मोटरसाइकलमा दशैं अफर : १५ लाखसम्म नगद पुरस्कार, शून्य डाउनपेमेन्टदेखि बीमाको सुविधा

काठमाडौं । दशैं तिहार नजिकिएसँगै मोटरसाइकल बिक्रेता कम्पनीहरुले विभिन्न स्कीमहरु सार्वजनिक गरेका छन् । चार्ड पर्वलाई लक्षित गर्दै मोटरसाइकल बिक्रेता कम्पनीहरुले नगद छुटदेखि बीमा सुविधासम्मका योजनाहरु सार्वजनिक गरेका छन् । ग्राहकहरुलाई आकर्षित गर्नका लागि कम्पनीहरुले यस्ता किसिमका स्कीमहरु हरेक चाडपर्वमा ल्याउने गरेका छन् । यस्ता छन् कम्पनीका स्कीम बेनेलीको बाइक किन्दा एक लाख पाइने केटीएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । यस अन्तर्गत मोटरसाइकल किन्नु भन्दा पहिले, किन्दा र किनेपछि गरी तीन पटकसम्म छुट र विभिन्न अफर प्राप्त गर्न सकिने छ । कम्पनीको अफर अन्तर्गत पहिलो ई–डिस्काउन्ट अन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्यूआर कोड स्क्यान गरी १ लाख रुपैयाँसम्म जित्न सकिनेछ । यो क्यूआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहनेले दुवैले प्रयोग गर्न सक्नेछन् । यस्तै, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन् । जसमा ग्राहकलाई स्क्रयाच कार्ड प्रदान गरिने छ र सो कार्डबाट समेत १ लाख रुपैयाँसम्म जित्न सकिने छ । त्यसैगरी, मोटरसाइकल किनिसकेपछि ग्राहकले ५ हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउने कम्पनीले बताएको छ । उक्त अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । बजाज बाइक २५ प्रतिशत डाउनपेमेन्टमा बजाज बाईकको मूल्यको आधाको आधा अर्थात् २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक खरीद गर्न सकिने छ । बजाज मोटरसाइकलले दशैंतिहार र छठलाई लक्षित गर्दै सो अफर ल्याएको हो । नेपालको लागि आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनीले चाडपर्व लक्षित अफर गर्दै आधाको आधा अर्थात २५ प्रतिशत मात्र डाउनपेमेन्ट गरी बाईक खरीद गर्न सकिने बताएको छ । यो योजना अन्तर्गत हरेक बजाज बाईकको खरिदमा ७ हजार नगद छुटको व्यवस्था पनि गरिएको कम्पनीको दाबी छ । यामाहामा ६ हजार रुपैयाँ जित्न सक्ने यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सकिने छ । नेपालका लागि यामाहाको आधिकारिक वितरक रहेको यामाहा नेपालले दशैं, तिहार र छठलाई लक्षित गर्दै सो लागायताका ल्याएको हो । कम्पनीका अनुसार ‘यामाहा फेस्टिभ ह्याट्रिक’ अन्तर्गत यामाहाको कुनै पनि बाइक वा स्कुटरमा खरिद गर्दा तत्कालै स्योर शट उपहारमा ६ हजार रुपैयाँ जित्न सक्नेछन् । यस्तै ‘फिफा विश्वकप २०२२’ लाई समेत लक्षित गर्दै लक्की ड्रमार्फत् हरेक दिन ३ जनाले हाइसेन्सको ५० इन्चको स्मार्ट टिभी जित्न सक्नेछन् । कम्पनीका अनुसार यस योजना अवधिभित्र यामाहाको बाइक वा स्कुटर किन चाहनेहरूले पहिलेजस्तो लामो प्रक्रियाबाट गइरहन पर्ने छैन । सीमित केही कागजपत्र देखाई ग्राहकहरूले अब मात्र ३० मिनेटमा सबै वित्तीय प्रक्रियाहरू पूरा गरी यामाहाको बाइक वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी गराएको छ । छठसम्म लागू हुने यस योजना नेपालभरका सबै यामाहा शोरुमहरूमा सञ्चालित हुने कम्पनीले जानकारी दिएको छ । टिभीएसमा पाँच पटकसम्म उपहार टिभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै ‘कायापलट’ नामको विशेष योजना ल्याएको छ । सो योजनाअन्तर्गत ग्राहकले टिभीएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा पाँच पटकसम्म आकर्षक उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना भदौ २० गतेबाट देशभर सीमित अवधिको लागि उपलब्ध हुनेछ । ‘कायापलट’ योजना अन्तर्गत नकिन्दै मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दश लाख सम्म जित्ने मौका रहेको छ । हरेक दिन योजनाबारे सोधपुछ गर्ने एक भाग्यशाली विजेतालाई रियलमी सी३० स्मार्ट फोन प्रदान गरिने छ । साथै, हरेक हप्ता एक खरिदकर्तालाई सम्पूर्ण नगद फिर्ता गर्ने र एक भाग्यशाली विजेतालाई बम्पर उपहार ५० लाख रुपैयाँको नगद पुरस्कार उपलब्ध गरिने जनाएको छ । यो योजनामा बबाल फाइनान्स अफर पनि समावेश छ । जस अन्तर्गत २० प्रतिशत डाउनपेमेन्ट वा ४ हजार २०० रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर किन्न सक्नेछन् । होण्डामा ७ लाखसम्मको क्यासब्याक होण्डको बाइक तथा इस्कुटर किन्दा ७ लाखसम्मको क्यासब्याक पाइनेछ । होण्डा टू व्हीलर्सको आधिकारिक विक्रेता स्याकार ट्रेडिङले ‘होण्डाको दशैंको शुभ लाभ’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले स्क्याच कुपन मार्फत ७ लाखसम्मको क्यासब्याक र अन्य आकर्षक उपहारहरु पाउने कम्पनीले जानकारी दिएको छ । साथै, ७ प्रदेशबाट एक एक जनाले ७ लाख, बम्परमा लक्की ड्र मार्फत् १५ लाख नगद उपहार जित्न सक्ने कम्पनीको भनाइ छ । कम्पनीको अनुसार यो योजना भदौ २० गतेदेखि सुरु भई सीमित अवधिसम्म मात्रै लागू हुनेछ । हिरो मोटरसाइकलमा एक लाख नगद नेपालका लागि हिरो मोटरसाइकलको आधिकारिक विक्रेता नेपाल जेनरल मार्केटिङ्ग प्रालीले दशैको अवसरमा ‘आहा दशै चाडपर्वको उमङ्ग हिरो चढी दंङ्ग’ योजना ल्याएको छ ।यस योजना अन्तर्गत हिरो मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद पाउने छन् । साथै, यसमा सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य प्रतिशत डाउन पेमेन्टमा उपलब्ध हुने सुविधा पनि रहेको छ । मोटरहेड र टारोमा बीमा सुविधा एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले भदौ २७ गतेदेखि एक्स्चेञ्ज क्याम्प सञ्चालन गरेका छन् । सोमबारबाट शुरु हुने यो क्याम्प शुक्रबार अर्थात भदौ ३१ गतेसम्म लागू हुने छ ।उक्त क्याम्पमा जस्तोसुकै अवस्थाको बाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ र जुनसुकै ब्राण्डको बाइकसँग एक्स्चेञ्जमा बजार मुल्याङ्कन भन्दा २० हजार रुपैयाँ हुनेछ । साथै, बम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट सम्पूर्ण बीमा छुट हुनेछ । यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही १९ भदौ २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, बाइक पनि बचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९०० रुपैयाँदेखि १ लाख रुपैयाँ जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै टेक्केन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । टारो ब्राण्डका बाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत बचत पनि हुने उद्देश्यले आफ्नो बाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरीदमा १५ हजार रुपैयाँ छुटको अफर अघि सारेको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई टेष्ट राइड तथा पोज एण्ड पोष्ट क्यापियन अन्तर्गत फोटो खिची लाइक एण्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।

मोटरहेड र टारोले शुरु गरे एक्स्चेञ्ज क्याम्प, ६ वटा शोरुममा हुने, २ जनालाई बीमा छुट

काठमाडौं । एसजि गु्रप अन्तर्गत नेपालका लागि आधिकारिक वितरक मोटरहेड तथा टारो ब्राण्डले भदौ २७ गतेदेखि एक्स्चेञ्ज क्याम्प सञ्चालन गरेका छन् । सोमबारबाट शुरु हुने यो क्याम्प शुक्रबार अर्थात भदौ ३१ गतेसम्म लागू हुने छ । उक्त क्याम्पमा जस्तोसुकै अवस्थाको बाइकहरुमा कम्तिमा २५ हजार रुपैयाँको मुल्याङकन हुनेछ र जुनसुकै ब्राण्डको बाइकसँग एक्स्चेञ्जमा बजार मुल्याङ्कन भन्दा २० हजार रुपैयाँ हुनेछ । साथै, बम्पर अफरमा २ जना भाग्यशाली विजेतालाई कम्पनीबाट सम्पूर्ण बीमा छुट हुनेछ । यो अफर काठमाडौं उपत्यका भित्र नक्साल, धोविघाट, बालाजु, सल्लाघारी, चावहिल र टेकु गरी ६ वटा शोरुममा लागू हुनेछ । यसका साथ साथै कम्पनीले दशैं तिहार र छठ अफर अन्तर्गत यही १९ भदौ २०७९ बाट १५ कार्तिक २०७९ सम्म लागू हुने गरी आफ्नो “४ को चमत्कार, बाइक पनि बचत पनि अफर सार्वजनिक गरेको छ । कम्पनीले मोटरहेड ब्राण्डका वाइक खरीद गर्ने ग्राहकहरुलाई स्क्रयाच कार्ड मार्फत ७ हजार ९०० रुपैयाँदेखि १ लाख रुपैयाँ जित्न सकिने अफरको साथै वम्परमा १ जना भाग्यशाली विजेताले १ लाख रुपैयाँ जित्न सक्ने अफर सार्वजनिक गरेको छ । यसका साथसाथै टेक्केन २५० पुरानो मोडलको खरीद जुनै पनि माध्यमबाट खरीद गर्दा सिधै २५ हजार रुपैयाँ छुटको व्यवस्था गरेको छ । टारो ब्राण्डका बाइक तथा स्कुटरको खरिदमा कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुट मार्फत बचत पनि हुने उद्देश्यले आफ्नो बाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरीदमा १५ हजार रुपैयाँ छुटको अफर अघि सारेको छ । कम्पनीले बम्पर अफरमा गोला प्रथाद्धारा १ जना भाग्यशाली खरीदकर्तालाई ५ वर्षको कर तथा बीमा छुटको अफर पनि ल्याएको छ । ग्राहकहरुले कम्पनीको शोरुममा गई टेष्ट राइड तथा पोज एण्ड पोष्ट क्यापियन अन्तर्गत फोटो खिची लाइक एण्ड सेयर गर्दा हातखाली नहुने उपहार समेत जित्न सक्नेछन् ।

हुन्डाई नेपाल मन्दिर र विद्यालयमा गर्यो सरसफाइ तथा रंगरोगन

काठमाडौं । हुन्डाई नेपालले ‘बिभि द चेन्ज अभियान अन्तर्गत टेकुमा रहको पचली भैरव मन्दिरमा सरसफाई गरेको छ । कम्पनीले शनिबार पचली भैरवका साथै महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय र वरपरको क्षेत्रमा पनि सरसफाई गरेको हो । हुन्डाई नेपालको ५० भन्दा बढी कर्मचारीको सहभागीता रहेको उक्त कार्यक्रममा स्कूल र मन्दिर परिसरमा रङ्ग पनि लगाइएको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समिति र विद्यालय प्रशासनसँगको समन्वयमा आयोजना गरिएको थियो। हुन्डाई नेपालको बिभि द चेन्ज हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्य९बद्धता गर्ने पहल स्वरूप ल्याईएको कार्यक्रम हो । बिभि द चेन्ज अभियान अन्तर्गत यही महिनाको सुरुवातमा रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण पनि गरिएको थियो । साधारण सवारी साधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्न गरिएको उक्त कार्यक्रममा ४० भन्दा बढी विद्युतीय गाडीका ग्राहकसँगै १५० भन्दा बढिको उत्साहजनक सहभागिता रहेको थियो । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटि कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो।  कम्पनीले कार्बन न्यूट्रालिटी तर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ।