एमएडब्लू वृद्धिले लञ्च गर्याे नामीका तीन मोडल, मूल्य ३० लाख रुपैयाँ
काठमाडौं । एमएडब्लू वृद्धिले चिनियाँ कम्पनी डोङफेङको नामी ब्राण्डको विद्युतीय कार नेपालमा सार्वजनिक गरेको छ । बिहीबार एक कार्यक्रमको आयोजना गरी नामी ई १ देखि ई ३ सम्मका नामी मोडलहरू नेपालमा सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नेपालमा नामी ई १ का मूल्य २९ लाख ९९ हजार रुपैयाँ, नामी ई २ को मूल्य ३१ लाख ९९ हजार रुपैयाँ र नामी ई ३ को मूल्य ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ । नामी बक्स एक सव कम्प्याक ईभी हो । यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचरहरु छन् । यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन् । यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्क्रिन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट पाउन सकिन्छ ।
पन्च ईभीले नेपालमा टाटालाई नम्वर वान बनाइराख्न मद्दत गर्छ-सिजापति
नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै विभिन्न नयाँ मोडलहरू सार्वजिक गर्ने भएको छ । सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई नै लक्षित गरेर पन्च ईभी भित्र्याएकाे छ । भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । यसबाहेक अन्य कुन-कुन मोडल उपलब्ध छन् भनेर सिजापतिसँग गरिएको संक्षिप्त कुराकानी : नाडा अटो शोमा टाटाका नयाँ गाडी कुन कुन हुनेछन् ? नाडा अटो शोमा हामीले पन्च ईभी राखेका छौं । जुन भारतीय बजारमा एकदमै धेरैले रुचाएको र राम्रो बिक्री भइरहेको मोडल हो । त्यसैले यस वर्ष नाडामा हामीले यसलाई लन्च गर्ने तयारी गरेका छौं । यो गाडीको फिचर एकदमै राम्रो छ । हामीले यो गाडीको मूल्य भने नाडा अटो शोमा नै सार्वजनिक गर्ने तयारी गरेका छौं । ‘एक्च्युअल्ली, टाटा डट ईभी प्रेजेन्ट अ नाडा अटो-शो’ । त्यसैले पन्च ईभी हामीले शोमा लन्च गर्दैछौं । त्यसबाहेक टाटाको चर्चित मोडल टियागो पनि नाडा अटो शोमा रहन्छ । मुख्य आकर्षणमा यी दुई मोडल राख्ने सोचेका छौं । त्यसबाहेक बजारमा चलेका अन्य मोडलहरू पनि हुन्छन् । नाडा अटो शोमा अफर के हुन्छ ? अफरको हकमा हामीले हाम्रो कस्टमरहरूलाई जे अफर गरिरहेको हुन्छौं त्यो नै सबैभन्दा बेष्ट हो । सेल्स, सर्भिस र चार्जिङ नेटवर्कमा हामीले हाम्रो कस्टमरलाई कम्प्लिट प्याकेज नै अफर गर्ने हो । नाडा अटो शोमा पनि अझै यसलाई वेटर गर्ने कोशिस रहन्छ । त्यसबाहेक पन्च लन्च भइसकेपछि हामीले अन्य अफर के कति दिन सक्छौं त्यो नाडा अटो शोमा नै थाहा हुन्छ । नेपालमा ईभीको मार्केट कस्तो छ ? ईभीको मार्केट नेपालमा बढ्दो छ । पेट्रोल गाडीबाट बिस्तारै बजार सिफ्ट भएर ईभीतिर आउँदैछ । हामी विगत २ वर्षदेखि निरन्तर नेपालको नम्बर वान ब्राण्डको रूपमा स्थापित भएका छौं । र, पन्च जस्तो मास मार्केट प्रोडक्ट ल्याएपछि अझै हाम्रो पोजिसन राम्रो हुनेछ । पछिल्लो समय ईभी गाडीबारे गुनासा पनि धेरै छन् । खासगरी रिसेल भ्यालु कम भएको, सर्भिसमा समस्या भएकाे, ब्याट्रीमा समस्या हुने गरेको गुनासो सुनिन्छ । तपाईंहरूले यसलाई कसरी समधान गरिरहनुभएको छ ? तपाईंले भन्नुभएका सबै समस्याहरूलाई म स्वीकार्छु । किनकि बजारमा त्यो गुनासो धेरैको छ । म कुनै कम्पनीलाई प्रतिस्पर्धी मानेर भन्न चाहन्नँ । सिप्रदीमा जे छ त्यो मात्रै भन्छु । तपाईंले सबैभन्दा सुरुमा रिसेल भ्यालस भन्नुभयो, त्यसमा सिप्रदीको के छ भने हामीबाट तपाईंले गाडी लिनुभएको छ अथवा तपाईं हाम्रो गाडी लिन चाहानुहुन्छ भने तपाईंले लिएर आएको गाडीमा भ्यालु एड गरेर पुरानो लिएर हामी नयाँ दिन्छौं । त्यसलाई एक्सचेन्ज गर्नका लागि हामीसँग इनहाउस एक्सचेन्ज सुविधा नै उपलब्ध छ । दोस्रो कुरा सर्भिस हाे । यो चाहिँ सबै कन्जुमरहरू आफै पनि अलि प्रोएक्टिभ हुनुपर्छ । हाम्रो पूर्वदेखि पश्चिमसम्म विभिन्न स्थानमा सर्भिस सेन्टरहरू छन् । जहाँ पूर्णरूपमा हामीले दिने सेवा सुविधा दिइरहेका हुन्छौं । त्यसैले टाटामा यो समस्या पनि छैन । र, अर्को भनेको ब्याट्रीको कुरा । नेपालमा आफैले ब्याट्री डागोनोस्टिक एण्ड रिपेयर गर्ने हामी मात्रै एक हौं, जुन बागडोलमा छ । हाम्रो ब्याट्री टेक्नोलोजीलाई मर्मत गर्न र त्यसलाई नेपालभित्र नै कसरी रिपेयर एण्ड मेन्टेनेन्स गर्न सकिन्छ त्यो गर्नका लागि हामीले एक डागोनोस्टिक सेन्टर नै खोलेर राखेका छौं । टाटाको सबै ईभी गाडीको ब्याट्री मर्मत हामी त्यहीबाट गर्छौं । त्यसैले अन्य ब्राण्डहरूमा यी समस्या भए पनि टाटामा यस्ता समस्या छैनन् ।
भारतमा चर्चित पन्च ईभी अब नेपालमा, कति पर्छ मूल्य ?
काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडा अटो शोलाई लक्षित गर्दै पन्च ईभी भित्र्याएकाे छ । भारतीय बजारमा राम्रो बजार पाइरहेको पन्च ईभी नेपाल ल्याउन लागिएको कम्पनीका मार्केटिक म्यानेजर आभिरुची गिरीले बताएकी छन् । उनका अनुसार पन्च ईभी भारतमा मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ । नाडा अटो शोमा लन्च गर्न लागिएको पन्च ईभी नेपालको बहुप्रतीक्षित गाडी भएको कम्पनीको भनाइ छ । पन्च ईभीमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र र्याम्प–ओभर एंगल्स लगायतका विशेषताहरू रहेको कम्पनीका महाप्रबन्धक शवन्तजंग सिजापतिले बताएका छन् । उनका अनुसार यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । त्यस्तै, टाटा पन्च ईभीमा दुई वटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेन्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । अहिले ३५ किलोवाट ब्याट्री क्षमताको गाडी नेपाल आएको उनले बताए । यस गाडीको मोटर पावर ९० किलोवाटको रहेको छ भने डाएमेन्सन ३.८ मिटर लम्बाइ रहेको छ । त्यस्तै, फुल चार्ज रेन्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम रहेको उनले बताएका छन् । सिप्रदी ट्रेडिङले टाटाका गाडी दशकौंदेखि नेपाली बजारमा बिक्री गर्दै आइरहेको छ । सिप्रदीले भन्सारबाट गाडी छुटाउनका लागि ४० लाखदेखि ४२ लाख रुपैयाँ मूल्य तोकेको छ । यद्यपि, यो गाडीको आधिकारिक मूल्य भने नाडा अटो शोमा मात्रै सार्वजनिक गर्ने उनले बताए । भन्सारको मूल्यभन्दा केही परिवर्तन हुनसक्ने उनको भनाइ छ । नाडालाई लक्षित गरेर ल्याइएको यो गाडी हाल कम्पनीले टेस्ट ड्राइभको लागि राखेको छ । कम्पनीले हाल ५ कलरमा यो गाडी सार्वजनिक गर्ने भएको छ ।