हाम्रो गाडीबाट निस्कने ब्याट्रीको व्यवस्थापन गर्न हामी सक्षम छौं : बिवाइडी
काठमाडौं । विद्युतिय गाडी उत्पादक कम्पनी बिवाइडीले ब्याट्री व्यवस्थापना कम्पनी निरन्तर लागि परेको बताएको छ । कम्पनीको नेपालको लागि एक मात्र आधिकारीक वितरक साइमेक्स इंकले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । विद्युतीय साधनको ब्याट्री व्यवस्थापना सबैभन्दा चुनौती पूर्ण मान्ने गरिन्छ । सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनको कयौं तरिका रहेको बताउँदै कम्पनी भन्छ,’पावर ब्याकअप गर्नेदेखि पूर्णरुपमा ड्रेन भएको ब्याट्री रिसाइकलको लागि बाहिर पठाउने विषयमा हामीले सम्पूर्ण तयारी गरेर बसेका छौं ।’ ‘यसले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने हाम्रो विश्वास छ,’ विज्ञप्तीमा लेखिएको छ । कम्पनीले आफ्नो हरेक गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको बताउँदै सम्पूर्ण ग्राहकलाई ढुक्क भएर आफ्नो उत्पादनको प्रयोग गर्न आग्रह गरेको छ ।
सिप्रदीयन सहायता संस्थाद्वारा तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान
काठमाडौं । सिप्रदीयन सहायता संस्थाले तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथनका विजेतालाई सम्मान गरेको छ । सिप्रदीयन सहायता संस्थासंग सहकार्य गर्दै आएको कर्णाली स्पोर्टस क्लबका खेलाडी मञ्जु रावत र दल बहादुर कुँवरलाई तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ महिलातर्फ प्रथम र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएकोमा सम्मान स्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको छ । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्तव संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई एक कार्यक्रम माझ सम्मान स्वरुप नगद पुरस्कार हस्तानतरण गरेको छ । म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका मञ्जु रावतलाई सम्मान स्वरुप ७५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका दल बहादुर कुँवरलाई ५० हजार प्रदान गरिएको थियो । कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष राजन बावु श्रेष्ठ, महासचिव राजेश प्रसाद गिरी र कोषाध्यक्ष सौरभ राज थापालियाले विजेताहरुलाई बधाई दिदै नगद पुरस्कार प्रदान गरेका थिए । खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ । अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको छ । संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहलका अनुसार, ‘आज हामी यहाँ खेलाडी विजेताहरुको साथै उनीहरुलाई प्रत्यक्ष रुपमा दैनिक प्रशिक्षणमा योगदान पुर्याउने गिनिज बूक अफ वल्र्ड रेकर्ड होल्डर हरी बहादुर रोकायालाई पनि परिश्रम र समर्पणको लागि धन्यवाद दिन चाहन्छौँ । प्रशिक्षकको अथक प्रयास, खेलाडिहरुको कठोर मेहनतमा आर्थिक सहयोग गरेर आज यो जितसंग आबद्ध हुन पाउँदा हामी गौरवान्वित छाै र भविष्यमा पनि सिप्रदीयन सहायता संस्थाले जेहिन्दर र मेहनती खेलाडीहरुको हितमा काम गर्नेमा म विश्वस्त छु ।’
नेपाली बजारमा ‘जीहो एई-८’ ईभी स्कुटर सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । नेपाली बजारमा जीहो एई-८ इलेक्ट्रिक स्कुटर (ईभी) सार्वजनिक भएको छ । द रिलायन्स ग्रुप अफ नेपालले ऋषि ट्रेड सेन्टरसँगकाे संयाेजकतामा बिहीबार एक कार्यक्रम गर्दै उक्त स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले विद्युतीय सवारी साधनको क्षेत्रमा आफ्नो सहभागिता जनाउँदै चाइनिज ब्रान्डको जीहो ईभी स्कुटर नेपाल भित्र्याएको हो । उक्त स्कुटर सेतो र कालो रंगमा उपलब्ध रहेकाे छ । नयाँ प्रविधि र आकर्षक डिजाइन रहेको यस स्कुटरमा नेपाली बाटोको लागि सुहाउँदो रहेको द रिलायन्स ग्रुप अफ नेपाल प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुशल श्रेष्ठले बताए । श्रेष्ठले सो स्कुटरमा आकर्षक विशेषता तथा सुविधाहरू उपलब्ध भएको बताउँदै एई-८ ले १२० देखि १४० किलोमिटर रेन्ज दिन पनि बताए । नेपालमा बिक्री हुने स्कुटर मध्ये जीहो उत्कृष्ट विद्युतीय स्कुटर बन्ने कम्पनीको दावी छ । स्कुटरमा ५ किलोवाटको मिड-माउन्टेड लिक्विड-कूल्ड मोटर छ भने २.५ किलोवाटको पीक पावर र २१८ एनएमको पीक टर्क रहेकाे छ । प्रतिघण्टा १०० किलोमिटरको गति दिने यस स्कुटरमा ६९ भोल्ट/३२ एम्पियर आवर क्षमता रहेको छ । कम्पनीका अनुसार स्कुटरमा दुई वटा ब्याट्री जडान भएको छ । स्कुटरको ब्याट्री करिब ४ घण्टामा फुल चार्ज गर्न सकिने पनि कम्पनीले बताएको छ । स्कुटरको अगाडि डुअल डिस्क ९ब्रेम्बो क्यालिपर० १००/८०-१२ र पछाडि १२०/७०-१२ ट्युबलेस टायर छन् । स्कुटरको ग्राउन्ड क्लियरेन्स १४५ मिलिमिटर छ । कम्पनी जीहोको मूल्य नेपाली बजारमा ४ लाख ९९ हजार रुपैयाँ ताेकिएकाे छ ।