स्कोडा कुशाककाे नेपालमा एक वर्ष पुरा, ५६० प्रतिशतले बढ्याे व्यापार
काठमाडौं । युरोपियन एसयुभी स्कोडा कुशाकले नेपालमा एक वर्ष पुरा गरेको छ । एमएडब्लु स्कोडाले गत वर्ष साउनमा कुशाकलाई सार्वजनिक गरेको थियो । ड्राइभिंग डाइनामिक्स, लुक्स, पर्फर्मेन्स, कम्फोर्ट र थ्रिलिंग टिएसआई इन्जिनका कारण स्कोडा नेपालले सार्वजनिक भएको १५ औं दिनमा ७५ वटा युनिक कुशाक एकै दिन डेलिभरी दिन सफल भएको थियो । कम्पनीको अनुसार कुशाक सार्वजनिक भएयता नेपालमा स्कोडाको बिक्री गत वर्षभन्दा ५६० प्रतिशतले बढेको छ । एक वर्षमा चार सय युनिट बिक्री भएको स्कोडा कुशाकको आफ्नो सेग्मेन्टमा मार्केट सेयर १८ प्रतिशत रहेको कम्पनीले जानकारी दिएको छ । नेपालमा लन्च भएपछि कुशाकले स्कोडा ब्रान्ड र नेपाली अटो क्षेत्रमै आफूलाई सेग्मेन्टलाई परिभाषित गर्ने एसयुभीका रुपमा उभ्याउन सफल भएको स्कोडा एमएडब्लुका कार्यकारी निर्देशक रौनक अग्रवालले बताउँछन् । ‘कुशाकलाई माया गर्ने र स्कोडा ब्रान्डसँग बलियो सम्बन्ध स्थापित गर्ने सबै ग्राहकसँग कुशाकको एक वर्षे कोशेढुंगालाई मनाउन पाउँदा हामी हर्षित छौं । कुशाकलाई माया गर्ने सबैप्रति हामी आभार व्यक्त गर्न चाहन्छौं,’ उनले भने । स्कोडा कुशाक एम्बिसन, एक्टिभ र स्टाइल गरी तीन ट्रिम अनि क्यान्डी ह्वाइट, ब्रिलियन्ट सिल्भर, कार्बन स्टिल, हनि ओरेन्ज र टर्नेडो रेड गरी पाँच कलरमा उपलब्ध छ । नेपालमा स्कोडाको मूल्य ४९ लाख ९० हजार देखि ७१ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।
टिभिएसले ल्यायो बबाल फाईनान्स अफर, ३ हजार ९०८ रुपैयाँमा नै अपाचे बाइक पाइने
काठमाडौं । नेपालका लागि टभिएस मोटर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले आफ्नो नयाँ ‘बबाल फाइनान्स अफरु ल्याएको छ । जस अन्तर्गत कम्पनीले आकर्षक सुविधाहरु प्रदान गर्नेछ । यस योजना अन्तर्गत ग्राहकहरुले टभिएस मोटरसाइकल र स्कुटर २० प्रतिशत डाउनपेमेन्ट सुविधामा अथवा न्यूनतम इएमआइ क्रमश : जुपिटरमा ३ हजार ९०८ रुपैयाँ, एनटोर्क स्क्वायड एडिसनमा ५ हजार २५४ रुपैयाँ र अपाचे आरटिआर २०० फोर भिमा ६ हजार ८२२ रुपैयाँमा खरिद गर्न सक्नेछन् । त्यसैगरी, अपाचे आरटिआर २००फोर भि को नगद खरिदमा ग्राहकहरूले टिभिएस रेसिङ ज्याकेट निस्शुल्क प्राप्त गर्न सक्नेछन् । साथै, कुनै पनि पुरानो मोटरसाइकल वा स्कूटर एक्सचेन्ज गरी नयाँ टिभिएस खरिद गर्दा बजारकै उत्कृष्ट मूल्याङ्कनका गराउने टिभिएसले जनाएको छ। यस योजना अन्तर्गत ग्राहकहरुले झन्झट मुक्त कागजात प्रक्रिया बाट टिभिएस मोटरसाइकल र स्कूटर खरिद गर्न सक्नेछन। जगदम्बा मोटर्स नेपालमा टिभिएस दुई पाङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक हो ।
बैंकहरूले अटो क्षेत्रलाई फाइनान्सिङको सुविधा रोके, बाइक बिक्री हुन छाडेपछि धमाधम स्कीम ल्याइँदै
काठमाडौं । पछिल्लो समय नेपाली अटोमोबाइल्स बजार नकारात्मक दिशातिर लागेको छ । सरकारले विदेशी मुद्रा सञ्चितीमा कमी आएको भन्दै दुई पाँग्रेदेखि चार पाँग्रेसम्मका सवारी साधन आयातमा कडाइ गर्दा अटोमोबाइल्स क्षेत्र नकारात्मक दिशातर्फ लाग्न थालेको व्यवसायीहरु बताउँछन् । यसअघि गत बैशाख १३ गते सरकारले सूचना जारी गर्दै असार मसान्तसम्मका लागि २५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे तथा चार पाँग्रे कार, जीप तथा भ्यान आयातमा पूर्ण रुपमा रोक लगाएको थियो । उक्त समयमा २५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकलको आयातमा पूर्ण रुपमा रोक लगाइयो । साउन लागेसँगै सरकारले आयातमा सहजीकरण गर्ने आशमा रहेका अटो व्यवसायीहरुलाई सरकारले पुनः आगामी भदौ १४ गतेसम्म दुईपाँग्रे सवारी आयातमा झनै कडाई गर्दै प्रतिबन्ध लम्ब्यायो । सरकारले १५० सीसी क्षमताभन्दा माथिका दुई पाँग्रे सवारी आयातमा रोक लगाउँदा हाल बजारमा मोटरसाइकलको अभाव हुन थालेको व्यवसायीहरु बताउँछन् । लामो समयदेखि आयात नहुँदा र भएका साधन समेत पर्याप्त मात्रामा बिक्री नहुँदा अटोमोबाइल्स व्यवसायीहरु लगानी डुब्ने खतरा बढेको भन्दै आतिन थालेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यसमिति सदस्य एवंम जगदम्बा मोटर्सको प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवाल सरकारका कारण बजारमा मोटरसाइकल अभाव हुन थालेको बताउँछन् । हाल अधिकाशं उपभोक्ताको रोजाइमा पर्ने १५० सीसी क्षमताका मोटरसाइकल आयातमा रोक लगाउँदा समग्र अटो व्यवसाय नकारात्मक दिशातर्फ लागेको उनकोे भनाइ छ । उनले नयाँ आयातसँगै व्यवसायीसँग मौज्दातमा रहेका मोटरसाइकल समेत बैंकले फाइनान्सिङको सुविधा नदिँदा बिक्री नभएको बताए । ‘विदेशी मुद्रा सञ्चितीलाई देखाउँदै आयातमा रोक लगाइएको छ, भएका साधन बिक्रीमा समेत बैंक तथा वित्तीय संस्थाले फाइनान्सिङको सुविधा उपलब्ध नगराउँदा मोटरसाइकलको बिक्री लगभग ठप्प जस्तै भयो’, उनले भने । उनले मौज्दातमा रहेका साधन बिक्री गर्न केही कम्पनीले स्कीम सार्वजनिक गर्न थालेको बताए । आफ्नै फाइनान्स सुविधा भएका केही कम्पनीले मौज्दात बाइकको बिक्री बढाएर बजारलाई चलायमान बनाउन स्कीम ल्याएका हुन् । यसअघि पनि विभिन्न कम्पनीले स्कीम ल्याउने गरेको भन्दै निरन्तर मोटरसाइकल बिक्रीका लागि गरिने प्रमोसन मात्रै भएको उनको भनाइ छ । बिक्री बढाउन स्कीम १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्धसँगै बजारमा रहेका समेत बिक्री हुन छाडेसँगै केही कम्पनीहरुले स्कीम ल्याएका छन् । यामाहा मोटरसाइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेज र हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रा.लीले फाइनान्ङिको स्कीम सार्वजनिक गरेका हुन् । उक्त दुई कम्पनीले हाल बिक्री गर्दै आएको विभिन्न मोडलका मोटरसाइकल बिक्रीका लागि ४० प्रतिशत डाउनपेमेन्टदेखि मासिक किस्ता भुक्तानीका लागि स्कीम सार्वजनिक गरेका हुन् । यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले फजेड–एक्स रेट्रो, एमटी १५, जेड आर स्कुटर लगायतका मोडलका बाइक बिक्रीमा स्कीम सार्वजिनक गरेको छ । कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट गरी बाँकी रकमलाई १८, २४ र ३० महिनाको अवधिमध्ये उपयुक्त एउटा छनोट गरी किस्तामा मोटरसाइकल खरिद गर्न सक्ने गरी स्कीम सार्वजनिक गरेको हो । एफजेट एक्स मोडलको बाइकमा ४० प्रतिशत डाउनपेमेन्टदेखि १८ महिनाका लागि मासिक रुपमा १५ हजार २२९, २४ महिनाका लागि मासिक किस्ता ११ हजार ८२८ र ३० महिनाका लागि मासिक किस्ता ९ हजार ८८८ रुपैयाँ तोकेको छ । यस्तै, एमटी १५ मोडलका बाइकमा ५० प्रतिशत डाउनपेमेन्ट, १८ महिनाका लागि मासिक रुपमा १४ हजार ३७९, २४ महिनाका लागि मासिक रुपमा ११ हजार १६८ र ३० महिनाका लागि िमासिक किस्ता ९ हजार ३३६ रुपैयाँ तोकिएको छ । जेडआर स्कुटरमा समेत कम्पनीले फाइनान्ङिको सुविधा दिएको छ । जेडआर मोडलका स्कुटर खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्टसँगै १८ महिनाका लागि मासिक ९ हजार १५०, २४ महिनाका लागि मासिक ७ हजार १०६ र ३० महिनाका लागि मासिक रुपमा ५ हजार ९४१ रुपैयाँमा फाइनान्स सुविधा दिने कम्पनीले जनाएको छ । यस्तै, हिरो मोटरसाइलको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी नेपाल जनरल मार्केटिङ (एनजीएम) ले समेत मोटरसाइकल बिक्रीका लागि फाइनान्स स्कीम सार्वजनिक गरेको छ । कम्पनीले एक्सपल्स २०० फोर भी मोडलका बाइक ९ प्रतिशत व्याजदरमै खरिद गर्नसकिने गरी स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ४० प्रतिशत डाउनपेमेन्ट र ९ प्रतिशत ब्याजदरमा विभिन्न मोडलका मोटरसाइकल खरिद गर्न सकिने गरी स्कीम सार्वजनिक गरेको हो ।