुलाई पनि पार गरेर अगाडि बढ्न सक्छ । खास फिचरको रुपमा एक्सपल्स २०० मा ब्लूतुथ कनेक्टिभिटी र नेभिगेसनको फिचर सहितको फूल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल दिइएको छ । यस बाइकमा २०० सीसीको सिङ्गल सिलिण्डर, २ भल्भ, एयर–कुल्ड कार्बुरेटेड इञ्जिन समावेस गरिएको छ जसले १८.४ पिएसको पावर र १७.१ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ट्रान्समिशन ड्यूटीको काम चाहिँ ५–स्पिड गियरबक्सले गर्दछ । दुवै चक्कामा डिस्क ब्रेक दिइएको यस बाइकमा सेफ्टि फिचरका रुपमा सिङ्गल च्यानल एबीएस दिइएको छ । त्यसैगरीअगाडि १९० मिलिमिटर सस्पेन्सन ट्राभल भएको टेलिस्कपिक फर्क दिइएको छ भने पछाडि चाहिँ १०–स्टेप एड्जस्टेवल मोनोसक पनि दिइएको छ । सिएट टायर्स प्रयोग भएको हिरो एक्सपल्स २०० को निर्माण क्वालिटी मजबुत रहेको कम्पनीको दावी छ । यस बाइकले नेपाली बजारमा होण्डाको एक्सआर १५० एल, रोयल इन्फिल्डको हिमालयन, यामाहाको एक्सटिजेड १२५ जस्ता मोडेलहरुसँग प्रतिष्पर्धा गर्नेछ ।
जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेञ्ज फाइनान्स फेयर’ शुरु, कात्तिक ५ गतेसम्म सञ्चालन हुने
काठमाडौं । नेपालको लागि टिभिएस टू ह्वीलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एक भव्य फाइनान्स मेला “टिभिएस एक्सचेञ्ज एण्ड फाइनान्स फेयर”को आयोजना गरेको छ । उक्त मेलाको कात्तिक १ गते नेपाली क्रिकेट टिममा भूतपूर्व कप्तान पारस खड्काले उद्घाटन गरेका हुन् । कात्तिक १ गतेदेखि ५ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा संचालन हुने यो मेलाको प्रमुख आकर्षण नै ग्राहकहरुले ३० प्रतिशत डाउन पेमेन्टको उत्कृष्ट फाइनान्स सुविधा, एक्स्चेञ्जमा थप रु.१०,०००/- मुल्याङ्कन जस्ता उत्कृष्ट अफरहरु रहने छन् । मेलाको अन्य आकर्षणहरुमा शुन्य प्रतिशत ब्याजमा विशेष फाइनान्स योजना र साथमा विभिन्न उपहारहरु हेलमेट, बाइक कभर र ब्याग पनि रहेका छन् । कुनैपनि पुरानो मोटरसाइकल वा स्कूटरको बदलामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर साट्न सकिने यो अनुपम योजनाले टिभिएससँग नाता जोड्न चाहने नयाँ ग्राहकहरुलाई सुनौलो अवसर प्रदान गरेको छ भने पुराना टिभिएस ग्राहकले आफ्नो बाइकको स्तरोन्नति गर्ने मौका पाएका छन् । योजना सञ्चालन गर्नुको उद्देश्य माथि प्रकाश पार्दै जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले भने–“हामीले यतिखेर ग्राहकहरुमाझ टिभिएस दशैंको दौड जस्तो पहिले नभएको विशेष अफर पेश गरिरहेका छौं र यो योजना प्रति ग्राहकहरुको झुकावले हामीलाई थप हौसला पनि मिलेको छ । यसै सिलसिलामा सोही अफरकै एक हिस्सा स्वरुप यो एक्स्चेञ्ज फेयर आयोजना गरेका छौं–उनले भने । ग्राहकले “टिभिएस दशैंको दौड” योजना अन्तर्गत बाइक नकिन्दा नै १ लाखसम्म नगद जित्न सक्नेछन् भने किन्दा १०० प्र्रतिशत नै नगद फिर्ता पाउन पनि सक्नेछन् । साथमा अन्य आकर्षक उपहारहरु पनि यस योजनामा प्राप्त गर्न सकिन्छ । टिभिएसले निरन्तर रुपमा आफ्ना ग्राहकहरुलाई पैसाको उत्कृष्ट मुल्य र सेवाहरु जस्तैंः ५ वर्षको वारेन्टी, स्थलगत एक्स्चेञ्ज, स्थलगत फाइनान्स र अन्य धेरै सुविधा प्रदान गर्दै आएको छ । देशभर १०० भन्दा बढी डिलरहरुको सञ्जालमार्फत् आफ्ना ग्राहकहरुको मुहारमा मुस्कान फैलाउन टिभिएसले आफ्ना दक्ष र तालिम प्राप्त जनशक्ति परिचालन गर्दै आएको कम्पनीले जनाएको छ ।