खोटाङ–काठमाडौं बस सेवा सञ्चालन, भाडा कति ?
खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाबाट पहिलोपटक पूर्वी तराई तथा राजधानी काठमाडौँसम्मको सिधा बस सेवा सञ्चालनमा आएको छ । खोटाङ यातायात प्रालिसँगको सहकार्यमा गाउँपालिकाले वडा नं ३ सावाकटहरेको निगालेबाट काठमाडौँ र पूर्व तराईको इटहरीसम्म दैनिक बस सेवा सञ्चालन गरेको हो । खोटेहाङको वाखुताङ–काठमाडौं दैनिक बिहान ४ बजे, वाखुताङ–गाईघाट बिहान ५ः३० बजे, खोटाङबजार–काठमाडौँ बिहान ५ बजे, सिम्पानी–काठमाडौँ बिहान ६ः३० बजे र खोटाङबजार–गाईघाट बिहान ६ः३० बजे बस छुट्ने व्यवस्था मिलाइएको छ । सगरमाथा राष्ट्रिय राजमार्गमा पर्ने फोक्सिङटारस्थित सुनकोसी नदीमा निर्माण गरिएको पुल सञ्चालनमा आएसँगै खोटाङ यातायात प्रालिले खोटेहाङबाट पूर्वी तराई तथा काठमाडौंसम्मको सिधा यातायात सेवा सञ्चालनमा ल्याएको प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । गाउँपालिकाको विभिन्न ठाउँबाट सिधा यातायात सेवा सञ्चालन भएपछि दक्षिणी क्षेत्रका बासिन्दाले उदयपुरको बेल्टारसम्म पुगेर बस चढ्नुपर्ने बाध्यता हटेको छ । दश स्थानीय तह रहेको खोटाङका गाउँ–गाउँमा यातायातको पहुँच सहज हुँदै गएको छ । दुर्गम क्षेत्रका यात्रुले दुई दिनसम्म हिँडेर बस चढ्नुपर्ने बाध्यता विद्यमान छ । सोही समस्यालाई मध्यजनर गरेर गाउँपालिकासँगको सहकार्यमा खोटाङ यातायात प्रालिले सिधा बस सेवा सञ्चालन गरेको हिङमाङ बताउँछन् । खोटेहाङ गाउँपालिकाले सदरमुकाम दिक्तेल हुँदै काठमाडौं तथा उदयुपर–इटहरी सिधा यातायात सञ्जाल जोड्ने गरी सडक निर्माण कार्यलाई तीव्रता दिएको छ । यसअघि निर्माण गरिएका सडक मर्मत गरेर यातायात सञ्चालन ल्याइएपछि ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई आवतजावत गर्न सहज भएको छ । अधिकांश ग्रामीण सडक मापदण्डअनुसारका नभएकाले दुर्घटना जोखिम भने उत्तिकै छ । खोटेहाङ गाउँपालिका र खोटाङ यातायात प्रालि व्यवसायी सङ्घको साझेदारीमा भाडादरसमेत कायम गरिएको छ । खोटेहाङको वाखुताङ–काठमाडौंसम्म प्रतिव्यक्ति दुई हजार सात सय रुपैयाँ, खोटाङबजार–काठमाडौं दुई हजार पाँच सय रुपैयाँ, सिम्पानी–काठमाडौँ दुई हजार दुई सय तथा रसुवाघाट–काठमाडौँ एक हजार नौ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । यस्तै वाखुताङ–गाईघाट एक हजार चार सय, खोटाङबजार–गाईघाट एक हजार दुई सय, खोटाङबजार–इटहरी एक हजार छ सय, वाखुताङ–इटहरी एक हजार आठ सय, सिम्पानी–इटहरी एक हजार पाँच सय, रोक्सिङभञ्ज्याङ–गाईघाट एक हजार दुई सय, खोटाङबजार–रसुवाघाट छ सय र चिप्रिङ–गाईघाट एक हजार तीन सय रुपैयाँ भाडादर कायम गरिएको महासचिव हिङमाङले जानकारी दिए ।
टिभिएसको दुई बाइकले पायो उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड
काठमाडौं । टिभिएसको दुई बाइकले उत्कृष्ट फिचर तथा उत्कृष्ट कम्युटर अवार्ड पाएको छ ।हालै सम्पन्न टेकलेख अवार्डमा टिभिएस रेडरले उत्कृष्ट कम्युटर तथा टिभिएस अपाचे आरटिआर १६० फोभिले उत्कृष्ट फिचर अवार्ड पाएको हो । गत वर्ष पनि रेडरले टेकलेखको साथमा अरु धेरै अवार्डहरु पाएको थियो । रेडरको किफायती मूल्य, स्टाइल, र अप्डेटेड फिचरहरुका कारण यस वर्ष पनि उत्कृष्ट कम्युटर अवार्ड पाएको टेकलेखले जनाएको छ । टिभिएस रेडर १२५ मा आकर्षक मस्कुलर लुक्सका साथमा एड्जस्टेवल मोनोशक सस्पेन्सन, यूएसबी चार्जिङ्ग, अन्डर सिट स्टोरेज र फराकिलो टायर लगायतका विशेषताहरु उपलब्ध रहेका छन् । साथै, यसमा रहेका आकर्षक नयाँ एलईडी हेडलाईट, एंगुलर एलईडी डीआरएलहरु तथा फेन्डर अप फ्रण्टले समग्र बाइकको लुक्सलाई अझ आकर्षक बनाएको छ । यस्तै, अपाचेले निरन्तर सुधार गरेको फिचरहरुको गुणस्तरले गर्दा उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको बताइएको छ । रिडिजाइन्ड डिएलआर, राइडिङ्ग मोड, ग्लाइड थ्रु ट्राफिक, रेसिङ्ग डिएनए जस्ता फिचरहरुले गर्दा नै यस बाइकले उत्कृष्ट फिचर अवार्ड प्राप्त गरेको टेकलेखले जनाएको छ । । जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुमार्फत ग्राहकहरूलाई सेवा दिइरहेको छ ।
सुजुकीका गाडीको मूल्य बढ्यो, अब कति पर्छ ?
काठमाडौं । भारतीय अटोमोबाइल कम्पनी मारुती सुजुकीले कारको मूल्य बढाएको छ । कम्पनीले आफ्ना विभिन्न मोडलका गाडीहरुमा मूल्य बढाएको जानकारी दिएको छ । कम्पनीले यसअघि नै मूल्य बढ्ने जानकारी गराएपनि आजदेखि भने मूल्य बढ्ने भएकाे हो । कम्पनीका अनुसार अब मारुती सुजुकीको हरेक गाडीहरुमा १.१ प्रतिशतको मूल्यवृद्धि हुनेछ । कम्पनीले गाडीको मूल्यमा १.१ प्रतिशत मुल्य बढाएको बताए अनुसार अब हरेक गाडी खरिद गर्दा ग्राहकले पनि १.१ प्रतिशत बढी मूल्य तिर्नु पर्नेछ । मुद्रास्फिति बढेको कारणले गाडीको मूल्य पनि बढाउनु पर्ने बाध्यता आएको कम्पनीको भनाइ छ । मुद्रास्फिति बढ्दा कम्पनीको लागत पनि बढेकोले कम्पनी गाडीको मूल्य पनि बढाउन बाध्य भएको हो । कम्पनीका अनुसार अहिले सुजुकीका गाडीका विभिन्न मोडलहरुमा १ लाख रुपैयाँ (भारु)बढीले बढेको छ । नेपालमा पनि बढ्ने भारतमा गाडीको मूल्य बढेपछि नेपालमा पनि स्वतः मूल्य बढ्छ । भारतमा कम मूल्य बढेपनि नेपालमा भने दोब्बरले बढ्छ । नेपाल सवारीसाधनमा सर्वाधिक धेरै कर लगाउने मध्यको एक देश हो । नेपालमा एउटा सामान्य गाडी किन्ने पैसाले भारतमा २/३ वटा गाडी किन्न सकिन्छ । नेपालमा भन्सारदर, अन्तशुल्क, मूल्यवृद्धि कर लगायत शुल्कले गाडी बिक्रेताले भारतको तुलनामा दोब्बररतेब्बरले मूल्य बढाउँछन् । उदाहरणका लागि भारतमा बोलान कारको मूल्य १३ लाख २८ हजार रुपैयाँ पर्छ । तर, त्यसको मूल्य नेपालमा ३७ लाख ९९ हजार रुपैयाँ पर्छ । मारुती सुजुकी अल्टो भिएक्स गाडीको मूल्य भारतमा यसअघि १७ लाख ८९ हजार रुपैयाँ पथ्र्यो । अब १.१ प्रतिशतले बढेर १८ लाख ३२ हजार ५४९ पर्छ । सो रकमको नेपाली २९ लाख ५ हजार ९ सय ४९ रुपैयाँ हुन्छ । यसमा भन्सार, अन्त शुल्क, मूल्यवृद्धि कर लगायतका करहरु जोडेर नेपालमा तेसको तेब्बर बढी मूल्य हुन आउँछ ।