टेस्लाले चीनबाट १२८६३ मोडल गाडी फिर्ता गर्ने
एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सिट बेल्टको सम्भावित सुरक्षा जोखिमका कारण चीनबाट १२,८६३ मोडल ३ का गाडी फिर्ता गर्न थालेको छ । फिर्ता गरिने सवारी साधनमा गत १२ जनवरी २०१९ र २२ नोभेम्बर २०१९ बीच उत्पादन भएका २,७३६ आयातित सवारी साधनहरू र अक्टोबरको बीचमा चीनमा उत्पादन भएका १०,१२७ समावेश छन्। फिर्ता लिइएका सवारी साधनहरूमा बिक्री पछि मर्मत वा मर्मतसम्भार गर्दा दोस्रो पङ्क्तिको सिटको बीचको सुरक्षा बेल्ट अनुपयुक्त रूपमा पुन: स्थापना गरिएको बताइएको छ। पुन: स्थापना गर्दा, बेल्ट बकलका केही निश्चित भागहरू जडान बोल्टहरूसँग फिक्स नगरिएको र सुरक्षा बेल्टले दुर्घटना नियन्त्रणमा निरोधक भूमिका खेल्न नसक्ने दाबी गरिएको छ ।
सुरु भयो रोयल इनफिल्डको काठमाडौंदेखि कालिन्चोक सम्मको राईड
काठमाडौं । मोटरसाइकल कम्पनी रोयल इनफिल्डको विन्डी राईड सुरु भएको छ । ‘रोयल इनफिल्ड’ को आधिकारिक बिक्रेता अल्फा अटोमोटिभको प्रायोजनमा नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्ड विन्डी राईड आयोजना गरेको हो । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी भएका हुन् । विहान ८ बजे गैरीधाराबाट सुरु भएको राइड कालिन्चोक पुगेर बास बसेर मंसिर १० बेलुका ६ बजे गैरीधारानै पुगेर समापन गरिने कम्पनीले जनाएको छ । यो राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै, विभिन्न मनोरन्जनात्कम खेलहरुसमेत हुनेछ । अल्फा अटोमोटिभको आधिकारिक सर्भिस सेन्टर रहेको नक्साल बुल्लेट सर्भिस सेन्टरले रोयल इनफिल्डको आन्तरीक पर्यटन प्रवर्धनको मान्यता अनुरुप पहिलो पटक यस्तो किसिमको राईड आयोजना गरेको हो । राइडमा काठमाडौंका रोयल इनफिल्डका हिमालयन, क्लासीक ३५० तथा मेटीअर ३५० मोटरसाइकलका साथै ४० भन्दा धेरै सहभागी भएका छन् ।
देशभरको यातायात कार्यालयको सेवा ३ दिन बन्द हुने
काठमाडौं । देशभरको यातयात कार्यालयको सेवा तीन दिनको लागि बन्द हुने भएको छ । यातयात व्यवस्था विभागले बिहीबार सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । विभागको अनुसार इम्बोस्ड नम्बर प्लेट प्रणालीको सर्भरहरुको विद्युत आपुर्ति प्रणाली युपिएस मर्मत गर्नुपर्ने भएकाले तीन दिनको लागि यातयात कार्यलयहरुको सेवा बन्द हुने भएको हो । विभागले मंसिर ९ गतेदेखि ११ गतेसम्म अनलाइन आवेदन तथा यातयात कार्यलयहरुबाट प्रदान गर्ने सेवाहरु बन्द रहने जनाएको छ ।