यी ६ ब्राण्डका विद्युतीय कार : ३० लाखदेखि साढे २ करोडसम्म मूल्य
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा नाडा इभी अटो एक्स्पो सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ‘नाडा ईभी एक्सपो २०२२’ आयोजना गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बिहीबार विद्युतीय सवारी साधनको प्रदर्शनीको उद्घाटन गर्दै एक्स्पोको सुरुवात भएको हो । नाडाले यस पटक विद्युतीय सवारी साधनको मात्रै प्रदर्शनी गरेको छ । एक्सोमा ३० लाखदेखि साढे २ करोड रुपैयाँसम्मका गाडीहरु प्रदर्श नीमा राखिएका छन् । एक्स्पोमा विभिन्न ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पाँग्रे विद्युतीय सवारीका वितरक कम्पनीहरुले सहभागी जनाएका छन् । आजदेखि आइतबारसम्म चल्ने एक्स्पोमा ४० हजारले अवलोकन गर्ने नाडाको अनुमान छ । नाडामा टेस्ला, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लस, मोडल वाई लङ्ग रेन्ज, हुण्डाई, कोना ईभी जीएल , कोना ईभी जीएलएस, आयोनिक ५, टाटा नेक्सन, टाटा, नेक्सन ईभी एक्सजेड प्लस, नेक्सन ईभी एक्सजेड प्लस लक्जरी, दीगा र बीवाईडी लगायतका गाडी प्रदर्शनमा राखिएका छन् । टेस्ला टेस्ला गाडी पनि प्रदर्शनीमा राखिएको छ । टेस्ला गाडीको बिक्रेता अरेटी इन्टरनेशनलले तीन वटा मोडल प्रदर्शनीमा राखेको छ । टेस्लाको मोडल–३, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लस र मोडल वाई लङ्ग रेन्ज प्रदर्शनीमा राखेको छ । कम्पनीले टेस्ला मोडल–३ को १ करोड ५५ लाख, मोडल वाई स्ट्याण्डर्ड रेन्ज प्लसको २ करोड १५ लाख र मोडल वाई लङ्ग रेन्जको २ करोड ४० लाख रुपैयाँ मूल्य तोकेको छ । हुण्डाई हुण्डाईले पनि एक्स्पोमा तीन वटा मोडल प्रदर्शनीमा राखेको छ । हुन्डाइ गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना ईभी जीएल, कोना ईभी जीएलएस र आयोनिक ५ प्रदर्शनीमा राखेको छ । यी गाडीहरुको मूल्य क्रमशः ६० लाख ५६ हजार, ६२ लाख ९६ हजार र १ करोड १६ लाख ९६ हजार रुपैयाँ तोकेको छ । टाटा टाटाले विभिन्न ७ मोडलका गाडी प्रदर्शनमा राखेको छ । टिगोर ईभी एक्सएम (मिड अप्सन)को मूल्य ३१ लाख ४९ हजार, टिगोर ईभी एक्सजेड प्लस (फुल अप्सन)को मूल्य ३२ लाख ९९ हजार, नेक्सन ईभी एक्सएमको मूल्य ३७ लाख ९९ हजार, नेक्सन ईभी एक्सजेड प्लसको मूल्य ३९ लाख ९९ हजार, नेक्सन ईभी एक्सजेड प्लस लक्जरी (फुल अप्सन विथ सनरुफ)को मूल्य ४१ लाख ९९ हजार, नेक्सन ईभी जेडएक्स प्लस डार्क एडिसनको मूल्य ४१ लाख ९९ हजार र नेक्सन ईभीएक्स जेड प्लस लक्जरी डार्क एडिसनको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । टाटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग हो । नेटा भी चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्स नेटा गाडीको आधिकारिक बिक्रेता हो । प्रदर्शनमा यसको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ तोकेको छ । दिगो दिगो गाडी जेएसी टी८ ईभी पनि एक्स्पोमा राखिएको छ । जसको मूल्य मूल्य ७१ लाख ९५ हजार रुपैयाँ तोकिएको छ । बीवाईडी नाडा इभी एक्स्पोमा बिवाईडी ई–६गाडी पनि प्रदर्शनीमा राखिएको छ । जसको मूल्य मूल्य ५९ लाख रुपैयाँ तोकिएको छ ।
यो चाडपर्वमा पजो र सिट्रनको कार किन्दा साढे १६ लाख फाइदा
काठमाडौं । नेपालमा पजो र सिट्रनको लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले चाडपर्वको समयमा ड्राइभ नाउ, पे लेटर योजना घोषणा गरेको छ । यस योजना अन्तर्गत सांग्रिला मोटर्सले पजाे वा सिट्रोनकाे कार किन्ने जो कोहीलाई क्रमशः १६.५० लाख र १५.५० लाखको फाइदा प्रदान गर्नेछ । त्यसैगरी, सिट्रन र पजो दुवैले आफ्ना ग्राहकलाई ७ लाख छुट, १ वर्षको निःशुल्क बीमा, ४ महिनाको ब्याजसहित निःशुल्क इएमआई र १ वर्षसम्म सडक कर निःशुल्क उपलब्ध गराउनेछन् । सिट्रन प्रसिद्ध फ्रान्सेली अटोमोबाइल ब्रान्डहरू मध्ये एक हो । कम्पनीको अनुसार यो चाडपर्वको अफर सिट्रनको सिफाइभ एयरक्रस मोडलमा पजोको ३८०० अल्युर डिजेल मोडलका लागि मात्र मान्य हुने छ ।
‘नाडा ईभी एक्सपो’बाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गर्नेलाई २५ हजार छुटका साथै आकर्षक गिफ्ट
काठमाडौं । लक्ष्मी ई. मोबिलिटीले नाडा ईभी एक्सपोमा स्टल नं सिसेभेनमा बुकिङ्ग गरी स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ । कम्पनीले आज (बिहीबार) बाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा इभी एक्सपोबाट हिरो इलेक्ट्रिक स्कुटर बुकिङ्ग गर्नेलाई २५ हजार नगद छुट र एकजनालाई लक्की ड्र मार्फत जर्मन ब्राण्ड बोस वासिंग मेसिन प्रदान गर्ने भएको हो । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई। मोविलिटी (लक्ष्मी ग्रुपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरिसकेको छ । नेपाली बजारमा हिरोको एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । भारतमा भने हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारतसहित नेपालमा पनि राम्रो बजार लिइरहेको कम्पनी बताउँछ । एक दशकभन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई। मोविलिटीले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिँदैछ । हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो ।