नाडाले विद्युतिय गाडीको एक्सपो गर्ने
काठमाडौं । नाडाले पहिलो पटक विद्युतिय गाडीको एक्सपो गर्ने भएको छ । बिहीबार अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा बसेको कार्य समितिको आठौं बैठकले नाडा इभि एक्सपो गर्ने भएको हो । उक्त इभि एक्सपो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भदौ १४ गतेसम्मको लागि विस्तार गरेपछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको जनाएको छ । नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले भदौ १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने जानकारी दिए । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सबैलाई एक्सपोमा सहभागि हुन अनुरोध गरेका छन् ।
अग्नि ग्रुपले महिन्द्राका गाडीमा ७० प्रतिशतसम्मकाे फाइनान्सिङ सुविधा दिने
काठमाडौं । अग्नि इन्कर्पोरेटले आफ्ना महिन्द्रा स्कर्पियो र बोलेरो रेन्जका सवारी साधनमा पहिलो पटक ७० प्रतिशतसम्म फाइनान्सिङ स्किम ल्याएको छ । यो योजना ग्राहकहरूलाई राहत दिन र महिन्द्रा भेहिकलले विगतका वर्षहरूमा देखाएको उद्यमशीलतालाई सहयोग गर्ने ल्याएको कम्पनीले जनाएको छ । अग्नि इन्कर्पोरेटेडले यस योजनाका लागि अग्नि हायर पर्चेजसँग सम्झौता गरेको छ । बजारको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राख्दै अग्निले व्यवसाय गर्ने योजना बनाइरहेका उद्यमीहरूलाई सहयोग गर्न अग्निले यस्तो योजना ल्याएको हो । कम्पनीले एकल प्रक्रियाका साथ ग्राहकहरुका लागि समग्र प्रक्रियालाई सहज र सरल बनाउन आन्तरिक समूह कम्पनीसँग मिलेर काम गरिरहेको बताएको छ । कम्पनीको अनुसार ग्राहकले आवेदन दिएको ७ कार्य दिनभित्र कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीको अनुसार ब्रान्ड न्यू फोर ह्वीलर्सका लागि कुल ऋण सीमा प्रतिष्ठानहरूका लागि कुल बिल राशिको ७० प्रतिशतसम्म र व्यक्तिगत खरिदकर्ताका ब्रान्ड नयाँ फोर ह्वीलर्सको लागि कुल ऋण सीमा ५० प्रतिशतसम्म छ । ५ वर्षसम्मको फाइनान्सिङ अवधि रहको यो योजना नेपालभर लागू हुने कम्पनीले जनाएको छ ।योो योजनामा ग्राहकहरूको भार कम गर्न मासिक किस्ताबन्दी सुविधा पनि रहेको छ ।
जिडब्लुएम नेपालले ल्यायो ‘विङ्गल ५’ पिकअप ट्रक, मूल्य साढे ५२ लाख रुपैयाँ
काठमाडौं । जिडब्लुएम नेपालले नेपालमा पिकअप ट्रक ‘विङ्गल ५’ लन्च गरेको छ । यो विदेशी बजारमा निर्यात र अष्ट्रेलियामा बिक्री हुने पहिलो चिनियाँ पिकअप ट्रक हो । यो कम्प्याक्ट पिकअप ट्रकलाई चिनियाँ अटोमेकर जि.डब्लु एम द्वारा डिसेम्बर २००६ मा निर्माण र मार्केटिङ गरेको थियो । पिकअप बिक्री र बलको आधारमा, यसको पिकअप लाइन अपमा यसको चीनमा बिक्री हुनेमा धेरै वर्ष शीर्ष स्थानमा रहेको छ । पिक-अप विङ्गल ५ मा १०५ केडब्लू (१४१ एचपी) र ३०५ एनएम क्षमता प्रदान गर्ने नयाँ २ लिटर टर्बो-डिजेल इन्जिन छ । विङ्गल ५मा स्तरीय अलोई ह्वील, रेडियो, इलेक्ट्रिक विन्डोज, लेदर-ट्रिम गरिएको सिट, रियर डिफरेंशियल लक, टीपीएमएस र अटो-एयर कन्डिसनले सुसज्जित छ । यसमा रहेको २ लिटर ईन्जिनले उच्च दक्षता, कम इन्धन खपत र उल्लेखनीय कार्य क्षमता प्रस्तुत गर्दछ । यसमा अगाडिको भागमा स्टाइलिश ग्रिल डिजाइन भएको डीआरएल छ । यसको बाह्य साइड मिररहरूमा टर्न इन्डिकेटर जस्ता सुविधाहरू पनि समावेश गरिएको छ । यसको भागमा हलोजन बत्तीहरूको साथ सीधा डिजाइन छ र कार्गो बढीमा स्क्रयाच वा कुनै पनि प्रकारको क्षतिबाट बच्न कम्पनी फिट बेडलाइनरहरू छन् । यसको अलोई लुकले बाहिरी बनावटलाई प्रिमियम देखिन मद्दत पुर्याएको छ । स्काई सिल्भर, पर्ल ब्ल्याक, र टाइटेनियम ह्वाइट जि. जीडब्लुएम विङ्गल ५ को लागि उपलब्ध तीन रंगहरू हुन् । जसको मूल्य नेपाली बजारका लागि ५२ लाख ४९ हजार रुपैयाँ तोकिएको कम्पनीले जानकारी गराएको छ ।