नेपालमा स्कोडा कुशकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ

काठमाडौं । नेपालका लागि स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बहुप्रतिक्षित एसयुभी स्कोडा कुशकको मूल्य सार्वजनिक गरेको छ । एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ ट्रिम र ५ भेरियन्टमा उपलब्ध हुने कुशकको मूल्य ४९ लाख ९० हजार रुपैयाँदेखि ६५ लाख ९० हजार रुपैयाँसम्म तोकिएको छ । एमएडब्लुले नयाँ स्कोडा कुशकका लागि दुई साताअघि नै बुकिङ खुला गरिसकेको छ । नेपाली ग्राहकले साउन ११ गतेदेखि कुशकको टेस्ट ड्राइभ गर्न पाउनेछन् । रोबस्ट र मस्कुलर लुक रहने कुशकले नेपाली एसयुभीप्रेमीको मन जित्ने अपेक्षा गरिएको छ । कुशकको अगाडिको भागमा चौडा र अद्वितीय स्कोडा ग्रिल, डुअल हेलाइट सेटअप, एलईडी डिआरएल र फग ल्याम्प हुनेछ । साथै यसमा रुफ रेल र १७ इन्चको डाइमन्ड कट एलोइ ह्विल हुनेछ । साथै, पछाडिको भागमा स्प्वाइलर, फक्स लिस्भर डिफ्युजर, र्याप-अराउन्ड एलडी टेललाइट रहनेछ । नेपाली बजारमा यस्तो छ कुशकको मूल्य  यसको इन्टेरियर चालकलाई सहज बनाउन राखिएको ‘सिम्प्ली क्लेभर’ फिचर भएको आधुनिकता र सुन्दरताको उत्कृष्ट संयोजन हुनेछ । यसमा १०.० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, सनरुफ, भेन्टिलेटेड सिट, एम्बायन्ट लाइटिङ, कुल्ड ग्लोबबक्स, ५० वाटको सबवुफरसहितको सिक्स स्पिकर पनि रहनेछ । साथै, सुरक्षाका लागि यसमा ६ एअरब्याग, रियर पार्किङ क्यामेरा, आइसोफिक्स चाइल्ड सिट माउन्ट, अटो हेडल्याम्प र वाइपर र मल्टिकोलिजन ब्रेकिङ सिस्टम पनि हुनेछ । त्यस्तै, इएससी सबै भेरियन्टमा हुनेछ जुन सेग्मेन्टमै पहिलो हो । साथै यसमा टायर प्रेसर मनिटरिङ र हिल होल्ड असिस्ट पनि हुनेछ । स्कोडा कुशकमा १.० लिटरको सबैभन्दा बढी पुरस्कृत टीएसआई इन्जिन हुनेछ जसले ११५ बीएचपी र १७८ एनएम टर्क उत्पन्न गर्नेछ जुन सेग्मेन्टमै सबैभन्दा बढी हो । टीएसआई इन्जिन ६ स्पिड म्यानुअल र अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुनेछ ।

उपत्यकामा हरेक महिना १० हजार नयाँ मोटरसाइकल दर्ता

काठमाडाैं । गुर्जुधारास्थित यातायात व्यवस्था कार्यालयमा हरेक महिना दश हजार नयाँ मोटरसाइकल दर्ता हुने गरेको छ । पछिल्लो समय विभिन्न कम्पनीका मोटरसाइकल प्रयोगकर्ता वृद्धिभएसँगै उक्त कार्यालयमा दर्ताको चाप वृद्धि भएको हो । काठमाडौं उपत्यका बाहिरका करीब एक हजारको सङ्ख्यामा दुईपाङ्ग्रे सवारी साधनसमेत दर्ता हुने गरेको कार्यालय प्रमुख दीपककुमार पोखरेलले जानकारी दिए । अहिले १२९ लट मोटरसाइकल दर्ता छन् । यसरी सवारी साधनको दर्ता वृद्धिसँगै मुलुकको व्यापार घाटा थप बढ्ने गई त्यसले अर्थतन्त्रमा नकारात्मक असर पार्ने देखिन्छ । कार्यालयमा मोटरसाइकलको नवीकरण, कर तथा राजश्व बुझाउने, किनबेच हुँदा नामसारी हुने गर्दछ । वाग्मती प्रदेश अन्तर्गत सो कार्यालयले घर भाडामा लिई कार्यालय सञ्चालन गरिरहेको छ । कामको प्रकृतिअनुसार फरकफरक भवनमा सेवाग्राही आवतजावत गर्नुपर्ने हुँदा उनीहरु अलमलमा पर्ने गरेको पाइएको छ । मोटरसाइकलको लटअनुसार सेवाग्राहीले प्राप्त गर्नुपर्ने सेवा तथा सुविधाका लागि पनि कार्य कक्ष विभाजन गरिएको छ । कोभिडका कारण अहिले जोर बिजोर प्रणाली लागू गरिएकाले भीड आधा कम भएको जनाइएको छ । गुर्जुधारा चोकदेखि माथि सेवाग्राहीलाई देखेपछि विचौलियाले आकर्षित गरी शुल्क लिएर सेवा दिन अनेक नामका केन्द्रसमेत छन् । त्यस्ता केन्द्रबाट सेवाग्राहीलाई फुत्कन सजिलो छैन । कार्यालय तथा त्यस आसपास क्षेत्रमा रहेका लेखापढी व्यवसायी तथा अन्य पसलमा सेवाग्राहीलाई ‘तपाईंको काम एकै छिनमा हुन्छ, बस्दै गर्नुस् । हामी गरिदिन्छौँ’ भन्ने विचौलियाको कमी छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको करीब ३३ रोपनी जग्गा भएको उक्त स्थानमा कार्यालयका लागि भवन निर्माण गर्न दुईपटक नक्सापासका साथै माटो परीक्षण गरिएको भए पनि त्यसले साकार रुप लिन सकेको छैन । यातायात कार्यालय अहिले प्रदेश सरकारअन्तर्गत छ । सरकारले भवन निर्माणका लागि चालु आवमा ७० लाख विनियोजन गरेको भए पनि केन्द्रको नाममा रहेको जग्गा प्रदेश सरकारलाई प्रक्रिया पु¥याएर हस्तान्तरण नहुँदासम्म भवन निर्माणको विषय अन्योलमा छ । विगतमा काठमाडौं हेटौँडा सञ्चालन हुने रञ्जुमार्ग क्षेत्रमा रहेको उक्त जग्गा यातायात कार्यालयकै भवन निर्माणका लागि लिइएको हो । जनशक्तिको कमी रहेकाले उक्त कार्यालयमा सेवाग्राहीले छिटोछरितो सेवा प्राप्त गर्न समय पर्खनुपर्ने बाध्यता छ । चालीस लट मोटरसाइकल दर्ता हुँदा ५५ कर्मचारी रहेकामा अहिले तीन गुण बढी कामको चाप बढ्दा पनि कर्मचारी थप हुन नसकेको कार्यालयले जनाएको छ । करारमा १९ कर्मचारी थप गरिएको छ । सेवाग्राहीको भीडले फाइल थुप्रिने र कर्मचारी कम हुँदा कार्य सम्पादनमा केही समस्या भएको कर्मचारी मुक्तिनाथ भट्ट बताउँछन् । दैनिक ६० देखि ७० लाख राजश्व सङ्कलन गर्ने उक्त कार्यालयले चार भवन भाडामा लिएर दैनिक कार्य सञ्चालन गरेको छ । मासिक करीब दुई लाख भाडा बुझाइने गरेको छ । रासस

अगस्टा सुपर भेलोचेसी रिओरो नेपालमा सार्वजनिक, मूल्य ७९ लाख ९९ हजार रुपैयाँ

काठमाडौं । एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपाल भित्रिएको छ । एसजे मोटोका अध्यक्ष सौरभ ज्योतिले एमभी अगस्टा सुपरभेलोस सिरी ओरो मोटरसाइकल नेपालमा भित्र्याएका हुन् । उक्त मोटरसाइकलको मूल्य ७९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सपुर भेलोचे ओरो मोटरसाइकल विश्व प्रसिद्ध इटालियन ब्रान्ड, एमभी अगस्टाको नि यो रेट्रो रेसरको एक बहिष्कृत संस्करण हो । एमभी अगस्टा एफ थ्रीबाट व्यत्पन्न, यसलेइन–लाइन तीन सिलिन्डर ईन्जिन रहेको कम्पनीले दावी गरेको छ । त्यस्तै यसमा कम्प्याक्ट शारीरिक संरचना, दवै रेसिङ्ग र नियमित सवारीको लागी डि जाइन गरिएको छ । यस मोटरसाइकल, एमभी अगस्टा ब्राण्डको रेसिङ्ग वि रासतबाट प्रेरित भए पनि यसमा थप उच्चस्तरिय प्रविधि रहेको कम्पनीले जनाएको छ । यो केवल ३०० एकाईमा उत्पादन भएको कम्पनीले जनाएको छ । एस जेमोटो नेपालमा नयाँ र रिफर्बिसर्बि गरिएको सपुर बाइकहरूको लागि एक प्रीमियम मोटरसाइकल शोरूम हो । यो अन्य ऐतिहासिक मोटरसाइकल र सपुर बाइकहरूको लागि सग्रंहालय पनि हो । एस जेमोटो सँग हाल स्टकमा रहेका एम भी अगस्टाका  MV Augusta F3, MV Augusta F4, MV Augusta Dragster, MV Agusta Brutale 800, MV Agusta Turismo Veloce, र MV Agusta Turismo Veloce Lusso बाइकहरू बजारमा उपलब्ध छन् ।