टिभिएस एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न

काठमाडौ । टिभिएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्किएनको सेलिब्रेसन राइड सम्पन्न भएको छ । ५० हजार एनटर्किएन बिक्रि भएको उपलक्ष्यमा कम्पनीले आयोजना गरेको राइड शनिबार सम्पन्न भएको हो । नक्सालको टिभियस शोरुम देखि धुलिखेलको मिराबेल रिसर्ट होटल सम्म भएको थियो । राइडको बीचमा महालक्ष्मीस्थान,कौशलटार र भक्तपुरका टिभियसका शोरुमहरुका विव्रmेता द्वारा स्वागतको पनि आयोजना गरिएको थियो । भेन्युमा पुगे लगत्तै कलाकार रोजिलिन श्रेष्ठ सँगको लाइभ म्युजिक, मनोरन्जक खेलहरु र सहभागीहरुसँग एक अन्तरक्रियात्मक सत्रको पनि आयोजना गरिएको थियो । साेहीबीच एनटर्किएन क्लबको पनि गठन भएकाे छ । लाइसेन्स भएका सबै एनटर्किएनहरुले जगदम्बा मोटर्स टिभियसको आधिकारिक फेसबुक पेजको माध्यमबाट अनलाइन दर्ता गरेर यस सेलिब्रेसन राइडमा भाग लिएका थिए । सन् २०१८ मा टिभियस एनटर्क १२५ नेपालमा पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा सुरु गरिएको थियो । हेर्दा राम्रो र नयाँ टेक्नोलोजीले गर्दा यो छोटो समयमा सबै भन्दा बढी बिक्री हुने स्कुटर बन्न पुगेको छ । टिभिएसका पाँच प्रकारहरु रहेका छन् जसमा एनटर्क ड्रम, एनटर्क डिस्क, एनटर्क रेस एडिसन, एनटर्क स्क्वाड एडिसन र एनटर्क आरटिएफआई पर्दछन् ।

पुजा इन्टरनेशनले एक वर्षमा १ हजार टाइगुन बिकाउने, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । जर्मन कार कम्पनी फक्सवागनले भारतमा उत्पादन गरेकाे नयाँ कम्प्याक्ट टाइगुन गाडी नेपाली बजारमा भित्र्याएको छ । नेपालको लागि फक्सवागनको आधिकारीक बिक्रेता पूजा इन्टरनेशनलले आइतबार नेपाली बजामा सो गाडी भित्र्याएको हो । केही समय अगाडि नै नेपाल ल्याउने तयारी भएको सो गाडी कोभिड–१९ का कारण आइतबार नेपाल ल्याइएको हो । फक्सवागन ग्रुपले भारतमा उत्पादन गरेको कारण नै फक्सवागनको सबैभन्दा कम मूल्यको एसयूभीको रुपमा यो नेपाली बजारमा भित्र्याएको गरेको हो । कति छ मूल्य ?   कम्पनीले तीन भेरियन्टमा नेपाल ल्याएको टाइगुनको न्यूनतम मूल्य ५० लाख ९० हजारदेखि ६९ लाख ९० हजारसम्म ताेकिएकाे छ । कम्पनीले सुरुवाती चरण (केही दिनका) का लागि मात्र सो मूल्यमा टाइगुन गाडी बिक्री हुने जनाएको छ । टाइगुन १.० लिटर टिएसआई इन्जिनमा उपलब्ध रहेको छ । यसलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा उपलब्ध गराएको छ । टाइगुन कम्फर्ट लाइन भेरियन्टको मूल्य ५० लाख ९० हजार, हाइलाइन अटोमेटीकको ६३ लाख ९० हजार र टप लाइन भेरियन्टको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ । गाडीमा डीआरएलएस इन्टिग्रेटेड एलईडी हेडल्याम्प र इलेक्ट्रोनिक्स सनप्रुफ रुफ छ । डुअल टोन इन्टेरियर्स रहेको गाडीमा स्पोर्टी रेड एम्बिएन्ट लाइटिङ, भेन्टिलेटेड सिट, ३८५ लिटरको बुट स्पेस रहेको जनाईएको छ । गाडीमा सुरक्षालाई विशेष जोड दिदै इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल (स्थिरता नियन्त्रण), गाडीमा ६ वटासम्म एयरब्याग, मल्टी कोलिसन ब्रेक, हिल होल्ड कन्ट्रोल, ३ पोइन्ट सिट बेल्ट, पार्क डिस्ट्यान्स कन्ट्रोल भ्यु क्यामेरा, टायर प्रेसर डिफ्लेसन वार्निङजस्ता विशेष फिचर रहेका छन् । फक्सवागन टाइगुनमा १ लिटर टर्बाेचार्ज्ड इन्जिनद्धारा सञ्चालित छ । जसले ११४ हचपावर र १७८ एनएम टर्क जेनेरेट गर्छ । पुजा इन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छेले टाइगनमा ४० भन्दा बढी एक्टीभ र प्यासिभ सेफ्टी फिचर्स रहेको बताए । उनका अनुसार भारतमा निर्माण गरिएको सो गाडी भारत र नेपालको स्थानीय ड्राइभिङ अवस्थालाई मध्यनजरगरी विशेष रूपमा टाइगुनको डिजाइन गरिएको हो । आधुनिक प्रविधि र परिवर्तन मन पराउने ग्रहाककालागि उपयुक्त एसयुभी बन्ने कम्पनीको विश्वास छ । कम्पनीले पहिलो १०० ग्राहकलाई नि:शुल्क एसोसिरिज र नगद छुट दिएको छ । १ वर्षमा हजार टाइगुन बिक्री वितरण गर्ने लक्ष्य राखिएको छ । नेपाली बजारमा टाइगुनले विशेषत: स्कोडा कुशक, हुन्डाई क्रेटा, किया सेल्टोस, निसान किक्स जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।

फोर्ड एभरेष्टको बुकिङ्ग खुल्ला, करिब २ करोड पर्ने

काठमाडौं । नेपालको लागि फोर्ड गाडीको आधिकारिक विक्रेता जि.ओ. अटोमोवाइल्सले २।० लि। वाई– टर्वो डिजेल इन्जिन र विश्वमै पहिलो १० स्पीड अटोकेटिक ट्रान्समिसन भएको फोर्ड एभरेष्टको आजबाट बुकिङ्ग खुला गरेको छ । यसको शुरुवाती नेपाली मूल्य १।९९ करोड रहेको छ । अफ–रोडका उत्कृष्ट प्रदर्शन गर्न सक्ने यस गाडीको सर्भिसिङ्ग मूल्य अत्यन्तै किफायती रहेको छ भने यसमा रहेको विषेश सुविधाहरुले नेपालको प्रिमियम एसयूभी बजारमा २०२२ फोर्ड एभरेष्टले एक नयाँ वेन्चमार्क बनाउने कम्पनीको दावी छ । विश्व बजार र एसिया क्षेत्रमा फोर्ड एभरेष्ट एकदमै लोकप्रिय एसयूभी हो । पहिलो पटक २००३ मा बजारमा आएको फोर्ड एभरेष्टको अहिलेको दोस्रो संस्करणको मोडल २०१५ देखि बजारमा उपलब्ध भएको थियो । ठूलो गाडी भए पनि एभरेष्ट चलाउन एकदमै सजिलो रहेको र यसमा भएको लाइट स्टेरिङ्गले पार्किङ्ग गर्दा पनि सहज महसुस गराउने कम्पनीले जनाएको छ ।