ग्रेटवाल मोटरको ‘हाभल जोलायन’ले प्रतिष्ठित एनक्याप सेफ्टी रेटिङमा पायो फाइभ–स्टार

काठमाडौं । जि.डब्लु.एम हाभल जोलायनलाई अष्ट्रेलेसियन न्यू कार एसेसमेन्ट प्रोग्राम (एनक्याप) ले सेफ्टी रेटिङमा ५ स्टार दिएकाे छ । यस परीक्षणमा जि.डब्लु.एम हाभल जोलायन लाई विभिन्न सम्भावित दुर्घटनामा जाँच गर्नका साथै उक्त दुर्घटनामा गाडीमा सवार ड्राईभर र यात्रुको सुरक्षको परीक्षण गरिएको थियो । यसका साथ साथै अरु गाडीहरुसँग ठोक्किँदा वा पैदलयात्री तथा साईकल चालकहरुको सुरक्षाका लागि पनि मुल्यांकन गरी उक्त रेटिङ प्रदान गरिएको हो । एनक्याप सेफ्टी रेटिङ एनक्याप को २०२०–२०२२प्रोटोकल अन्तर्गत कडा परीक्षण र जाँच पछि दिईएको हो । हाभल जोलायन जि.डब्लु.एमका गाडीहरुमा यो फाईभ स्टार रेटिङ पाउने तेस्रो गाडी भएको एनक्यापका प्रमुख कार्यकारी अधिकृत कार्ला हुरवेगले बताएका छन् । थर्ड जेन हाभल एच् सिक्स र जि.डब्लु.एम पिक–अप क्याननले पहिले नै एनक्यापबाट फाईभ स्टार रेटिङ प्राप्त गरिसकेकाे छ । भि.जी. इम्पेक्स नेपालमा ग्रेट वाल मोटरको आधिकारिक आयातकर्ता हो ।

सुर्खेतमा पनि गुड्ने भयो महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’

सुर्खेत । महिन्द्रा इलेक्ट्रिक मोबिलिटीले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो सुर्खेतमा सार्वजनिक गरेको छ । महिन्द्रा समूहको एक हिस्सा रहेकाे यस कम्पनीले मंगलबार सुर्खेत उक्त इलेक्ट्रिक अटो सार्वजनिक गरेकाे हाे । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको कम्पनीले जानकारी दिएकाे छ । महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक २ लाख (पेट्रोल अटोको तुलनामा) रुपैयाँ बचत गर्नसक्ने कम्पनी बताउँछ । भारतमा महिन्द्रा ट्रियो १० हजारभन्दा बढी बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । याे पहिलाेपल्ट २०१८ मा सार्वजनिक गरिएकाे थियाे । ट्रियो ठूलो मात्र नभइ विद्युतीय सवारी साधन उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) २,०७३ मिलिमिटर व्हीलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस अटाेमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध हुनुकाे साथै यस अटाेले पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी देखाउँछ । यसकाे अटाेकाे मूल्य ८ लाख ४० हजार ताेकिएकाे छ ।      

टिभिएसले ल्यायो नयाँ एनटर्क १२५ रेस एक्सपी, मूल्य ३ लाख रुपैयाँ

काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एक्जोनेट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस-असिस्ट फिचर युक्त स्मार्ट एक्जोनेट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उद्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ । १२५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर रहेको कम्पनीको दावी छ । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ । टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने,  ‘नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ र यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउनपाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौं। टिभिएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मकप्रतिक्रिया र प्रतिक्रियाहरू संकलन गरिसकेको छ । भर्खरै लन्च गरिएको टीभीएस एनटर्क १२५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट-इन-सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिवद्धता मात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट-फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ।’ लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाईरेक्टर साहिल अग्रवाले भने- ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ । हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको बिषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।’ टेक्नोलोजी यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टीभीएस स्मार्ट एक्जोनेट हो जसलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टाछुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा-गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् । त्यस्तै अपडेटेड र रिफ्रेस्ड यूआई/यूएक्स एवम् राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ । यसैगरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । पर्फर्मेन्स यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ । म्यानेजिङ हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार ट्राइ-टोन कलर रिमसहित उपलब्ध यो स्कुटरको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।