टारो मोटरसाइकल तथा स्कुटरको शोरुम इटहरीमा विस्तार

काठमाडौं । एस.जी गु्रप अन्तर्गत ओम मोटोकर्प प्रा.लि.ले गत वर्ष नेपाली वजारमा भित्र्याएको इटालियन डिजाइनमा निर्मित टारो ब्राण्डका मोटरसाइकल तथा स्कुटरको काठमाडौं र हेटौंडा पश्चात पूर्वाञ्चलको इटहरीमा आफ्नो थप शाखा तथा शोरुम विस्तार गरेको छ । विश्वकर्मा पूजाको विशेष दिनलाई लक्षित गर्दै एक औपचारिक समारोहको साथ विभिन्न मिडियाकर्मी तथा इटहरीका विशेष अतिथिका बीच कम्पनीका म्यानेजिङ डाइरेक्टर सुदिप घिमिरेले उक्त शोरुमको उद्घाटन गरेका थिए । आकर्षक लुक्स तथा उच्चतम प्रविधिमा निर्मित टारो ब्राण्ड मोटरसाइकल तथा स्कुटरको चासो पूर्वाञ्चलबाट अधिक आएको र ग्राहकको उक्त चाहना पूरा गर्न कम्पनीले उक्त शोरुमको विस्तार गरेको जानकारी दिएको छ । टारो ब्राण्ड इटालियन डिजाइन र प्रविधिमा निर्मित भई विभिन्न देशमा बिक्री वितरण भइरहेको प्रचलित ब्राण्ड हो । रेस इडिशनमा निर्मित टारोका वाइक तथा स्कुटरहरु नेपाली युवाहरु माझ लोकप्रिय रहने विश्वास कम्पनीको रहेको छ । हाल कम्पनीले टारो व्राण्डका जिपि २ २००, जिपि १ २५० र जिपि १ ४०० सिसि गरी तीन मोडलका वाइक नेपाली वजारमा बिक्री वितरण गर्दै आएको छ भने स्कुटरको हकमा १५० सिसिका दुई मोडल इमोला १५० र एलेक्स टि ९ १५० ग्राहकको लागी उपलब्ध गराएको छ । यस ब्राण्डका मोटरसाइकल तथा स्कुटरमा विशेषता स्वरुप सिबिएस ब्रेकिङ, कि लेस इगिनेसन, इएफआई, अन्डर सिट एक्ज्याउस्ट, टिएफटि डिस्प्ले, एरोडाइनामिकल्ली बुल्ट, प्रोजेक्टर हेडल्याम्प आदि रहेका छन् । कम्पनीले आउने १ महिना भित्र बिक्री पछिको सेवालाई समेत विस्तार गर्ने योजना रहेको बताएको छ । दशैं तिहारको अफर अन्तर्गत टारो ब्राण्डको इमोला १५० को खरिदमा १५,०००, जिपि २ २०० को खरिदमा ३०,००० र जिपि १ २५० को खरिदमा २०,००० छुटको अफर लागू हुने कम्पनीले जनाएको छ । साथै बम्पर अफरमा यस अवधिभर खरीद गर्नुहुने ग्राहकहरु मध्ये एक जना भाग्यशाली ग्राहकलाई ५ वर्षको सवारी कर तथा बिमा निःशुल्क गरिने जनाइएको छ ।

रोयल इनफिल्ड ‘वान राइड २०२२’ हुँदै

काठमाडौं । नेपालको लागि रोयल इनफिल्डको आधिकारिक विक्रेता अल्फा अटोमोटिभले ‘रोयल इनफिल्ड वान राइड २०२२’ कार्यक्रम आयोजन गर्ने भएको छ । रोयल इनफिल्ड मोटरसाइकलका ग्राहकहरुले अनलाइन फर्म भरेर यो राइडमा सहभागी हुन सक्नेछन् । वान राइड बिश्वभर एकै दिन आयोजना गरिन्छ। यस पटकको राइडको नारा ुवान वल्ड्र, वान मिसन, वान राइड रहेको छ । ‘इडिर इनोे २०२२” कार्यक्रम यही असोज २ गते हुनेछ । बिहान ६ बजे कमलपोखरी सिटी सेन्टरबाट सुरु हुने यो राइड चित्लाङ पुगेर बेलुका ६ बजे सिटी सेन्टरमा नै पुगेर समापन गरिने छ । उक्त राइड कार्यक्रममा सडक सुरक्षाका बारेमा जनचेतना जोगाउँदै विभिन्न मनोरन्जनात्कम खेल तथा सिएसआरका कार्यहरुसमेत हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीले सिएसआरको कार्यक्रम अन्तर्गत चित्लाङमा रहेको श्री कालीदेवी आधारभुत विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरिने गर्ने छ । वान राइड को पहिलो संस्करण २०११ मा आयोजना गरिएको थियो । विश्वभरका सबै रोयल इनफिल्डका ग्राहकहरुलाई एकै ठाउँमा ल्याउने उद्देश्यले यो राइड आयोजना गर्न थालिएको हो ।

हुण्डाईको गाडी किन्नेलाई डेढ लाखसम्म नगद छुट, बीमा सुविधा निःशुल्क

काठमाडौं । हुन्डाई अटोमोवईल्सको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई फेस्टिभ डिलाइट २०७९ योजना ल्याएको छ । कम्पनीले आउँदै गरेको दशैँ, तिहार र छठलाई मध्यनजर गर्दै भदौ ३० गतेदेखि लागू हुने गरी उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत ग्राहकले ५ लाख रुपैयाँसम्मको आकर्षक नगद छुट र स्क्र्याच कार्ड मार्फत् थप १ लाख ५० हजार रुपैयाँसम्मको नगद छुट पनि पाउन सक्नेछन् । साथै, यो योजनामा ग्राहकहले गाडी खरिद गर्दा १ वर्षसम्मको निःशुल्क बीमा पाउनेछन् । सबै हुन्डाई गाडीहरु ३ वर्ष वारेन्टी, ६ वर्षको फ्रि सर्भिसिङ्गका साथै निःशुल्क सडक कर भुक्तानी सहित उपलब्ध हुनेछन् । लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपाल भरी १७ शोरुमहरु तथा १९सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ । हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोवाइल उत्पादक मध्येमा पर्दछ । यस कम्पनीका उत्कृष्ट उत्पादनहरुले विश्वभरि करोडौं ग्राहकहरुको मन तथा विश्वास जित्न सफल भएको छ । ग्राहकको आवाश्यकता र रुचिलाई ध्यानमा राखी हरेक वर्ष यस्तो ग्राहकमुखि योजना ल्याउने लक्ष्मी इन्टरकन्टिनेन्टलले हालसालै मात्र पछिल्लो सालको योजनाको विजेता घोषणा गरेको छ ।