नेपाल इन्भेष्टमेन्ट बैंकले स्कारपिओ र टिप्पर बेचेर रकम असुल्दै

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले धितोमा राखिएको सवारी साधन र सम्पतिहरू लिलामीमा बिक्री गर्ने भएको छ । बैंकबाट लिएको ऋण कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि बैंकले धितो राखिएको सम्पत्ति बिक्री गर्ने भएको हो । बैंकले ऋण कर्जाको धितो सवारी साधन सम्पतिहरु जे जस्तो अवस्थामा छ सोही अवस्थामा बोलपत्र मार्फत लिलाम बिक्री गर्ने भएको हो । उक्त सम्पत्ति खरिद गर्न इच्छुक व्यक्ति, फर्म वा कम्पनीले पौष १७ गतेभित्र बोलपत्र आवेदन दिनुपर्नेछ । राम कृष्ण अधिकारीको नाममा मालपोत कार्यालय चन्द्रनिगाहपुर, रौतहटमा दर्ता कायम रहेको वडा नं. ८ स्थित कित्ता नम्बर २११ को जम्मा क्षेत्रफल ०–८–० विगाह जग्गा र सोहिमो जग्गामा बनेका घरहरु समेत बिक्री गरिनेछ । यस्तै, सवारी धनी नेपाल इन्भेष्टमेण्ट बैंक रहेको ऋणी पुरुषोत्तम अधिकारीको बा १७ च ५६३८ नम्बरको महिन्द्रा एण्ड महिन्द्रा मोडलको महिन्द्रा पिकअप स्कारपिओ गाडी र ना ७ ख २१४१ नम्बरको टाटा एचसीवी टिप्पर बिक्री गर्ने भएको हो । साथै व्यक्तिगत जमानी दिएका र धितो सुरक्षण दिएकाले लिलाम बिक्री हुने समय अगावै आफूले कबूल गरेको रकम ऋणीलाई तिर्न लगाउनुहुन वा आफैले तिरी आफ्नो दायित्व पुरा गर्नुहुन बैंकले अनुरोध गरेको छ । उक्त सम्पतिहरु के कति रकममा किन्ने हो प्रष्ट खुलाई आवेदन पेश गर्नु पर्नेछ । बोलपत्र साथ आफूले कबुल गरेको रकमको कम्तिमा १० प्रतिशत रकम धरौटी जम्मा गर्नुपर्नेछ । सिलवन्दी बोलपत्रहरु पौष १८ गते वा उक्त दिन विदा परे भोलिपल्ट दिनको ३ बजे खोलिनेछ ।

अशोक लेल्याण्डको भाइकिंग १२एम प्राइम बस नेपालमा लन्च 

काठमाडौं । अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपाली बजारमा ल्याएको छ । आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुराणिकले अझ धेरै सुविधा र अत्याधुनिक र उत्कृष्ट प्रविधिसहितको १२ मिटर भाइकिङ बस सञ्चालनमा ल्याउन पाउँदा खुशी भएकाे बताए । ‘लामो दुरीको यात्रा अब ग्राहकका लागि थप सहज र सुरक्षित र सञ्चालक र मालिकहरूका लागि बढी लाभदायक हुने कुरामा निश्चित छ,’ उनले भने । ४४ सिट भएकाे यस बसमा टर्बोचार्जर र इन्टरकुलर सहितको ५,७६० सीसी एच सिरिज ६ सिलिन्डर डिजेल इन्जिन रहेकाे छ, जसले १८० एचपी पावर र ६७० एनएम टर्क जेनेरेट गर्दछ । यस बसमा मर्मत खर्च घटाउने इनलाइन इन्धन पम्प रहनुकाे साथै न्युमेटिक एक्च्युएसनसहितको १५ इन्चको क्लच र ओभरड्राइभसहितको श्ँट फर्वार्ड स्पीड सिन्क्रोमेश गियरबक्स रहेकाे छ । एबीएस र सेवा ब्रेक, पार्किङ ब्रेक र सहायक ब्रेक जस्ता अन्य विभिन्न प्रविधिहरूले बसलाई सजिलै रोक्न वा सञ्चालनमा ल्याउन भूमिका खेल्ने कम्पनी बताउँछ । साथसाथै यस बसमा ३५० लिटरको इन्धन ट्याङ्की र ६,२०० एमएम लामो ह्वीलबेस पनि रहेकाे छ ।      

होण्डाको दशैंतिहार स्किमका विजेता घोषणा, चन्द्र बहादुर थापाले जिते १५ लाख

काठमाडौं । होण्डा मोटरसाइकल तथा स्कुटरको दशैं तथा तिहार स्किमकाे विजेता घाेषणा भएका छन् । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्गले स्किमकाे विजेताहरु घोषणा गरेको हाे । यस योजना अन्तर्गत ग्राहकहरूले ७ प्रदेशबाट एक-एक जना गरी ७ जनाले ७ लाख र बम्परमा लक्की ड्र मार्फत १५ लाख नगद उपहार प्राप्त गरेका छन् । जसमा प्रदेश १ बाट सत्य साइ अटो सिटीका दुर्गा सापकोटा प्रदेश २ बाट मिसिका इन्टरप्राइजेजका अमित कुमार शाह, प्रदेश ३ बाट एसटिसि टेकुबाट मनिशा बज्राचार्य, प्रदेश ४ बाट कँवर ब्रदर्सका कृष्ण कुमार आले, प्रदेश ५ बाट अम्रित इन्टरनेशनलका बिष्णु पोखरेल, प्रदेश ६ बाट डाँफे अटोपार्टस एण्ड सप्लायर्स सुनिता खत्री र प्रदेश ७ बाट उमा ट्रेडर्सबाट लक्ष्मण भट्टले १ लाख नगद उपहार प्राप्त गरेका छन् । त्यसैगरी, सिद्धी बिनायकका चन्द्र बहादुर थापाले बम्पर उपहार १५ लाख प्राप्त गरेका छन् ।