सिप्रदीको टाटा प्रोटेक्ट अब थप सेवा तथा सुविधाहरुको साथमा
काठमाडौं । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ्गले टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधा सहित ल्याएको छ । कात्तिक १५ गते मंगलबार एक विशेष कार्यक्रमको आयोजना गरी कम्पनीले टाटा प्रोटेक्ट अन्तर्गतका थप सेवा तथा सुविधाहरुको शुभारम्भ गरेको हो । उक्त अवसरमा सिप्रदीका प्रमूख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठले नेपालमा टाटा गाडी बिक्री गर्नुको अतिरिक्त प्रमुख व्यवसायिक लक्ष्य विकासशील आवश्यक्ताहरुको पहिचान गरी उत्कृष्ट बिक्रीपछिको सेवाहरु प्रदान गर्नु रहेको बताए । त्यसैगरी टाटा मोटर्सका उपाध्यक्ष अनुराग मेहरोत्राले टाटा मोर्टस आफ्ना ग्राहकहरुलाई विश्वस्तरीय सेवा तथा समाधान प्रदान गर्नमा अग्रस्थानमा रहेको र टाटा प्रोटेक्ट विश्व बजारमा लागू भएपछि टाटा मोटर्सका ग्राहकहरुको सन्तुष्टिको स्तरमा वृद्धि भएको बताए । टाटा प्रोटेक्टका विस्तारीत सेवा तथा सुविधाहरुले गाडीको अपटाइम उच्च राख्ने, ग्राहकहरुको नाफामा समेत बृद्धि हुने र ग्राहकहरुले तनावमुक्त सेवा तथा सुविधाहरुको मजा लिने कुरामा विश्वस्त रहेको उनी बताउँछन् । टाटा प्रोटेक्ट अन्तर्गत मास्टर केयेर प्लस, टाटा जेन्यूइन पर्टस्, एक्सप्रेस सर्भिस, टाटा जिप्पि, कस्टमर हेल्पलाइन, टाटा सिल्ड, टाटा अलर्ट तथा वी केयेर गरी आठ प्रकारका सेवा तथा सुविधाहरु समावेश रहेका छन् र उक्त सेवा तथा सुविधाहरु सिप्रदीका सम्पूर्ण सर्भिस सेन्टर तथा आधिकारिक सर्भिस सेन्टरहरुबाट उपलब्ध हुनेकम्पनीले जानकारी दिएको छ । मास्टर केयेर प्लस अन्तर्गत फ्लिट म्यानेजमेन्ट सोलुसन, ए।एम।सी सेवा रहेका छन् जसमा ग्राहकहरुको गाडीको सम्पूर्ण सर्भिस तथा मर्मत कार्यको जिम्मा कम्पनीले लिनेछ । टाटा जेन्यूइन पार्टस् अन्तर्गत सिप्रदी वर्कशपमा फेरिएका स्पेयर पार्टस्हरुमा ६ महिना वा ५० हजार कि।मि सम्मको वारेन्टी सुविधा रहेको छ । एक्सप्रेस सेवा अन्तर्गत ४ घण्टामा गाडीको सर्भिस कार्य सकिने ग्यारेन्टी प्रदान गर्दछ, नभएमा क्षतिपूर्तीको ब्यवस्था कम्पनीले गर्नेछ । टाटा जिप्पि अन्तर्गत ४८ घण्टा भित्र गाडीको मर्मत हुन्छ, नभएमा क्षतिपूर्तीको व्यवस्था रहेका छ । ग्राहकहरुको सेवाको लागी कस्टमर हेल्पलाइन को व्यवस्था रहेको छ जुन २४ घण्टा ७ दिन उपलब्ध रहने छ र ग्राहकहरुको कुनै पनि गुनासोहरु ४८ घण्टा भित्र समाधान गर्ने प्रत्याभूती प्रदान गर्दछ । टाटा सिल्ड अन्तर्गत एक्सिडेन्टल गाडीहरु ६० दिनमा तयार हुन्छ र साथमा नगद रहित विमा दावि सुविधाहरु पनि रहेको छ । टाटा अलर्ट अन्तर्गत कंपनीले तोकेका हाईवे कोरीडरहरुमा गाडी ब्रेकडाउन भएको खण्डमा ६ घण्टा भित्र त्यस स्थानमा पुग्ने र ४८ घण्टा भित्र गाडी तयार पारिदिने ग्यारेन्टी प्रदान गर्दछ । र वी केयेर सेवा अन्तर्गत वर्कशपमा गाडी बनाउदाँ ग्राहकले अपेक्ष गरे बमोजिमको सेवा तथा सुविधा प्राप्त नभएमा तुरुन्त सम्पर्क गरी आफ्नो समस्या तथा गुनासोलाई दर्ता गराई तुरुन्त समाधान प्रदान गर्ने व्यवस्था रहेको छ ।
३८ प्रतिशत सार्वजनिक सवारी साधन खराव अवस्थामा भेटिए, आकस्मिक चेकजाँच शुरू
काठमाडौं । ३८ प्रतिशत सार्वजनिक सवारी साधन खराव अवस्थामा गुडिरहेको पाइएको छ । प्राविधिक टोली सहित ट्राफिक प्रहरीले गरेको चेकचाँजको क्रममा यस्तो अवस्था देखिएको हो । मंगलबार भक्तपुरको जगातीमा गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका हाईस, विङगर र टाटासुमो लगायतका १६ ओटा सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्नुका साथै एउटा सवारी साधनलाई नियन्त्रणमा लिएको छ । तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा गरिएको चेकिङको क्रममा हेण्डब्रेक नभएका, लाईटहरु नभएका र टायर धेरै घिसिएका लगायत अवस्था ठिक नभएका १६ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको र एउटा सवारी साधनलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिईएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । चेकिङमा ४२ ओटा सवारी साधनको अवस्था चेकजाँच गरिएको थियो । अवस्था ठिक नभएको सवारी साधन चलाउदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले संभावित जोखिम कम गर्न गुडिरहेका सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक अनिल उप्रेतीको कमाण्डमा ट्राफिक प्रहरीको टोली भक्तपुरको जगातीमा क्षेत्रमा परिचालन गरिएका काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए । अवस्था ठिक भएमा मात्रै सवारी साधन संचालन गर्नु हुन सम्पुर्ण यातायात व्यवसायी,सवारी धनी तथा चालकहरुलाई काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
इयुले सन् २०३५ सम्ममा पेट्रोलियम इन्जिन कारमा प्रतिवन्ध लगाउने
एजेन्सी । युरोपेली संसद र युरोपेली संघका सदस्य राष्ट्रहरूले सन् २०३५ सम्ममा नयाँ पेट्रोल र डिजेल कार र भ्यान बिक्रीमा प्रतिबन्ध लगाउने सहमति गरेका छन् । ईयूले जलवायु परिवर्तनको अवस्थालाई कम गर्नका लागि भन्दै डिजल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । यो दशकमा ग्लोबल वार्मिङ निम्त्याउने ग्यासहरुको उत्सर्जन कटौती गर्ने लक्ष्य प्राप्ति गर्नका लागि डिजेल र पेट्रोलबाट चज्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएर बिहीबार वार्ताकारहरुले पहिलोपटक हस्ताक्षर गरेका हुन् । युरोपेली संसदले भनेको छ, ‘यो सम्झौता यूएन कोप२७ जलवायु परिवर्तन सम्मेलन अगाडि स्पष्ट संकेत हो कि इयु जलवायु कानून मा तोकिएको थप महत्वाकांक्षी लक्ष्यहरु सम्म पुग्न ठोस कानून अपनाउन गम्भीर छ ।’ ब्लकको तथ्याङ्क अनुसार यातायात क्षेत्रले मात्रै सन् १९९० देखि २०१९ सम्ममा ३३ प्रतिशतले हरितगृह ग्यास उत्पादन गरिरहेको छ । इयुको सडक यातायातबाट हुने कुल सिओटु उत्सर्जनको ६१ प्रतिशत यात्रुवाहक सवारी साधनहरुले उत्पादन गर्ने गर्दछन् । नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद् र कार निर्माता कम्पनीहरू पनि २०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् । ईयूले पारित गरेको सहमतिअनुसार अब युरोपियन युनियनले सन् २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक कानुनको मस्यौदा बनाउने छ ।