हुन्डाई मोटर सर्वोत्कृष्ट पाँच अटोमोटिभ ब्राण्ड बन्न सफल, तीन नयाँ मोडेल लञ्च गर्दै
काठमाडौं । इन्टरब्राण्ड बेस्ट ग्लोबल ब्राण्ड २०२० को अनुसार हुन्डाई मोटर कम्पनीले अटोमेकरहरू माझ आफ्नो ग्लोबल ब्राण्ड मूल्य र प्रतिष्ठा वृद्धि गर्दै आएका छन् । एक सर्भेको अनुसार, हुन्डाई मोटरको विश्वव्यापी ब्राण्ड मूल्यमा हरेक वर्ष एक प्रतिशतले वृद्धि हुँदै गएको छ, जसको मतलब हरेक वर्ष १४.३ बिलियन अमेरिकी डलर मूल्य वृद्धि हुँदै ग्लोबल अटोमोटिभ ब्राण्डको ५औं ब्राण्ड र समग्रमा ३६ औं ब्राण्ड मा कोभिड-१९ महामारीको कारण मन्दी बजार भए तापनी पर्न सफल बनेको छ । पछिल्लो छ वर्ष देखि हुन्डाई कम्पनीले इन्टरब्राण्डमा ४० ग्लोबल कम्पनीमध्ये एक रहेको छ । सन् २००५ मा टप एक सय कम्पनीमा पर्दै आएको हुन्डाई, गत १५ वर्ष देखि लगातार प्रगति गर्दै आइरहेको छ र उत्कृष्ट सयको सुचीमा सधै रहदै आएको छ । इन्टरब्राण्ड भ्यालुएसन ग्लोबल डिरेक्टर, माइक रोचाको अनुसार, “हुन्डाई मोटर कम्पनीको ब्राण्ड मूल्य ईभी लाइनअप आईओएनआईक्यिुको लन्च, फ्युचर मोभिलीटिमा लगानी र अनलाइन सेल्स च्यानलको मार्फत ब्राण्डको छिट्टो मार्केट रेस्पोन्स र सोसियल कन्ट्रीब्युसन क्रियाकलापको कारण वृद्धि हुँदै गएको हो ।” उनले भने, “ हामीले कम्पनीको बजार परिवर्तनप्रतिको सक्रियताका साथै दीर्घकालीन ब्राण्ड र अनलाइन सेल्समा भएको उपलब्धि लाई सकारत्मक रुपमा लिएका छौं, यस कम्पनीले सामाजिक संजालको सेल्स च्यानलको माध्यमबाट विद्धुतीय ब्याट्री र फ्युल(सेल विद्धुतीय गाडीको बिक्रि वृद्धि गरेको छ ।” हुन्डाई मोटोर्सको मोबिलिटी इलेक्ट्रिफिकेसन कमिटमेन्ट पछिल्लो पटक लन्च गरिएको ईभी ब्राण्डको बाट आईओएनआईक्यिु देखिन्छ । कम्पनीको इन्नोभेट मोडेलमा आईओएनआईक्यिुको मातहतमा कम्पनीले आउँदो चार वर्षमा तीन नयाँ मोडेल लन्च गर्ने तयारीमा रहेको छ । हुन्डाईले ईभीको ग्लोबल मार्केटमा आफ्नो प्रभुत्व कायम गर्न आईओएनआईक्यिुको नयाँ मोडेल सहित बजारको माग अनुसार चल्ने बताएको छ । हुन्डाई मोटोर्सले हाइड्रोजेन फ्युल सेल प्रविधिमा लगानी संगै यातायातको क्षेत्रमा भइरहेको व्यापक परिवर्तनलाई पनि कायम गरेको छ । कम्पनीले हालै स्विट्जरल्यान्डमा फ्युल सेलको हेभी-ड्युटी सेल इलेक्ट्रिक ट्रकको सातवटा युनिट वितरण गरको छ र यस वर्षमा थप ५० वटा त्यस्तो ट्रक बजारमा उपलब्ध गराउने योजना रहको जनाएको छ । सन् २०२१ सम्ममा फ्युल-सेल ट्रकको उत्पादन क्षमता हरेक वर्ष दुई हजार ट्रक उत्पादन हुने रहेको छ र यसको मुख्य बजार युरोप, अमेरिका र चीनमा हुने बताएको छ । कम्पनीले शहरी क्षेत्रमा ट्राफिक चुनौतीहरुलाई समाधान गर्नको लागि नयाँ मोबिलिटी परिवर्तन, “अर्बन एयर मोबिलिटी(यु ए एम ) को तयारीमा रहेको छ । रोबोटिक्सको क्षेत्र, अटोनोमस ड्राइभिंग प्रविधि र फ्युचर मोबिलिटीमा आफ्नो प्रतिस्पर्ध कायम राख्नको लागि कम्पनीले थुप्रै अनुसन्धान तथा विकासको आयोजनामा सहकार्य गर्दै आएको छ । जसमा ओपन इनोभेसन ल्याब तथा विश्वमा रहेका थुप्रै ल्याब संग सहकार्य रहेको छ । हुन्डाई मोटर कम्पनीका ग्लोबल चिफ मार्केटिंग अफिसर वोहोङ चो भन्छन्, “हामीले अहिलेको व्यापक बढ्दै गरको बजार र अवस्थालाई मध्यनजर गर्दै फ्युचर मोबिलिटीमा नेतृत्व गर्ने योजना लिएका छौं र कोरोना जस्ता अप्रत्याशित कारकहरुलाई ले निम्त्याएको समस्यालाई पनि समाधानका लागि पनि तत्पर रहेका छौं ।” उनले भने, “कम्पनीको फ्युचर मोबिलिटीमा गरेको भव्य निर्णय संगै ग्राहक तथा मानिसहरुमा अझ राम्रो अनुभवको बारेमा केन्द्रित रहने छ र कम्पनीको लागि मानिसहरुको खुसी नै सबै भन्दा महत्वपूर्ण हुनेछ ।” हुन्डाईले कोरोना महामारीको अवस्थालाई मध्यनजर गर्दै आफ्नो विश्वव्यापी अनलाइन च्यानलमा काम तिब्र बनाएको छ । जस्तै, अमेरिका र भारतमा ‘क्लिक टु बाइ” सुविधाले कम्पनीको व्यापार वृद्धि भएको छ । युरोपमा पनि उक्त सेवा उपलब्ध गराउने कम्पनीले जनाएको छ । यस सेवाको कारण कम्पनीले १.५ मिलियन भर्चुअल भिजिटर्स , २० हजार सेल्स इन्क्वाइरीज र दुई हजार भन्दा अधिक बिक्री गरको छ । अमेरिकामा ९५ प्रतिशत भन्दा अधिक ग्राहकले “क्लिक टु बाइ” सेवा प्रयोग गरेका छन् । हुन्डाई कम्पनीले कोरोना महामारीको कारण समस्यामा परेका थुप्रै मानिसलाई सहयोग गर्दै आएको छ । जस्तै कम्पनीले सरसफाईको प्रोडक्ट्स तथा बिरामीको यातायातको व्यवस्था तथा स्वास्थ्यकर्मीको उपचार र थुप्रै आर्थिक सहयोग साथै आफ्नो ग्राहकहरुलाई विभिन्न सेवा पनि उपलब्ध गर्दै आएको छ । यसको क्रियाकलापको कारण हुन्डाई कोरोना महामारीको समयमा पनि आफ्नो ब्राण्ड मुल्य वृद्धि गर्ने कम्पनी बनेको छ । जसको कारण कम्पनीको रेन्किङ पहिलो वर्षको तुलनमा एक स्थानको वृद्धि भई विश्वव्यापी मोटर वाहन कम्पनीहरूमध्ये पाँचौंमा पुगेको छ ।
टीभीएसकाे नयाँ रेकर्ड, एकैदिन बिक्री गर्याे एक हजार बाइक तथा स्कुटर
काठमाडौं । नेपालमा टीभीएस मोटर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले कात्तिक ५ गते बुधबार एकैदिन एक हजार बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको छ । देशभर रहेका १३२ शोरुममार्फत यति धेरै बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए । यो भन्दा पहिले गत कात्तिक ३ गते सोमबार एकै दिन ८२५ युनिट बिक्री गरिएको थियो । हिजोको बिक्रीले नेपाली बजारमा टीभीएसले एक इतिहास कायम गरेको छ । दशैंको अवसरमा नयाँ बाइक र स्कुटर किन्ने चलन भएकाले दसैं नजिकिदै गर्दा यी सवारी साधन खरिद गरेका हुन् । हाल नेपाली बजारमा सबै रेन्ज र सबैलाई उपयुक्त हुने मूल्यमा टीभीएसका बाइक तथा स्कुटर उपलब्ध छन् । यी सबै सवारी साधन खरिद गर्नका लागि जगदम्बा मोटर्सले आफ्नै जगदम्बा इन्भेष्टमेन्ट कम्पनीमार्फत फाइनान्सको व्यवस्था समेत गर्दै आएको छ । उपयुक्त गुणस्तरका बाइक तथा स्कुटर सबैका लागि उपलब्ध भएकाले छोटो समयमा टीभीएसले नेपाली बजारमा सफलता प्राप्त गरेको कोइरालाले बताए । जगदम्बा मोटर्सले पछिल्लो समयमा स्मार्ट कनेक्ट र एबीएस सहितका अपाचे आरटीआर २०० र आरटीआर १६० समेत नेपाली बजारमा उपलब्ध गराएको छ । टीभीएस एनटर्क स्कुटर नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर भनेर केही दिन पहिले जगदम्बा मोटर्सले घोषणा समेत गरेको थियो । नेपाली बजारमा हाल यसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छ । त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ । तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्बाधिक चर्चित उत्पादन हुन् । जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन् । नेपालमा जगदम्बा मोटर्सले टीभीएसका सवारी साधन बिक्री–वितरण गर्न थालेको ५ वर्ष मात्र भएको छ । छोटो समयमै टीभीएसको पहिचान नेपाली बजारमा एक उत्कृष्ट ब्रान्डका रुपमा स्थापित भएको छ । नेपाली बजारमा बिगत लामो समयदेखि कारोबार हुँदै आइरहे पनि गुमनाम प्रायः रहँदै आएको यो ब्रान्ड जगदम्बा मोटर्स मातहत आएपछि यसले पुनर्जन्म नै पाएको हो भन्दा फरक पर्दैन । हाल यो नेपाली बजारमा सर्बाधिक बिक्री हुने उत्कृष्ट ५ ब्रान्डका टु ह्विलरमा समावेश हुन सफल भएको छ । टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण चर्चित मानिन्छन् । सबै बर्गका राइडर लक्षित मोडल उपलव्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो । नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएका छन् । आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो । जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दसैंको आशा’ नामक स्किम ल्याएको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कुटरको खरिदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ । बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले टीभीएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने छन् । यो टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।
चैतयता छापियो १० लाख चालक अनुमतिपत्र
काठमाडौं । यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छपाइ गरेको छ । विगतमा झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी रहेकामा अहिले त्यो सकिँदै गएको विभागले जनाएको छ । पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए । उनका अनुसार पछिल्लो तीन÷चार महिनामा आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ । छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए । उनले भने, “सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन् ।” निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी रहेको प्रवक्ता भुसालले बताए । अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ । आवेदन दिएको तीन/चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी पठाउन लागिएको उनले जानकारी दिए । उनले भने, “पहिले जसरी अब वर्षौँसम्म कुर्नुपर्ने अवस्था आउँदैन ।” सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो । सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । उपकरणको क्षमताभन्दा कयौँ गुणा छाप्नु परेकाले समस्या भएको थियो । विभागले गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ । विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरेको थियो । रासस