विकासन्युज

देशैभर एकैसाथ लन्च भयो पञ्च ईभी, ३२ लाख ९९ हजारमै पाइने

काठमाडौं । टाटाको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘पञ्च ईभी’ नेपालमा सार्वजनिक भएको छ । काठमाडौंमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा लन्च भएसँगै पञ्च ईभी देशभरका आधिकारिक शोरुमबाट एकसाथ सार्वजनिक गरिएको हो । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले पञ्च ईभी सार्वजनिक गरेको हो । पञ्च ईभी बिर्तामोड, विराटनगर, इटहरी, मधेस प्रदेश, पोखरा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज र धनगढीका आधिकारिक शोरुमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख सावन्त जङ्ग सिजापतिले पञ्च ईभीप्रति नेपाली ग्राहकको उत्साह बुकिङमै देखिएको बताए । उनका अनुसार बुकिङ भएका सुरुवाती मोडलसहितका गाडी केही दिनभित्रै ग्राहकलाई डेलिभरी दिइनेछ ।  ३२ लाख ९९ हजारमै खरिद गर्न सकिने नयाँ पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । तर, नाइमा नेपाल मोबिलिटी एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले ३२ लाख ९९ हजार रुपैयाँमै पञ्च ईभी खरिद गर्न सक्नेछन् । एक्स्पो अफरअन्तर्गत बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी समेत उपलब्ध गराएको छ । कम्पनीका अनुसार यो अफर एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकका लागि लागू हुनेछ ।

नेपाल एसबीआई बैंकको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त

काठमाडौं । नेपाल एसबीआई बैंकको सञ्चालक समितिको अध्यक्षमा मुनिश कुमार चान्दना नियुक्त भएका छन् । भारतीय स्टेट बैंक (एसबीआई) को प्रतिनिधिका रूपमा बैंकको सञ्चालक समितिमा रहेका वेंकट वंसीधर कुंचाको स्थानमा चान्दनालाई मनोनयन गरिएको हो । भारतीय स्टेट बैंकले चान्दनालाई सञ्चालकका रूपमा मनोनयन गरी पठाएको बैंकले जनाएको छ । यसैअनुसार बैंकको सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले चान्दनालाई सञ्चालकमा नियुक्त गरेको हो । सोही बैठकले उनलाई सञ्चालक समितिको अध्यक्षमा समेत चयन गरेको बैंकले जनाएको छ । यसअघि बैंकको सञ्चालक समितिमा भारतीय स्टेट बैंकका प्रतिनिधिका रूपमा वेंकट वंसीधर कुंचा रहेका थिए । अब उनको स्थानमा चान्दनाले जिम्मेवारी सम्हाल्ने भएका छन् ।

माण्डु हाइड्रोको दुई आर्थिक वर्षको लाभांश घोषणा, सेयरधनीले २२.५२ प्रतिशत पाउने

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०८१/८२ र २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ ।  कम्पनीले दुई आर्थिक वर्षको मुनाफाबाट कुल २२.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।  कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले आर्थिक वर्ष २०८२/८३ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले करसहित १६ करोड ३६ लाख ३६ हजार ४४० रुपैयाँबराबरको नगद लाभांश दिनेछ । यसैगरी, आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । जसमा १० प्रतिशत बोनस सेयर रहेको छ । बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने कम्पनीले जनाएको छ । प्रस्तावित लाभांश विद्युत् नियमन आयोग तथा कम्पनीको आगामी साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ ।

अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडमा पानीको हाहाकार

काठमाडौं । अमेरिकाको सबैभन्दा ठूलो जलाशय लेक मिडको जलस्तर हालसम्मकै न्यून बिन्दुमा पुगेको छ । अमेरिकी ब्युरो अफ रिक्लेमेसनले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार लामो समयदेखिको खडेरीका कारण यस जलाशयको सतह सन् १९३७ मा पहिलोपटक भरिएयताकै सबैभन्दा तल्लो स्तरमा झरेको हो । ब्युरोको अभिलेखअनुसार हाल यस तालको पानीको सतह १ हजार ४० दशमलव ४० फिट (करिब ३१७ मिटर) कायम भएको छ । यसअघि सन् २०२२ को जुलाईमा जलस्तर १ हजार ४० दशमलव ५८ फिट (३१७ दशमलव १७ मिटर) रेकर्ड गरिएको थियो, जसलाई त्यसबेलासम्मकै सबैभन्दा न्यून स्तर मानिएको थियो । कोलोराडो नदी अमेरिकाका सातवटा राज्य हुँदै बग्छ र यसले करिब ४ करोड मानिसलाई पानी आपूर्ति गर्दै आएको छ । ब्युरोको तथ्याङ्कअनुसार अगस्टको सुरुवातसम्म आइपुग्दा लेक मिडको जल भण्डारण क्षमता घटेर केवल २७ प्रतिशतमा सीमित हुन पुगेको छ । नेभाडा र एरिजोना राज्यको सिमानामा कोलोराडो नदीमाथि निर्मित हुभर बाँधबाट लेक मिड जलाशय बनेको हो । यो जलाशय र बाँध नेभाडाको लास भेगासबाट करिब ४८ किलोमिटर दक्षिण–पूर्वमा अवस्थित छ ।

एलआईसी नेपालको नाफा २८.४५ प्रतिशत बढ्यो, जीवन बीमा कोष डेढ खर्ब पुग्यो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल) को गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा २८.४५ प्रतिशत बढेर ४० करोड ५७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३१ करोड ५८ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन ६.६५ प्रतिशत बढेर २१ अर्ब १४ करोड ५४ लाख १९ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले १९ अर्ब ८२ करोड ६८ लाख ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  गत वर्ष कम्पनीले ३३ अर्ब ४६ करोड ४६ करोड ९९ लाख १० हजार रुपैयाँ कुल आम्दानी गरेर ३० अर्ब ६८ करोड ७५ लाख ६५ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३२ अर्ब ३३ करोड १२ लाख ३९ हजार रुपैयाँ कुल आम्दानी गरेर २९ अर्ब ५५ करोड ५८ लाख ९४ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ७७ करोड ३५ लाख ५४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष १ खर्ब ३२ अर्ब ९२ करोड रुपैयाँ रहेको कम्पनीको जीवन बीमा कोष गत वर्ष बढेर १ खर्ब ४६ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ७.३८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७७.८७ रुपैयाँ रहेको छ ।  

सानिमा रिलायन्स लाइफको ३८.३८ करोड, यस्ता छन् अन्य सूचक

काठमाडौं । सानिमा रिलायन्स लाइफको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १.६९ प्रतिशत बढेर ३८ करोड ३८ लाख ६५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३७ करोड ७४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १६.१७ प्रतिशत बढेर ७ अर्ब ८५ करोड ४० लाख ६८ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ७६ करोड ६ लाख ४४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  गत वर्ष कम्पनीले ७ अर्ब २१ करोड ७४ लाख ९४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६ अर्ब ५४ करोड २७ लाख ७३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  गत वर्ष कम्पनीले ९ अर्ब ६० करोड ३१ लाख ७२ हजार रुपैयाँ कुल आम्दानी गरेर ९ अर्ब २२ करोड २८ लाख ८८ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ६९ करोड १६ लाख ५२ हजार रुपैयाँ कुल आम्दानी गरेर ८ अर्ब ३१ करोड ८४ लाख ९० हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब १ करोड ४९ लाख २४ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १८ करोड ५९ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २५ अर्ब ५५ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ७.६५ रुपैयाँ र प्रतिसेयर नेटवर्थ ११२.६२ रुपैयाँ रहेको छ ।  

नेपाल लाइफको नाफा साढे ४६ करोड, जीवन बीमा कोष २.७३ खर्ब नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशत घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।  गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो ।  गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेर ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६८ अर्ब ३० करोड ८४ लाख ५८ हजार रुपैयाँ कुल आम्दानी गरेर ६४ करोड २६ लाख ३३ हजार ५३ करोड रुपैयाँ कुल खर्च गरेको थियो । ९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ ।  कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।  

सर्वोत्तम सिमेन्टको नाफा १.१० अर्ब, प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ

काठमाडौं । सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब १० करोड ७४ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले १ अर्ब २ करोड ८२ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७.७० प्रतिशत बढेको हो । अघिल्लो वर्ष ९ अर्ब ५३ करोड ७३ लाख ३३ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको कम्पनीले गत वर्ष १० अर्ब २५ करोड ८५ लाख २७ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । गत वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ९३ करोड ५१ लाख ३६ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको कस्ट अफ सेल्स ७ अर्ब ५२ करोड ७७ लाख ५२ हजार रुपैयाँ थियो । अघिल्लो वर्ष २ अर्ब ९५ लाख ८१ हजार रुपैयाँ रहेको कुल नाफा गत वर्ष बढेर २ अर्ब ३२ करोड ३३ लाख ९० हजार रुपैयाँ पुगेको छ ।  यस्तै, कम्पनीको अन्य आम्दानी गत वर्ष १७ करोड ६९ लाख ५० हजार रुपैयाँ छ । अघिल्लो वर्ष कम्पनीको अन्य आम्दानी १३ करोड ७६ लाख ७ हजार रुपैयाँ थियो । गत वर्ष कम्पनीले २५ करोड ७४ लाख ४२ हजार रुपैयाँ प्रशासनिक खर्च, ६५ करोड ६५ लाख ४७ हजार रुपैयाँ विक्री वितरण खर्च र १ अर्ब १५ करोड ६३ लाख ९५ हजार रुपैयाँ कुल खर्च गरेको छ ।  अघिल्लो वर्ष कम्पनीले २२ करोड ४२ लाख २७ हजार रुपैयाँ प्रशासनिक खर्च, ३३ करोड ९६ लाख ४५ हजार रुपैयाँ विक्री वितरण खर्च र ८६ करोड १ लाख ६६ हजार रुपैयाँ कुल खर्च गरेको थियो । ५ अर्ब २२ करोड ४२ लाख ७५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको अन्य इक्विटी ४ अर्ब ८७ करोड ७७ लाख ६४ हजार रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २१.२० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९९.८२ रुपैयाँ रहेको छ ।