‘टिभिएस दशैंको आशा’ अन्तर्गत जनकपुरका कर्णले जिते अपाचे ३१० बाइक

काठमाडौं । टिभिएसले ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत अर्काे विजेता घाेषणा गरेकाे छ । कम्पनीले गोलाप्रथाबाट जनकपुरकाे रत्नेश कुमार कर्णलाई विजेता छनाेट गरेकाे हाे । यससँगै उनले टिभिएस अपाचे आरआर ३१० जित्नेका छन् । टिभिएस दशैंको आशा योजना अन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल खरिद गरेर वा खरिद नगरी पनि यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा विजेता घोषण गरिने छ ‘टिभिएस दशैँको आशा’ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९००० र स्कूटरको खसरदमा ७००० हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनुकाे साथै ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । यस याेजनाकाे बम्पर उपहारका रूपमा हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल जित्नेछन् । यसकाे लागि हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि यस लिंकमा गएर फारम भर्नुपर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो ।    

जनकपुरका रत्नेश बने टीभीएस दसैंको आशा स्किमका पाँचौ हप्ताका विजेता

काठमाडौं । टीभीएस दसैंको आशा योजना अन्तर्गत पाँचौ हप्ताको विजेता रत्नेश कुमार कर्ण बनेका छन् । उनले टीभीएसको जनकपुर सोरुमबाट टीभीएस स्ट्राइकर किनेका थिए । उनले अब टीभीएसको सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० उपहार स्वरुप प्राप्त गर्नेछन् । आज लाइभ कार्यक्रम प्रसारण गरी नेपाल आइडल सिजन २ विजेता रवि ओडले एक कार्यक्रमका बीच सो घोषणा गरेका हुन् । उनले सप्तरङ कार्यक्रममार्फत टीभीएससँग जोडिएको र यो ब्रान्डप्रतिको विश्वसनियता बढेको बताए । सो अवसरमा नेपाल आइडल विजेता रवि ओडले रत्नेश्वर कुमार कर्णलाई अब स्ट्राइकर नचढेर अपाचे आरआर ३१० बाइक चढ्न पाउने र यसको विश्वसनियताका लागि एभिन्युज टेलिभिजन हेर्न टेलिफोन कलमार्फत सुझाव दिए । उनले जनकपुर सोरुमबाट फोन आयो भने अझ विश्वसनियता बढ्ने जानकारी दिए । कर्ण आज टीभीएस दसैंको आशा योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टीभीएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट विजेता बन्न सफल भएका हुन् । कर्णले टीभीएसको अपाचे आरआर ३१० बाइक उपहार स्वरुप प्राप्त गर्ने छन् । सो अवसरमा जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले १०० देखि ३१० सीसी सम्मका टीभीएसका सबै बाइक नेपाली बजारमा उपलब्ध भएको र ग्राहकले आफूले चाहेको बाइक वा स्कुटर प्राप्त गर्न सकिने बताए । स योजनामा सहभागिता जनाउन टीभीएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । ‘टीभीएस दसैंको आशा’ योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् । त्यसैगरी ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्न सक्ने आरआर ३१० टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्नेछ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजुद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनु हो । नेपालमा जगदम्बा मोटर्स प्रालिले टीभीएसका बाइक वा स्कुटर आधिकारिक रुपमा बिक्री–वितरण गरिरहेको छ ।

२०० सीसीसम्मका चर्चित मोटरसाइकलहरू, जसको मूल्य नेपाली बजारमा ३ लाख भन्दा कम छ

काठमाडाैं । पछिल्लो समयमा नेपालमा १५०-२०० सीसी सेग्मेन्टका मोटरसाइकलहरुको क्रेज ह्वात्तै बढेको देख्न सकिन्छ । कारण हो उचित मूल्यमै यी सेग्मेन्टका मोटरसाइकलहरुमा राम्रो पर्फमेन्स, उत्कृष्ट माइलेज र आकर्षक लुक्स एकसाथ पाइनु । आज हामीले नेपाली बजारमा तीन लाख रुपैयाँ मूल्यसम्म पर्ने १५० देखि २०० सीसी सम्मका केहि चर्चित मोटरसाइकलहरुको वारेमा चर्चा गर्न गइरहेका छौं । बजाज पल्सर १५० टीडी पल्सर १५० मा १४९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.८ बीएचपीको पावर र १३.४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले पल्सर १५० टीडीको मूल्य २ लाख ७१ हजार ९०० तोकेको छ । बजाज पल्सर एनएस १६० एबीएस एनएस १६० एबीएसमा १६०.३ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १५.२ बीएचपीको पावर र १४.६ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । बजाजले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल च्यानल एबीएस पनि समावेस गरेको छ । बजाजको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले यस बाइकलाई २ लाख ९० हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । हिरो एक्स्ट्रीम २००आर एक्स्ट्रीम २००आरमा १९९.६ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १८.१ बीएचपीको पावर र १७.१ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । हिरोले यस बाइकमा सेफ्टी फिचरको रुपमा सिङ्गल-च्यानल एबीएस पनि समावेस गरेको छ । हिरोको नेपालका लागि आधिकारिक विक्रेता नेपाल जेनेरल मार्केटिङ्ग प्रा.लि.ले यस बाइकलाई २ लाख ९५ हजार ५०० रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । होण्डा सीबी युनिकर्न १६० सिबि युनिकर्न १६० मा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १३.८२ बीएचपीको पावर र १३.९२ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपाली बजारमा यस बाइकको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ तोकेको छ । होण्डा एक्सब्लेड एक्सब्लेडमा १६२.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.९३ बीएचपीको पावर र १३.९ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५–स्पिड गियरबक्स जडान गरिएको छ भने यसको अगाडिको चक्कामा डिस्क ब्रेक र पछाडि चाहिँ ड्रम ब्रेक जडान गरिएको छ । होण्डाको नेपालका लागि आधिकारिक विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले यस बाइकलाई २ लाख ९८ हजार ९०० रुपैयाँ मूल्यमा बिक्री वितरण गर्दै आइरहेको छ । सुजुकी जिक्सर जिक्सरमा १५४.९ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ ।जसले १४.८ पीएसको पावर र १४ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । सुजुकीको नेपालका लागि आधिकारिक विक्रेता भी.जी.अटोमोवाइल्स प्रा.लि.ले यस बाइकलाई २ लाख ८३ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री वितरण गर्दै आइरहेको छ । टिभिएस अपाचे आरटिआर १६० ४भि आरटीआर १६० ४भि मा १५९.७ सीसी सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ जसले १६.२८ बीएचपीको पावर र १४.८ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने दुबै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । टिभिएसको नेपालका लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.ले यस बाइकलाई २ लाख ९० हजार ९०० रुपैयाँ मूल्य तोकेर बिक्री वितरण गर्दै आइरहेको छ । यामाहा एफजि भी२ एफजी भी२ मा १४९ सीसीको सिङ्गल सिलिण्डर इञ्जिन प्रयोग भएको छ । जसले १३.१ बीएचपीको पावर र १२.८ एनएमकै टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस बाइकमा ५-स्पिड गियरबक्स जडान गरिएको छ भने यसको दुवै चक्कामा डिस्क ब्रेक जडान गरिएको छ । यामाहाको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रा.लि.ले यस बाइकलाई २ लाख ७९ हजार ९०० रुपैयाँ मूल्य तोकेर विक्री वितरण गरिरहेको छ ।