४ लाख ९५ हजारको स्क्र्याम्बलर अब ४ लाख ५५ हजारमा पाइने
काठमाडौं । मोटरहेड ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एसएलआर टेक्नो एन्ड टे«ड प्रालिले आफ्नो स्क्र्याम्बलर २५० को लागि नयाँ मूल्य सार्वजनिक गरेको छ । सो मूल्य असार १ गते देखि असार १५ गते सम्मका लागि लागू हुनेछ । यस अघि ४ लाख ९५ हजार रुपैयाँ बिक्री मूल्य रहेको उक्त मोडल अब भने ४ लाख ५५ हजार रुपैयाँमै प्राप्त हुनेछ । कम्पनीका अनुसार ग्राहकले सो नयाँ बिक्री मूल्यमा स्क्र्याम्बलर २५० का ४ वटा कलर, नयाँ मफलर डिजाइन र आकर्षक ग्राफिक सहित आफ्नो रोजाइमा बाइक खरीद गर्न पाउने छन् । २२३ सीसीको हाईप्रो इन्जिन क्षमता भएको सो बाइकमा आयलकुल्ड, ६ इयर, १२ भोल्ट ७ एएच ब्याट्रीको साथ पीजी ३० कार्बुरेटर रहेको छ । यस मोडलमा थप विशेषताको रुपमा यसको क्याफे रेसर डिजाइन, उच्चतम ग्राउन्ड क्लियरैन्स, १४ लिटरको इन्धन ट्यांकी, डिजिटल मिटर, यूएसबी चार्जरका साथै मेटल फिनिसिङ दिइएको छ । साथै, कम्पनीले एक्सचेन्ज र फाइनान्सको सुविधालाई समेत सहज बनाउँदै उक्त बाइकमा विभिन्न नगद छुट र फ्रि हेल्मेटको व्यवस्था समेत गरेको बताएको छ ।
बजेटपछि १०० किलोवाट क्षमताका गाडीको मूल्य बढ्यो
काठमाडौं । सरकारले ५० देखि १ सय किलोवाट क्षमताको विद्युतीय गाडीको भन्सार तथा अन्तशुल्क बढाएसँगै व्यवसायीहरुले गाडीको मूल्य बढाउन थालेका छन् । सरकारले आर्थिक विद्येयक २०८० मा करको दर परिवर्तन गरेसँगै व्यसायीहरुले मूल्य बढाउन थालेका हुन । यसअघि ५० देखि १ सय किलोवाट क्षमताका विद्युतीय गाडीको भन्सार र अन्तशुल्क महशुल १०/१० प्रतिशत रहेकोमा सरकारले विद्येयक मार्फत भन्सार महशुल बढाएको छ । १० प्रतिशत भन्सार महशुल रहेकोमा ५ प्रतिशत बढाएर १५ प्रतिशत बनाएको हो । विद्युतीय गाडीको भन्सार महशुल बढेपनि व्यवसायीहरुले न्यून मात्रै मूल्य बढाएका छन् । धेरै मूल्य बढाउँदा ग्राहकहरु डिजेल तथा अन्य कम्पनीका विद्युतीय गाडीमा आकर्षक हुने भन्दै व्यवसायाीहरुले न्यून मूल्य बढाएका हुन । सरकारले करका दरमा परिवर्तन गरेसँगै २५ देखि ३० प्रतिशतसम्म मूल्य बढने बताउँदै आएका गाडी व्यवसायीहरुले थोरै मूल्य बढाउँदा उपभोक्तालाई फाइदा हुनेभएको छ । सरकारले जारी गरेको आर्थिक विद्येयक २०८० अनुसार ५० देखि १०० किलोवाट क्षमताका गाडी बिक्री गर्दै आएका बिवाईडी, एमजी, नेटा भि, हुन्डाईको कोना र टाटाको नेक्सन गाडीमा त्यसको असर परेको छ । १ लाखले बढ्यो बिवाईडीको मूल्य बजेटमा १ सय किलाेवाट क्षमताका गाडीकाे अन्तशुल्क तथा भन्सार महसुलमा बृद्धि भएपछि बिवाईडी गाडीको मूल्य बढेको छ । चिनियाँ कम्पनीको बिवाईडी गाडीको आधिकारीक वितरक साइमेक्स इंकले सय किलोवटा क्षमताका बिवाईडी एटो थ्रीको मुल्य एक लाख रुपैयाँ मात्रै बढाएको छ । यस अघि ६४ लाखमा बिक्री हुँदै आएको एटो थ्रिमा कम्पनीले एक लाख रुपैयाँ बढाएर ६५ लाख रुपैयाँ बनाएको हो । सीजीले बढायो एक लाख सीजी मोटर्सले बिक्री गर्दै आएको गाडीको मूल्य एक लाख रुपैयाँले बढाएको छ । कम्पनीले यसअघि नेटा भी ३७ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । बजेटमा करका दर परिवर्तन भएपछि कम्पनीले एक लाख बढाएर ३८ लाख ९९ हजार रुपैयाँ बनाएको हो । ५० हजारले बढ्यो एमजीको मूल्य बजेट पछि एमजी गाडीको मूल्य ५० हजार रुपैयाँले बढेको छ । एमजी गाडीको आधिकारीक वितरक पारामाउन्ट मोटर्सले १ सय किलोवाट क्षमताको जेडएस ईभीको मूल्य ५० हजार रुपैयाँले बढाएको हो । यसअघि ५२ लाख ४९ हजार रुपैयाँ रहेको उक्त गाडीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ पुगेको छ । ४० हजारले बढ्यो हुन्डाईको कोना नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना गाडीको मूूल्य बढाएको छ । कम्पनीले १ सय किलोवाट क्षमता रहेको कोनाको मूल्य ४० हजार रुपैयाँले बढाएर ६४ लाख ९६ हजार रुपैयाँ पुगेको छ । यसअघि उक्त गाडीको मूल्य ६४ लाख ५६ हजार रुपैयाँमा बिक्री भैरहेको थियो । कम्पनीले हालसम्म ८ सय गाडी बिक्री गरिसकेको छ ।
जिडब्लुएमको विद्युतीय गाडी बजारमा, मूल्य कति ?
काठमाडौं । जिडब्लुएम नेपालले जिडब्लु एमको विद्युतीय सवारी नेपालमा सार्वजनिक गरेको छ । बहुप्रतिक्षित अल ईलेक्ट्रिक क्रसओभर ओरा०३ १०० प्रतिशत इलेक्ट्रिक मोडेल आधिकारिक बुकिङ नेपालमा ४७ लाख ४९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । जिडब्लुएम ओरा ०३ एक ग्लोबल मोडल भएको कम्पनीले दावी गरेको छ । जुन यसभन्दा अघि चीन, थाईल्याण्ड, मलेसिया, बेलायत, जर्मनी, अष्ट्रेलिया र न्यूजील्याण्डमा विभिन्न नामहरूको मोडल जस्तै गुडक्याट, फन्कीक्याट र ओआरएका साथ पहिले नै विक्री सुरू भइसकेको छ । विश्वभर यसको १ लाख ५० हजार भन्दा बढी ग्राहकहरु छन् र यसले विभिन्न क्षेत्रका उपभोक्ताहरूबाट पनि ठूलो प्रशंसा प्राप्त गरेको छ । यसको पूर्वव्यापी र आधुनिक अवधारणा र कालातीत क्लासिक डिजाइन, सबै उन्नत ईभी प्रविधिको एकीकरणबाट हासिल गरिएको संकेत गर्छ । सौन्दर्यको हिसाबले, ओरा ०३ को बाहिरी भागमा नरम रेखाहरू छन् जसले ब्रान्डका अन्य मोडेलहरूलाई पनि चित्रण गर्छ र आधुनिक सुविधाहरूको साथ रेट्रो लुक हुँदा यसले पहिचानयोग्य पारिवारिक शैलीलाई समेत बलियो बनाउने कम्पनीको दावी छ । अगाडि, गोलो फुल एलईडी हेडलाइट, सर्कुलर डेटाइम रनिंग लाइटहरू यसको सबैभन्दा आकर्षक डिजाइन विशेषताहरू हो र यसको रियर लाइट क्लस्टरहरू रियर विन्डोमा नदेखियोस् भनेर सोहि अनुसार माथि राखिएको छ । जसले गर्दा कारको चौडाइमा विस्तारित प्रकाशको एकल तेर्सो पट्टी स्ट्रिप बनाउँछ । यसमा लेदरेट को व्यापक प्रयोगको साथ, भित्री डिजाइन र सामग्रीको सन्दर्भमा राम्रो तरिकाले सोचिएको छ । यसको पूर्वव्यापी–आधुनिक सौन्दर्यले ड्राइभरको ककपिट पनि बोक्नेछ । दुई–टोन पेस्टल असबाब, र क्रोम नियन्त्रणहरूले विगतको प्रतिबिम्ब साथै डुअल–डिस्प्ले, डिजिटल इन्स्ट्रमेन्टेसन र इन्फोटेनमेन्ट सिस्टम प्यानलले अझ सुरक्षित रहेको छ । ओरा ०३ लाई १० प्रतिशत प्योर ईभी प्लेटफर्ममा विकसित गरिएको छ । यसको मोड्युलर साथै समान आधारभूत वास्तुकलाबाट ठूला र साना सवारी साधनहरू सिर्जना गर्न मिल्ने गरी स्केलेबल डिजाइन पनि गरिएको छ । ओरा ०३ को धेरै विशेषतहरुका साथ औको छ जसमा ७ एयरब्याग, एबीएस को साथमा ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईसीएस), ट्र्याक्सन कन्ट्रोल सिस्टम (तीसीएस), इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक सवारी होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा सुविधाहरू छन् । यसको अझै रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा प्रणाली, आदि र एनसीएपी (अष्ट्रेलियन न्यू कार एसेसमेन्ट प्रोग्राम) र युरो एनसीपी रेटिङ दुवैमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । जसले यसलाई नेपालको बजारमा उपलब्ध सबैभन्दा सुरक्षित विद्युतीय सवारी साधनहरूमध्ये एक बनाएको छ । साथै, ओरा ०३ मा ९९किलोवाटको पीक पावर र २१० एनएम टर्क भएको स्थायी चुम्बकीय सिंक्रोनस इलेक्ट्रिक मोटरले गर्दा सहर र राजमार्गको सवारीलाई उपयुक्त बनाउँछ ।