सेगवे एन १०० इलेक्ट्रिक स्कुटर नेपाली बजारमा, कति पर्छ मूल्य ?
काठमाडौं । सेगवे–नाइनबोट कम्पनीले अत्याधुनिक प्रविधियुक्त इलेक्ट्रिक स्कुटर लन्च गरेको छ । कम्पनीले आकर्षक डिजाइनको इलेक्ट्रिक स्कुटर सेगवे एन १०० नेपालमा लन्च गरेको हो । उक्त कम्पनीले सेगवे एन १०० इलेक्ट्रिक स्कुटर नेपाली बजारमा पहिलो पटक ल्याएको छ । आधुनिक प्रविधि र नयाँ मोडलको यो स्कुटर छोटो दूरीको यात्राका लागि उपयुक्त मानिने कम्पनीले बताएको छ । यस मोडलमा अग्रणी टेक्नोलोजी र हेभी–ड्युटी पर्फमेन्सकोे एक समानान्तर मिश्रण रहेको कम्पनीको भनाइ छ । विभिन्न उत्कृष्ट फिचरहरू समावेश भएको यो स्कुटर १७२८ वाटको अधिकतम मोटर पावर र ७२भि २४ए ब्याट्री क्षमताको साथ १०५ किलोमिटर भन्दा बढीको यात्रा गर्न सक्दछ । यस स्कुटरको लोड क्षमता १५० केजी, ह्वीलबेस १३५० र ग्राउन्ड क्लियरेन्स १२९ मिलिमिटर रहेको कम्पनीले जानकारी दिएको छ । सेगवे–नाइनबोट एन१०० इलेक्ट्रिक स्कुटर ७२ भोल्टको मोटरसाइकल हो । यस स्कुटरमा स्मार्ट टेक्नोलोजी जडान भएको छ भने मोबाइल एप्लिकेसन मार्फत अनलक गर्ने सिस्टम छ । सेगवे–नाइनबोट एन१०० एक सुविधाजनक इलेक्ट्रिक स्कुटर रहेको र सबैको लागि उपयुक्त हुने पनि कम्पनीले बताएको छ । कम्पनीको अनुसार सेगवे एन१०० इलेक्ट्रिक स्कुटरलाई नेपाली बजारमा २ लाख ६० हजार रुपैयाँ पर्छ । सेगवे–नाइनबोट ब्रान्ड दुई पाङ्ग्रे सेल्फ–ब्यालेन्सिङ्ग व्यक्तिगत ट्रान्सपोर्टरको लागी एक प्रख्यात ब्रान्ड हो । यस कम्पनीले छोटो दूरीको यात्राको लागि विकल्प र रोबोटिक सेवाहरू उत्पादन गर्दै आएको छ । सेगवे नाइनबोटको लागि नेपालमा आईहव प्रालि आधिकारिक आयातकर्ता एवम् वितरक कम्पनी बनेको छ।
नाडाले ट्राफिक प्रहरीलाई दियो हाईटेक एडभान्स सिपियुका साथै थुप्रै उपकरण
काठमाडौं । नाडाले उपत्यका ट्राफिक प्रहरी कार्यालयको सशक्तिकरणका लागि सहयोग प्रदान गरेको छ । नाडाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई कार्यालयको सशक्तिकरणका लागि सहयोग गरेको हो । नाडाले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख मिरा चौधरीलाई बुधबार राजधानीको सेण्ट्रल ट्राफिक मोनिटरिङ्गका लागि पाँच थान हाईटेक एडभान्स सिपियु तथा त्यससंग सम्बन्धित उपकरणहरु हस्तान्तरण गरेको छ । त्यसै क्रममा नाडाले १०० थान ट्राफिक रिफलेक्टर ज्याकेट पनि हस्तान्तरण गरेको छ । सो कार्यक्रमा राजधानीको ट्राफीक व्यवस्थापन तथा पारकिङ्गका सम्बन्धमा के कसरी अघि बढने भन्ने विषयमा समेत छलफल गरेको छ । सो अवसरमा नाडाका अध्यक्ष थापाले नाडाको सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग प्रदान गरिएको बताए । सो कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडाले राजधानीको ट्राफिक व्यवस्थापनलाई चुष्ट बनाउन विगतको समयदेखि विभिन्न भौतिक सहयोग प्रदान गर्दे आएको र आजको यस हस्तान्तरण कार्यक्रम पनि त्यसको निरन्तरता भएको बताए । त्यसै क्रममा सो कार्यालयका प्रमुख चौधरीले नाडाको उक्त सहयोगप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि यस कार्यालयका लागि नाडाबाट यस किसिमका सहयोग निरन्तर रुपमा प्राप्त भइरहने अपेक्षा राखेको बताए । उक्त हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी तथा पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो । ट्राफिक कार्यालयका उच्चअधिकारीहरु समेतको उपस्थिति रहेको सो हस्तान्तरण कार्यक्रममा उक्त कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले नाडाका पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गरेका थिए ।
याडिया एक्सचेन्ज मेला सुरु, ३० हजार नगद छुट पाइने
काठमाडौं । नेपालका लागि याडिया ब्रान्डको ई-स्कुटरको आधिकारिक वितरक कुजु नेपालले ‘याडिया एक्सचेन्ज मेला’ घोषणा गरेको छ । कुजुले ३० हजार नगद छुट सहितको याडिया एक्सचेन्ज मेला घोषणा गरेको हो । यो अफर याडिया इलेक्ट्रिक स्कुटरका सबै मोडलहरूमा छोटो अवधिको लागि मान्य हुने कम्पनीले बताएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो बाइक/स्कुटर ल्याउन र आकर्षक ३० हजार नगद छुट, ६.९९ प्रतिशत ब्याजको साथ सजिलो इएमआई र एक वर्षको रोड ट्याक्स सहितको नयाँ याडिया इलेक्ट्रिक स्कुटर घरमा लिन सक्नेछन् । कम्पनीको अनुसार यो अफर एक्सचेन्ज नगरी याडिया इलेक्ट्रिक स्कुटरको खरिदमा पनि लागू हुनेछ । याडियाले विश्वभर ३ हजार वितरकका साथै ४० हजार शोरुमहरु पनि स्थापना गरिसकेको छ ।