फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान बजारमा

काठमाडौं । फोटोनको १४ र १७ सिटर इलेक्ट्रिक भ्यान काठमाडौंमा आएको छ । एमएडब्लू वृद्धि कमर्सियल भेहिकलले फोटोनको इलेक्ट्रिक भ्यान नेपालमा ल्याएको हाे । कम्पनीका अनुसार १४ र १७ सिट क्षमताका भ्यानहरु कम खर्चका साथै वातावारण मैत्री रहेको छ । फोटोन इभि भ्यानलाई टियुभि राइनल्यान्ड, जर्मनीको एक प्रसिद्ध स्वतन्त्र परीक्षण, निरीक्षण र प्रमाणीकरण संस्थाद्वारा युरोपेली सम्पूर्ण सवारी साधनको प्रकारको स्वीकृति प्रमाणपत्र दिइएको छ। कम्पनिका आनुसार फोटोनका यी कार्गो भ्यानको ब्य्याट्री क्षमता ५०.२३ केडब्लु एच छ। यी भ्यानहरुको रेञ्ज सिङ्गल चार्जमा २३५ किलोमिटरसम्म छ । यसको ८५ केडब्लु पावर तथा २९० एनयम टर्क छ भने फोटोनका भ्यानहरु घरमा पनि चार्ज गर्न सकिनेछ। यी भ्यानहरु दैनिक यातायातको लागि प्रयोग गर्न सहज र सुलभ हुने कम्पनिको भनाइ छ । फोटोनका भ्यानहरू सैक्षिक संस्था, होटेल, रुट, ट्राभल्स एण्ड टुर्स र अन्य संस्थाहरूका लागि उपयुक्त छन् जसले मानिसहरूलाई वातावरणमैत्री तरिकाले ढुवानी गर्ने छ । दिगो यातायात प्रवर्द्धन र कार्बन उत्सर्जन कम गर्न एमएडब्लू वृद्धि कमर्सियल भेहिकल  पनि प्रतिबद्ध रहेको कम्पनिले जनाएको छ । सन् २०३० सम्ममा शतप्रतिशत विद्युतीय गतिशीलता हासिल गर्ने नेपाल सरकारको लक्ष्य पूरा गर्ने दिशामा पनि यो एउटा महत्वपूर्ण छ । फोटोन मोटर्सको विद्युतीय यात्रु भ्यानहरू काठमाडौंमा खरिद र टेस्ट ड्राइभको लागि उपलब्ध रहेका छन्।

नेपालमा डेढ लाख रुपैयाँसम्म पर्ने हेलमेट, कुन कम्पनीको बढी सुरक्षित ?

काठमाडौं । दुई पाँग्रे सवारी साधन चलाउनका लागि अत्यावश्यक चिज हो हेलमेट । दुईपाँग्रे सवारी चालकले आफ्नो सुरक्षाका लागि हेलमेटको प्रयोग गर्छन् । ‘भैँसी किन्दा पाडो उपहार’ भने जस्तै धेरै कम्पनीले मोटरसाइकल खरिद गर्दा हेलमेट निःशुल्क प्रदान गर्छन् । जुन हेलमेटमा कम्पनीको लोगो पनि हुन्छ । सुरक्षा सँगसँगै नयाँ तथा आकर्षक डिजाइनका महँगा हेलमेट लगाउनु युवाहरुको प्यासन नै बनिसकेको छ । मूल्यका हिसाबमा बजारमा हेलमेट लाखौं रुपैयाँसम्म पर्छन् । एउटा मोटरसाइकलको आधा मूल्य नै राम्रो हेलमेटमै पर्न जान्छ । दुईपाँग्रे सवारी चालकहरूले सबैभन्दा बढी भारतीय कम्पनीले उत्पादन गरेका हेलमेट प्रयोग हुने हेलमेट नेपालका सेल्स म्यान करन श्रेष्ठले बताए । उनका अनुसार नेपालमा सबै भन्दा बढी ६ देखि १० हजार रुपैयाँसम्म पर्ने हेलमेट प्रयोग हुन्छन् । ‘पहिला मान्छे सेफ्टी हेर्दैन थिए, अहिले सेफ्टटीको विषयमा मान्छे निकै चासो राख्छन्, युवाले ग्राफिक्स र बुढा पाकाले सहज किसिमको हेलमेट खोज्छन्, हेलमेटका पनि मोडल हुन्छन्, एउटै कम्पनीले धेरै मोडल बनाउँछ, मोडल अनुसार फिचर हुन्छन्, त्यही अनुसारको मूल्यको निर्धारण गरिएको हुन्छ,’ उनले भने । नेपालमा महँगोमा हेलमेट १ लाख ६० हजार रुपैयाँसम्म प्रयोग भएको पाइएको उनको भनाइ छ । एलएसटु, एमटी, एसएमके बिलमोला लगायतका कम्पनीको हेलमेटको माग बढेको उनी बताउँछन् । स्टिलबर्ड हेलमेट स्टिलबर्ड धेरै युवाको रोजाइमा पर्न सफल हेलमेट हो । उक्त हेलमेट दुईपाँग्रे सवारी चलाउँदा सुरक्षाको हिसाबले पनि निकै उपयुक्त मानिन्छ । स्टिलबर्ड हेलमेटका विभिन्न मोडल बजारमा पर्याप्त उपलब्ध छन् । यो सानो र हेर्दा आकर्षक देखिने भएकाले सो हेलमेट सबैको रोजाइमा पर्छ । यसको सेल सानो भएका कारण स्कुटरको डिग्गीमा पनि सहजै राख्न सकिन्छ । अन्य हेलमेटको तुलनामा यो हेलमेट सस्तो पनि छ । स्टिलबर्ड हेलमेट नेपालमा ३ हजार रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मको पाइने बताइएको छ । यो हेलमेट विभिन्न रङ र मोडलमा उपलब्ध छ । एसएमके हेलमेट पछिल्लो समय एसएमके हेलमेटका नयाँ नयाँ मोडलहरू बजारमा आइरहेका छन् । यो हेलमेट टाउकामा लगाउँदा निकै सहज भएको महसुस हुन्छ । जसले गर्दा भाइजरको प्रयोग गरेर नै सवारी कुदाउन सकिन्छ । यो हेलमेटमा डबल भाइजर छ । हेलमेट प्रयोग गर्दा मानिसको मुखबाट निस्किएको बाफले भाइजलाई नछेकोस् भनेर एन्टी फग पनि दिइएको हुन्छ । यो युरोपेलीबाट मान्यता प्राप्त हेलमेट हो । एसएमकेका पनि विभिन्न मोडल छन् । मूल्य अनुसार यस कम्पनीको हेलमेटमा पनि विशेषता समेटिएका छन् । एसएमकेका ७/८ वटा ग्राफिक्स रहेको बताइएको छ । एसएमकेका हेलमेट नेपाली बजारमा ७ हजारदेखि साढे २४ हजार रुपैयाँसम्मका उपलब्ध छन् । केवाईटी हेलमेट केवाईटीका हेलमेट अधिकांश बाइक राइडरहरुले प्रयोग गरेको पाइन्छ । यो इटालियन हेलमेट हो । तर, इन्डोनेसियाबाट यो हेलमेट आएको कारण यसको मूल्य केही कम हुन गएको पनि बताइएको छ । अहिले नेपालमा सो ब्राण्डका हेलमेट ११ देखि १२ हजारसम्म उपलब्ध छन् । बिलमोला हेलमेट बिलमोला हेलमेटका पनि मोडल धेरै किसिमका छन् । यसको मोडल अनुसार ग्राफिक्स पनि भिन्नभिन्न हुन्छ । बिलमोला स्पाइकर मोडेलको हेलमेटलाई नेपालमा १९ हजार ५ सय रुपैयाँमा पाइन्छ । यो दुवईबाट मान्यता प्राप्त हेलमेट हो । यस हेलमेटको अगाडिको भागलाई खोली आधा बनाइ पनि प्रयोग गर्न सकिन्छ । यसको लुक्स हेर्दा आकर्षक देखिन्छ । सेफ्टीको हिसाबले सो हेलमेट निकै सुरक्षित मानिन्छ । यो हेलमेट सिटी राइडको लागि बढी मात्रमा प्रयोग हुँदै आएको छ । यस हेलमेटका पनि धेरै वटा मोडल बजारमा उपलब्ध भएको कारण अलग अलग मूल्यको निर्धारण गरिएको छ । एजीवी हेलमेट एजीवी ट्र्याकमा जाने हेलमेट हो । सेफ्टीको लागि यो हेलमेट निकै उपयुक्त मानिन्छ । एजीवीका विभिन्न मोडल छन् । यसको मोडल केवानदेखि सुरु हुन्छ । एजीवी हेलमेट नेपालीमा बजारमा ७ देखि एक लाख ८० हजार रुपैयाँसम्मका उपलब्ध छन् । शार्क हेलमेट शार्क पनि ट्र्याकमा जाने हेलमेट हो । अन्य हेलमेट भन्दा यो हेलमेट सेफ्टीको हिसाबले नम्बर वान मानिन्छ । यो फ्रान्सको प्रडक्ट हो । यसका पनि विभिन्न मोडल छन् । मोडल अनुसार रकमको निर्धारण हुने बताइएको छ । यो कम्पनीको हेलमेट नेपालमा २० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म पर्ने बताइएको छ । ठन्डर हेलमेट ठन्डर मोडलको कार्बन फाइबर भएको यो हेलमेट फुल फेस हेलमेट हो । यसका पनि विभिन्न सेग्मेन्टमा हेलमेट छन् । यस कम्पनीका हेलमेट पनि विभिन्न मोडलसँगै रङमा पनि उपलब्ध छन् । यो हेलमेट नेपालमा ७ हजार रुपैयाँदेखि माथि पाइने बताइएको छ । आइरो हेलमेट यो हेलमेट झट्ट हेर्दा निकै आकर्षक देखिन्छ । यो कम्पनीले सेफ्टीलाई पनि उच्च प्राथमिकता दिदै सेफ्टी तयार पारिएको छ । यो सात वटै रङमा उपलब्ध छ । आइरो हेलमेट २९ हजारदेखि माथिसम्मका छन् । बेल हेलमेट विश्वमा पहिलो पटक हेलमेट उत्पादन गर्ने कम्पनी हो, ‘बेल हेलमेट’ । यो कम्पनीले सस्तोदेखि महँगोसम्मको हेलमेट उत्पादन गर्छ । यो हेलमेट सबैले प्रयोग गर्छन् । बजारमा यस कम्पनीको हेलमेट २ हजार देखि ८० हजारसम्म मूल्य भएको पाइन्छ । डट हेलमेट हेलमेट विशेष गरी अफरोडको लागि प्रयोग हुने बताइएको छ । डट बाइक प्रयोग कर्ताहरूले उक्त हेलमेटको सबैभन्दा बढी प्रयोग गर्छन् । यसको मूल्य पनि मोडल अनुसारको निर्धारण गरिएको छ । यो १०÷११ हजार रुपैयाँसम्ममा पनि पाइन्छ ।

पहिलो एओजी नाइट राइड सम्पन्न

काठमाडौं ।  पहिलो पटक काठमाडौंदेखि चित्लाङसम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइड समपन्न भएको छ । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले गत शनिबार र आइतबार उक्त राइड आयोजन गरेको थियो । ३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा कम्पनीले चित्लाङको कालीदेवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गरेको थियो । टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालका अन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ । एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ । जगदम्बा मोटर्स नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरु रहेको छ ।