तस्विरमा हेर्नुहोस् बुटवलदेखि पाल्पासम्मको एनओजी राइड
काठमाडौं । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ । गत भाद्र ५ गते आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवी स्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीहरु बीच विभिन्न गेमहरु पनि खेलाइएको थियो। साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहारहरु पनि प्रदान गरिएको थियो । करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।
हुन्डाई नेपालले चुनिखेलमा गर्यो वृक्षारोपण
काठमाडौं । हुन्डाई नेपालले बिभि द चेन्ज अभियान अन्तर्गत चुनिखेलमा वृक्षरोपण गरेको छ ।हुन्डाईले रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा चुनिखेलमा २०० भन्दा बढी बिरुवा रोपेको हो । उक्त कार्यक्रमको लागि हुन्डाईको कोना र आइवोनिक्यु फाइभ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बुढानिलकण्ठसम्म गएका थिए । बिभि द चेन्ज हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याईएको कम्पनीले जनाएको छ । बिभि द चेन्ज अभियान अन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखेको कम्पनी बताउँछ । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ ।
नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नाडा इभि एक्सपोको लागि स्टल बुकिङ खुल्ला गरेको छ । नाडाले असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको इभि एक्सपोको लागि बुधबारबाट स्टल बुकिङ खुल्ला गरेको हो । यो नेपालमै पहिलोपटक हुन लागेको इभी एक्स्पो हो । इभि एक्सपोका लागि भदौ ५ गते सम्मका लागि स्टल बुकिङ्क खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिएका छन् । रकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् ।