विद्युतीय बस किन्न बागमती प्रदेशले छुट्यायो ५० करोड

काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय सवारी साधन खरिद गर्नको लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । यस्तै, बागमती प्रदेश सरकारले मुग्लिन, नारायणघाट हेटौडा सडकखण्डको उपयुक्त स्थानमा विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन स्थापना गर्ने भएको छ । यसको लागि निजी क्षेत्रको पनि सहकार्य खोजिने मन्त्री ढुंगेलले जानकारी दिए ।

होण्डाको बहुप्रतिक्षित बाइक सिबस ३५० डिएलएक्स नेपालमा, मूल्य साढे ७ लाख

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनिले बहुप्रतिक्षित होण्डाको सिबस ३५० डिएलएक्स सार्वजनिक गरेकाे छ । स्याकार ट्रेडिङ्ग कम्पनिका अध्यक्ष सौरभ ज्योतिले यूटुबमा प्रिमियर गरिएको एक भिडियो मार्फत यस बाइकलाई हिजो नेपाली बजारमा सार्वजनिक गरेका थिए । नेपालमा होण्डाको सिबि मोडलका बाइकहरुले एक विशेष पहिचान बनाएको छ । यस सिबस ३५० डिएलएक्सले पनि नेपाली बाइकरहरुको मनमा एक छुट्टै स्थान बनाउन सफल हुने कुरामा होण्डा विश्वस्त रहेकाे कम्पनीले जनाएकाे छ । ३५० को नेपालमा आकर्षक रेट्रो लुक्स मन पराउने सम्पूर्ण बाइक पारखीहरुको लागि निर्मित यस बाइकमा ३५० सिसिको इन्जिन रहेको छ । मोर्डन फिचरहरुले भरिपूर्ण यस बाइक सिङ्गल टोनमा प्रिसियस रेड मेटालिक, म्याट मार्सल ग्रिन मेटालिक, पर्ल नाइट स्टार ब्याल्क गरी ३ विभिन्न रङ्गहरुमा उपलब्ध छ । रियल टाइम माइलेज, एभरेज माइलेज र डिस्ट्यान्स टू एम्प्टी सूचित गर्ने डिजिटल क्नसोल, रिङ्ग टाइप विंकर सहित एलइडी हेड ल्याम्प र टेल ल्याम्प, एस्सिट एण्ड सिल्पर क्लच् डिजिटल मिटर, लामो र आरमदायी सिट जस्ता यस बाइकको धेरै मध्यका केहि विशेषताहरु हुन् । नेपाली बजारमा यस सिबस ३५० डिएलएक्स को मूल्य ७ लाख ५० हजार तोकिएको छ । थप जानकारीका लागि तपाईंहरुले होण्डाको टोल फ्रि नं. १६६००१४६६३२ (नेपाल टेलिकम) र ९८०१५७११११ (एनसेल) मा सम्पर्क गर्न सक्नुहुने कम्पनीले जनाएकाे छ ।

विद्युतीय कार दिगाे इ८ काे मूल्य घट्याे, २१ लाख ९४ हजारमा तत्काल पाइने

काठमाडाैं । विद्युतीय सवारी ब्रान्ड दिगोले दिगो इ८, विद्युतीय ह्याचब्याक कारको मूल्य घटाएको छ । विद्युतीय सवारी साधनको आयातमा लाग्ने महसुल र अन्तःशुल्क घटेसँगै कम्पनीले आफूसँग स्टकमा रहेका कारको मूल्य परिमार्जन गरेको छ । सरकारले गरेको यस सकारात्मक कदमको सर्हाना स्वरूप स्टकमा रहेको गाडीको समेत मूल्य परिमार्जन गरिएको दिगो इ८ कार खरिदकर्तालाई तत्कालै डेलिभरी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले कारकाे नयाँ मूल्य २१ लाख ९४ हजार ५०० तोकिएको जनाएको छ । नयाँ बजेटमा विद्युतीय सवारी साधानको भन्सार महसुल र अन्तःशुल्क घटाउने घोषणा भएसँगै कम्पनीले दिगो इ८ काे मूल्य परिमार्जन गरेकाे हाे । दिगो इ८ यस सेग्मेन्टको ज्यादै लोकप्रिय कार हो । दिगो इ८ को पहिलो लट बिक्री भएपछि कम्पनीले बजेटअघि नै दोस्रो लट आयात गरेको थियो । सरकारले विद्युतीय सवारी साधनमा लाग्ने कर कटौती गरेपछि कम्पनीले आफूसँग स्टकमा रहेका गाडीहरु मूल्य घटाएर बिक्री गर्ने निर्णय लिएको हो । अहिले दिगो ग्रुपले स्टकमा रहेका सवारी साधनहरु घटाइएको मूल्यमा बिक्री गर्ने घोषणा गरेको हो ।