निर्वाचन आचारसंहिताका कारण पुरानैलार्इ नीति तथा कार्यक्रम, सम्बाेधन मात्रै नयाँ ढङ्गबाट
काठमाडौं । निर्वाचन आचारसंहिताको कारण देखाउँदै सरकारले आगामी वर्ष चालु योजनालाई नै निरन्तरता दिने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार संसदमा सम्बोधनमार्फत सरकारको आर्थिक वर्ष ०७४/७५ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालले राजीनामा दिनुभएको भोलिपल्ट उहाँकै सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । राजीनामा दिइसकेको सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेको यो पहिलोपटक हो । कार्यक्रममा स्थानीय तहको निर्वाचनमा आचारसंहिता लागू भएको कारण देखाउँदै सरकारले पुरानै योजनालाई निरन्तरता दिएको छ । ुयस वर्ष बजेटको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने समयमा स्थानीय तहको दोस्रो चरण निर्वाचन कार्यक्रमको मिति तय भई निर्वाचन आचारसंहिता लागू भएको विशिष्ट अवस्था छ । कार्यक्रममा उल्लेख छ । उक्त विशिष्ट परिस्थितिलाई मध्यनजर गरी आगामी वर्षको नीति तथा कार्यक्रम तर्जुमा गर्दा सरकारले यस वर्ष कार्यान्वयन गरेका नीति तथा कार्यक्रमलाई आधार मानी निरन्तरता दिनेछ । नीति तथा कार्यक्रमअनुसार बजेट आउने भएकाले यो वर्षको बजेट पनि चालु योजनामै केन्द्रित हुनेछ । सरकारले जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्दै छ । राष्ट्रपति भण्डारीले ३० मिनेट लगाएर सम्बोधन गर्नुभएको नीति तथा कार्यक्रममा स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ गते नै गर्ने दृढता व्यक्त गरिएको छ । सरकार दोस्रो चरणको स्थानीय तहको निर्वाचन जेठ ३१ गते सम्पन्न गर्न दृढ छ । प्रथम चरणको निर्वाचनमा जस्तै सबै पक्षको सहयोग दोस्रो चरणको निर्वाचनमा पनि हुने विश्वास सरकारले लिएको छ, कार्यक्रममा भनिएको छ । सिंहदरबारको अधिकार गाउँ/ नगरमा हस्तान्तरण गर्न पाउँदा गर्वको अनुभूति भएको भन्दै सरकारको कार्यक्रममा भनिएको छ,। संविधानले तोकेको समयावधि ०७४ माघ ७ भित्रै संघ र प्रदेशको चुनाव सम्पन्न गर्न सरकार प्रतिबद्ध छ । निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलब्ध गराइनेछ । संविधानको दायरा फराकिलो बनाउन संसद्मा संशोधन विधेयक दर्ता भएको र सबै दलको सहकार्यमा उक्त विधेयकलाई निष्कर्षमा पुर्याउन कटिबद्ध रहेको सरकारले जनाएको छ । संविधान कार्यान्वयन, शान्ति सुरक्षामा आएको सुधार, लगानीमैत्री वातावरण, प्रशासनिक क्षेत्रमा गरिएको सुधार र लोडसेडिङ अत्यपछि आर्थिक वृद्धिदर करिब सात प्रतिशत पुग्ने अनुमान गरिएको र यसलाई सरकारले आफ्नो मुख्य उपलब्धिका रूपमा लिएको छ । राष्ट्रिय महत्वका र क्रमागत आयोजना तथा कार्यक्रमलाई निरन्तरता दिइने र राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनका लागि आवश्यक स्रोत(साधन उपलब्ध गराउने सरकारले उल्लेख गरेको छ । स्थानीय तहलाई अधिकार – माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क – पुनर्निर्माणमा सक्रिय सहभागिता – आधारभूत स्वास्थ्य सेवा – संक्रमणकालीन रूपमा कर्मचारी व्यवस्थापन मूल्यवृद्धि सीमाभित्र राख्ने, स्थानीय तहका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्था गर्ने, बूढीगण्डकीलगायत जलाशययुक्त आयोजना निर्माण अघि बढाउने, काठमाडौं(निजगढ फास्ट ट्र्याक, मध्यपहाडी लोकमार्ग र हुलाकी सडक निर्माण कार्यलाई प्राथमिकता दिने, पूर्व/ पश्चिम विद्युतीय रेलमार्ग, मेट्रो, फ्लाइओभर, टनेल मार्गको विकासलाई प्राथमिकता दिने, प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थललगायत राष्ट्रिय गौरवका विमानस्थलको निर्माण कार्यलाई तीव्रता दिइने कार्यक्रममा उल्लेख छ । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने, नेपाल प्रहरीलाई संघीय ढाँचाअनुसार रूपान्तरण गर्ने, शान्ति प्रक्रियाका बाँकी कार्यभार आगामी आर्थिक वर्षभित्र पूरा गर्ने व्यवस्था मिलाइने सरकारले जनाएको छ । स्थानीय तहलाई अधिकार – माध्यमिक शिक्षा अनिवार्य र निःशुल्क – पुनर्निर्माणमा सक्रिय सहभागिता – आधारभूत स्वास्थ्य सेवा – संक्रमणकालीन रूपमा कर्मचारी व्यवस्थापन
विद्युत प्राधिकरणलाइ नाफा कमाउन सरकारनै बाधक, वित्तीय पुनरसंरचना प्रस्ताव अस्वीकृत
काठमाडौं । निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने देखिएको छ। घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तिय पुनरसंरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको हो। आव २०६७/६८ मा सरकारले विद्युत प्राधिकरणको २७ अर्ब अपलेखन गरिदिएपछि चार वर्षमा मात्र ३७ अर्ब ६० करोड सञ्चित घाटा पुगेको प्राधिकरणले चालु वर्षदेखि नै प्राधिकरणलाई नाफामा लैजान सक्ने भन्दै प्रस्ताव गरेको थियो। अधिकांश प्रस्तावलाई अर्थले स्वीकृति नदिएपछि प्राधिकरणलाई नाफामा लैजान असहज देखिएको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अर्थ मन्त्रालयमा पेश गरेको प्रस्ताव मध्ये केहीमा सकारात्मक निर्णय गरिएको र यही आधारमा नाफामा लैजान गाह्रो भएको बताए। कारोबार दैनिकबाट ।
शंकास्पद व्यवासायीकाे खातापाता राजस्वको नियन्त्रणमा, चुनावले थन्कियो अनुसन्धान
काठमाडौं । ठूला र मझौला धेरै व्यापारीका खाता राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छन्। खातापाता यति भइसके कि विभाग राख्ने ठाउँको अभाव भइसकेको छ। तिनको अनुसन्धान गर्ने फुर्सद कर्मचारीसँग छैन। चुनावमा कर्मचारी नखट्दै यति खातापाता भइसकेका थिए कि तिनलाई साँच्चै अनुसन्धान गर्ने हो भने वर्षौ लाग्ने अवस्था थियो एकजना कर्मचारी सुनाउँछन्, ‘चुनावमा कर्मचारी खटिएपछि त बेवारिसैजस्तै भएका छन्। उद्योग संचालनको म्याद थप नहुँदा उद्योग विभागमै थन्किएर बसेका उद्योगको फाइल व्यापारीका कुरा सुन्ने हो भने यसरी नियन्त्रणमा लिइएका खातापाताको कथा अर्कै हो। ती अनुसन्धानका लागि जम्मा गरिएकै होइनन्, व्यापारीको खातापाता नियन्त्रण चुनावी खर्चका लागि हो। अनुसन्धान गर्ने हो भने एउटैको फाइल सल्टाउन महिनौं लाग्न सक्छ। विभागका कर्मचारीले त्यो खोलेर हेर्दा पनि हेर्दैनन्। खातापाता लगेपछि मोलमोलाई सुरु हुन्छ। ‘कतिले सल्टाएर खातापाता फिर्ता लिइसके, लिने क्रममा छन्, व्यापारी भन्छन्, ‘बाँकी मोलमोलाई गरिरहेका छन्।ु बाहिर कसैले हल्ला गर्दैन, आफ्नै साथी सर्कल र बढीमा उद्योग वाणिज्य महासंघका पदाधिकारीसम्म कुरा पुग्छ। भित्रभित्र कुरा मिलाउन लाग्छन्। कोचाहिँ राजस्व अनुसन्धानको फन्दामा पर्यो हैन, कोचाहिँ परेन भन्ने अवस्था छ। ट्रेडिङ व्यापारीबाट ‘कारबाहीु सुरु गरेको विभाग उद्योग हुँदै ठूला घरानासम्म पुगिसकेको छ। चेम्बर्स अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ व्यापारीबीच ‘भोकलु मानिन्छन्, राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र, पत्रकारिता सबैतिर उनको सम्बन्ध राम्रो ठानिन्छ। उनीनै केही दिनअघि अलिकति पनि तलमाथि नगरिएको आफ्नो सामान विभागले नियन्त्रणमा लिएर दुःख दिएको भनेर अर्थका उच्चपदस्थ गुहारिरहेका थिए। केही महिनायता राजस्व अनुसन्धान विभाग र निजी क्षेत्रबीच खातापता नियन्त्रण, बार्गेनिङ, कुरा मिल्ने यस्तै भइरहेको छ। तीन महिनायता मात्र नेपालभरिका गरी एक सयभन्दा बढी व्यापारीको खातापाता नियन्त्रणमा लिइसकेको व्यापारी वृत्तमा चर्चा छ। २० लाख रुपैयाँदेखि पाँच करोड रुपैयाँसम्म लिएर खातापाता नियन्त्रणमा लिएको चर्चा छ। ५० लाखदेखि एक करोड रुपैयाँसम्म बुझाउने व्यापारीको संख्या सबैभन्दा धेरै छ। विभागको इटहरी, पथलैया, बुटवलमा रहेका क्षेत्रीय कार्यालय पनि खातापाता नियन्त्रणमा उत्तिकै सक्रिय छन्। वीरगन्जमा ठूला भनिने कुनै पनि व्यापारीलाई पथलैयाको क्षेत्रीय कार्यालयले छाडेको छैन। व्यापारीका अनुसार काठमाडौंमा व्यापारीसँग सम्पर्कको काम पन्त थरका अधिकृतले गर्छन्। वीरगन्जमा विश्वकर्म थरका अधिकृत सक्रिय छन्। विभागका उपमहानिर्देशक विश्वप्रकाश सुवेदी बजारका साथै मन्त्रालयबाट पनि ‘कम्प्लेनु आएको भनेर कर्मचारीमाथि नियन्त्रणका लागि भनिएको बताउनुभयो। ‘महानिर्देशक र मैंले कर्मचारीलाई अनुशासित भई काम गर्न र अनुचित लाभ नलिन पटकपटक निर्देशन पनि दिएका छौ उनले भने । अनुचित लाभ लिन प्रयास गर्ने कर्मचारीबारे सूचना दिए कारबाही गर्छौ । उद्योग चलाएर बसेकामाथि भन्दा ट्रेडिङ गर्नेमाथि‘फोकसु गर्न विभागीय निर्देशन भएको उनले बताए। अन्नपूर्ण पोस्टबाट ।
ग्रिनकार्ड छाडेर गाउँपालिका प्रमुख, १० वर्षको अमेरिकी बसाई छाडेर स्थानीय सरकारमा
सिन्धुलीपाल्चोक । सिन्धुलीपाल्चोकको स्थानीय तह निर्वाचनपछि ईन्द्रवती गाउँपालिकाको सर्वत्र चर्चा । एमालेको किल्ला मानिएको गाउँपालिकामा एमाले जिल्ला अध्यक्ष झम्क नेपाल बंशवाल तामाङ् दसबर्षे अमेरिकी बसाईपछि गाउँ फर्किएका हुन् । चुनावमअघि ग्रिनकार्ड त्याग्दै एमाले किल्ला मानिएको स्थानमा पार्टी अध्यक्षलाई पराजित गरेपछि उनी चर्चामा आएका हुन् । ५३६५ भोट ल्याका तामाङ दुई सय मतान्तरले जिवयी भएका हुन् । नेपालले ५१६५ मत ल्याएका थिए । उनी दुईबर्ष अघि २०७२ फागुनमा सम्पन्न कांग्रेस १३ औँ महाधिवेशनको बेला स्वदेश फकिएका थिए । जिल्ला अधिबेशनबाट महाधिबेशन प्रतिधिमा विजयी भएर उनी फेरि अमेरिकातिरै लागेका थिए । २०३६ सालमा राजनीतिक थालेका उनी २०४२ को सत्याग्रह आन्दोलनमा जेलसमेत परेका थिए । नागरिक दैनिकबाट ।
एनसेलले ल्यायो योण्डर म्युजिक एप, लाखौ गीतहरुमा निःशुल्क पहुँच
काठमाडौ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ जस अन्र्तगत ग्राहकले अब धेरै भन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक ईङं्कसँग सहकार्य गर्दै आफ्ना ग्राहकका लागि नेपालमा योण्डर म्युजिक एप ल्याएको हो । योण्डर म्युजिक एप सबै भन्दा धेरै नेपाली गीतहरु समावेश रहेको डिजिटल म्युजिक लाइब्रेरी हो । एनसेलका ग्राहकले यही शुक्रबार (जेठ १२) बाट विविध विषेशताले भरिएको यो एप डाउनलोड गरी रोमाञ्चक सांगीतिक यात्राको लाभ लिन सक्नेछन् । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले यो म्युजिक एप सजिलै आफ्नो मोबाइल फोनमा डाउनलोड गरी पुरानादेखि हालका लोकप्रिय कुनै पनि विधाका नेपाली गीत तथा अन्तर्राष्ट्रिय गीत–संगीतहरुको अनलाइन तथा अफलाइन मजा लिन सक्नेछन् । यस योण्डर म्युजिक एप अन्तर्गत ग्राहक तथा प्रयोगकर्ताले विना कुनै विज्ञापन तथा सदस्यता शुल्क २ करोड भन्दा बढि नेपाली र अन्तर्राष्ट्रिय गीत–संगीतहरुको लाइब्रेरीमा पहुँच पाउनेछन् र सहजै आफुलाई मनपर्ने गीतहरु अनलाइन सुन्न तथा डाउनलोड गरी अफलाइन सुन्न सक्नेछन् । मोवाइल डेटा प्रयोग गरी गीत डाउनलोड गर्दा विद्यमान डेटा शुल्क लाग्नेछ । शुरुमा अन्य नेटवर्कमा पनि उपलब्ध भएपनि सार्वजनिक भएको एक महिना पछि यो एप एनसेलको नेटवर्कमा मात्र उपलब्ध हुनेछ । अर्थात् एक महिना पश्चात एनसेलका ग्राहकले मात्र यो एपमा रेजिस्टर गरी यसको प्रयोग गर्न सक्नेछन् । ‘‘आफ्ना ग्राहकका लागि योण्डर म्युजिक एप नेपालमा ल्याउन पाउँदा हामी हर्षित छौ । यो नेपालका लागि म्युजिक स्ट्रिमिङ्ग सेवामा नयाँ युगको शुरुवात हो । नेपाली गीत–संगीतहरु सहितको ठूलो सांगीतिक सामाग्रीहरु रहको यो एपले सधै थप सामाग्रीहरु खोज्ने हाम्रा ग्राहकको आवश्यकतालाई सम्बोधन गर्ने र नेपाली गीत–संगीत उद्योगको प्रवद्र्धनमा योगदान पुर्याउने कुरामा हामी विश्वस्त छौ,’’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । ग्राहकले गुगल एप स्टोर तथा एप्पल एप स्टोरबाट यो एप डाउनलोड गर्न सक्न्छन् । एपमा रेजिष्ट्रे«शन पश्चात वाइफाइ वा मोबाइल डेटा दुबै माध्यमबाट गीतहरु डाउनलोड गर्न सकिनेछ । यस एपमा स्न्याप क्याराओके जस्तो अन्तत्र्रिmयात्मक विषेशता रहेको छ, । यसमा ग्राहकले आफुलाई मन पर्ने गीतको ट्रयाकमा गीत गाएर आफ्नो क्याराओके भिडियो पनि बनाउन सक्नेछन् र २९ सेकेण्ड सम्मको भिडियो अरु योन्डर एप प्रयोगकर्ता तथा सामाजिक सञ्जालहरुमा पनि शेयर गर्न सक्नेछन् । ‘‘नेपालकै पहिलो म्युजिक स्ट्रिमिङ्ग सेवा प्रदान गर्नका लागि एनसेलसँग सहकार्य गर्न पाउँदा हामी निकै खुसी छौ । एनसेलका साथमा नेपाली गीत–संगीत उद्योगलाई माथि उठाउदै, योण्डर म्युजिकले पाइरेसीका विरुद्घको लडाईमा आफ्नो भूमिका खेल्ने छ,’’ योण्डर म्युजिक ईङ्कका प्रमुख कार्यकारी अधिकृत एडम किडरोनले भने । ‘‘नेपाली प्रतिभाको विकास, प्रवद्र्धन तथा प्रोत्साहनका लागि आफ्नो सक्रिय सहभागिता जनाउदै, गीतहरु प्रयोग भए अनुसार सम्बन्धित सबैलाई प्रत्यक्ष रुपमा त्यसको लाभ प्रदान गर्न हामी प्रतिबद्ध छौं, जुन नेपालका लागि पहिलो हो ।’’ यो नयाँ सहकार्य अन्र्तगत, योण्डर नेपाल (योण्डर म्युजिक को सहायक कम्पनी) ले प्रस्तोता, रचनाकार तथा संगीतकारहरुलाई रोयल्टी प्रदान गर्नेछ । नेपाली गीत–संगीत क्षेत्रको प्रवर्धन तथा विकासमा योगदान गर्ने उद्देश्य अनुरुप एनसेलले पनि पिआरबिटी सेवा अन्तर्गत रोयल्टी प्रदान गर्दै आएको छ । हाल एनसेलले १ करोड ५० लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । योण्डर म्युजिक एक डिजिटल संगीत सेवा प्रदायक हो जस मार्फत यसका प्रयोगकर्ताहरुले लाखौं गीतहरु बजाउन, डाउनलोड गर्न तथा सेयर गर्न सक्छन् । यसको प्रधान कार्यालय अमेरिकाको न्युयोर्कमा रहेको छ । उल्लेख्य मात्रामा योण्डर लाईसेन्सको बिक्रीमार्फत मोबाइल सेवा प्रदायकहरुबाट शुल्क उठाई स्मार्ट डिभाइस र मोबाइल योजनामा संगीत सेवा उपलब्ध गराई योण्डर म्युजिकले संगीतको व्यापारलाई अझै लोकतान्त्रिक बनाउदै आएको छ । ती लाइसेन्स बिक्रीमार्फत उठेको शुल्क प्रयोग भए अनुसार कलाकार तथा म्युजिक कम्पनीलाई प्रत्यक्ष अनुपातमा हस्तान्तरण गरिनेछ । यस्तो क्रान्तिकारी रणनीतिले योण्डर म्युजिकलाई प्रयोगकर्ता समक्ष निःशुल्क संगीत पस्किन मद्दत पुग्नेछ । यसबाट प्रयोगकर्ताले बिना सब्सक्रिप्सन बहुआयामिक एप्लिकेसनको आनन्द उठाउन सक्नेछन् । हीयर फरएभर (सधै सुनिरहनुहोस्) मुख्य नारा रहेको योण्डर म्युजिकले स्थानीय बजारमा सकृय रहनको लागि स्थानीय तथा अन्तर्राष्ट्रिय कलाकारहरुसँग साझेदारी गर्दै आफ्ना प्रयोगकर्ताहरुलाई इन–एप तथा अफलाइन सहभागिताको सुविधा प्रदान गर्नेछ । सन् २०१५ को नोभेम्बरमा मलेशियामा शुरु भएको योण्डर म्युजिकसँग हाल इण्डोनेशिया, बङ्गलादेश र मलेशियामा गरी १० लाख भन्दा बढी प्रयोगकर्ताहरु रहेका छन् ।
मुक्तिनाथ विकास बैंकले निशुल्क आश्वा सेवा दिने
काठमाडौं । मुक्तिनाथ विकास बैंकले पनि ग्राहकहरुलाई निशुल्क आश्वा सेवा प्रदान गर्ने भएको छ । बैंकले ग्राहकहरुलाई अधिकतम प्रतिफल प्राप्त हुने गरी सुपरप्रिमियम बचतमा ८ प्रतिशत सेमिफिक्स डिपोजिटमा ९ प्रतिशत ब्याजदर उपलब्ध गराउँदै आएको छ । साथै, बैंकले १ वर्षे मुद्दतीमा १२.५० प्रतिशत ब्याजदर दिँदै आएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
३१ गतेको निर्वाचन धकेलिदै, नयाँ २२ स्थानीय तहमा निर्वाचन गर्न नसक्ने आयोगको निष्कर्ष
काठमाडौं । निर्वाचन आयोगले हालै सरकारले थपेका स्थानीय तहहरुमा जेठ ३१ गते निर्वाचन गर्न नसकिने जनाएको छ । आयोगले यसअघि तोकिए अनुसारका ४६१ वटा स्थानीय तहमा जेठ ३१ गते निर्वाचन हुन वातावरण मिलाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदबाट राजीनामा दिएपछि दोस्रो चरणको निर्वाचन हुनेमा आशंका बढ्दै गएको बेलामा आयोगले पनि आशंकालाई बल पुर्याउने निर्णय गरेको छ । आयोगले एक विज्ञप्ति जारी गरी परिवर्तित ठेगाना अनुसार मतदाता परिचयपत्र छापेर सम्बन्धित मतदान केन्द्रमा पुग्ने गरी व्यवस्था मिलाउन नसकिने जनाएको छ । त्यस्तै जेठ १५ गते सम्म नयाँ संरचना अनुसार निर्वाचन अधिकृतको कार्यालय खोल्न सक्ने अवस्था समेत नरहेको आयोगले जनाएको छ । मन्त्रिपरिषदले स्थानीय तह थप्ने निर्णय गरेपनि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट नयाँ संरचनाको विवरण हालसम्म औपचारिक रुपमा नपाएको आयोगका आयोगका प्रबक्ता सूर्यप्रसाद शर्माले बताए । दोस्रो चरणमा ४६१ वटा स्थानीय तह रहेकोमा सरकारले जेठ ८ गते २ महानगरपालिका सहित २२ वटा तह थप्ने र २४ वटा गाँउपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको थियो । उक्त निर्णयलाई बैधानिक तरिकाबाट सरकारले अझैसम्म राजपत्रमा सूचना प्रकाशित नगरेको आयोजको भनाई छ ।
रेनोको नयाँ लजी स्टेपवे रेन्ज नेपाली बजारमा, मूल्य ३९ लाख ९५ हजार रुपैयाँ
काठमाडौं । नेपालमा रेनो अटोमोटिभको आधिकारिक बितरक एडभान्स अटोमोबाइल प्रा.लि.ले रेनोको नयाँ गाडि लजी स्टेपवे संस्करण अनावरण गरेको छ । यसको आन्तरिक तथा बाह्य सजावटमा नयाँपन सहित नयाँ लजी स्टेपवेले डिजाइन, स्पेस, कार्यदक्षता, सुरक्षा र उत्कृष्ट इन्धनको बचतको समिश्रणको अनुभव प्रदान गर्दछ । नेपाली बजारमा नयाँ लजी स्टेपवे उत्कृष्ट एमपीभी प्रविधियुक्त गाडिको प्रारम्भिक मूल्य ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । न्यू रेनो लजी स्टेपवे संस्करण ८५ पीएस र ११० पीएसमा उपलब्ध हुनेछ, जसमा लजी स्टड, लजी आरएक्सई, लजी आरएक्सएल र लजी आरएक्सजेड संस्करण (७ र ८ सीट अप्सनमा उपलब्ध) मा उपलब्ध छ । लजी स्टेपवे ६ वटा रंगहरु प्लानेट ग्रे, रोयल अर्किड, स्लेट ग्रे, फियरी रेड, मूनलाइट सिल्भर र पर्ल ह्वाइटमा उपलब्ध रहेका कम्पनीले जनाएको छ । एमपीभी सेगमेन्ट नेपाल ग्राहकहरुलाई जो आकर्षक मूल्य प्रस्तावको बारेमा ध्यान दिन्छन, उनीहरुलाई सम्बोधन गर्दछ । यो लाइनमा, रेनोले आकर्षक स्थान बनाएको घोषणा गरेको छ । जसले एसयूभीको जस्तो यात्रा तथा संचालन, शक्ति, सस्पेन्सन तथा ग्राउण्ड क्लियरेन्सको अनुभव दिँदै लागत न्यूनिकरण गर्न अधिक माइलेज, न्यून मर्मत खर्च, सुपरियर ड्राइभ परफरमेन्स प्रदान गर्दछ । भारतमा, कयौं टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुले यसको आरामदायीपना र पर्यटकहरुको प्राथमिकताको कारणले यो गाडिलाई प्राथमिकता दिन्छन् । कम्पनीले नेपालमा पनि टूर अपरेटरहरु, ट्राभल एजेन्टहरुबाट सोहि किसिमको प्रतिकृया प्राप्त गर्ने अपेक्षा राखेको छ । सुरक्षामा बिना कुनै सम्झौता रेनोका लागि सुरक्षा सबैभन्दा उच्चतम महत्व हो । कयौं सक्रिय तथा निष्क्रिय सुरक्षा उपकरणहरुका साथमा रेनोल्टका गाडिहरु उपलब्ध छन् । कयौं सुरक्षा संयन्त्रहरुका साथसाथै, रेनो लजी स्टेपवे सुरक्षा एयर ब्यागहरु, इन्जिन इमोबिलाइजर, सेन्ट्रल लकिङ्, अटो डोर लक, सीटबेल्ट रिमाइण्डर, रियर वाइपर तथा वासर, डोर अ जार वार्निङ तथा रियर डिफगर, लगायतका महत्वपूर्ण सुरक्षा विशेषताहरु यस कारमा राखिएका छन् । यस्तो किसिमको सुरक्षा विशेषता सामान्यतया माथिल्लो उच्च श्रेणीका कारहरुमा मात्र राखिएको हुन्छ ।