एभरेष्ट बैंकले अशोक लेल्यान्डको गाडी किन्न सस्तोमा सजिलै कर्जा दिने

काठमाडौं । अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक विक्रेता आइएमई मोटर्स र एभरेष्ट बैंकबीच सवारी साधनका लागि कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा आइएमई मोटर्सको तर्फबाट सीईओ हेमन्त पुराणिक र बैंकको तर्फबाट डेपुटी जनरल म्यानेजर गौरव कुमारले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अशोक लेल्यान्डका देशभर रहेका १७ शोरुम वा एभरेष्ट बैंकको कुनै पनि शाखाबाट ग्राहकले सो अफर अन्तर्गतको सुविधा प्राप्त गर्न सक्नेछन् । अशोक लेल्यान्डका सवारी साधन किन्नका लागि बैंकले अधिकतम ७ वर्षसम्मका लागि करिब १४ प्रतिशतसम्मको ब्याजदरमा गाडी कर्जा उपलब्ध गराउने जनाएको छ । कर्जा प्राप्त गर्नका लागि सहज र सरल प्रक्रिया अपनाइने बैंकले जनाएको छ । अशोक लेल्यान्डले हालै कम्पनीले प्रसिद्ध लाइट कमर्सियल भेइकल ‘दोस्त’ का लागि ५ वर्षे वारेन्टी घोषणा गरेको छ ।

नक्साल र बालकुमारीमा रोयल इनफिल्डको शोरुम संचालन

काठमाडौं । रोयल इनफिल्ड मोटरसाइकलले काठमाडौंको दुई स्थानमा शोरुम संचालनमा ल्याएको छ । नेपालका लागि रोयल इनफिल्डको अधिकारिक विक्रेता अल्फा अटोमोटिभले काठमाडौंको नारायणचौर नक्साल र कोटेश्वर बालकुमारी पुलनजिकै शोरुम संचालनमा ल्याएको हो । शोरुमबाट बाइक, राइडिंग गियर, जेनविन मोटरसाइकल एसेसरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्रि पछाडिका सेवाको व्यवस्था गरिएको कम्पनीले बताएको छ । अल्फा अटोमोटिभले आफ्नो एवं डिलर समेत गरी हाल ६ वटा शोरुम (नक्साल, कोटेश्वर, पोखरा, बुटवल, धरान र इटहरी) शोरुम संचालन गरिरहेको छ । कम्पनीले भने चैत्र महिनाभित्र थप ४ वटा स्थान (बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर) मा शोरुम संचालनमा ल्याउने जानकारी दिएको छ । रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । अल्फा अटोमोटिभ त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजन अन्तर्गतको कम्पनी हो । त्रिवेणी ग्रुपले उत्पादनमुलक उधोग व्यवसाय, बैंकिङ, बीमा, एवं सर्भिस क्षेत्रमा काम गरिरहेको छ ।

एभरेष्ट बैंकले प्युजो र सिट्रोन गाडी किन्नेलाई सस्तोमा सजिलै कर्जा दिने

काठमाडौं । प्युजो र सिट्रोन आधिकारीक विक्रेता सांग्रीला मोटोर्स प्राइभेटले विक्री गर्दै आएको गाडीहरुमा एभरेष्ट बैंकले कर्जा दिने भएको छ । बैंक र सांग्रीला मोटोर्सबीच शुक्रबार यसबारे सम्झाैता भएकाे छ । दुई संस्था बीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट उपमहाप्रबन्धक गौरव कुमार र सांग्रीला मोटोर्स प्रा।लि।को तर्फबाट सहायक महाप्रबन्धक किरण श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अब प्युजो र सिट्रोनका गाडीहरुमा खरिद गर्ने ग्राहकहरुले एभरेष्ट बैंकका सबै शाखाहरूबाट‍ सुलभ ऋण सुविधाहरू सजिलै उपलब्ध हुनेछ । बैंकको देशभर रहेका १२४ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्ने बैंकले बताएकाे छ ।