खल्तीबाट ‘नाडा ईभी एक्सपो’को टिकट काट्दा २५ प्रतिशत क्यासब्याक पाइने

काठमाडौं । खल्ती र नाडा ईभी एक्सपो २०२२ बीच सम्झौता भएको छ । सम्झौता अनुसार खल्तीले नाडाको एक मात्र टिकेटिङ पार्टनरको रुपमा काम गर्नेछ । यसार्थ नाडा ईभी एक्सपो २०२२ को टिकट खल्तीबाट काट्न सकिनेछ । असोज ६ देखि असोज ९ सम्म हुन गइरहेको यस एक्स्पो मा बिद्यार्थी वर्गले रु १५० र अरुले रु २०० भुक्तानी गर्नुपर्ने टिकट शुल्कमा खल्ती मार्फत टिकट काट्दा २५ प्रतिशत क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । विद्युतीय सवारी साधनबारे जनचेतना अभिवृद्धि गर्न आयोजना गरिएको एक्स्पोमा विभिन्न कम्पनीहरूले आफ्नो प्रोडक्ट प्रदर्शन गरी आफ्नो सेवा र स्किमहरुको बारेमा जानकारी दिनेछन् । एक्स्पोमा ठूला तथा साना गरि ५१ वटा स्टल र ब्लकहरु रहने छन्।एक्स्पोमा ९ वटा ब्राण्डका चार पाङ्ग्रे, एउटा ब्राण्डको तीन पाङ्ग्रे, १६ वटा ब्राण्डका दुई पाङ्ग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी एवं अटो पत्रिका तथा ४ वटा वित्तिय संस्थाहरुको सहभागिता रहेको छ । एक्स्पोलाई बढी जानकारी मूलक, सेवा मूलक र ग्राहकमुखी बनाउन वित्तिय सेवा, बिक्री पछिको सेवा एवं इन्सुरेन्सका छुट्टाछुट्टै स्टलहरू पनि रहनेछन् । एक्स्पोमा खल्तीको स्टल पनि रहनेछ जहाँ सहभागीहरूले खल्तीको विभिन्न अफरहरुङ्को बारे सम्पूर्ण जानकारी प्राप्त गर्नुको साथै खल्तीमा उपलब्ध अन्य रोचक खेलको मज्जा पनि लिन सक्नेछन् ।

बजारमा आयो नयाँ सुपर स्प्लेन्डर, विभिन्न कलरमा २ लाख ६६ हजार रूपैयाँमै पाइने

काठमाडौं । मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले नयाँ सुपर स्प्लेन्डर सार्वजनिक गरेको छ । नेपालमा आफ्नो उच्च वृद्धि रणनीतिलाई निरन्तरता दिँदै कम्पनीले उक्त बाईक सार्वजनिक गरेको हो । प्रिमियम बोल्ड डिजाइन र नवीनतम प्रविधिका साथ नयाँ हिरो सुपर स्प्लेन्डर सुपर-पावर, सुपर-माइलेज र सुपर-कम्फर्टको तेब्बर (ट्रिपल) प्रतिज्ञाका साथ ल्याइएको छ । यसले परिष्कृत ईन्धन दक्षता प्रदान गर्दछ तथा यसलाई नयाँ डिजी-एनालग क्लस्टर, इन्टिग्रेटेड यूएसबी चार्जर, साइड-स्ट्यान्ड इन्जिन कट-अफ र रिफ्रेस लुकजस्ता रोमाञ्चक नयाँ सुविधाहरूले पावर-प्याक गरिएको छ । यो मोटरसाइकल देशभरका हिरो मोटोकर्पका डिलरसिपहरूमा २ लाख ६६ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध हुने कम्पनीले जानकारी गराएको छ । नेपाल हिरोका लागि एक प्रमुख बजार हो र आफ्नो पोर्टफोलियोमा नयाँ सुपर स्प्लेन्डर थपिएसँगै यसले आफ्ना उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाएको छ र आफ्ना ग्राहकहरूलाई वर्ग-अग्रणी कार्यसम्पादन प्रदर्शन (पर्फमेन्स), सुविधाहरू र शैली प्रदान गर्दै आएको छ । हिरो मोटोकर्पले सन् २०१० मा नेपाल जनरल मार्केटिङ प्राइभेट लिमिटेड (एनजिएम) लाईआफ्नो आधिकारिक वितरक नियुक्त गरि नेपालमा प्रवेश गरेको थियो । यसले नेपालमा ८२ डिलरसीप, ९३ सर्भिस सेन्टर र ९१ भन्दा बढी स्पेयर पाट्र्स आउटलेट सहित २६६ भन्दा बढी सम्पर्कस्थानमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ । हिरोका उत्पादनहरूमा एचएफ डिलक्स, स्प्लेन्डर प्लस, सुपर स्प्लेन्डर, ग्ल्यामर, ग्ल्यामर एक्सटेक, हंक १५०आर, एक्सट्रीम १६०आर, एक्सट्रीम २००आर, प्लेजर, माएस्ट्रो एज, डेस्टिनी १२५, माएस्ट्रो एज १२५, एक्सपल्स २००टी र एक्सपल्स २०० फोरभी रहेका छन् । हीरो सुपर स्प्लेन्डर-उत्पादन हाइलाइटहरू स्मार्ट टेक्नोलोजी सुपर स्प्लेन्डरको साथ सवारी चालक (राइडर)लेसवारी र कनेक्टिभिटीको कार्यहरू पहुँच छिटो र छरितोरूपमा प्राप्त गर्न सक्दछ । इन्टिग्रेटेड यूएसबी चार्जिङ पोर्टका साथै डिजी-एनालग स्पिडोमिटरले रियल टाइम माइलेज इन्डिकेटर, सर्भिस सेड्युल रिमाइन्डर र लो फ्युल इन्डिकेटर पनि उपलब्ध गराउँछ । इन्जिन नयाँ सुपर स्प्लेन्डरमा १२५ सीसी, एयर कुल्ड, ४ स्ट्रोक, सिंगल सिलिन्डर इन्जिन रहेको छ जसले ७५०० आरपीएममा १०.७ बीएचपी उत्पन्न गर्छ र ६० आरपीएममा १०.६ एनएमको प्रभावशाली टर्क उत्पन्न गर्छ । इन्जिनमा एडभान्स प्रोग्राम्ड फ्युल इन्जेक्सन सिस्टम, वेट मल्टि प्लेट क्लच र पूर्णतः नयाँ फाइभ स्पिड गियरबक्स रहेको छ जसले सहरका साथै राजमार्गमा तनावमुक्त सवारी सञ्चालन (राइड)को सेवा प्रदान गर्दछ । यसमा फ्रन्ट टेलिस्कोपिक हाइड्रोलिक सक अब्जर्बर र रियर ५ स्टेप एडजस्टेबल हाइड्रोलिक सक अब्जर्बर रहेको छ । सुरक्षा चालक (राइडर) र पछाडिका यात्रु (पिलियन) दुवैका लागि अत्यधिक सुरक्षा सुनिश्चित गर्ने यस मोटरसाइकलमा साइड-स्ट्यान्ड भिजुअल इन्डिकेसन र ‘साइड-स्ट्यान्ड इन्जिन कट-अफ’ रहेको छ । यसका साथै यसमा डिस्क ब्रेकको विकल्प र राम्रो ह्यान्डलिङको लागि कम्बी ब्रेकिङ सिस्टम (सीबीएस) को विकल्प पनि रहेको छ । रङ सुपर स्प्लेन्डर ग्लेज ब्ल्याक, नेक्सस ब्लु, क्यान्डी ब्लेजिङ रेड र डस्की ब्ल्याक गरी चार रंगमा उपलब्ध छ ।

अशोक लेल्यान्डको पिकअप किन्दा थाइल्याण्ड वा युरोप टुर

काठमाडौं । आइएमई मोटर्सले ‘चाडपर्व हर्षको बहार लैजानुहोस् छानी छानी उपहार’ नामक अफर ल्याएको छ । यस अफरमा अशोक लेल्यान्ड दोस्त पिकअप खरिद गर्दा एक जोडीका लागि थाइल्यान्ड टुर वा ल्यापटप वा १० ग्राम सुनका साथमा स्मार्टफोन उपहार पाउनेछन् । अफर अन्तर्गत आइसिभी/ट्रक/ टिप्पर/ आइसिभी बसको खरिदमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा दुई जानालाई सिङ्गापुर टुर पाउनेछन् भने एम एण्ड एचसीभी/ट्रक/ टिप्पर/एमडीभी बसमा राफ्ट जिस्पा इलेक्ट्रिक स्कुटर अथवा सुन अथवा एक जानलाई यूरोप टुरमध्ये एक छानेर लिन सक्नेछन । कम्पनीकाे अनुसार ग्राहकले उपहारसहित ३० प्रतिशत डाउनपेमेन्ट गरेर बाँकी ७० प्रतिशत रकमलाई सरल किस्ताबन्दिमा भुक्तानी गर्ने गरी कुनै पनि सवारीसाधनहरु खरिद गर्न सक्नेछन । अफर कमर्सियल भेहिकलका सम्पूर्ण रेन्जका सवारीसाधनहरुमा उपलब्ध हुने र सिमित अवधीका लागि मात्र लागु गराइएको कम्पनीले जानकारी दिएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीका साथै आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।