सेगवेको साधन किन्दा हात खाली नजाने उपहारका साथै दुई जनालाई किक स्कुटर

काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहवले दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु दिने भएको छ । यो अफर अन्तर्गत सेगवेको उत्पादन किन्दा १० हजार नगद छुट, अमेजफिट ब्याण्ड ५ वा अमेजफिट नियन ब्याण्ड जस्ता निश्चित पुरस्कार जित्न सकिनेछ । यसका साथै यसमा निःशुल्क बीमा र सडक कर पनि हुने कम्पनीले जानकारी दिएको छ । साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् । लक्की ड्र मार्फत २ जनाले किक स्कुटर, २ जनाले स्मार्ट फोन ९ मिइजु एम१७० र ५ जनाले अमेजफिट जिटिएस २ स्मार्ट घडी जित्न सक्नेछन् । यसमा एक्सचेन्ज, निःशुल्क एएमसि र इएमआइको सुविधा पनि रहेको कम्पनीले जानकारी दिएको छ ।

आइएमई मोटर्स लोन मेला सुरु, कम ब्याजमा अधिकत्तम फाईनान्सको सुविधा पाइने

काठमाडौं । आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्डले ग्राहकहरुलाई लक्षित गरी लोन मेला आयोजना गरेकाे छ । कम्पनीले काठमाडौं, नेपालगन्ज, जीतपुर, इटहरी र बर्दिबासमा मेला सुरु गरिसकेकाे छ । यि स्थानमा  असोज ४ गतेसम्म मेला संचालन हुने कम्पनीले जानकारी दिएकाे छ । यस्तै, विर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ गतेदेखी ७ गतेसम्म मेला आयोजना हुँदैछ । ग्राहक लक्षित अफर सहित कम्पनीले फाईनान्स सुविधा पनि दिँदै आइरहेको छ । साना गाडी दोस्त, ट्रक टिप्पर साथै बसहरुमा यो सुविधा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ ।मेलामा अशोक लेल्याण्ड गाडीहरुका लागि कम ब्याजदरमा अधिकत्तम फाईनान्स सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ्ग इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै आएको छ । आइएमई मोटर्सले विशेष सुविधा युक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बस सहित साना तथा ठुला कम्रसियल गाडीहरु बिक्री वितरण गर्दै आएको छ । साथै, आर्मी पुलिसका लागि प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ ।

टारो मोटरसाइकल तथा स्कुटरको शोरुम इटहरीमा विस्तार

काठमाडौं । एस.जी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा तथा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ विभिन्न मिडियाकर्मी तथा इटहरीका विशेष अतिथिका बीच कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले उक्त शोरुमको उद्घाटन गरेका थिए । आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो ब्राण्ड मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो ब्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका वाइक तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो व्राण्डका जिपि २ २००, जिपि १ २५० र जिपि १ ४०० सिसि गरी तीन मोडलका वाइक नेपाली वजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सिसिका दुई मोडल इमोला १५० र एलेक्स टि ९ १५० ग्राहकको लागी उपलब्ध गराएको छ । यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सिबिएस ब्रेकिङ, कि लेस इगिनेसन, इएफआई, अन्डर सिट एक्ज्याउस्ट, टिएफटि डिस्प्ले, एरोडाइनामिकल्ली बुल्ट, प्रोजेक्टर हेडल्याम्प आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र बिक्री पछिको सेवालाई समेत विस्तार गर्ने योजना रहेको बताएको छ । दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० को खरिदमा १५,०००, जिपि २ २०० को खरिदमा ३०,००० र जिपि १ २५० को खरिदमा २०,००० छुटको अफर लागू हुने कम्पनीले जनाएको छ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने जनाइएको छ ।