नेपाल लाइफको नाफा साढे ४६ करोड, जीवन बीमा कोष २.७३ खर्ब नाघ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा १५.०२ प्रतिशत घटेर ४६ करोड ५४ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५४ करोड ७६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत वर्ष कम्पनीको खुद बीमा शुल्क आर्जन १२.१४ प्रतिशत बढेर ५३ अर्ब ४५ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले ४७ अर्ब ६६ करोड ७० लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

गत वर्ष कम्पनीको खुद दाबी भुक्तानी ६२ अर्ब ८४ करोड २७ लाख ३८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ५७ अर्ब ३७ करोड ९० लाख ३६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको थियो । 

गत वर्ष कम्पनीले ७४ अर्ब ३३ करोड ६५ लाख ४ हजार रुपैयाँ कुल आम्दानी गरेर ७० अर्ब ७६ करोड ६३ लाख ६९ हजार रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो वर्ष कम्पनीले ६८ अर्ब ३० करोड ८४ लाख ५८ हजार रुपैयाँ कुल आम्दानी गरेर ६४ करोड २६ लाख ३३ हजार ५३ करोड रुपैयाँ कुल खर्च गरेको थियो ।

९ अर्ब ४८ करोड २ लाख १ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५४ करोड ३६ लाख रुपैयाँ, जगेडा कोषमा ७९ करोड ९० लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष २ खर्ब ७३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी ४.९१ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२६.०७ रुपैयाँ रहेको छ ।  

Share News