वुलिङ ईभीले ल्यायो दशैंको अवसरमा गाडी एक्सचेञ्ज योजना, नयाँ किन्दा २९.९९ लाख मूल्य
काठमाडौं । वुलिङ बिङ्गाे ईभीले दशैंको अवसरमा नयाँ योजना सार्वजनिक गरेकाे छ । कम्पनीले विद्युतीय सवारीसाधन खरिद गर्न चाहने ग्राहकहरूका लागि गाडी एक्सचेन्ज योजना ल्याएको हाे । यो योजना अक्टोबर ६ सम्म लागू हुनेछ । जुनसुकै कम्पनीकाे गाडीमा पनि एक्सचेन्जकाे सुविधा भएकाे कम्पनीले जनाएकाे छ । वुलिङ बिङ्गाे इभी २९.९९ लाख रुपैयाँमा उपलब्ध छ । भाग्यशाली ग्राहकले फाइभ स्टार होटलमा डिनर गर्ने माैका पनि पाउने कम्पनीले जनाएकाे छ । थप जानकारीका लागि नक्सालमा रहेकाे वुलिङ बिङ्गाे शाेरुमा आउन कम्पनीले आग्रह गरेकाे छ । वुलिङ बिङ्गाे ईभी अत्याधुनिक प्रविधिले सुसज्जित छ । पारामाउन्ट माेटर्स वुलिङ बिङ्गाेको नेपालका लागि आधिकारिक बिक्रेता र आयातकर्ता हो ।
नेपालमा बनेको हुन्डाई भेन्यू ईको बिक्री वितरण सुरु, १० वर्षसम्म निःशुल्क सर्भिसिङ
काठमाडौं । लक्ष्मी मोटर कर्पोरेशनले भेन्यू ई भेरियन्टको उत्पादन पनि सुरु गरेको छ । कर्पोरेशनले २०२४ मे बाट भेन्यू एस र एसएक्स उत्पादन सुरु गरेको थियो । लक्ष्मी मोटर कर्पोरेशन, नेपालको लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको एक भगिनी संस्था हो । कम्पनीले नेपालमा हुन्डाई भेन्यूको व्यावसायिक उत्पादन सुरु गरिएसँगै हुन्डाई नेपाल : मेड फर युअर जर्नी क्याम्पेन पनि सुरु गरेको थियो । हालसम्म करिब २५० गाडी आफ्ना डिलरमार्फत बिक्री गरिसकेको कम्पनीले जनाएको छ । हुन्डाई भेन्यू ईको प्रारम्भिक मूल्य सीमित अवधिको लागि ४० लाख ९६ हजार कायम गरिएको छ । यद्यपि यसमा हाल चलिरहेको दशैंतिहारलक्षित योजना र थप डिस्काउन्ट नहुने कम्पनीले जनाएको छ । हाल नेपालमा उपलब्ध भेन्यूका अरू भेरियन्टहरूको मूल्य भेन्यू (एस) १.२ को ४४ लाख ९६ हजार र भेन्यू (एसएक्स) १.२ को मूल्य ५३ लाख ५६ हजार कायम गरिएको छ । कम्पनीले मेड इन नेपाल हुन्डाई भेन्यूमा १० वर्षको निःशुल्क सर्भिसिङ र ३ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ । लक्ष्मी मोटर कर्पोरेशन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा हुन्डाई मोटर कम्पनीसँगकाे प्राविधिक सहकार्यमा स्थापना भएको हो ।
जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्सले ७० प्रतिशतसम्म कर्जा दिने
काठमाडौं । जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडी खरिद गर्ने ग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले ७० प्रतिशतसम्म कर्जा दिने भएको छ । नेपालका लागि जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेता पूजा कन्स्ट्रक्सन नेपाल र रिलायन्स फाइनान्सबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पूजा कन्स्ट्रक्सन नेपालका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरे । सम्झौतापश्चात यी दुवै ब्रान्डका विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकले रिलायन्सबाट सजिलैसँग ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामा व्यक्तिगत परामर्शसमेत दिनेछ । यो सहकार्यले जोयलङ र एसआरएम ब्रान्डका विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकलाई थप सुविधा हुने जनाइएकाे छ । ७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहित गर्ने विश्वास लिइएकाे छ । हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौं उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यकाबाहिरको हकमा सबै शाखाबाट लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ । पूजा कन्स्ट्रक्सन विशाल ग्रुपअन्तर्गतको कम्पनी हो ।