होण्डाको नयाँ कार ‘सिआर-भि’ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले नयाँ होण्डा सिआर-भि २०२० लाई नेपाली बजारमा लन्च गरेको छ । कम्पनीले स्टाईल, पर्फमेन्स र सुरक्षालाई समावेश गरी परिस्कृत पर्फमेन्स र शानदार इन्टेरियरस्का साथै नयाँ आईडीटीईसी इन्जिन युक्त उक्त गाडि बजारमा लञ्च गरेको हो । “एडभान्स, एनरजेटिक एण्ड स्मार्ट” को ग्राण्ड कन्सेप्टमा निर्मित ५ औं जनरेशनको यस होण्डा सिआर-भि २०२० मा हाई-टेक्नोलोजी युक्त एक्स्टेरियर र इन्टेरियर सुविधाहरुले सबैको ध्यान आकर्षण गर्नेछ । आफ्नो सेग्मेन्टमा सर्वाधिक २१० एमएम ग्राउण्ड क्लेरेन्स रहेको यस कारमा एड्भान्स इन्टिग्रेटेड एलईडी हेड ल्याम्पस्, इनलाइन एलईडी फग ल्याम्पस्, फ्रन्ट पार्किङ्ग सेन्सर, पुस बटन गियर सिस्टम, प्यानोरोमा सनरुफ, स्मार्ट किलेस इन्ट्री, प्याडल सिफ्टिङ्ग गियर, ८ प्रकारको पावर ड्राइभिङ्ग सिट, ४ प्रकारको लम्बर सर्पोट सिट, उच्चस्तरीय लेदर तथा ऊडन फिनिस क्याबिनका साथै ७ जनासम्म प्यासेन्जरहरु बस्न सकिने सुविधाहरु रहेको कम्पनीले जनाएकाे छ । कम्पनीका अनुसार होण्डा सिआर–भि ९ स्पिड सीभीटी(कन्टिनियस्ली भेरायबल ट्रान्समिसन) सहितको १.६ आईडीटीईसी टर्भो इन्जिन युक्त र अफ रोडिङ्ग अनि सिटी ड्राइभ दुवैका लागि पावर र पर्फमेन्स युक्त रहेको छ ।

टिभिएसले एकैदिन सञ्चालनमा ल्यायाे १२ शोरुम, सङ्ख्या १३२ पुग्याे

काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारीक बितरक जगदम्बा मोटर्स प्रालिले आफ्नो सेवा विस्तारका क्रममा एकैदिन १२ वटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालीहरुको महान चाड बडादशैंको विशेष अवसरको समय पार्दै घटस्थापनाको साइतमा यी नयाँ शोरुम संचालनमा ल्याएको हो । कार्तिक १ गते घटस्थापनामा काठमाडौंको महालक्ष्मी स्थान, सानोभर्याङ, महाराजगञ्ज सहित बनेपा, नेपालगंज, कावासोती, तुलसीपुर, फत्तेपुर, भण्डारा, त्रिशुली, उर्लाबारी र अर्घाखाचीमा नयाँ शोरुमहरु थपिएका छन् । यी शोरुमहरु सहित अब देशभरमा टिभिएसका १३२ वटा शोरुम पुगेका छन् । ‘आजबाट टिभिएसको थ्रीएस (सेल्स, सर्भिस, स्पेर्स पार्टस) सहितका यी नयाँ शोरुम मार्फत नेपालको सबै स्थानमा टिभिएसको प्रोडक्ट पुगेको छ । नेपालमा हरेक वर्गलाई उपयुक्त हुने १०० सीसीदेखि ३०० सीसी माथिका मोटरसाइकल र स्कुटरहरुको साथले हामी अझै नेपाली ग्राहकहरुको जीवनको अभिन्न अंग बन्नेमा विश्वास लागेको छ । अब ‘एक घर एक टिभिएस‘ मात्र होइन ‘एक व्यक्ति एक टिभिएस’ बनाउने लक्ष्यका साथ हामीलाई अगाडि बढ्नमा यी नयाँ शोरुमहरुले अझ मद्दत पुर्याउने छ ।’, कम्पनीका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रवालले बताए । अहिले टिभिएसले अपाचे सिरिज, स्टाइकर, रेडन लगायतका मोडल बिक्री गर्दै आएको छ भने एनटर्क, ज्यूपिटर र वीगो जस्ता स्कुटर विभिन्न भेरियन्टमा बिक्री गर्दै आएको छ ।

निशानको विद्युतीय गाडी ‘लिफ’ लन्च हुँदै, ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने

काठमाडौं । निशान मोटर्सको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले निशानको सर्वाधिक प्रतीक्षित इभी ‘निशान लिफ‘ नेपालमा लन्च गर्ने घोषणा गरेको छ । विद्युतीय सवारीमा विद्यमान करलाई वृद्धि गरिए पश्चात सो गाडिको लन्च कार्यक्रम पुर्व निर्धारित समयमा हुन सकेको थिएन । तर नेपाल सरकारले विद्युतीय सवारीको करलाई पुर्नअवलोकन गर्ने व्यवस्था गरेकाले निशानको ‘लिफ’ गाडी २०२१ साल अप्रिलमा लन्च हुने भएको छ। कम्पनीका अनुसार निशान लिफ संसारकै पहिलो ‘मास मार्केटेड’ विद्युतीय गाडी हो र यो गाडी विद्युतीय गाडी मार्केटमा ग्लोबल लिडर पनि बन्न पुगिसकेको छ। निशान लिफ संसारभर २ लाख ५० हजार भन्दा बढी बिक्री भैसकेको कम्पनीले जनाएकाे छ ।  यस कारणले पनि निशान लिफ सर्वसाधारणहरुको सहज पहुँचमा पुग्ने पहिलो विद्युतीय सवारी बन्न पुगेको छ । पहिलो निशान लिफ २०१० को डिसेम्बरमा जापानमा लन्च भएको थियो । उन्नत फिचरहरु र उत्कृष्ट लुक भएको निशान लिफ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्री हुने सवारी को रुपमा परिचित छ । अधिक हर्शपावार र टर्क सहित आउने निशान लिफमा उन्नत टेक्नोलोजी र फिचरहरु छन् । ४० मिनेटमा ८० प्रतिशतसम्म चार्ज हुने यस गाडीमा अत्याधुनिक इ-पेडल टेक्नोलोजी पनि समावेश गरिएको छ । इ-पेडलमा एक्सलेरेटर पेडल छोड्ना साथ गाडीको गति आफै कम हुँदै जाने हुनाले एउटै पेडलले ड्राइभिङ गर्न सकिने कम्पनीले जनाएकाे छ ।