टाटा नेक्सन गाडीको ब्याट्री बिग्रिए के गर्ने, परिवर्तन गर्दा कति लाग्छ खर्च ?

काठमाडौं । टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा नेक्सन ईभी कारको बिक्री वितरण गर्न थालेको लामो समय भइसकेको छ । उक्त कम्पनीले बिक्री गर्दै आएको नेक्सन ईभीका गाडीको उपस्थिति सडकमा बाक्लो हुँदै गएको छ । अहिले नेपाली गाडीको बजारमा ८० प्रतिशत हिस्सा ओगटेको टाटा मोटर्स कम्पनीले दाबी गर्दै आएको छ । टाटाको नेक्सन ईभी धेरैको रोजाइमा पर्ने मध्येको कार हो । इभी सवारी साधनको महत्वपूर्ण भाग मध्ये ब्याट्री एउटा हो । इभीका गाडी किन्दा ब्याट्री बिग्रिएर लामो समय प्रयोग गर्न पाइएन भने ठूलो रकम खेर जान्छ भन्ने मनस्थितिले पनि इभीका गाडी किन्न मानिसले हिच्किचाइरहेको देखिन्छ । तर, टाटा मोटर्सको इभी गाडीमा प्रयोग हुने ब्याट्री बिग्रिए पनि ब्याट्री नै परिवर्तन गर्नु नपर्ने कम्पनीले बताएको छ । ब्याट्रीमा समस्या आयो भने त्यसलाई मर्मत गरी पुनः प्रयोग गर्न सकिने टाटा मोटर्स कम्पनीका कस्टुमर केयरका प्रमुख प्रबन्धक कुमार भण्डारीले बताए । नेक्सन ईभीको कारमा ३०.२ किलोवाटको ब्याट्री जडान गरिएको हुन्छ । सो कारमा लिथियम-आयन ब्याट्री जडान भएको भण्डारीले जानकारी दिए । टाटा मोटर्सले टाटा नेक्सन ईभीको ब्याट्री प्याकमा ८ वर्षको ग्यारेन्टी दिएको छ । सो समय अवधिसम्म ब्याट्री बिग्रियो भने कम्पनीले नै निःशुल्क परिवर्तन गरिदिने कम्पनीले बताएको छ । नेक्सन ईभीको ब्याट्री टेक्नोलोजी अझै विकसित हुँदै गइरहेको पनि भण्डारीको भनाइ छ । नेक्सन ईभीको ब्याट्रीमा ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) जडान गरिएको हुन्छ । जसले ब्याट्रीको अवस्था बारे जानकारी दिन्छ । बीएमएसले ब्याट्रीमा जडान भएका दुई वटा ब्याट्री म्यानेजमेन्ट युनिट (बीएमयू) को सपोट लिएको हुन्छ । ब्याट्री प्याकमा ६ सय सेल लगाइएको हुन्छ भने प्रतिसेल १५ एम्पियर आवरको हुन्छ । ब्याट्रीमा कुलिङ स्टिमको पनि जडान गरिएको छ । जसले ब्याट्री छिटो तात्न दिँदैन । यसले ब्याट्रीको सुरक्षामा पनि महत्वपूर्ण भूमिका खेल्छ । भण्डारीका अनुसार यसको ब्याट्रीमा टाटाको एडभान्स टोक्नोलोजि जिपट्रोनको पनि प्रयोग भएको छ । ब्याट्री फूल चार्ज भएपछि ३ सय १२ किलोमिटर सम्मको यात्रा तय गर्ने सकिन्छ । नेक्सनमा प्रयोग हुने ब्याट्रीमा १३ वटा मोड्युल लगाएर प्याक बनाइएको हुन्छ । सो मोड्युलमा समस्या देखिए पनि परिवर्तन गर्न सकिने भण्डारी बताउँछन् । ‘हिजोको दिनसम्म ब्याट्री भित्र सानो कुरा बिग्रियो भने पनि ब्याट्री प्याक फोर्नु पर्ने हुन्थ्यो, आजका दिनमा ब्याट्रीमा केही समय आयो भने प्याक नै फोर्नु पर्दैन, मर्मत गर्न सकिन्छ, व्यक्तिगत मोड्युल पनि फेर्न सक्छौं, एउटा ठाउँमा समस्या आयो भने ब्याट्री नै फेर्नु पर्ने अवस्था छैन,’ उनले भने । ब्याट्री पुरै परिवर्तन गर्नु पर्ने अवस्था आए गाडी खरिद गर्दा लाग्ने ५० प्रतिशत रकम ब्याट्रीमा खर्च हुन जान्छ । मोड्युल मात्र फेर्दा भने धेरै खर्च नहुने पनि भण्डारीले बताए । उनका अनुसार नेपालमा नेक्सन ईभीको हालसम्म ब्याट्री नै फेर्नुपर्ने अवस्था आएको छैन । ‘फरक-फरक मोड्युल हुने भएकाले खर्च त्यही अनुसार हुन्छ, आजको दिनमा यसको सेल बिग्रिँदैन, साना-साना सेललाई जोडेर ब्याट्री प्याक बनाइएको हुन्छ, त्यो भएन भने जोखिम आउन सक्छ, यो सेलाई एक-एक वटा गर्दै चार्ज गर्ने क्रममा सन्तुलन नमिल्न सक्छ, कुनै एउटा सेल कम चार्ज भइदियो भने त्यो सेलले होल ब्याट्रीको प्रफर्मेन्सलाई बिर्गाछ,’ उनले भने ।

हुण्डाईको विद्युतिय गाडीको अफर : कोना तथा लोनिक ५ को खरिदमा वाशिङ्ग मेशिन उपहार

काठमाडौं । नेपालको लागि हुण्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकटिनेन्टलले  विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा नयाँ अफर योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतिय गाडी कोना तथा लोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वाशिङ्ग मेशिन उपहार प्राप्त गर्न सकिनेछ । समय सापेक्ष योजना मार्फत आफ्ना ग्राहकको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टलले सधैं आकर्षक योजना बजारमा ल्याउँदै आएको कम्पनीले जनाएकाे छ । अहिलेको आवश्यकता अनुरुप विद्युतिय गाडीको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरुको प्रवर्धन गर्न यो योजना सार्वजनिक गरेको कम्पनीले जनाएको छ । हुण्डाई कोना तथा लोनिक ५ नेपालको विद्युतिय गाडीहरुको श्रेणीमा अग्रपंक्तिमा आउँछ । यी दुवै उत्पादनले ग्राहकको मन जित्न सफल भएको दाबी हुण्डाईले गरेको छ । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोना तथा लोनिक विद्युतिय गाडीको पर्यायवाची बनिसकेको छ । विद्युतिय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टलले आक्रामक रूपमा चार्जिग स्टेसनको निर्माण गरिरहेको छ । विद्युतिय गाडीको विक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतिय गाडीको एक्सक्लुसिभ शोरूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टर सहित ४० वटा चार्जिग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिगको सेवा दिँदै आएको छ ।

इभीका सवारी साधन नेपाल ल्याउन एमएडब्लु ग्रुप र सेरेसबीच समझदारी

काठमाडौं । नेपालको दोस्रो ठूलो अटो ग्रुप एमएडब्लु समूह र चीनको सबैभन्दा ठूलो विद्युतीय सवारी उत्पादक कम्पनी सेरेस समुहले शुक्रबार सेरेसका अत्याधुनिक इलेक्ट्रिक गाडी नेपाली बजारमा ल्याउन रणनीतिक साझेदारीको घोषणा गरेका छन्। २०२३ को तेस्रो त्रैमासिकदेखि, सेरेसले एमएडब्लुको डिलरशिपहरूको विस्तृत नेटवर्क मार्फत नेपालमा इभी सभ, इभी सेडन्स र मिनी इभी को दायरा लन्च गर्नेछ । सेरेस समूह युरोपेली बजारमा प्रवेश गर्ने चिनियाँ अटो कम्पनीहरूको पहिलो ब्याच हो र यसको लोकप्रिय डिएफएसके र सेरेस ब्रान्डहरूका लागि प्रसिद्ध छ । सेरेस समूह चीनको पहिलो कम्पनी हो, जसले स्वतन्त्र रूपमा विश्वको अग्रणी थ्री(इलेक्ट्रिक कोर टेक्नोलोजीलाई नियन्त्रण गर्दछ र यो एक आन्तरिक अग्रणी सवारी साधन निर्माता पनि हो । जसले पूर्ण रूपमा बौद्धिक नेटवर्क जडान प्रणाली र इन्जिनियरिङ निर्माणलाई एकीकृत गर्ने गरेको छ । एमएडब्लु समूहका अध्यक्ष विष्णु कुमार अग्रवालले भने, ‘सेरेस समूहसँग मिलेर तिनीहरूको अत्याधुनिक इभी नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौं, एमएडब्लुमा, हामी हाम्रा ग्राहकहरूलाई नवीनतम र सबैभन्दा नवीन अटोमोटिभ उत्पादनहरू प्रदान गर्न समर्पित छौं, र सेरेस इभी यस मिशनको लागि उपयुक्त छन्। यो साझेदारीले हामीलाई नेपाली अटो बजारमा हाम्रो नेतृत्व स्थितिलाई अझ बलियो बनाउन मद्दत गर्नेछ।’ सेरेस समूहका विदेशी आयात तथा निर्यात कर्पोरेशनका उपमहाप्रबन्धक झाउ लिगाङले भने, ‘सेरेस विश्वव्यापी स्तरमा जोडिएका सबै कुराको साथ अटोमोटिभ इकोसिस्टम निर्माण गर्न प्रतिबद्ध छ, र हामी हाम्रा ईभीहरू नेपाली बजारमा ल्याउन एमएडब्लु समूहसँग साझेदारी गर्न पाउँदा खुसी छौं। हामी विश्वस्त छौं कि हाम्रा उच्च गुणस्तरीय र कुशल इभी नेपाली उपभोक्ताहरूले राम्रोसँग प्राप्त गर्नेछन्, र हामी एमएडब्लु सँग मिलेर नेपालमा इभीको प्रयोगलाई अगाडि बढाउन तत्पर छौं।