नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीको बुकिंङ खल्ती वालेटबाटै गर्न सकिने

काठमाडौं । नेपालको पहिलो विद्युतीय बाइक यात्री मोटरसाइकलको बुकिंङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएको छ । यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार बाइकको बुकिंङ लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइकको बुकिंङ गर्न सकिने व्यवस्था मिलाएको छ । कम्पनीले खल्तीबाट मात्रै बुकिंङको भुक्तानी लिने र  शुक्रबारदेखि बुकिंङ गर्न सकिने जनाएकाे छ  । यात्री मोटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएको विद्युतीय सवारी हो । कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ रहेकाे छ । कम्पनीले अहिले अर्डर गरेको मोटरबाइक ४ महिनामा उपलब्ध गराउने जनाएको छ । यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीको दाबी छ । यसको तौल १९५ केजी रहेकाे छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।

टिभिएस वा, वाह्, वाह्ह् योजनाको अपाचे आरआर ३१० काे पहिलो विजेता घोषणा

काठमाडौं । टिभिएस वा, वाह्, वाह्ह् योजना अन्तर्गत कैलाली–०२, बर्दियाका बालचन्द थारुले टीभीएस अपाचे आरआर ३१० जितेका छन् । उनले टीभीएस आरटिआर अपाचे १६० टुभि खरिद गरेका थिए । टिभिएस, वा, वाह्, वाह्ह् योजना अन्तर्गत ग्राहकले टिभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गरेर यो योजनामा सहभागी बन्न सक्ने छन् । यो योजना अन्तर्गत हरेक १५ दिनमा टिभिएसको फेसबुकमा प्रत्येक्ष प्रशारण मार्फत गोलाप्रथाद्धारा विजेता घोषणा गरिने छ । यस योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटर्साइकल वा स्कुटरको खरिदमा १० हजारसम्मको पक्का डिस्काउन्ट र शुन्य प्रतिशत व्याजदरको व्यवस्था भएको “वा“ अफर रहेको छ । साथै योजनालाई “वा“ बाट “वाह्“ बनाउन योजनाको समय अवधीमा टिभिएसको कुनैपनि मोटर्साइकल वा स्कुटर खरिद गर्ने ग्राहकहरु मध्ये १ जना भाग्यशाली ग्राहकलाई हरेक १५ दिनमा एउटा नयाँ टिभिएस अपाचे आरआर ३१० उपहार स्वरूप पाउनेछन् । यो योजना यतिमामात्र सिमित नभएर “वा“ बाट “वाह्“ हुँदै “वाह्ह्” सम्मको थप भव्य बनाउने योजनाको अन्त्यमा एकजना भाग्यशाली ग्राहकले बम्पर उपहार स्वरुप स्टयाण्डर्ड एमटि भर्जनको नयाँ प्रोटोन सागा गाडी गोलाप्रथा मार्फत पक्का प्राप्त गर्नेछन् । जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर १०० भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न सफल भएको छ ।  

मोटरहेड बुक अर बाई: बैशाख १६ गतेभित्र बाइक बुकिङ गर्दा वा किन्दा थप ५ हजार छुट

काठमाडौं । नेपालका लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले हालै जारी हुन लागेकाे निषेधाज्ञालाई मध्यनजर गरी ‘बुक अर बाई’ नामक नयाँ स्किम ल्याएको छ । सरकारले यही बैशाख १६ देखि निषेधाज्ञा लागू गर्न लागेको समाचार आइरहेको सन्दर्भमा यो स्किम ल्याएको एसएलआर टेक्नो एन्ड ट्रेडका बिजनेस हेड उज्वल जोशीले बताए । यो अफर काठमाडौं उपत्यकाका तीन जिल्लामा लागू गरिएको उनले बताए । यस अनुसार ग्राहकले आगामी बैशाख १६ भन्दा पहिले मोटरहेडका कुनै पनि बाइक बुकिङ गर्दा वा किन्दा हाल चलिरहेको स्किममा थप ५ हजार रुपैयाँ छुट उपलब्ध हुनेछ । काठमाडौंको बालाजु, टेकु र चाबहिल तथा ललितपुरको धोविघाट र भक्तपुरको सल्लाघारीमा रहेको मोटरहेड सोरुमबाट यो स्किम अन्तर्गतको छुट उपलब्ध हुने जाेशीले जानकारी दिए । हाल नयाँ वर्ष २०७८ को अवसरमा ‘पावर पिकअप सब छ, नयाँ वर्ष २०७८ खास छ’ अफर चलिरहेको छ । उक्त अफर अन्तर्गत नगद खरिदमा १२ हजार, फाइनान्स खरिदमा ८ हजार र एक्सचेन्ज गरी खरिद गर्दा बजार मूल्यांकनमा थप १५ हजार रुपैयाँ पाउने छन् । यसका साथै कम्पनीको तर्फबाट थप एसेसरिजहरु पनि प्रदान गरिने बताइएको छ । अफरको नयाँ आकर्षणको रुपमा संस्थागत सामाजिक उत्तरदायित्व समेत जोडेको कम्पनीले जानकारी दिएकाे छ । यस अन्तर्गत बिक्री भएका प्रत्येक मोटरसाइकलवापत १ हजार रुपैयाँ छुट्याइने छ र अफर सकिए पश्चात एक कार्यक्रमको आयोजना गरी उक्त रकम कुनै एक सामाजिक संस्थालाई हस्तान्तरण गरिने छ । हाल नेपाली बजारमा मोटरहेडका स्क्र्याम्बलर २५०, एमएच २००, टेक्कन २५०, स्पोर्ट्स अफरोड टायर, स्पोर्ट्स रोड टायर, एक्सटर्क र एमएच १५० आर उपलब्ध छन् ।