स्कोडाको नयाँ सोरुम पोखरामा

पोखरा । स्कोडा नेपालले पोखराको नयाँ बजारमा सुविधासम्पन्न सोरुम सञ्चालनमा ल्याएको छ ।मएडब्लु इन्टरप्राइजेजले पोखरामा स्कोडा कार र एसयुभीको विक्रीवितरणका लागि एसएसएल मोटर्सलाई डिलर नियुक्त गरेकाे छ । सोमबार एक कार्यक्रमबीच प्रमुख अतिथि नाडा अटोमोबाइल एसोसिएसनका अध्यक्ष ध्रुव थापा र स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले शोरुम र वर्कसपको संयुक्त रुपमा उद्घाटन गरे । कार्यक्रममा बोल्दै कार्यकरी निर्देशक अग्रवालले देशभर डिलर विस्तार गर्ने क्रममा पोखरामा पनि सुविधासम्पन्न शोरुम र वर्कसप स्थापना भएको बताए । ‘हामी निरन्तर आफ्नो डिलर नेटवर्क स्थापना गरी देशभर सहज एवं सुलभ रुपमा आफ्ना ग्राहकलाई युरोपियन कारको सहज पहुँच पु¥याउन प्रतिबद्ध छौं,’ उनले भने । नेपालमा स्कोडा गाडीप्रति ग्राहकको आकर्षण बढेको बताउँदै अग्रवालले आगामी दिनमा यसको लोकप्रिय अझै बढ्ने बताए । पोखरामा सोरुम उद्घाटनका अवसरमा फागुन २४ र २५ गते विशेष टेस्ट ड्राइभ कार्यक्रम रहेकाे एसएसएल मोटर्सका प्रबन्ध निर्देशक सूर्य बरालले जानकारी दिए । एमएडब्लु इन्टरप्राइजेज युरोपियन लिडिङ ब्राण्ड स्कोडाको नेपालकाे लागि एकमात्र आधिकारिक विक्रेता हाे । एमएडब्लुले सन् २००८ देखि स्कोडा कारलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ । कम्फोर्ट र सुरक्षाका लागि स्कोडा कार नेपालमा चर्चित छन् ।  

जावा मोटरसाइकलको डिलर जनकपुरमा विस्तार

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एक मात्र अधिकृत वितरक, अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले डिलर विस्तार गरेको छ । कम्पनीले जनकपुर​को थापाचोकमा नयाँ डिलर भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेज  विस्तार गरेको हो । बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, वीरगंज, नारायणघाट, पोखरा, बाग्लुङ्ग, बुटवल, भैरहवा, नेपालगञ्ज, सुर्खेत, दाङ्ग र धनगढीका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि जनकपुर​मा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित थ्री यश शोरूम स्थापना गरेको हो । जावा मोटरसाइकल शहर बजारमा मात्र नभ​ई हाईवेको यात्राका लागि पनि निकै आरामदायी र उपयुक्त हुने भाष्कर एन्ड भाष्कर ईन्टरप्राईजेजका प्रबन्ध निर्देशक विनय मनि शर्मा बताउँछन् । कम्पनीका अनुसार मोटरसाइकल प्रेमीहरूले अब जावा, जावाफोर्टी–टु र फ्याक्ट्री–निर्मित पहिलो बब्बर पेराक मोडलसहित जावा मोटरसाइकलका विभिन्न मोडल बुक गर्न तथा वरिपरिका क्षेत्रमा ‘टेस्टराइड’ गर्न पनि सक्नेछन् । नयाँ डिलरहरुबाट यो सम्पूर्ण सेवा पाईने कम्पनीले जनाएको छ । जावा चेक गणतन्त्र, पूर्व चेकोस्लोभाकियाको ९० वर्षको विरासत बोकेको एक लोकप्रिय मोटरसाइकल ब्रान्ड हो ।

हुन्डाईको सुविधा सम्पन्न साेरुम भक्तपूरको ‘राधे राधेमा’

काठमाडौं । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले भक्तपूरको राधे राधेमा नयाँ साेरुम संचालनमा ल्याएको छ । भक्तपूरमा खुलेको यस नयाँ साेरुमसहित देशभर हुन्डाईको साेरुम संख्या १५ पुगेको छ । भक्तपुर र आसपास क्षेत्रका ग्राहकलाई लक्षितगरी साेरुममा सेल्स, सर्भिस र स्पेयर पार्ट्स् (थ्री एस) सेवा उपलब्ध गराउने गरी सोमबारदेखि संचालनमा ल्याएको कम्पनीले जनाएको छ । अन्य साेरुममा जस्तै कम्पनीले उक्त साेरुमबाट दक्ष र अनुभवी कर्मचारीहरुले गाडी खरिद र खरिदपछिको उत्कृष्ट सेवा दिने जनाएकाे छ । लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपालभरमा १५ वटा साेरुम तथा १९ वटा सर्भिस स्टेसन रहेको छ । हुन्डाई मोटर्स विश्वको उत्कृष्ट ५ ठूलो अटोमोवाइल उत्पादक कम्पनी हो । हुन्डाईले उत्कृष्ट क्वालीटी तथा आकर्षक डिजाइनका गाडीहरु उत्पादन गर्दै आएको छ ।