विद्धुतीय गाडी बनाउन होण्डा र सोनीबीच साझेदारी, टेस्लालाई टक्कर दिने लक्ष्य
काठमाडौं । जापानका दुई प्रख्यात कम्पनीहरु होण्डा र सोनी मिलेर विद्युतीय गाडी उत्पादन गर्ने भएको छन् । विश्वभर विद्युतीय गाडीको बजार विस्तार भैरहेको बेलामा जापानीज गाडी निर्माता कम्पनी होण्डाले विद्युतीय सामाग्री उत्पादनमा विश्वभर ख्याती कमाएको सोनीसँग साझेदारी गरेको हो । होण्डा मोटर कम्पनी र सोनी कर्पको संयुक्त लगानीमा सोनी होण्डा मोविलिटी इको स्थापना भएको छ । यस कम्पनीले पहिलो उद्योग दक्षिण अमेरिकामा खोल्ने र सन् २०२६ को दोस्रो त्रैमासमा उपभोक्तासम्म गाडी पुर्याउने घोषणा पनि गरेको छ । यस नयाँ गाडीको बुकिङ २०२५ को पहिले त्रैमासबाट नै शुरु हुने बताइएकाे छ । क्यालिफोर्निया सरकारले लिएको इभीमैत्री नीति र नियामकिय सुविधा राम्रो भएको जनाउँदै जापानी कम्पनीहरुले अमेरिकामा उद्योग बनाउन लागेका हुन् । क्यालिफोर्नियाबाट सन् २०३० सम्म ८ लाख कार बजारमा पठाउने कम्पनीको लक्ष्य रहेको छ । नयाँ गाडीमा विलकुलै नयाँ प्रविधि हुने, सुविधा र मनोरञ्जनको हिसावले संसारकै उत्कृष्ट गाडी बनाउने घोषणा पनि कम्पनीले गरेको छ । यो गाडी सफ्टवेयर प्रविधिमा आधारित हुने र टेस्ला वा एप्पल जत्तिकै उच्च भ्यालुको ब्राण्ड बन्ने कम्पनीको विश्वास छ ।
हुण्डाई टेष्ट ड्राइभ गर्ने शेरबहादुर र हस्तमायाले वर्ल्ड कप हेर्न जान पाउने
काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले ह्युन्डाई टेस्ट ड्राइभ, वाच फिफा वर्ल्ड कप २०२२ को विजेता घोषणा गरेको छ । हुण्डाई गाडीहरुको नेपालका लागि आधिकारिक विक्रेता रहेको लक्ष्मी इन्टरकन्टिनेन्टलले मंगलबार उक्त योजनाको विजेता घोषणा गरेको हो । ११ अक्टोबर २०२२ मा गरिएको लक्की ड्र मार्फत शेरबहादुर जिसी र हस्त माया गुरुङ्ग विजेता छनौट भएका छन् । दुई विजेताहरुले आफ्नो रोजाइको एक–एक व्यक्ति साथमा लिई कतारमा प्रत्यक्ष विश्वकप २०२२ हेर्न जान पाउनेछन्, जसको सम्पूर्ण खर्चहरु हुण्डाइ नेपालले व्यहोर्ने छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा।लि।ले आफ्नो नेपालभरी रहेका १७ डिलर तथा १९ सर्भिस सेन्टरहरुद्वारा आफ्ना ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।
टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखराको बतास ब्रदर्समा उपलब्ध
पोखरा । १२५ सिसि सेगमेन्टकै सबैभन्दा शक्तिशाली स्कुटर टिभिएस एनटर्क १२५ रेस एक्सपी अब पोखरामा पनि उपलब्ध हुनेभएको छ । यो सँगै अब सर्वसाधारणले पोखरा स्थित बतास ब्रदर्स प्रालिबाट याे स्कुटर खरिद गर्न सक्नेछन् । नयाँ मोडलमा टिभिएस स्मार्टकनेक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टकनेक्ट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उध्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ । कम्पनीकाे अनुसार १२५ सिसि सेग्मेन्टमा १० एकभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । कम्पनीकाे अनुसार यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाउँछ जसकाे कारण स्कुटर चलाउन पनि सजिलो हुन्छ ।