लगनखेलमा यामाहा ब्लू फेस्ट सुरु, जुनसुकै ब्रान्डका बाइक एक्सचेन्ज गर्न पाइने
काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुईपांग्रे एक्सचेन्ज महोत्सव यामाहा ब्लू फेस्ट’बिहीबार लगनखेलमा औपचारिक रूपमा सुरु भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन वाडाका अध्यक्ष नारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपककुमार अग्रवालले गरे । असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरू सहित सहजै एक्सचेन्ज गर्न पाइनेछ । फेस्टमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने यामाहा नेपालले जनाएको छ । फेस्टमा यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५० हजार रुपैयाँको मूल्यांकन, अन्य ब्रान्डमा न्यूनतम २५ हजार को मूल्यांकन (कर चुक्ता अनिवार्य), एक्सचेन्जमा अतिरिक्त १० हजार बोनस, ६ हजारसम्मको नगद छुट, फ्री एक्सेसरिज, निःशुल्क आर्थिक वर्ष ०८२/८३को सडक कर भुक्तान र गारण्टरबिना सहज फाइनान्सिङ सुविधा रहेको छ । यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधतायुक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ । ७१.३३ किमी प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेडआर १२५ एफआई हाइब्रिडदेखि स्टाइलिश र स्पोर्टी लुकसहितको यामाहा आर वन फिफ्टिन भी ४ सम्म यामाहाले आफ्नो स्तर सधैं उच्च राखेको छ । एमएडब्लु राइड्सको नेतृत्वमा रहेको यामाहा नेपाल देशको सबैभन्दा भरपर्दो र प्रतिष्ठित दुईपांग्रे ब्रान्डमध्ये एक हो ।
डोङफेङ नामीको 'फाइभ स्टार अफर' सार्वजनिक, इभी किन्दा ५ सुविधा पाइने
काठमाडौं । नेपालका लागि डोङफेङ नामीको आधिकारिक वितरक एमएडब्लु वृद्धिले 'नामी फाइभ स्टार अफर' सार्वजनिक गरेको छ । सीमित अवधिको यो योजना नेपालभरिका सबै नामी शोरूमहरूमा उपलब्ध हुनेछ । अफर अन्तर्गत नयाँ विद्युतीय सवारी किन्दा वा पुरानो सवारी अपग्रेड गर्दा ग्राहकहरूले पाँच विशेष लाभहरू प्राप्त गर्नेछन् । कम्पनीका अनुसार ‘नामी फाइभ स्टार अफर’ अन्तर्गत ग्राहकहरूले आकर्षक नगद छुट, ७ केब्लू पल्स ३.५ डब्लू चार्जर, अटो प्लस बीमा, निःशुल्क सडक कर (चालु आर्थिक वर्षको लागि) र निःशुल्क एक्सेसरिजहरू पाउनेछन् । यी पाँच लाभहरूले नामी विद्युतीय सवारी खरिदलाई अझै सहज, सुरक्षित र आकर्षक बनाउने कम्पनीको विश्वास छ । बढ्दो विद्युतीय सवारी बजारमा नामी एक सुलभ, भरपर्दो र आधुनिक विकल्प बनिसकेको छ । ‘बेस्ट इन क्लास’ फिचर, स्मार्ट ड्राइभिङ रेञ्ज र प्रतिस्पर्धी मूल्यले यसलाई धेरै नेपाली उपभोक्ताहरूको पहिलो रोजाइ बनाएको छ । लक्जरी, आधुनिक डिजाइन र प्रविधिको संयोजनले नामीलाई विद्युतीय सवारी चाहने ग्राहकहरूका लागि उत्कृष्ट ब्रान्डका रूपमा स्थापित गराएको छ । कम्पनीले विद्युतीय सवारी पारिस्थितिकी प्रणालीलाई थप मजबुत बनाउन देशभर रिल्याक्स चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ, जसअन्तर्गत हालसम्म ६६ स्थानमा डीसी र एसी चार्जिङ सुविधा उपलब्ध भइसकेको छ । यी सुविधाहरूको लाभ उठाउन इच्छुक ग्राहकहरूलाई कम्पनीले निकटतम शोरूममा समयमै सम्पर्क गर्न अनुरोध गरेको छ ।
हुन्डाई क्रेटा ईभी धनगढीमा सार्वजनिक, विद्युतीय बजारप्रति विश्वास बढाउँदै
काठमाडौं । नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले धनगढीमा नयाँ क्रेटा ईभी (विद्युतीय गाडी) सार्वजनिक गरेको छ । बुधबार दिनेश फोर व्हील्सको आयोजनामा सम्पन्न विशेष कार्यक्रममा नयाँ क्रेटा ईभीको अनावरणसँगै हुन्डाईका अन्य मोडलहरू पनि प्रदर्शन गरिएका थिए । धनगढीको होटल फ्लोरा, छटकपुरमा आयोजित कार्यक्रममा ग्राहकहरूको उल्लेखनीय सहभागिता देखिएको थियो । कार्यक्रममा सहभागीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै कम्पनीका प्रतिनिधिहरूले ईभी खरिद, सेवा सुविधा, स्पेयर पार्ट्स, चार्जिङ नेटवर्क लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरे । हुन्डाईको क्रेटा ईभी र आईसीई (पेट्रोल) दुवै मोडल एउटै प्लेटफर्ममा आधारित भएकाले बिक्रीपछिको सेवा, पार्ट्स उपलब्धता र दीर्घकालीन ब्रान्ड सपोर्टमा कुनै समस्या नहुने कम्पनीको दाबी छ । साथै, विद्युतीय सवारी साधनमा विश्वास बढाउन कम्पनीले देशभर ६६ वटा रिल्याक्स चार्जिङ स्टेशन (डीसी र एसी) सञ्चालनमा ल्याइसकेको जनाएको छ । यस अभियानलाई राष्ट्रिय सन्देशका रूपमा फैलाउने उद्देश्यले कम्पनीको उच्च व्यवस्थापन टोलीले देशभर डिलरहरूसँग प्रत्यक्ष संवाद गर्दै आएको छ । सफा र स्मार्ट भविष्यतर्फको यात्रालाई सघाउने लक्ष्यसहित हुन्डाई नेपालले ग्राहकहरूसँगको सम्बन्ध अझ बलियो बनाउने अठोट व्यक्त गरेको छ ।