टीभीएसले ल्यायो लाईफ टाईम ब्याट्री एस्योरेन्स भएको ईलेक्ट्रिक स्कुटर, मूल्य कति ?

काठमाडौं । जगदम्बा मोटर्स र टीभीएस मोटर कम्पनीले लाईफ टाईम व्याट्रि एस्योरेन्सको साथ टिभिएस आईक्यूब ईलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । नेपालमा दिगो यात्रा प्रवर्द्धन गर्ने प्रतिवद्धताका साथ कम्पनीले उक्त स्कुटर सार्वजनिक गरेको हो । ब्याट्रीको टिकाउपन, वारेन्टी र लागतलाई सम्बोधन गर्दै टीभीएसले आईक्यूब मार्फत नेपालमा ईलेक्ट्रिक स्कुटरलाई प्रयोगमा ल्याउने उद्देश्य राखेको छ । ब्याट्री एस्योरेन्स कार्यक्रमको सदस्यता लिने टीभीएस आईक्यूबका ग्राहकले ७० प्रतिशत एसओएच (स्टेट अफ हेल्थ) सम्मको ब्याट्री लाइफ प्राप्त गर्ने छन् । नेपालमा टीभीएस आईक्यूब र टीभीएस आईक्यूब एस गरी टिभिएस आईक्यूबका दुई मोडलहरु उपलब्ध हुनेछ । कम्पनीका अनुसार ग्राहकले २ लाख ९९ हजार ९०० रुपैयाँमा टीभीएस आईक्यूब खरिद गर्न पाउने छन् । टीभीएस आईक्यूवका दुई पाङग्रे सवारी साधनहरुले नेपालमा ४ लाख ११ हजार किलोमिटर यात्रा तय गरेर १० हजार २७५ लिटर इन्धन बचत गरेको छ भने वातावरणमा २३ हजार ७६२ किलो कार्वन उत्सर्जन हुन रोकेको छ । विश्वमा टीभीएस आईक्यूबका करिब ३ लाख ग्राहकहरुले करिब १.९ अर्ब किलोमिटर यात्रा तय गर्दै ४७ करोड लिटर इन्धनको बचत गर्न सफल भएका छन् भने ६९ हजार ५९० टन कार्बन उत्सर्जन हुनबाट रोकेका छन् ।

हिरो मोटोकर्पले उद्घाटन गर्यो एसेम्बली प्लान्ट, तीन महिनाभित्र १०० बढी आउटलेट खोल्दै

काठमाडौं । मोटरसाइकल तथा स्कुटर उत्पादन गर्ने कम्पनी हिरो मोटोकर्पले नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको छ । नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी मोटर्ससँगको सहकार्यमा कम्पनीले आफ्नो आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको उद्घाटन गरेको हो । हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी लोकप्रिय उत्पादनहरू एक्सप्लस २०० ४भी, सुभर स्प्लेन्डर, स्प्लेन्डर प्सल मोटरसाइकल र जुम ११० स्कुटर बजारमा ल्याएको छ । अब उक्त चारवटा उत्पादनलाई नवलपरासीको सिजी इन्डस्ट्रियल पार्कमा अवस्थित अत्याधुनिक एसेम्बली फ्यसिलिटीमा स्थानीय रूपमै एसेम्बल गरिने कम्पनीले जानकारी गराएको छ । कम्पनीका अनुसार यस प्लान्टको क्षमता प्रतिवर्ष ७५ हजार युनिट हुनेछ र यसले नवलपरासी क्षेत्रमा नयाँ लगानी ल्याउन र रोजगारीका अवसरहरू सिर्जना गर्नेछ । सीजी मोटर्सले बढ्दो ग्राहक संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स तथा सर्भिस सेन्टरको नेटवर्क द्रुत रूपमा विस्तार गर्दैछ । हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो । यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ । सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्व-स्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ । हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्वपूर्ण बजार हो ।’ त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले भने, ‘सीजी मोटर्सका लागि यो एकदमै विशेष क्षण हो । हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौं । हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौं ।’ यस नयाँ एसेम्बली सुविधा नेपालको मध्यभागमा अवस्थित छ जसले गर्दा उत्पादनहरू द्रुत रूपमा देशभर उपलब्ध हुने सुनिश्चितता प्रदान गर्ने कम्पनीको दावी छ । साथै, सेल्स तथा सर्भिस नेटवर्कको द्रुत विस्तारले सबै ग्राहक आवश्यकताहरू सम्बोधन गरिएको सुनिश्चित गर्नेछ । सीजी मोटर्सले काठमाडौंमा हिरोको प्रमुख तथा फ्ल्यागशिप शोरुम खोलिसकेको छ । साथै, आगामी तीन महिनाभित्र १०० भन्दा बढी सेल्स तथा सर्भिस आउटलेटहरू खोल्ने कम्पनीको योजना छ ।

रोयल इन्फिल्डले बालकुमारीमा खोल्यो ट्रेनिङ सेन्टर

काठमाडौं । रोयल इन्फिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिले ललितपुरको बालकुमारीमा अत्याधुनिक ट्रेनिङ  सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सेन्टरको आज (विहिबार) एक कार्यक्रमका माझ रोयल इन्फिल्ड सर्भिसका नेशनल बिजनेस हेड संजयराम पत्रिकार र अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष वर्धन संघाइले संयुक्त रुपमा उद्घाटन गरे । सेन्टरबाट रोयल इन्फिल्डका जनशक्तिलाई श्रेणीगत ट्रेनिङ दिनुको साथै फ्रिलेन्सर मेकानिक, अटोमोबाइल डिप्लोमा होल्डर, राइडर कम्यूनिटी, मोटो भ्लगर लगायतलाई समेत तालिम प्रदान गरिने कम्पनीले जनाएको छ । ट्रेनिङ सेन्टर सञ्चालनमा आएसंगै यसले दक्ष जनशक्ति उत्पादन गर्न थप सहज हुने विश्वास लिइएको छ ।