एमएडब्लु वृद्धि कमर्सियल भेहिकलद्वारा पोखरामा नयाँ शोरुम सञ्चालन

काठमाडौं । नेपालमा व्यावसायिक सवारीसाधन कम्पनी एमएडब्लू वृद्धि कमर्शियल भेइकल्स प्रालिले पोखरामा आफ्नो ब्राण्ड न्यू शोरुमको उद्घाटन गरेको छ । पोखरा बुद्ध चोकमा रहेको यो अत्याधुनिक सुविधा सम्पन्न शोरुम यही साउन २७ गतेदेखि आधिकारिक रूपमा सञ्चालनमा आएको हो । शोरुममा दुई ब्राण्डहरू फोटोन र सोकोनका कमर्सियल गाडीहरू उपलब्ध छन् । फोटोन मोटर्स (चीनको नम्बर १ व्यावसायिक वाहन निर्माता) को आधिकारिक वितरकको रूपमा कम्पनीले हाइरुफ ईभी भ्यान, टुनल्याण्ड र टिएम वानसहित कुशल र भरपर्दा सवारीसाधनहरूको रेन्ज प्रदान गर्दछ । आफ्नो व्यावसायिक सवारीसाधनको विकल्पलाई थप विस्तार गर्न एमएडब्लु वृद्धिले सोकोन मोटर्सलाई पनि भित्र्याएको छ जसको बहुमुखी ईसी थर्टी सिक्स भ्यान यात्रुवाहक, स्कुल र कार्गो भेरियन्टहरूमा उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प, ७ जनालाई उपहार

काठमाडौं । सुजुकीको मनसुन फ्री सर्भिस क्याम्प आजबाट सुरु भएको छ । साउन २९ गतेसम्म चल्ने उक्त क्याम्पमा ७ जना भाग्यमानी ग्राहकले आकर्षक एसोसरिज प्याकेज जित्न सक्नेछन् । नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्स्को अटो मोबाइल डिभिजन सीजी मोटोकर्पले ‘KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE’ नारामा मनसुन फ्री सर्भिस क्याम्प’ को आयोजना गरेको हो । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्नसक्ने र बेलैमा ध्यान नदिनाले विभिन्न समस्याको सम्भावना हुने कम्पनीले जनाएको छ । सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसीरहिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउनेछन् । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्विल एलाइनमेन्टमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् भने लेबर चार्जमा २०५ सम्मको छुट र स्पेयर पार्टस् र इन्जिन आयलमा १० प्रतिशत सम्मको छुट पाउनेछन् ।

सिट्रोनको नेपालभरि निःशुल्क चेकजाँच क्याम्प

काठमाडौं । नेपालमा सिट्रोन गाडीका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले सिट्रोन गाडीका ग्राहकहरूलाई लक्षित गरी निःशुल्क चेकजाँच क्याम्प आयोजना गर्दैछ । यो क्याम्पले खरिद गरिएका सिट्रोनका सवारीसाधनलाई राम्रो अवस्थामा राख्नुका साथै विशेष छुटहरूको फाइदा पनि प्रदान गर्ने कम्पनीले जनाएको छ। यस क्याम्पमा, फ्री सर्भिसिङ, गाडीका सबै पार्ट्समा १० प्रतिशत छुट, निःशुल्क साधारण चेकजाँच साथै लुब्रिकेन्ट्समा ५ प्रतिशत छुट लगायतका विभिन्न आकर्षक अफरहरू उपलब्ध हुनेछन् । यी सुविधाहरूले सिट्रोन गाडीका ग्राहकहरूको सवारी अनुभवलाई अझ राम्रो बनाउने र उल्लेखनीय बचत पनि गराउने कम्पनीको दाबी छ । यो क्याम्प पहिलो चरण साउन २७ र २८ गते विर्तामोडमा, २९ र ३० गते बिराटनगरमा र ३२ गते वीरगञ्जमा हुँदैछ । दोस्रो चरणमा पोखरा, दाङ, बुटवल, र नारायणघाटमा हुने र त्यसको मिति छिट्टै घोषणा गरिने कम्पनीले जनाएको छ ।