सबैभन्दा बढी गाडी बिक्री हुनेमा सेल्टोस पहिलाे, न्युनतम ४९ लाख ९० हजार रुपैयाँदेखि नै पाइने

काठमाडौं । नेपाली सडकमा कुद्ने कियाको मिड-एसयुभी सेल्टोसको संख्या हजार नाघेको छ । नेपाल प्रवेश गरेको एक वर्ष पूरा हुँदा नहुँदै हजार युनिटभन्दा बढी सेल्टोस बिक्री भएको हो । सेल्टोस र अर्को मोडल सोनेटले कोरियाली अटो ब्रान्ड कियालाई नेपालमा सबैभन्दा बढी बिक्री हुने गाडीको तेस्रो नम्बरमा उकालेका छन् । करिब दुई महिनाअघि नेपाली बजारमा आएको सोनेट २५० युनिभटभन्दा बढी बिक्री भइसकेको छ । नेपालका लागि किया गाडीको अधिकृत वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले गत वर्ष पुसमा सेल्टोस नेपाल ल्याएको थियो । यो गाडी छिमेकी मुलुक भारतमा बजार प्रवेश गरेको १० दिनमै सर्वाधिक बिक्री हुने मिड-एसयुभी बन्न सफल भएको थियो । सेल्टोस कियाको भारतस्थित प्लान्टमा उत्पादन हुन्छ । कोरियाली अटो निर्माता कियाले सन् २०१९ बाट भारतीय प्लान्टमा सेल्टोस उत्पादन थालेको हो । भारत-६ इन्जिन जडित सेल्टोस कियाको ग्लोबल मोडल हो । यसले विश्वभरका मिड एसयुभी पारखीबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । सेल्टोस र सोनेटको प्रवेशसँगै किया नेपालको तेस्रो नम्बरको प्यासेन्जर भेहिकल ब्रान्ड बन्न सफल भएको छ । सेल्टोसमा १० इन्च स्क्रिन, बिओएसई म्युजिक सिस्टम, फ्रन्ट र ब्याक एलइडी लाइट, एअर प्युरिफायर, डी-कट स्टेरिङ, युभी ग्लास जस्ता विशेषता छन् । यो सेग्मेन्टका अन्य ब्रान्डमा यस्ता विशेषता छैनन् । ४९ लाख ९० हजार रुपैयाँदेखि ८० लाखसम्म पर्ने सेल्टोसका एचटिके, एचटिके प्लस, एचटिएक्स, एचटिएक्स प्लस भेरियन्ट नेपाली बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । हुन्डाइको क्रेटा, निसानको किक्स, जिप कम्पास १.४ लाई सेल्टोसको प्रतिस्पर्धी मोडल मानिन्छ । कन्टिनेन्टलले ३० वर्षदेखि कियाका गाडी बिक्री वितरण गर्दै आएको छ ।

भ्वाक्सवागन बेस्ट कार बेस्ट डिल: मासिक २२ हजार किस्तामै पाेलाे गाडी

काठमाडाैं । नेपालकाे लागि भ्वाक्सवागनको आधिकारीक विक्रेता पुजा इन्टरनेसनलले बेस्ट कार बेस्ट डिल याेजना ल्याएकाे छ । क्रिसमस र नयाँ वर्षलाई लक्षित गर्दै कम्पनीले यस्ताे याेजना ल्याएकाे हाे । यस याेजना अन्तर्गत ग्राहकहरुले मासिक २२ हजार ५०० किस्तामा भाेल्कस्वागनकाे पाेलाे गाडी किन्न पाउनेछन् । ग्राहकहरु गाडी खरिद गर्न सजिलाे  बनाउनकाे लागि यस्ताे याेजना ल्याएकाे कम्पनीले जनाएकाे छ । यति मात्र नभएर पाेलाे किन्ने ग्राहकहरुले ४ वर्षसम्म नि:शुल्क सर्भिसिङ, आर्थिक वर्षकाे सडक कर, सजिलै फाइनान्सकाे व्यवस्था हुनकाे साथै लाेयलटी बाेनसहरु पाउनेछन् ।    

अब चार चक्के सवारी साधन ल्याउँदै जगदम्बा मोटर्स, प्राेटाेन भित्र्याउन उत्साहित

काठमाडाैं । मुलुककै अग्रणी अटोमोबाइल कम्पनी मध्येको एक, जगदम्बा मोटर्स प्राइभेट लिमिटेड दुइ चक्के र तिन चक्के सवारी साधनमा मात्र सिमित नभएर अब चार चक्के सवारी साधन पनि नेपाल भित्र्याउने तरखरमा लागिरहेको छ। विश्वबिख्यात मलेशियाली अटोमोबाइल कम्पनी प्रोटोनको “प्रोटोन साँगा“ गाडी भित्र्याउँदै नेपाली ४ चक्के सवारी साधन अनुयायी माझ एउटा नयाँ अन्तराष्ट्रिय विकल्पको प्रस्तुति गर्न लागेकोमा जगदम्बा मोटर्स अति उत्साहित देखिएको छ। यसअघि नै नेपालमा बिलिन हुन लागेको टिभिएसको स्वामित्व ग्रहण गरेर नेपाली अटोमोबाइल बजारमा यसको अस्तित्व बरकरार राख्दै विस्तार गराएर अग्र स्थानसम्म ल्याइपुर्याउन निर्णायक भूमिका खेलेर उदयमा आएको जगदम्बा मोटर्स प्राइभेट लिमिटेड विस्तारै एक पछि अर्को नयाँ आयामहरू पस्कँदै नेपाली अटोप्रेमी माझ एक चर्चित नाम बनिसकेको छ। टिभिएस दुइ चक्के मोटरसाइकल र स्कुटरका साथै टिभिएस् किङ्ग(तिन चक्के अटो) र एडनक लुब्रिकेन्ट्सको पनि जगदम्बा मोटर्सले नै नेपालमा विक्रिवितरण गर्दै आइरहेको छ। टिभिएसमार्फत जगदम्बा मोटर्सको सफलता पछाडी यसको गुणस्तरीय सेवा र देशै भरि फैलिएका डिलरमार्फत स्तरिय ग्राहक सेवा र सम्बन्ध पनि प्रमुख कारण रहेका छन्। यसै अनुरुप प्रोटोनलाई विशेष प्राथमिकताका साथ अघि लैजाने योजना गरेको जगदम्बा मोटर्सले प्रोटोनबाट पनि टिभिएस अनुरुपकै सफलता हाँसिल गर्ने विश्वास लिएको छ। हाललाई काठमाडौंस्थित शोरुममार्फत प्रोटोनको ‘प्रोटोन साँगा’ मोडलको गाडी भित्र्याउन लागेको जगदम्बा मोटर्सले आउँदा दिनमा सेवा सुविधालाई थप विस्तार गर्दै देशका अन्य विभिन्न शहरहरु जस्तै पोखरा, बिराटनगर, विरगंज, धनगढी, नेपालगंज, इटहरी आदिमा पनि आफ्नो डिलर र सर्भिस सेन्टर सुचारु गर्ने दिर्घकालिन रणनीति बनाएको छ। साथै प्रोटोनका अन्य चर्चित मोडलहरु पनि ग्राहकका चाहना र माग बमोजिम क्रमवद्ध रुपमा नेपाल भित्र्याउँदै लैजाने जगदम्बा मोटर्सको योजना रहेको छ। विभिन्न क्षेत्रका उधोग तथा व्ययसायमा संलग्न भई आज एक सफलताको उचाइमा पुग्न सफल भएको मुलुककै अग्रणी व्यापारिक घराना मध्येको एक, शंकर ग्रुुप को मातहतमा रहेको जगदम्बा मोटर्सले प्रोटोनमार्फत नेपाली ग्राहकको ४ चक्के गाडिप्रतिको बढ्दो चाहनालाई अवश्यपनि पूर्ति गर्न सफल रहनेमा कम्पनी विश्वस्त रहेको छ।