गाडी व्यापारी भन्छन् : बजेटले माग पुरा गरेन
काठमाडौं । नाडा अटोमोबाइल्स एसोसियनस अफ नेपालले आगामी आर्थिक वर्षको बजेटले अटोमोबाइल्स क्षेत्रमा खासै कुनै योगदान नगर्ने जनाएको छ । सरकारले सोमबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा अटो व्यवसायीको कुनै माग सम्बोधन नभएको बताएको हो । नाडा अध्यक्ष धुब्र थापाले अहिले भएका बाहेक नयाँ केही व्यवस्था बजेटमा समावेश नभएको बताए । उनले बजेटमार्फत् आफुहरुले धेरै अपेक्षा गरेको भएपनि कुनै माग सम्बोधन नभएको बताए । नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठले व्यवसायीले सोचे अनुसारको बजेट नआएको प्रतिक्रिया दिए । ‘हामी व्यवसायीले सोचे अनुसारको बजेट आएन, नयाँ कार्यक्रम केही पाईएन’, उनले भने । यस्तै, नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेतीले बजेटमा अटो व्यवसायीको माग न्यून मात्रै सम्बोधन भएको बताए । ‘आगामी आवका लागि सरकारले गाडी नै नकिन्ने भएपछि अटो सेक्टरलाई सिधै वेवास्ता गरिएको देखियो, हामी व्यवसायीले दिएको सुझाव खासै सम्बोधन भएको देखिएन’, उनले भने ।
इनिग्माका विद्युतीय स्कुटर बजारमा, २ लाख ९५ हजार पर्ने
काठमाडौं । राइजिङ ट्रेडिङ कम्पनीले इनिग्मा ब्रान्डको विद्युतीय स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले सुपथ मूल्यमा इनिग्माका ४ वटा स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । कम्पनीले सोमबार सार्वजनिक गरेका मोडलमा क्रिङ्क प्रो, यन८, क्रिंक भि१ र जिटी ४५० प्रो छन् । भारतमा निर्मित इनिग्माका स्कुटरहरु पावर र माइलेजमा ’बेस्ट इन क्लास’ मानिन्छन् । यी स्कुटरको सञ्चालन खर्च प्रतिकिलोमिटर २८ पैसाभन्दा कम पर्छ । उत्कृष्ट टर्कका लागि ३० एमएम मोटर म्याग्नेट दिइएको यो स्कुटरमा ब्याट्रीको लामो आयुका लागि स्मार्ट बीएमएस प्रवधि जडान गरिएको छ । अत्यन्तै कम मर्मत खर्चमा सञ्चालन गर्न सकिने यी स्कुटरमा ३एमएम हाई ग्रेड एबीएस बडी पार्टस् छ । क्रुज कन्ट्रोल, रिभर्स गियर, किलेस राइडिङ, सेन्ट्रल लकिङ, एन्टी थेप्ट अलार्म सिस्टम, यूएसबी पोर्ट, फाइन्ड माई स्कुटर, जीपीएस ट्र्याकिङ, जिओ ट्यागिङ लगायत विशेषता यी स्कुटरमा छन् । सहरी र ग्रामीण दुवै इलाकाका लागि उपयुक्त इनिग्माका विद्युतीय स्कुटरहरु आरामदायी र उत्कृष्ट राइडिङ अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएका छन् । स्कुटरका विषयमा कम्पनीका प्रबन्ध निर्देशक अजिज श्रेष्ठ भन्छन्, ’पावर र पर्फर्मेन्समा प्रतिस्पर्धी सरहका स्कुटर सुपथ मूल्यमा उपलब्ध गराउने हाम्रो उद्देश्य हो । त्यसैले हामीले भारतको लोकप्रिय ब्रान्ड यहाँ ल्याएका छौं ।’ भारतबाट आयातित स्कुटर भएकोले सपोर्ट सिस्टम राम्रो रहेको र पार्टपुर्जाहरु सजिलै पाइने पनि उनले बताए । उनका अनुसार क्रिङ्क प्रो को २ लाख ९५ हजार रुपैयाँ, यन८ को २ लाख ५० हजार रुपैयाँ, क्रिङ्क भि१ को २ लाख ६० हजार रुपैयाँ र जिटी ४५० प्रो को २ लाख ३५ हजार रुपैयाँ मूल्य तोकिएको छ । उपरोक्त मुल्य सिमित अवधिको लागी मात्र । एन्टी लक ब्रेक, रिजेनेरेटिभ ब्रेकिङ हो कि होइन ? क्रिङ्क प्रो यो मोडलको रेटेड पावर ३००० वाट र पिक पावर ४५०० वाट छ । प्रतिघन्टा ८० किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर एकपटकको फुल चार्जमा ९० किलोमिटरसम्म कुद्छ । ३५६ किलोग्राम लोडिङ क्यापासिटी रहेको क्रिङ्क प्रोमा २.२२ किलोवाटको ब्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १७० एमएम छ । २० लिटरको बुट स्पेस रहेको किङ्क प्रो निलो, कालो र सेतो कलर भेरियन्टमा उपलब्ध छ । यन८ यो मोडलको रेटेड पावर १५०० वाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुछ। २२६ किलो लोडिङ क्यापासिटी रहेको एनक मा २.२८ किलोवाटको ब्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १६० एमएम छ । यसमा २४ लिटरको बुट स्पेस छ । क्रिक प्रो निलो, खैरो र सेतो कलर भेरियन्टमा उपलब्ध छ । क्रिङ्क भि१ रेटेड पावर २००० वाट रहेको यो स्कुटरको पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुछ । ३०० किलो लोडिङ क्यापासिटी रहेको क्रिङ्क भीआईमा २.२२ किलोवाट आवरको ब्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स २१० एमएम छ । यसमा १० लिटरको बुट स्पेस रहेको छ । क्रिङ्क भीआई पाँच कलर भेरियन्टमा उपलब्ध छ । जिटी ४५० प्रो यसको रेटेड पावर १५०० वाट र पिक पावर ३००० वाट छ । प्रतिघन्टा ६५ किलोमिटरसम्म स्पिड रहेको यो स्कुटर फुल चार्जमा १२० किलोमिटरसम्म कुछ । २३० किलो लोडिङ क्यापासिटी रहेको किङ्क भीआईमा २.२४ किलोवाट आवरको ब्याट्री दिइएको छ । ब्याट्री चार्ज हुन ४ देखि ५ घन्टा लाग्ने यो स्कुटरको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ । यसको बुट स्पेस १५ लिटरको छ । जीटी ४५० प्रो चार कलर भेरियन्टमा उपलब्ध छ । कम्पनीले सबै मोडलका ब्याट्रीमा ३ वर्षको वारेन्टी दिएको छ । अगाडि, पछाडि दुवैतिर डिस्क ब्रेक रहेको स्कुटरमा अगाडी हाइड्रोलिक सस्पेन्सन र पछाडि डुअल सकर छ । बत्तीहरु एलईडी छन् ।
टिभिएसको बाइक किन्दा ८० हजारसम्मको छुट, अब ३ दिनमात्र बाँकी
काठमाडौं । टिभिएसको स्कुटर र मोटरसाइकलमा चलिरहेका च्याम्पियन्स अफ टेक्नोलोजी अफर अब तीन दिनमा सकिने भएको छ । नेपालमा टीभीएसका दुई पाँङ्ग्रे सवारी साधनको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गरेर उक्त अफर ल्याएको थियो । अफर अन्तर्गत टिभिएसले आफ्ना हरेक बाइकको खरिदमा ८० हजारको स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७ हजार स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा ५ हजार मुल्य बराबरको हेल्मेट सित्तैमा दिइरहेको छ । त्यसका साथै, ५ ब्याजदरको फाइन्यान्स सुविधा र बाइक एक्सचेन्जमा बजार मुल्यभन्दा १० हजार बढी भ्यालुएसन पनि पाउने अवसर यस अफर मार्फत आफ्ना प्रयोगकर्तालाई उपलब्ध छ । जगदम्बा मोटर्सको देशभर १४० भन्दा बढी डिलरहरु रहेका छन् ।