विकासन्युज

अनुदान वृद्धिले उद्योगीमा उत्साह, बढ्ला त निर्यात ?

धर्मराज शाक्य, अध्यक्ष नेपाल हस्तकला महासंघ काठमाडौं । अागामी आर्थिक वर्षकाे बजेटमा सरकारले घोषणा गरेकोे उत्पादन निर्यात गरे वापत दिइने अनुदानको चौतर्फी स्वागत गरिएको छ । सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धन र रोजगारीको अवसर सिर्जनमा जोड दिदै मूल्य अभिवृद्धि गर्ने कृषि, वन तथा खानीजजन्य औद्योगिक उत्पादन तथा गुणस्तर अभिवृद्ध प्रोत्साहित गर्न औद्योगिक उत्पादनको निर्यातमा ५ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेको छ । उक्त घोषणाको निजी क्षेत्रले खुलेरै स्वागत गरेको हो । नेपाल हस्तकला महासंघका अध्यक्ष धर्मराज शाक्यले उक्त घोषणाको सहज कार्यान्वयन भए स्वदेशी उद्योगको उत्पादनको निर्यातमा व्यापक परिवर्तन आउने बताए । यसभन्दा अघि उक्त अनुदान २ प्रतिशत मात्रै थियो, अहिले ५ प्रतिशत पुर्याएको छ ।  ‘हामीले कम्तिमा पनि सो अनुदानलाई बढाएर १० प्रतिशत पुर्याउन माग गरेका थियौं,’ उनले भने ‘यद्यपि माग अनुसार पुग्न सकेन ।’ उनको अनुसार अनुदान बढेता पनि कार्यान्वयन महत्वपूर्ण रहेको बताए । विगतमा पनि औद्योगीक क्षेत्रमा घोषणाहरु धेरै भएको तर व्यवहारमा आउन नसकेको अनुभव सुनाउछन् । हस्तकलाकाका सामाग्रीहरु बढी निर्यात हुने वस्तुमा पर्ने गरेको छ । व्यवसायीहरुको अनुसार गएको वर्ष करिब १२ अर्ब रुपैयाँको हस्तकला सामाग्री विभिन्न मुलुकमा निर्यात भएको थियो । औपचारिक रुपमा ६ अर्ब र अनौपचारिक रुपमा ६ अर्ब रुपैयाँको निर्यात भएको महासंघको तथ्याङ्कमा देखिन्छ । ‘आगामी वर्ष अनुदान बढेकोले निर्यातमा समेत करिब २० प्रतिशत बढ्नेछ’, उनले भने । त्यसैको समर्थन गर्दै केन्द्रिय गलैंचा उद्योग संघका अध्यक्ष छिरिङ शेर्पाले पनि निर्यातमा दिइएको अनुदानले स्वदेशी उत्पादकलाई हौसाला प्रदान गरेको बताए । उनका अनुसार अहिले नेपालबाट वार्षिक करिब ७ अर्ब रूपैयाँको गलैंचा निकासी हुने गरेको छ । ‘निर्यातमा दिइएको अनुदानको कारण आगामी आर्थिक वर्ष १५ प्रतिशतभन्दा बढी निर्यात बढ्ने हाम्रो अनुमान छ,’ उनले भने ‘पाँच वर्षको अबधिमा गलैँचाको निर्यात दोब्बर बनाउन सक्छौं ।’ उनका अनुसार नेपालबाट मुलुकबाहिर उच्च स्तरिय गलैंचा निर्यात हुदै आएको छ । उनले नेपालदेखि तेस्रो मुलकमा सबैभन्दा बढि निर्यात गर्लैचा हुने गरेको दावी गरे । संघको अनुसार विगतमा वर्षमा गलैँचामा दशौं हजारले रोजगारी पाएको र कुल ग्राहस्थ उत्पादन जिडीपीमा ४ प्रतिसतसम्म योगदान दिएको थियो । त्यस्तै व्यापार तथा निकासी प्रवद्धन केन्द्र (टीइपीसी)का कार्यकारी निर्देशक सरदबिक्रम रानाले सरकारले सार्वजनि गरेको निर्यातको अनुदानले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए । ‘यो स्वदेशी उद्योगहरुको सुनौलो अवसर पनि हो,’ उनले भने ‘एक माघले जाडो जादैन भने झैं, उद्योगले जति राम्रो काम गर्न सक्यो त्यसरीनै बढी सरकारले निर्यातलाई प्राथमिकतामा राख्नेछ । अनुदान अहिलेकोभन्दा पनि बढाउनेछ ।’ त्यसले आयात प्रतिस्थापन गर्दै निर्यात बढाउननेछ । मुलुको चुलिदै गरेको व्यापार घाटा घटाउन सहयोग पुग्नेछ । गएको दश महिनामा मात्रै नेपलाको व्यापार घाटा ९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । ९ खर्ब ८२ अर्ब रुपैयाँको आयात हुदा निर्यात ६६ अर्ब ६४ करोड रुपैयाँको मात्रै भएको राजस्व विभागले जानकारी गराएको छ ।

कारोबार खुल्नासाथ सेयर बजारमा छायो हरियाली, नेप्सेमा २१ अंकको वृद्धि

काठमाडौ । लगातार दुई दिनको आन्दोलन पछि खुलेको बुधबारको सेयर बजारमा एकाएक हरियाली छाएको छ । सरकारले लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता गरेपछि बजारमा हरियाली छाएको हो । बोनस र हकप्रद सेयरमा लाग्ने लाभकर फिर्ता हुनेवित्तीकै खुलेको बुधबारकाे बजारमा सुधारको शुभसंकेत देखिएको छ । बजार खुलेको केही बेरमै नेप्से परिसूचक २१ अंकले उकालाे लागिसकेकाे छ । त्यस्तै, कारोबारमा आएका सबै सूचकहरु हरियाली भएका छन् ।  नयाँ लाभकर सम्बन्धित व्यवस्थाबाट सरकार पछि हटेपछि लगानीकर्ता उत्साहित हुँदा बजार बढेको हो ।

लाभकर सम्बन्धित नयाँ व्यवस्थाबाट सरकार पछि हट्यो, अाजै सेयर काराेबार हुने

काठमाडौं । सरकारले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लगाएको लाभकर सम्बन्धी नयाँ व्यवस्था फिर्ता लिएको छ । अर्थ मन्त्रालयका अधिकारी र लगानीकर्ताबीच भएको वार्तामा तत्काल लाभकर नलगाउने सहमति भएको हो । सरकारले लाभकर सम्बन्धित नयाँ व्यवस्था फिर्ता लिन सहमत भएको नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले बताए । अर्थमन्त्रालयले आइतबारदेखि लगाएको नयाँ लाभकर फिर्ता लिनका लागि आन्तरिक राजश्व कार्यलयलाई पत्राचार गरिसकेको छ । अर्थले मंगलबार सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन आएपछि नयाँ व्यवस्था गर्ने सहमति भएको हो । अहिले बोनस र हकप्रदमा लागेको लाभकर फिर्ता गर्न अर्थ सहमत भएको उनले जानकारी दिए । मन्त्रालयबाट औपचारिक रुपमा पत्राचार भएपछि कारोबार खुल्ने रौनियारले बताए । उनकाअनुसार बजार आजै खुल्ने संभावना रहेको छ ।

उद्योगमा विद्युत आपूर्तिका लागि अब उच्च क्षमताका प्रसारणलाइन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले सञ्चालनमा रहेका र आगामी दिनमा खुल्ने औद्योगिक क्षेत्र तथा करिडोरका लागि नियमित विद्युत आपूर्तिका लागि उच्च क्षमताका प्रसारणलाइन बनाउने भएको छ ।  सञ्चालनमा रहेका औद्योगिक क्षेत्रमा हाल ३३ केभी प्रसारण लाइनबाट मात्रै विद्युत आपूर्ति गरिरहेको प्राधिकरणले अव १३२ केभी डबल सर्किट प्रसारणलाइनमार्फत उद्योगलाई विद्युत दिन लागेको हो । प्राधिकरणले यसका लागि अहिले औद्योगिक तथा विशेष आर्थिक क्षेत्र स्थापना हुने सम्भावित सुनसरी, सिराहा, धनुषा, मकवानपुर, चितवन,नवलपरासी,रुपन्देही लगायतका जिल्लामा उच्च क्षमताका प्रसारणलाइन तथा सब स्टेसन निर्माण गरिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनको निर्देशनमा प्राधिकरणले औद्योगिक क्षेत्रमा देखिएको विद्युत आपूर्तिको समस्या समाधान गर्न काम सुरु गरेको हो । यसका लागि सब स्टेसनको क्षमता स्तरोन्नती तथा सुदृढीकरण गर्ने, नयाँ प्रसारणलाइन तथा सब स्टेसन बनाउने लगायतका काम गरिरहेको छ । सरकारले पनि सिमेन्ट उद्योगमा लगानी आकर्षित गर्न उद्योगसम्म सडक र विद्युत आपूर्तिका लागि पूर्वाधार बनाउने घोषणा गरिसकेको छ । ४५६ मेगावाटको माथिल्लो तामाकोसी लगायतका जलविद्युत आयोजनाको निर्माणसम्पन्न भएपछि आन्तरिक उत्पादनबाटै विद्युत आपूर्ति पुग्ने र उत्पादित विद्युत खपत गर्न नसकी खेर जान नदिन योजनावद्धरुपमा प्राधिकरण लागेको हो । अहिले प्रसारण तथा सब स्टेसनको क्षमताले नधान्ने भएकाले प्राधिकरणले मागअनुसार उद्योगलाई विद्युत दिन सकिरहेको छैन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार, आइतबार, सोमबार र मंगलबार ती जिल्लामा निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन आयोजनाको स्थलगत निरीक्षण गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका छन् । ‘जनकपुर, हेटौडा, चितवन, भैरहवा लगायतका क्षेत्रमा रहेका उद्योग तथा आगामी दिनमा विस्तार हुन सक्ने उद्योग र विशेष आर्थिक क्षेत्रलाई ध्यान दिएर ती क्षेत्रमा १३२ केभीको प्रसारणलाइनको रिङ नै बनाउने गरी काम गरिरहेका छौं’, घिसिङले भने,‘यस्तो पूर्वाधार तयार भएपछि एकतर्फ मागअनुसारको विद्युत आपूर्ति गर्न सक्छौं भने अर्कोतर्फ ट्रिपिङ हुने लगायतका समस्या समाधान गरी नियमित विद्युत आपूर्ति हुन्छ ।’ उनले उद्योगलाई विद्युत दिंदा खपत बढ्ने र चुहावट पनि नियन्त्रण हुने बताए । ‘लोडसेडिङ अन्त्य भएको छ, अब दुई वर्षमा निर्माणाधीन धेरै आयोजना सम्पन्न हुने भएकाले विद्युत खपतका लागि माग बढाउनु छ’,घिसिङले भने,‘थ्रि फेज मिटर जडानलाई प्राथमिकता दिनु पर्छ ।’ नवलपरासी र रुपन्देहीमा सञ्चालनमा रहेका र खुल्न सक्ने उद्योगलाई ध्यान दिएर प्राधिकरणले प्रसारणलाइन तथा सव स्टेसन निर्माण गरिरहेको छ । प्राधिकरणले चिनियाँ लगानीमा संचालन हुन लागेको होङसी शिवम् सिमेन्टलाई विद्युत आपूर्तिका लागि नवलपरासीको बर्दघाटबाट सर्दीसम्म १३२ केभीको डबल सर्किट प्रसारणलाइन बनाउन सुरु गरिसकेको छ । एउटा लाइनबाट होङसीलाई विद्युत आपूर्ति गर्ने र अर्को लाइनबाट त्यस क्षेत्रमा सर्वसाधारण उपभोक्ता तथा आगामी दिनमा खुल्न सक्ने उद्योगलाई दिने गरी प्रसारण लाइन बनाउन लागिएको हो । यसैगरी जोइकुटीबाट मैनैयासम्म १३२ केभीको प्रसारण लाइन निर्माण भइरहेको छ । मैनैयामा १३२/३३ केभीको सव स्टेसन निर्माण भइरहेको छ । यो बनेपछि अर्घाखाँची लगायतका सिमन्ट उद्योगले व्यहोरिरहेको विद्युत आपूर्तिको समस्या समाधान हुने छ । नवलपरासीमा स्थापना हुने सिमन्ट उद्योगलाई लक्षित गरी सुनौलीमा १३२/३३/११ केभीको सव स्टेसन निर्माण हुन लागिरहेको छ । यसैगरि, नवलपरासीको बडेरामा नेपाल-र भारतबीच विद्युत व्यापारका लागि बन्न लागेको दोस्रो क्रस बोर्डर प्रसारण लाइन, कालिगण्डकी करिडोर प्रसारण लाइनका लागि २५ विघामा क्रमश: ४४०/२२० र २२०/१३२ सव स्टेसन निर्माण सुरु भइसकेको छ । यहाँबाट भैरहवा क्षेत्रमा स्थापना हुने उद्योगलाई विद्युत आपूर्ति गर्न सकिन्छ । भैरहवा सेजमा अझै उद्योग आएनन् विद्युत प्राधिकरणले विद्युत आपूर्ति दिने बताए पनि भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा उद्योग स्थापना गर्न उद्योगी अझै आएका छैनन् । स्थलगत निरीक्षणमा पुगेका प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भैरहवा सेजका कर्मचारीले उद्योग स्थापनाका लागि इच्छुक रहेका १९ कम्पनी विद्युत अभावको कारण देखाउँदै अझै नआएको जानकारी दिएका थिए । ‘अहिले भइरहेको पूर्वाधारबाट २/३ मेगावाट विद्युत तत्काल दिने लिखित प्रतिबद्धता दिइसकेका छौ, यसबाट उद्योगीले पूर्वाधार निर्माणका काम गर्न सक्छन्’,घिसिङले भने,‘३३ केभी डबल सर्किट लाइन निर्माण अन्तिम चरणमा पुगेको छ, त्यसमार्फत दुई महिनाभित्र थप विद्युत दिन सक्छौं ।’ प्रसारण लाइन निर्माण गरिरहेको ठेकेदार कम्पनीले वन क्षेत्रको जग्गा प्रयोग र स्थानीयको अवरोधको समस्या समाधान भइसकेकाले दुई महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएको छ । प्राधिकरणले लाइन पुर्याए पनि सेजभित्र स्थापना हुने सब स्टेसन निर्माणका लागि सेज कार्यालयले अहिलेसम्म टेण्टर आह्न समेत गरेको छैन । प्राधिकरणले अहिले निर्माण गरिरहेको सव स्टेसनको अनुभव हेर्दा टेण्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ । त्यसपछि सामान अडर गरी ठेकेदारलाई काम सक्ने छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात सामान्य अवस्थामा टेण्डरका सम्पूर्ण प्रक्रिया सकेर सव स्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुभव छ ।

सेयर बजारको लफडा: समृद्धिको उल्टो यात्रा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा पुग्दा लगानीकर्ताको सधै एउटै प्रश्न हुन्थ्यो–‘अनलाईन कारोबार चाँडो चाहियो, नेप्सेको सर्भर राम्रो हुनुपर्यो ।’  तर मंगलबार नेप्सेका लगानीकर्ताको माग अर्कै थियो । उनीहरु भन्दै थिए–‘नेप्सेको सर्भर डाउन गर्नु पर्यो ।’ शुन्य कारोबार भएको दृश्य ब्रोकर कम्पनीलाई सेयर खरिद बिक्रिको अर्डर दिने लगानी कर्ता त्यहाँ पनि भन्दै थिए–‘सेयर कारोबार बन्द गर्नुस नत्र गाह्रो पर्छ ।’ सेयर बजारका लगानीकर्ताहरुका तीन वटा संगठनले सोमबार साँझ नै संयुक्त रुपमा पत्र लेखेर सेयर कारोबार नगर्न चेतावनी दिएका थिए । लगानीकर्ताहरुको आन्दोलनलाई ब्रोकरहरुले पनि स्वतःफुर्त सघाएका छन् । ब्रोकरहरुले कारोबार खुलाएका छन् तर खरिद बिक्रिको अर्डर लिईरहेका छैनन् । कारोबार रोकेर डिस्प्लेमै लोकदोहोरी हेर्दै लगानीकर्ता सेयर लगानीकर्तालाई सधै स्वागत गर्ने नेपाल धितोपत्र बोर्ड र नेप्सेको गेटमा प्रहरी तैनाथी गरिएको छ । आन्दोलनकारीहरु ब्रोकरहरुका कार्यालयहरुमा पुगेर सेयर कारोबार भए।नभएको अनुगमन गरिरहेका छन् । अर्थमन्त्रालयले सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा १५ दिनको म्यादसहित सेयर बजारमा देखिएको समस्या समाधानका लागि समिति गठन गरेको छ । तर आन्दोलनकारी लगानीकर्ताहरुले आन्दोलन फिर्ता नलिने अडान राखेका छन् । ‘बोनस र हकप्रद सेयरमा लाभकर असुल्ने पत्र फिर्ता नभएसम्म आन्दोलन फिर्ता हुन्न’, नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले भने । सिडिएस कार्यालयको सुरक्षार्थ खटिएका प्रहरी तर राजश्व सचिव शिशिर ढुंगानाले भने तत्कालै लाभकर सम्बन्धी पत्र फिर्ता नहुने स्पष्ट पारेका छन् । ‘समस्याको अध्ययनका लागि समिति बनाएका छौं, त्यहाँ आफ्ना कुरा राख्न लगानीकर्ताले पनि पाउँछन्, १५ दिनमा प्रतिवेदन आउँछ, त्यतिञ्जेल कुर्नुस भनेका छौं’, राजश्व सचिव ढुंगानाले भने । सेयर कारोबारको गर्न छाडेर टिभीमा समाचार हेर्दै लगानीकर्ता कर कार्यालयले बोनस र हकप्रद सेयरमा ७.५ प्रतिशत लाभकर लगाउन परिपत्र गरेको छ । त्यसका विरुद्ध सेयर लगानीकर्ता आन्दोलन गरिरहेका छन् । उनीहरुले नेप्से देखि धितोपत्र बोर्डसम्म धर्ना दिईरहेका छन् । सरकारले समृद्धिको आधार बर्षका रुपमा नीति तथा कार्यक्रम ल्याएको थियो । त्यसलाई सार्थक बनाउने भन्दै आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गरिसकेको छ । अर्थतन्त्रको पहिलो प्रतिबिम्बका रुपमा हेरिने सेयर बजारका लगानीकर्ता निरुत्साहित बनेका छन् । बजार चल्नु पर्यो, छिटो छिटो राफसाफ गर्नु पर्यो भन्ने लगानीकर्ता आफैं सेयर बजार बन्द गराउँदै हिडेका छन् । लगानीकर्ताले आफै बजार बन्द गराएको यो नै नेपाली इतिहासको पहिलो घट्ना हो । ‘बामपन्थी सरकारले सेयर बजारलाई समाप्त पार्ने संकेत देखिएको छ, राजश्व तर्फका कर्मचारी सेयर बजारप्रति साह्रै नकारात्मक देखिए’, एक जना लगानीकर्ता संगठनका नेताले भने । सरकारले समृद्धिको सपना देखाईरहेका बेला त्यसका सहयात्रीहरु आन्दोलन गरिरहेका छन् । सेयर बजारको यो लफडाले देश पक्कै बन्दैन् । अर्थमन्त्री डा. युवराज खतिवडाको पहिचान घर जग्गा कारोबार र सेयर बजार प्रति नकारात्मक पात्रका रुपमा स्थापीत छ । तर अर्थमन्त्री भएपछि उनले सेयर बजारबाट पूँजी संकलन गरेर राष्ट्रिय अर्थतन्त्र निर्माणमा खर्च गर्ने बताउँदै आएका छन् । उनले पूँजी बजारको विस्तार र स्थायीत्वका लागि एक लाख भन्दा बढि पूँजी भएका सबै उद्योग व्यवसायलाई पूँजी बजारमा प्रवेश गर्नै पर्ने बाध्यात्मक व्यवस्था पनि अघि सारेका छन् । तर बोनस र हकप्रद सेयरमा लाभकर लगाउने निर्णयबारे भने उनी मौन देखिन्छन् । सेयर बजारको लफडाले नेपालमा सबै खाले क्षेत्रमा लगानीकर्ताको मनोबल गिराउन सक्छ । विदेशी लगानी पनि निरुत्साहित हुन सक्छ । समृद्धिको आधार बर्ष घोषणा गरेको सरकार यस्ता बिषयमा सचेत हुनु आवश्क छ ।

लगानीकर्ताको आन्दोलनलार्ई काँग्रेसको साथ, सेयर बजारमा लागेको कम्युनिष्ट कर फिर्ता लिन दवाव

काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभकर लगाउने निर्णको विपक्षमा उभिएको छ । काँग्रेस प्रवत्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै नाफा कमाउदा मात्र कर तिर्नुपर्नेमा नाफाघाटाको यकिन नभई कर तिर्नुपर्ने नीति गलत भएको टिप्पणी गरेका छन् । सेयर मार्केटमा कम्युनिस्ट कर लागु भएको उनको तर्क छ । “नाफा कमाउंदा कर तिर्नु पर्छ । तर नाफाघाटा टुंगो हुनु अघिनै कर तिर्नुपर्ने, सेयर मार्केटमा पसेको जनवादी बौद्धिकताको यो नितिले समृद्धिको यात्रालाई किमार्थ सघाउ पुर्याउदैन” उनले भने । बोनस सेयर र हकप्रद सेयरको आधार मूल्यमा लाभ कर लागेपछि सोको विरुद्धमा लगानीकर्ता आन्दोलित भएका छन् । लगानीकर्ताले सेयर कारोबार समेत बन्द गराएका छन् ।

नारायणगढ-मुग्लिन यात्रा ३५ मिनेटमै छोटियो, ४ लेनको सडकमा अब २४ सै घण्टा गाडी

काठमाडौं । नारायणगढ–मुग्लिन सडक यात्रा अब ३५ मिनेटमै छोटिएको छ । ४ लेनको सडकमा ६० किलोमिटर प्रतिघण्टा गुड्ने गाडीले ३५ मिनेटमै सो दुरी पार गर्नेछ। सडक विभागका इन्जिनियर सञ्जय श्रेष्ठका अनुसार सडकको पुल बाहेकको ९५ प्रतिशत काम सकिएको छ। नारायणगढ देखि मुग्लिनसम्मको सडकखण्डमा कालोपत्रे सकिएको छ । ४ वटा पुलको निर्माण सम्पन्न भैसकेको छ । यस्तै १४ वटा पुलको काम भइरहेको श्रेष्ठ जानकारी दिए । “पहिरो भएको क्षेत्रमा भने चारदेखि पाँच बर्षसम्म पहिरो नियन्त्रणका लागि निरन्तर काम गरिरहनुपर्छ’, श्रेष्ठले भने। नारायणगढ मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन गुडिरहेका छन् । हाल मध्यम साइज अर्थात दुई लेनमा रहेको ३६ किलोमिटर लामो सो सडक छिचोल्न घण्टौं लाग्दै आएको थियो । नारायणगढ(मुग्लिन सडकमा दैनिक ८ हजार भन्दा बढि सवारी साधन गुडिरहेका छन् । नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार मंगलबार राति १२ बजे सो सडकको ३३.२ किलोमिटरमा पहिलो तहको कालोपत्र गर्ने कार्य सम्पन्न भएको हो । खनालका अनुसार दोस्रो तह ३२.७ किलोमिटर र तेस्रो तह १२.७ किलोमिटर कालोपत्र गरिएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह चार सेन्टिमिटर बाक्लो हुनेछ । उच्च स्तरको कालोपत्र भएकाले पहिलो तह सम्पन्न भएसँँगै पहिरोबाहेक अन्य जोखिमबाट सडक मुक्त भएको हो । सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १०.४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । दोस्रो खण्ड दासढुंगादेखि सिमलताल सम्मको १०.६९ किलोमिटर सडकको अधिकांश काम सम्पन्न भएको छ । सो खण्डमा उड्हिल लामा जेभीले निर्माणको जिम्मा पाएको थियो । सो खण्डको प्रगति ९७.५० प्रतिशत भएको छ । एक वर्षसम्म काम हेर्नु पर्ने भएकाले प्रगति शतप्रतिशत हुन एक वर्ष कुर्नुपर्ने हुन्छ । तेस्रो खण्ड सिमलतालदेखि मुग्लिन सम्मको १२.१५ किलोमिटर हो । सो खण्डको प्रगति ८५ प्रतिशत भएको सूचना अधिकारी खनालले बताए । सो खण्डको दोस्रो तह ११.८० किलोमिटर सम्पन्न भएको छ भने तेस्रो खण्ड पूरै बाँकी रहेको छ । चौथो पटकको मिति थपअनुसार पहिलो खण्डको मई १० मा म्याद सकिएको छ भने दोस्रो खण्डको २० मे र तेस्रो खण्डको ३० मे २०१८ मा सकिएको छ । हालसम्म सो सडकको समग्र प्रगति ९१ प्रतिशत भएको छ । काम बाँकी रहेकाले समय थप गर्ने प्रक्रिया अघि बढाइएको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो । ससँगै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म सवारी रोकेर काम गरिँदै आएकोमा आजदेखि सवारी नरोकिने खनालले बताए ।  दोस्रो तह ३२.७ किलोमिटर र तेस्रो तह १२.७ किलोमिटर कालोपत्र गरिएको छ । सो सडकलाई तीन भागमा विभाजन गरेर काम गरिएको छ । पहिलो खण्ड आँपटारीदेखि दासढुंगा सम्मको १० दशमलब ४५ किलोमिटरको ठेक्का पाएको बीएलए श्रेष्ठ जेभिको पहिलो र दोस्रो तह पूरै कालोपत्र भइसकेको छ भने तेस्रो तहको दुई किलोमिटर कालोपत्रे भएको छ । सो सडक सन् २०१५ को अप्रिलमा २४ महिनामा सक्ने गरी ठेक्का दिइएको थियो ।

सेयर कारोबार खुला : ब्रोकर एसोसियसन

काठमाडौं । लगानीकर्ताले सेयर बजार बन्द हुने बताइरहेका बेला ब्रोकरले कारोबार खुला रहेको जानकारी गराएका छन् । स्टक ब्रोकर एसोसियसन अफ नेपालले आज बिहान प्रेश विज्ञप्ति जारी गरी सेयर कारोबार खुला रहेको जानकारी गराएको हो । एसोसिएसनका अध्यक्ष प्रियराज रेग्मी र महासचिव सन्तोष मैनालीद्धार हस्ताक्षरित विज्ञप्तिमा मंगलबार पनि कारोबार खुला भएको जानकारी गराइएको छ ।  सरकारले बोनस सेयर र हकप्रद सेयरमा लगाएको लाभकरको विरुद्धमा आज वुधबार पनि लगानीकर्ताले सेयर कारोबार ठप्प पार्ने बताएका छन् ।