विकासन्युज

५ अर्ब विद्युत् महसुल मिनाह गर्दै सरकार

काठमाडौं । अर्थ मन्त्रालयले करिब ५ अर्ब रुपैयाँ बराबरको विद्युत महशुल मिनाहा गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सो वक्यौता रकम मिनाह गर्ने प्रस्ताव पास गरेपछि अर्थ मन्त्रालयले त्यसलाई कार्यान्वयनमा ल्याउन लागेको हो । विगत ७ वर्षदेखि उक्त रकम बक्यौता रहँदै आएको हो । नगरपालिका, तत्कालिन गाविस तथा सडक बत्तीबाट उठ्न बाँकी उक्त रकम नेपाल विद्युत प्राधिकरणले आर्थिक पुनसंरचनाका लागि मन्त्रालयमा पठाएको प्रस्ताव स्वीकृत गर्दै रकम मिनाह गर्ने निर्णय मन्त्रालयले गरेको हो । विगतका वर्षहरूदेखि बक्यौता रहँदै आएको ६ अर्ब रकम मन्त्रालयले प्राधिकरणलाई शोधभर्नाको रूपमा दिने अर्थ मन्त्रालयले स्रोतले जानकारी दिएको छ । प्राधिकरणका अनुसार सडक बत्तीको महशुल आव २०६७/६८ देखि आव २०७२/७३ सम्म ४ अर्ब रुपैयाँ बाँकी छ । यही शीर्षकमा यस वर्ष करिब ५५ करोड थपिदै छ । यस्तै, सरकारी कार्यालयको बक्यौता ५२ करोड रुपैयाँ छ । रकम नतिरेका निकायहरूले आगामी आर्थिक वर्ष २०७४/७५ देखि मासिक रूपमा विद्युत् रकम तिर्न सहमत भएकामा उक्त रकम मिनाह गरिने नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

सिभिल बैंकले ल्यायो खुशीका योजना, नौ महिने मुद्दतीमा १२.७५ प्रतिशत ब्याज

काठमाडौं । सिभिल बैंक लिमिटेडले सर्वसाधारणलाई लाभान्वित गर्न “सिभिल बैंक खुशीका योजना” ल्याएको छ । जस अन्तर्गत नौ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गरिने छ । साथै, बचत खातामा ८.२५ प्रतिशत सम्मको वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने भएको छ ।

भारतीय भूतपूर्व सैनिकलाई एक अर्ब निवृत्तिभरण

तम्घास ९ गुल्मी, । जिल्लाका अवकाश प्राप्त भारतीय भूतपूर्व सैनिक एवम् निजामती कर्मचारीलाई रु एक अर्ब १५ करोड निवृत्तिभरण वितरण गरिएको छ । सदरमुकाम तम्घासमा भूतपूर्व भारतीय सैनिकका लागि गत वैशाख २८ गतेदेखि १३ दिनसम्म सञ्चालन गरिएको क्याम्पबाट सो रकम वितरण गरिएको हो । बर्सेनि छ÷छ महिनामा वितरण गरिँदै आएको उक्त निवृत्तिभरण लिनका लागि गुल्मी, अर्घाखाँची, बागलुङ, प्यूठान, रुकुम, रोल्पा र डोल्पाबाट गरी सात हजार भन्दा बढी भूतपूर्व सैनिक आउने गरेका जिल्लास्थित भूतपूवर्ज सैनिक सङ्घले जनाएको छ । केही भूतपूवै सैनिकले एसबिआई बैंकबाट निवृत्तिभरण लिने गरेका छन् । भारत सरकारले १५ देखि ३३ वर्षसम्म सेवा पु¥याएका भूपू सैनिक र अवकाश प्राप्त निजामती कर्मचारीलाई विगत ६० वर्षदेखि तम्घासबाट निवृत्तिभरण वितरण गर्दै आएको छ । रासस

महिन्द्राको केयूभी१०० को वार्षिकोत्सवको अवसरमा फ्रि सर्भिस क्याम्पको आयोजना

काठमाडौं । महिन्द्रा गाडीको आधिकारीक विक्रेता अग्नि ग्रुपले केयूभी१००को पहिलो वार्षिक उत्सवको उपलक्ष्यमा जेठ ११ र १२ गते फ्रि सर्भिस क्याम्पको आयोजना गरेको छ । यस क्याम्पमा केयूभी१००गाडीलाई निशुल्क रुपमा जाँच तथा सर्भिस गरीनुका साथै लुब्रिकेन्टमा र स्पेयर पार्टसमा १५ प्रतिशत छुट दिन लागिएको जानकारी कम्पनीले गराएको छ । साथै, यो सुविधा युनिक आईडल अटोमोविल बालकुमारी र गुड अटोमोविल धुमबाराहीमा उपलब्ध छ । नेपालका युवाहरुलाई लक्षित गरी महिन्द्रा केयूभी१०० लाई लिभ योङ्ग, लिभफ्रि भन्ने नारा सहित गत वर्ष नेपालमा भित्राएको थियो । छोटो अवधिमा युवाहरुमाझ अत्याधिक लोकप्रिय हुनु र बजारमा राम्रो व्यपार गर्नुलाई कम्पनीले सकारात्मक संकेतको रुपमा लिएका छन् ।

देशमा लगानी गरेर भावी सन्ततिको लागि ढोका खोल्न उद्योग मन्त्रीको आग्रह

काठमाडौं । वासिङ्गटन डिसी । उद्योग मन्त्री नविन्द्रराज जोशीले देशमा आर्थिक समृद्धिको संभावनाको ढोका खुलेको भन्दै प्रवासमा रहेका नेपालीहरुले समेत देशमा लगानी गर्न अनुरोध गरेका छन् । जनसम्पर्क समिति अमेरिकाले बुधवार न्यूयोर्कमा आयोजना गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दे मन्त्री जोशीले देशसँगको सम्बन्ध स्थापित गर्ने प्रयासमा हातेमालो गर्न प्रवासीहरुलाई अनुरोध गरे । पहिलो पुस्ताले मेहनत गरेर आर्जन गरेको सीप र पूँजी मातृभूमिमा परिचालन गरेमा दोश्रो पुस्ताका सन्ततिलाई पनि मातृभूमिसँग जोडने सेतुको रुपमा यसले काम गर्ने उनले बताए । मन्त्री जोशीले लगानी सम्मेलनको आयोजना गरेर सबै राजनीतिक दलको प्रतिवद्धतामा देशमा स्वदेशी पूँजीको परिचालन र वैदेशिक लगानीको मार्ग प्रशस्त गर्न सफल भएको बताए । जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरका अध्यक्ष रोशन ढुंगानाको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले राजनीतिक स्थायित्व पछि आर्थिक समृद्धमा सबैको सहकार्य आवश्यक रहेको बताए ।

जेठ ३१ गतेको निर्वाचन गराउन आयोग प्रतिवद्ध : निर्वाचन आयोग

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ४६१ स्थानीय तहमा जेठ ३१ गते दोस्रो चरणको निर्वाचन गराउन आयोग प्रतिबद्ध र दृढ भएर अघि बढिरहेको बताएका छन्। स्थानीय तहको पहिलो चरणको वैशाख ३१ गते भएको निर्वाचनमा खटिएका अनुगमन टोली प्रमुख र सुक्ष्म अनुगमनकर्तासँगको आजको छलफल कार्यक्रममा उनले भने “कहीँकतै दुविधा र भ्रममा नपरी जेठ ३१ गते स्थानीय तहको दोस्रो चरणको निर्वाचन स्वच्छ र स्वतन्त्ररुपमा गर्न व्यवस्थापनको लागि हामी अघि बढिरहेका छौ । स्थानीय तहको सङ्ख्या बढाएको आधिकारिक जानकारी प्राप्त भएको छैन, सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयबाट आएको अधुरो प्रतिवेदनको आधारमा निर्वाचन हुन नसक्ने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “आयोगले ४६१ वटै स्थानीय तहमा केन्द्रित गरेर निर्वाचनको व्यवस्थापनलाई अघि बढाइरहेको छ ।” मुलुकका सबै स्थानीय तहमा एकै चरणमा निर्वाचनको तयारी गरिरहेको आयोगले राजनीतिक सहमतिको वातावरण बनोस् भनी जेठ ३१ गतेको निर्वाचनको लागि सहमति जनाएको प्रसङ्ग स्मरण गराउँदै उनले ४६१ स्थानीय तहको निर्वाचनको सामग्रीको व्यवस्थापन समेत भइसकेको बताए । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ स्थानीय तहमा भएको थियो । सो निर्वाचनको सन्दर्भमा आयोगले सरकारका सचिव, सहसचिव, उपसचिव र शाखा अधिकृतलाई अनुगमन र सुक्ष्म अनुगमन कर्ताको भूमिकामा विभिन्न जिल्लामा खटाएको थियो । रासस

साउनदेखि अनिवार्य गरिएको आस्बालाई प्रभावकारी बनाउन धितोपत्र बोर्डको ९ बुँदे निर्देशन

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी साउन १ गतेदेखि अनिवार्य गरिएको आस्बा प्रणालीलाई प्रभावकारी बनाउन बैंक तथा वित्तिय संस्थाहरुलाई ९ बुँदे निर्देशन जारी गरेको छ । यस अघि आस्बा प्रणालीबाट दिइएको आवेदनहरुमा समस्या देखिएपछि बोर्डले ९ बुँदे निर्देशन मार्फत आस्बा प्रणालीलाई लगानी कर्ताको सहज पहुँच र हितमा हुने व्यवस्था गर्न बैंक तथा वित्तिय संस्थाहरुलाई निर्देशन दिएको हो । यस्ता छन बोर्डका निर्देशन १) धितोपत्र खरीद आवेदन फारममा आवेदकले नाम थर, आवेदन गरिएको कित्ता, डिम्याट खाता, आवेदकको दस्तखत लगायत निर्देशिकामा तोकिए बमोजिमका सम्पूर्ण विवरणहरु रुजु÷यकिन गरेर मात्र धितोपत्र खरीद आवेदन लिने र उक्त फाराममा संस्थाको आधिकारीक छाप र बुझिलिने कर्मचारीको दस्तखत गर्नुपर्ने । २) विद्युतीय प्रणालीबाट आवेदन गर्दा आवेदनकर्ताले आवेदन स्वीकृत भएको सम्बन्धमा विद्युतीय रुपमा रसिद प्राप्त गर्ने व्यवस्था गर्ने । ३) आवेदनकर्ताले आवेदन फारममा अंग्रेजीमा हित ग्राही खाता नं. र अंग्रजी ठूलो अक्षरमा अनिवार्य रुपमा नाम थर लेख्नुपर्ने व्यवस्था गर्ने । ४) धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ मा तोकिए बमोजिम सहभागी बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो सवै शाखाहरुबाट दैनिक रुपमा प्राप्त आवेदन र आवेदन रकम सम्वन्धी संक्षिप्त विवरण संकलन गरी अनिवार्य रुपमा सोही दिन र विस्तृत विवरण तोकिएको समयावधि भित्र विद्युतीय माध्यमबाट निष्काशन तथा विक्री प्रबन्धक र बोर्डलाई उपलब्ध गराउने । ५) सहभागी बैंक तथा वित्तीय संस्थाहरुको विभिन्न शाखाबाट धितोपत्र खरीद आवेदन प्राप्त हुने सन्र्दभमा कुन शाखाबाट प्राप्त भएको हो सो पहिचान हुने व्यवस्था गर्ने । ६) सवै सहभागी बैंक तथा वित्तीय संस्थाहरुले बोर्डको वेवसाइटमा राख्ने प्रयोजनका लागि आफ्नो केन्द्रीय कार्यालयमा आस्वासंग सम्बन्धित विषय वस्तुमा सम्पर्क गर्ने एक जना सम्पर्क अधिकारी र एक जना बैकल्पिक सम्वन्धित अधिकारीको नाम थर, सम्पर्क फोन, मोवाइल र पत्राचार गर्ने आधिकारीक इमेल ७ दिन भित्र बोर्ड तथा सम्पूर्ण निष्काशन तथा विक्री प्रवन्धकलाई अनिवार्य रुपमा उपलब्ध गराउने र सो विवरणमा कुनै परिवर्तन भएमा सोको जानकारी तत्काल दिने व्यवस्था गर्ने । ७) निष्काशन तथा बिक्री प्रवन्धक र बोर्डलाई धितोपत्र खरीद आवेदन फारम सम्बन्धी विवरण पठाउँदा पत्राचारको लागि आधिकारीक इमेल मात्र प्रयोग गर्ने । ८) सहभागी बैंक तथा वित्तीय संस्थाहरुले सेवा प्रदान गर्ने भनी बोर्डलाई जानकारी गराएका सबै शाखा कार्यालयहरुबाट सो सेवा उपलब्ध गराउनु पर्ने र सोको लागि सवै शाखाहरुमा दक्ष जनशक्ति र पूर्वाधारको व्यवस्था गर्ने । ९) आस्वा प्रणाली सम्वन्धमा २०७४ साउन अगाडि कम्तीमा एक पटक र तत्पश्चात समय समयमा आफ्ना शाखा कार्यालयका सम्वन्धित कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गर्ने ।

सनराईज बैंकले खोल्यो सनराईज क्यापिटल, पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको काम थाल्ने

काठमाडौं । सनराईज बैंकले भगिनी संस्था रुपमा सनराईज क्यापिटल लिमिटेड सञ्चालनमा ल्याएको छ । बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले सनराईज क्यापिटलको औपचारिक शुरुवात गरेका छन् । धेरै वर्ष पुरानो कम्पनी एन.सि.एम मर्चेन्ट बैकिङ लिमिटेड सनराईज बैंकको स्वामित्वमा आएपछि नाम परिवर्तन गरि सनराईज क्यापिटलको नाममा सञ्चालन गरिएको सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले बताए । सनराइज बैंकले एन.आई.डी.सी क्यापिटल मार्केन्ट्स लिमिटेडलाई प्राप्ति गरेपछि एन.आई.डी.सी क्यापिटल मार्केन्ट्सको सहायक कम्पनी एन.सि.एम मर्चेन्ट बैकिङ पनि सनराइज बैंकको स्वमित्वमा गएको थियो । हरेक बैंकले आफ्नो भगिनी संस्थाको रुपमा क्यापिटल मार्केन्स कम्पनीहरु खोल्ने क्रम जारी रहेको समयमा सनराइज बैंकले पनि सनराइज क्यापिटल खोलेको हो । ‘सनराइज बैंकले क्यापिटल मार्केटमा पहिलेदेखि नै प्रवेश गर्न खोजेको थियो । एनआईडीसी प्राप्तिसँगै त्यो अवसर मिलेको छ’ सनराइज बैंकका अध्यक्ष मोतिलाल दुुगडले भने–‘अब हामी पनि सेयर निष्काशन तथा बिक्री प्रबन्धकको काम, सेयर रजिष्ट्रार तथा प्रत्याभूतिको काममा सहभागी भएको छौं ।’ सनराईज क्यापिटलको चुक्ता पुँजी १० करोड रुपैयाँ छ । कम्पनीले निकट भविष्यमा पोर्टफोलियो व्यवस्थापन, सामूहिक लगानी कोषको काम गर्ने तयारी गरिरहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बताए ।