टिभिएसले ल्यायो नयाँ एनटर्क १२५ रेस एक्सपी, मूल्य ३ लाख रुपैयाँ

काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टीभीएस स्मार्ट एक्जोनेट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । योभन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उद्योगमै सबैभन्दा पहिला नयाँ भोइस-असिस्ट फिचर युक्त स्मार्ट एक्जोनेट कनेक्टिभिटी प्ल्याट्फर्म सहितको लन्चसँगै स्कुटर उद्योगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश गरिएको छ । १२५ सिसि सेग्मेन्टमा १० पीएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर रहेको कम्पनीको दावी छ । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चन ले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ । टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले भने,  ‘नेपाल सधैं हाम्रो लागि प्रमुख बजार भएको छ र यसले ग्राहकहरूका लागि हाम्रा प्रस्तावहरू ल्याउनपाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमा लन्च गर्न पाउँदाहामी अत्यन्तै हर्षित छौं। टिभिएस एनटर्कले लन्च गरेदेखि नै नेपाली राइडरहरूबाट सबै सकारात्मकप्रतिक्रिया र प्रतिक्रियाहरू संकलन गरिसकेको छ । भर्खरै लन्च गरिएको टीभीएस एनटर्क १२५ रेस एक्सपी यस खण्डमा उच्च शक्ति, फर्स्ट-इन-सेगमेन्ट डुअल राइड मोडहरू, उच्च टप स्पीड र उत्कृष्ट एक्सेलेरेशन प्रदान गर्दछ। स्कुटरले उत्कृष्ट कार्यसम्पादनको प्रतिवद्धता मात्रै गर्दैन तर उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट-फर्स्ट १०.२ पीएस पावरले भरिएको छ जसले नेपालमा ग्राहकको आनन्दको हाम्रो दर्शनलाई थप जोड दिनेछ।’ लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिङ डाईरेक्टर साहिल अग्रवाले भने- ‘टीभीएस एनटर्क १२५ रेस एक्सपी नेपालमै गेम चेन्जिङ स्कुटर हुन सक्छ । हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरु बिच, यो चर्चाको बिषय हुनेछ भन्ने हामीलाई विश्वास छ ।’ टेक्नोलोजी यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टीभीएस स्मार्ट एक्जोनेट हो जसलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टाछुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा-गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् । त्यस्तै अपडेटेड र रिफ्रेस्ड यूआई/यूएक्स एवम् राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ । यसैगरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । पर्फर्मेन्स यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिन ले ५५०० आरपी टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ । म्यानेजिङ हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार ट्राइ-टोन कलर रिमसहित उपलब्ध यो स्कुटरको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।

सुरज वैद्यको टोयोटा नेपालको आम्दानी पौने ५ अर्ब, ४ अर्ब ऋणका लागि अल्पकालिन रेटिङ

काठमाडाैं । टोयोटा गाडीको नेपालका लागि एक मात्र आधिकारिक बितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले एक वर्षमा पौन ५ अर्ब रुपैयाँ (अपरिष्कृत) आम्दानी गरेको छ । व्यवसायी सुरज वैद्यको लगानी रहेको उक्त कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको हो । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष ४७ प्रतिशतले आम्दानी बढाएको हो । सन् २०२० मा कम्पनीले ३ अर्ब ३० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो भने सन् २०१९ मा ५ अर्ब ८७ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालका लागि टोयोटा गाडीको आधिकारिक बिक्रेता हो । यस कम्पनीका अध्यक्ष सुरज वैद्य र प्रबन्ध निर्देशक रितु सिँह वैद्य हुन् । कम्पनीमा सुरजसहित रितु सिँह वैद्य र सुशान सिंह वैद्यको सेयर स्वामित्व छ । कम्पनीमा सुरजको ६० प्रतिशत, रितुको ३० प्रतिशत र सुशानको १० प्रतिशत सेयर स्वामित्व छ । कम्पनीले ४ अर्ब रुपैयाँ अल्पकालिन ऋणका लागि रेटिङ गराएको छ । कम्पनीले ए थ्री को रेट्रि पाएको छ । ओयोटा मोटर्स कर्पोरेशन मिनी गाडीदेखि ठूला ट्रकसम्मका मोडेलहरूकाबिक्री गर्ने एक परिचित कम्पनी हो । जापानमा आफ्नै १२ प्लान्टहरू र ११ उत्पादन सहायक र सम्बद्ध कम्पनीहरू बाहेक, टोयोटासँग २६ देश तथा स्थानहरूमा ५१ उत्पादन कम्पनीहरू छन् । टोयोटा जनरल मोटर्सपछि विश्वको दोस्रो ठूलो अटोमोबाइल निर्माता हो टोयोटा हो । जसले प्रत्येक वर्ष १६० भन्दा बढी देशहरूमा ५.३ मिलियन सवारी साधनहरू बिक्री गर्दै आएको छ ।

टिभिएस एनटर्क १२५ रेस एक्सपी नेपालमा, तीन लाख पर्ने

काठमाडौं । टिभिएस मोटर कम्पनीले नयाँ ‘टिभिएस एनटर्क १२५ रेस एक्सपी’ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो नयाँ मोडलमा टिभिएस स्मार्टएक्सओनेक्ट कनेक्टिभिटि प्ल्याटफर्म, राइड मोडहरु छान्ने सुविधा हुनुको साथै हलुका वजन रहेको कम्पनीले जानकारी दिएको छ । यो भन्दा अगाडि नै कनेक्टेड मोबिलिटीको क्षेत्रमा आफ्नै छुट्टै स्थान बनाइसकेको टिभिएसले स्कुटर उध्योगमै सबैभन्दा पहिला नयाँ भोइस–असिस्ट फिचर युक्त स्मार्टएक्सओनेक्ट कनेक्टिभिटी प्ल्याटफर्म सहितको लन्चसँगै स्कुटर उद्याेगमा आफ्नो छुट्टै उदाहरण प्रस्तुत गर्न सफल भएको छ । यसमा मोड चेन्ज, नाभिगेसन, कन्सोल ब्राइट्नेस अड्जस्टमेन्ट र डिएनडि लगायत अन्य थुप्रै कनेक्टिभिटि फसनहरु समावेश छ । १२५ सिसि सेग्मेन्टमा १० पिएसभन्दा धेरै पावर हुने यो नेपालकै एक मात्र स्कुटर हो । पहिलाको भन्दा सुधारिएको ग्यास फ्लो डाइनामिक्स र कम्बुस्चनले यसको पावर डेलिभरी अझै राम्रो बनाएको छ । यसमा प्रयोग भएको एड्भान्स्ड इन्जिनियरिङ्ग पोलिमर र सर्वाधिक बलियो एलोए स्टिलले यसलाई अझ हलुका बनाएको छ जसले गर्दा यो स्कुटर चलाउन पनि सजिलो छ । यस अवसरमा टिभिएस मोटर कम्पनीको इन्टरनेशनल बिजनेसका उपाध्यक्ष राहुल नायकले  टिभिएस एनटोर्क १२५ रेस एक्सपि नेपालमा लन्च गर्न पाउँदा हर्षित भएकाे बताए । उनले नयाँ टिभिएस उत्कृष्ट श्रेणीको कनेक्टिभिटी र सवारी साधनका विशेषताहरू सहितको सेगमेन्ट–फर्स्ट १०.२ पीएस पावरले भरिएकाले नेपालमा ग्राहकको आनन्दलाई थप वृद्धि गर्ने बताए । यस्तै, लन्चमा बोल्दै जगदम्बा मोटर्सका म्यानेजिंग डाईरेक्टर साहिल अग्रवालले टिभिएस एनटोर्क १२५ रेस एक्सपि नेपालमै गेम चेन्जिङ स्कुटर हुनसक्ने बताए । ‘हामीले पहिला पनि यसको लोकप्रियता देखिसकेका छौँ र अहिलेको नयाँ पुस्ताको राइडरहरुबीच, यो चर्चाको विषय हुनेछ भन्ने हामीलाई विश्वास छ,’ उनले भने । टेक्नोलोजी यसको नयाँ विशेषता भनेको यसमा भएको ब्लुटुथ इनेबल्ड टिभिएस स्मार्टएक्सओनेक्ट हो जसलाई टिभिएस कनेक्ट मोबाइल एप मार्फत कनेक्ट गर्न सकिन्छ । यसमा भएको भोइस असिस्ट फिचरले राइडरको न्याभिगेसन लन्च गर्ने, मोड चेन्ज गर्ने लगायत १५ छुट्टा छुट्टै भोइस कमान्डहरु लिन्छ । यसले गर्दा राइडरहरुले ड्राइभ गर्दा–गर्दै पनि कुनै पनि ब्लुटुथ कनेक्टेड डिभाइस मार्फत आवाजकै भरमा विभिन्न सेटिङ्हरु कन्ट्रोल गर्न सक्नेछन् । त्यस्तै, अपडेटेड र रिफ्रेस्ड युआइ÷युएक्स एवम राइड मोड बेस्ड लाइभ ड्यासबोर्ड युक्त टिभिएस कनेक्ट एपले राइडरहरुलाई एउटा नयाँ राइडिङ अनुभव प्रदान गर्छ । त्यस्तै यसको अर्को मेजर अपडेट भनेको पर्फर्मेन्स पारामिटरलाई ग्राफिकल्लि देखाइन्छ । यसै गरी यसमा नियमित आवतजावत गरीरहने रुटहरु सेभ पनि गर्न मिल्छ जसले गर्दा यसको न्याभिगेसन झनै उपयोगी बनाएको छ । पर्फर्मेन्स यसमा भएको टिभिएस रेसिङ पेडिग्रीले स्कुटरलाई उच्चतम पर्फर्मेन्स प्रदान गर्छ । साथै यसमा भएको रेस टनेल फुएल इन्जेक्सन ईन्जिन ले ५५०० आरपि टर्क प्रदान गर्दछ । त्यस्तै यसमा एक स्विचमै रेस मोड अथवा स्ट्रिट मोड छान्न सक्ने सुविधा पनि राइडरहरुले पाउनेछन् । रेस मोडमा हाइवेमा स्कुटरको स्पिड भने ९८ किमि प्रतिघण्टासम्म बढाउन मिल्छ भने स्ट्रिट मोड शहरको ट्राफिकमा उपयुक्त हुन्छ । स्ट्रिट मोड एक्टिभेट गरेपछि माइलेज बढ्नुका साथै राइडिङ स्मुथ हुन्छ । स्टाइल हेर्दा चिटिक्क परेका यो स्कुटरमा अरुको भन्दा भिन्नै र आकर्षक देखिने सिग्नेचर हेड ल्याम्प, एलइडि टेल ल्याम्प राखिएको छ र नाम अनुसार यसको कलर थिम र रेस इन्स्पायर्ड ग्राफिक्स् पनि रहेको छ । साथै स्पोर्टि रेड व्हीलस्ले यो स्कुटरलाई झनै स्टाइलिश देखाएको छ । ट्राइ–टोन कलर रिम सहित उपलब्ध यो स्कुटरको मुल्य ३ लाख ५ हजार ९०० रुपैयाँ रहेको छ ।