सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेशन जडान गर्ने
काठमाडौं । सेगवे-नाइनबट इलेक्ट्रीक स्कुटरले काठमाडौं उपत्यकाका १० स्थानमा चार्जिङ स्टेशन स्थापना गर्ने भएको छ । सेगवे–नाइनबटले विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवद्र्धन गर्न उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेशनहरू जडान गर्ने योजना घोषणा गरेको हाे । यी चार्जिङ स्टेशनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुनेछन् र न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्ने कम्पनीले जानकारी दिएकाे छ । कम्पनीले सेगवे ई–स्कुटरका चालकहरुले कम चार्जको बारेमा चिन्ता र डर बिना लामो दुरीको यात्रा मज्जाले गर्न सक्ने बताएकाे छ । सेगवे ब्राण्डको सवारी साधनको आधिकारिक वितरक आईहवले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेशन जडान गर्ने बताएको छ । सेगवे–नाइनबटले विश्वव्यापी रूपमा प्रख्यात दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग निजी सावारी साधनहरू हालै बजारमा ल्याएको छ ।
‘ईभी नेपाल एक्सपो २०२२’ मा नम्बर १ स्टलका रुपमा आईएमई इलेक्ट्रिक राफ्ट स्कुटर घोषित
काठमाडौं । तीन दिन सम्म काठमाडौंको भृकुटीमण्डपमा चलेको ‘ईभी नेपाल एक्सपो २०२२’ मा राफ्ट इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा मंसिर १६, १७ र १८ गते उक्त एक्सपो सम्पन्न भएको हाे । आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । ती मध्ये एक नेपाली बजारमा सबैभन्दा बढी रेन्ज दिने राफ्ट इन्दस सिंगल चार्जमा ३२० किलोमिटर थियो भने अन्य मोडलमा राफ्ट वारियर र राफ्ट जिस्पा थिए । राफ्ट इन्दस हजार र दुइ हजार वाट मोटर गरी दुई मोडलमा उपलब्ध छ । हजार वाटको इन्दसले सिंगल चार्जमा ३२० किलोमिटर र दुइ हजार वाटको इन्दसले बढी पावर र ३०० किलोमिटर रेन्ज दिन्छ । स्कुटरमा किलेस स्टार्ट, थेफ्ट अलार्म, रिभर्स गियर, डिजिटल डिस्प्ले, इन्डिकेटर बजर, अटोमेटिक चार्जर कट–अफ, १० एम्पियर फास्ट चार्जिङ, पोर्टेबल ब्याट्री, ३ ड्राइभिङ मोड, फाएर प्रुफ ब्याट्री आदि फिचर छन् । त्यसैगरी रिमोट लकिङ र रिजेनेरेटिभ ब्रेकिङ सिस्टम लगायतका विशेषता समेत उपलब्ध छन् । एक्सपोको अवसरमा हजार भन्दा बढी अवलोकनकर्ता, ५०० सोधपुछ र ३ सय भन्दा बढी अवलोकनकर्ताले राफ्ट स्कुटरको टेस्ट राइड गरेका छन् भने ४३ वटा स्कुटर बुकिङ भएका छन् । आईएमई इलेक्ट्रिकले पहिलो पटक सार्वजनिक रुपमा प्रदर्शन गरेको इलेक्ट्रिक स्कुटरप्रति अवलोकनकर्ताहरुले निकै नै रुचि राखेको पाइएको छ ।
बेनेलीको नयाँ शोरुम पोखरामा, ६० हजार डाउन पेमेन्टदेखि बिना ब्याज फाइनान्सिङ सुविधा
काठमाडौं । बेनेली मोटरसाइकलको नयाँ शोरुम तथा सर्भिस सेन्टर पोखराको नयाँबजारमा संचालनमा आएकाे छ । बेनेलीकाे एकमात्र आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले उक्त शाेरुम तथा सर्भिस सेन्टर संचालनमा ल्याएकाे हाे । बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार छुट, एक्सचेन्जमा न्यूनतम मूल्याङ्कन ४० हजार, न्यूनतम डाउन पेमेन्ट ६० हजार, र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । साथै, ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिहथ छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । अहिले नेपालमा विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन् । बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको थियो ।