विकासन्युज

सिप्रदीकाे ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा

काठमाडौं । नेपालका लागी टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालीले ‘टाटा ज्याक्सीस १४०एच्’ नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार बिराटनगरमा आफ्नो उक्त नयाँ प्रोडक्टको लन्च गरेको हो । उक्त कार्यक्रममा आफ्ना ग्राहकहरुलाई विभिन्न किसीमका उपहारको पनि व्यवस्था गरिएको थियो । साथै, सिप्रदी विगत लामो समयदेखी नेपाली बजारमा विभिन्न साइजको एक्जाभेटर, ब्याकोन लोडर र व्ह्लि लोडर उपलब्ध गराउँदै आएको छ ।

सडक विभागको प्रष्टिकरणः काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न भनेका छैनौं

काठमाडौं । सडक विभागले काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न सिफारिस नगरेको स्पष्ट पारेको छ । गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत समयमै सम्पन्न नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्न आजै प्रहरीलाई पत्राचार गरेका बेला विभागको यस्तो प्रतिकृया आएको हो । सडक विभागले भने काम नगर्ने ठेकेदारहरुलाई पक्राउ गर्न आफुहरुले सिफारिस नगरेको स्पष्ट पारेको हो । सोमबार सडक विभागमै आयोजित पत्रकार सम्मेलनमा विभागका प्रवक्ता मुक्ति गौतमले काम नगर्ने ठेकेदारलाई पक्राउ गर्न कसैलाई पत्राचार नगरेको बताएका हुन् । ‘ठेकेदारसँग सडक विभागले सम्झौता गर्ने हो, काम गरे पुरस्कार गर्ने र नगरे कारवाही गर्ने हाम्रो आफ्नै नियम छ, हामी त्यहि अनुसार गरिरहेका छौं, कुनै ठेकेदारलाई पक्राउ गर्न भनेका होइनौं’, सडक विभागका प्रवक्ता गौतमले भने । उनले काम नगर्ने ठेकेदारहरुलाई हर्जना तिराउनेदेखि ठेक्का रद्ध गर्नेसम्मको अधिकार विभागसँग रहेको र त्यस्ता ठेकेदारलाई कारवाही गर्ने काम विगतदेखि नै जारी रहेको तर पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयलाई नभनेको स्पष्ट पारेका हुन् । ‘जिल्ला प्रशासनहरुले व्यवसायीहरुको कामको अवस्था के छ ? विवरण दिनुस भन्नुभयो, मातहतमा भएको कामको प्रगति विवरण पठाएका मात्रै हौं, त्यो भन्दा बढि केहि पनि गरेका छैनौं, प्रगति विवरण पठाइएको छ मात्रै भनेका छौं’, प्रवक्ता गौतमले भने । बालाजु त्रिशुली सडकको निर्माण ठेक्का पाएको आल्भाली सैलुङ निर्माण सेवासँग १८ लाख ६८ हजार जरिवाना तिराएको र अब प्रतिदिन एक लाख ५० हजार जरिवाना असुल्ने निर्णय भएको बताए । नगरकोट भक्तपुर सडकमा ७ लाख जरिवाना तिराएको जानकारी पनि दिए । पप्पु कन्स्ट्रक्सनसँग कोहलपुर नेपालगञ्ज सडकमा ४ करोेड जरिवाना लिएको पनि बताए । विभागले काम नगर्ने ठेक्का तोड्ने काम पनि भैरहेको बताए । उनले ठेक्का सम्झौता अनुसार मात्रै कारवाही गर्न सकिने समेत स्पष्ट पारे । ‘सडक विभागले केहि गरेकै छैन भन्ने जस्तो देखिन आयो, ठेक्का सम्झौतामा जे व्यवस्था छ, ऐनमा जे व्यवस्था छ, त्यो भन्दा बाहिर जान सक्दैनौं, त्यो अनुसार हामी कारवाही गरिरहेका छौं ।’, प्रवक्ता गौतमले भने । भौतिक पूर्वाधार मन्त्री रघुबिर महासेठले रुग्ण ठेकेदारहरुलाई कारवाही प्रक्रिया पनि अघि बढाएको बताए ।

सनराइज बैंकको शाखा ललितपुरकोे गोटीखेलमा

काठमाडौं । सनराइज बैंक लिमिटेडले आफ्नो ८३ औं शाखा ललितपुरकोे गोटीखेलमा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन महाँकाल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहाल र बैंकका नायब महाप्रबन्धक रबिन नेपालले शाखाको संयुक्त रुपमा गरेका छन् । यस शाखाको स्थापनाबाट बैंकले ग्राहकहरुलाई थप विस्तारित एवं सर्वसुलभ बैंकिङ्ग सेवाहरु पुर्याउने उद्देश्य लिएको छ ।

प्रज्ञा प्रतिष्ठानहरु नगाभ्न महासंघको माग, हस्तकला क्षेत्रको विकासमा अवरोध पुग्ने दावी

काठमाडौं । विभिन्न प्रज्ञा प्रतिष्ठानहरु नगाभ्न एकआपसमा नेपाल हस्तकला महासंघले माग गरेको छ । नेपाल सरकारको आर्थिक वर्ष २०७५/७६ को बजेट बक्तब्यमा नेपालको कला, साहित्य र संगितसंग सम्बन्धित नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान, नेपाल संगित तथा नाट्य प्रज्ञा प्रतिष्ठान र अन्य साँस्कृतिक प्रतिष्ठानहरुलाई एक आपसमा गाभि एउटै प्रतिष्ठान बनाउने घोषणा गरिएकोमा महासंघले असन्तिुष्टि जनाएको छ । प्रज्ञा प्रतिष्ठानहरु एकआपसमा गाभिदा हस्तकला क्षेत्रको विकासमा अवरोध पुग्ने महासंघले बताएकाे छ । यी प्रज्ञा प्रतिष्ठाहरुलाई आपसमा नगाभी विषयगत रुपमा हालकै संगठनात्मक स्वरुपमा साधन र श्रोतले सम्पन्न तुल्याई सवल संस्थाको रुपमा विकास गर्न महासंघको जोडदार माग गरेकाे छ। झट्ट सुन्दा एउटै कार्य प्रकृतिका प्रतिष्ठानहरु आपसमा गाभि एउटा सशक्त प्रज्ञा प्रतिष्ठान गठन गर्नु राम्रो कदम जस्तो देखिन्छ । तर विगतमा एउटै प्रज्ञा प्रतिष्ठानले मुलुकको साहित्य, कला, संगित र नाट्य क्षेत्रको समुचित विकास, विस्तार र प्रवद्र्धन गर्न नसकेको यथार्थ बुझि भिन्ना भिन्नै विधा हेर्ने छुट्टाछुट्टै प्रतिष्ठानहरु गठन भएका हुन् । विधागत रुपमा प्रज्ञा प्रतिष्ठानहरु गठन भई उक्त क्षेत्रको विकास, विस्तार, संरक्षण र सम्वद्र्धनको कार्यमा संलग्न हुँदै आएको अवस्थामा नेपाल सरकारबाट चालिएको यो कदमले यस क्षेत्रको विकासमा सकारात्मक भूमिका नहुने महासंघको ठम्याई रहेको छ । सबै विधागत प्रतिष्ठान एकै ठाउँमा गाभ्दा कुनै पनि विधाप्रति समुचित रुपमा ध्यान केन्द्रित नभई त्यो विधाको वान्छित विकास हुन सक्दैन । नेपाल सरकारले केही वर्ष अघि मात्र ललितकला प्रज्ञा प्रतिष्ठानको गठन गर्दा हस्तकला क्षेत्रका कलाकार उद्यमीहरु निकै उत्साही भएका थिए । सो प्रतिष्ठान परम्परागत तथा आधुनिक कलाको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धनको क्षेत्रमा विस्तारै कृयाशील हुँदै थियो । परम्परागत कलाको क्षेत्रमा भने उक्त प्रतिष्ठानले पनि खासै यस क्षेत्रका समस्याहरु सम्बोधन गर्न सकि रहेको थिएन । यस परिस्थितिमा झनै सबै प्रकारका प्रतिष्ठानहरुलाई गाभि एउटै बनाउँदा कला र संस्कृति क्षेत्रको प्रवद्र्धन तथा सम्बद्रधनमा झन् ठूलो क्षति हुने सम्भावना देखिन्छ ।  

काठमाडाै सिडियोको पत्र टेकु प्रहरी कार्यालय पुग्न ३ दिन लाग्याे, हेर्नुहाेस् पक्राउ अादेशमा परेका १३० ठेकदार कम्पनीहरू

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले ठेकेदार पक्राउ गर्न प्रहरीलाई काटेको पत्र ३ दिनपछि टेकु प्रहरी कार्यालयले पाएको छ । सिडियो कार्यालयले निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीसहित १०९ ठेकेदारलाई पक्राउ गर्न दिएको पत्र बुधबार महानगरीय प्रहरी परिसर टेकुले प्राप्त गरेको हो । सडक, भवन, पुल, कुलो, नहर लगायत पुर्वाधार निर्माणको जिम्मा लिएर समयअवघि सकिसकेका ठेकदारहरुलाई पक्राउ गरी आवश्यक कारबाही गर्न सिडियो कार्यालयले प्रहरीलाई जेठ २० गते पत्र काटेको थियो । पत्र बुधबार मात्रै प्राप्त गरेको परिसर टेकुका एसएसपी विश्वराज पोखरेलले बताए । पत्र इमेलबाट पठाएकोले सबै विवरण आइपुग्न समय लागेको पोखरेलले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले ठेकदारमाथि थप कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई पत्र २० गते नै काटेको बताए । सडक विभाग, खानेपानी लगायत सबै कार्यालयलाई ठेकदा कारबाही गरी पत्र पठाउन निर्देशन दिइसकेको घिमिरेले जानकारी दिए । यस्ता छन् कारबाहीमा पर्ने ठेकेदार कम्पनीको विवरण 1.त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. 2.नयाँयुग निर्माण सेवा जोरपाटी 3.केदार निर्माण सेवा 4.स्वच्छन्दरछिरिङ्ग जे.भी. 5.गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रा.लि. 6.महादेव खिम्ति९मिचिको जे.भी. 7.रानिवन कन्स्ट्रक्सन 8.वाइस धारा निर्माण सेवा 9.जागृत निर्माणसेवा 10.जागृत निर्माण सेवा 11.एडभानस्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. 12.इभांशुइसा विल्डर्स 13.वि.कन.कं.प्रा.लि. 14.श्रृषुस्व सत्यम कन्स्ट्रक्सन 15.ओम महासरस्वती रहेमन्त जे.भी. 16.गौरी गणेश निर्माण सेवा 17.केउरेनी वाराही निर्माण सेवा प्रा.लि. 18.एड्भान्स क्वालीटी कन्स्ट्रक्सन कम्पनी प्रा.लि. 19.लुना निर्माण सेवा 20.पुर्ण विनायक कन्स्ट्रक्सन प्रा.लि. 21.वाइस धारा निर्माण सेवा 22.पूर्ण विनायक कन्स्ट्रक्सन प्रा.लि. 23.मल्टीस्टार कन्स्ट्रक्सन प्रा.लि. 24.मौलिक कन्स्ट्रक्सन प्रा.लि. 25.श्रेष्ठ प्रेरा जेभि 26.सूर्य जीवन क.प्रा.लि 27.ओम निलकण्ठेश्वर कन् प्रा. लि. 28.रोस्लिन कन्सट्रक्सन प्रा लि 29.कमलजित निर्माण सेवा 30.दि कन्चनजङगारगोल्डेनगुडरपि.एस.जेभि 31.मौलिक कन्सट्रक्सन प्रा.लि. 32.जलसुरी देवी निर्माण सेवा 33.जे.एन कन्सट्रक्सन 34.पूर्ण विनायक कन्सट्रक्सन प्रा लि. 35.पूर्ण विनायक सफल जेभि 36.जय दुर्गामाता विल्डर्स 37.देश प्रेम निर्माण सेवा 38.श्रेष्ठ कन्सट्रक्सन कम्पनि प्रा लि 39.थोदुङरकविर विनायक जेभि 40.गौरी पार्वति रदेश प्रेम जेभि 41.भण्डार थोदुङरवर्ल्डवाइडरगौरी गणेश जेभि 42.श्री झरना कन्स्ट्रक्सन 43.श्री पशुपतिनाथ कन्स्ट्रक्सन 45.पि।वि।एस।टी।निर्माण सेवा 46.कोशी विल्डर्स 47.राजधानि कन्स्ट्रक्सन 48.ह्वाइट गोल्ड कन्स्ट्रक्सन गोठाटार९ट 49.देश प्रेम निर्माण सेवा 50.पि।वि।एस।टी।निर्माण सेवा 51.गोर्खा कन्स्ट्रक्सन 52.सुमन कन्स्ट्रक्सन 53.पशुपतिनाथ कन्स्ट्रक्सन 54.मौलिक कन्स्ट्रक्सन प्रा.लि. 55.मणिचुड निर्माण सेवा 56.सोम सन्स कन्स्ट्रक्सन प्रा.लि. 57.उग्रवज्र निर्माण सेवा 58.मणिचुड निर्माण सेवा 59.सोम सन्स कन्स्ट्रक्सन प्रा.लि. 60.उग्रवज्र निर्माण सेवा 61.सम्झना निर्माण सेवा 62.लोकविर रओम निलकण्ठेश्वररशान्ती जे.भि 63.विशाल एण्ड विराट कन्स्ट्रक्सन प्रा.लि. 64.सम्झना निर्माण सेवा 65.सोवर्ण निर्माणसेवा 66.शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि. 67.ह्वाइट गोल्ड कन्स्ट्रक्सन, गोठाटार 68.जाल्पादेवी निर्माण सेवा गोर्खा 69.सन्तोष निर्माण सेवा 70.महालक्ष्मीरवटुसफल जे.भी. 71.सप्तपथ निर्माण कम्पनी प्रा.लि. 72.शैलुङ्ग कन्स्ट्रक्सन कम्पनी प्रा.लि. 73.सप्तपथ र पन्त जे.भी। 74.कोशी विल्डर्स 75.रुदादेवी कन्स्ट्रक्सन 76.मंगलदिप मल्टिप्रपोज प्रा.लि. वानेश्वर 77.शालिनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. 76.देउपुर नि।से। एण्ड पन्चकन्या सप्लार्यस काभ्रे 78.जाल्पा देवी रपन्थ जे.भी. 79.शालिनदी कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लि. 80.ढाप भोटेचौर निर्माण सेवा 81.भण्डार थोदुङरवर्ल्ड वाइड जे.भी. 82.मौलिक कन्स्ट्रक्सन प्रा.लि. 83.देविथान निर्माण सेवा 84.शिशिर निर्माण सेवा 85.ओम बज्रगुरु कन्स्ट्रक्सन प्रा.लि. 86.वर्ल्डवाइट कस्ट्रक्सन प्रा.लि. 87.बटु सफल निर्माण सेवा प्रा.लि. 88.गोरखा एप्रोप्रियट टेक्नोलोजी फर रिकन्ट्रक्सन प्रा.लि. 89.वल्ड वाइडरमस्दीङ्ग जे.भी. 90.लामा व्रर्दश कन्स्ट्रक्सन वौद्ध 91.जि.एस.थोकर कन्स्ट्रक्सन ठमेल 92.जाल्पादेवी निर्माण सेवा गोर्खाड 93.समानान्तर रप्रेरा जे.भी 94.टेड्र सपोर्ट इन्टरनेश्नल 95.रुद्रदेवि कन्स्ट्रक्सन 96.याक्थुम्हाङ्गरशुभकामना जेभी 97.रुपा निर्माण सेवा वानेश्वर काठमान्डौ 98.मंगलदिप मल्टिप्रपोज प्रा.लि.वानेश्वर 100.साइमन कन्स्ट्रक्सन काभ्रे 101.आर.के.एण्ड सन्स प्रा.लि. 102.सैलुङ निर्माण सेवा 103.ताल वाराही निर्माण सेवा 104.शैलेन्द्र एण्ड सन्स कन्स्ट्रक्सन जोरपाटी 105.वर्ल्ड वाइडरगौरी गणेश जे.भी. 106.मंगलदिप मल्टिप्रपोज प्रा.लि. वानेश्वर 107 शालीनदी कन्सट्रक्सन एण्ड सप्लायर्स प्रा.लि। 109.पन्थ कन्सट्रक्सन प्रा.लि.

नेपाल बङ्गलादेश बैंकको भिसा क्रेडिट कार्ड संचालनमा, आजैदेखि लागू हुने

काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेडले २४औँ वार्षिकोत्सवको उपलक्ष्यमा भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको छ । बैंकले ग्राहकहरुलाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा पुर्याउने उदेश्यले उक्त कार्ड संचालनमा ल्याएको हो । जेठ २३ गते(आजै)बाट लागू हुने गरी बैंकले भिसा क्रेडिट कार्ड संचालनमा ल्याएको हो । बैंकको भिसा क्रेडिट कार्ड स्वदेश तथा विदेशमा संचालन गर्न सकिने छ । यसअघि बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई ध्यानमा राखी स्वदेश तथा विदेशमा संचालन गर्न सकिने भिसा डेबिट कार्ड पनि ल्याइसकेको छ । अन्तर्राष्ट्रिय ब्राण्डको भिसा कार्डमा आबद्ध भएपछि बैंकको कार्ड सञ्जाल अझ बढी विस्तार हुने बैंकको विश्वास छ । बैंकले ७० शाखा, ५ एक्सटेन्सन काउन्टर, ७ शाखारहित घरदैलो बंैकिङ्ग सेवा तथा ५१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको छ ।

चाइना थ्री गर्जेजबाट पश्चिम सेती नखोस्न सुझाव, बजेटको घोषणा के होला ?

काठमाडौं । चाइना थ्री गर्जेज इन्टरनेशनल कर्पोरेशन (सीटीजीआई) लाई ७५० मेगावाटको पश्चिमसेती जलविद्युत आयोजना नखोस्न सुझाइएको छ । लगानी बोर्डले सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठित सुझाव समितिले एक पटक समय तोकेर थ्री गर्जेजलाई मौका दिने, निर्धारित समयभित्र नआए आयोजना प्रतिस्पर्धा वा सरकार आफैले बनाउने विषयमा निर्णय गर्नुपर्ने सुझाव दिएको हो । समितिले आफ्नो सुझाव लगानी बोर्डमा बुझाएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने लगानी बोर्डको आउँदो सञ्चालक समिति बैठकले यस विषयमा निर्णय गर्नेछ ।“एक महिनाभित्र आयोजनाको काम अघि बढाउने गरी आउन थ्री गर्जेजलाई बोलाउने र सो समयभित्र नआएमा वा नबनाउने भनेमा मात्र अन्य विकल्पमा छलफल अघि बढाउन समितिले सुझाएको छ” स्रोतले भन्यो । गत फागुन २५ गते बसेको बोर्ड बैठकले आयोजनालाई आर्थिक रुपमा संभाव्य बनाउने गठित समितिले आफनो सुझाव प्रतिवेदन लगानी बोर्डमा बुझाइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बस्ने बोर्ड बैठकले निर्णय गरेपछि थ्री गर्जेजलाई वार्ता गर्न बोलाउने र नआए वा शर्त नमाने आयोजना खोसेर आफै बनाउन सुझाएको स्रोतले जानकारी दियो । समितिले विश्वव्यापी प्रतिस्पर्धा (ग्लोबल टेण्डर) सरकार आफैले बनाउने वा सार्वजनिक निजी साझेदारीमा बनाउन सकिने लगायतको विकल्प सुझाएको स्रोतले जानकारी दिएको छ । आगामी वर्षको बजेटमा पश्चिमसेती स्वदेशी लगानीमा बनाउने भनिएको छ । बजेटमा उल्लेख गरिए पनि एकपटक थ्री गर्जेजलाई अवसर दिनुपर्ने सुझाव समितिको छ । थ्री गर्जेजले आउन नचाहेमा लगानी बोर्डले आयोजना विकासका लागि अन्य विकल्प सोच्न सक्ने स्रोतको भनाइ छ । सरकारले लगानी बोर्डसंग परामर्श नगरी स्वदेशी लगानीमा पश्चिमसेती बनाउने भनेर उल्लेख गरिएको स्रोतको भनाई छ । एक पटक मौका दिने भनेपनि समितिले थ्री गर्जेजले आयोजना नबनाउने निष्कर्षमा पुगेको समितिको निष्कर्ष छ । गत कात्तिक ३० गते नेपाल विद्युत प्राधिकरण र थ्री गर्जेजबीच लगानी सम्झौता भएको थियो । हालको विद्युत खरिददर (पीपीए) ले आयोजना आर्थिक रुपमा आर्कषक नहुने भन्दै यसलाई बढाउनु पर्ने बताएको छ । यस्तै पीपीएपछि हुने डलर जोखिम सबै विद्युत प्राधिकरणले व्यहोर्नुपर्ने उसको अडान छ । उसले पीपीए दर र डलर जोखिमको विषयमा अडान लिएपछि जेभीए बाहेक अन्य कुनै पनि विषयमा सहमति भएको छैन । प्राधिकरण ऊर्जाले तयार पारेको पीपीए दर पुनरावलोकन गर्ने र डलर जोखिम सबै व्यहोर्ने पक्षमा छैन । यता सरकारले जलाशययुक्त आयोजनाको पीपीए दर तयार गरी मंसिर १५ देखि जेठ १५ सम्म प्रतियुनिट १२ रुपैयाँ ४० पैसा र जेठ १६ देखि मंसिर १४ सम्म वर्षादको ६ महिनामा प्रतियुनिट ७ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । सुख्खायाममा न्युनतम ३५ प्रतिशत ऊर्जा उत्पादन भएको हुनुपर्ने नयाँ पीपीएमा व्यवस्था छ । जेभीएअनुसार आयोजनामा थ्री गर्जेजको ६५, विद्युत प्राधिकरणको २५ र आयोजना प्रभावित स्थानियबासिन्दाको १० प्रतिशत लगानी हुने गरी सेयर संरचना तयार पारिएको छ । ६५ प्रतिशत मध्ये १४ प्रतिशत नेपाली लगानीकर्तालाई थ्री गर्जेजले स्वामित्व बेच्न सक्ने व्यवस्था गरेको छ । आयोजना निर्माण भई सञ्चालनमा आएको ५ वर्षसम्म ५१ प्रतिशत स्वामित्वबाट घट्न नपाइने व्यवस्था गरिएको छ । ०६९ भदौमा विद्युत प्राधिकरण र थ्री गर्जेजबीच समझदारीपत्र (एमओयू) भएको थियो ।आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँसम्म लगानी सरकारबाट ल्याउन स्वीकृति पाइसकेको छ । आयोजनाबाट वार्षिक ३ अर्ब ३३ करोड युनिट बिजुली उत्पादन हुने सम्भाव्यता अध्ययनले देखाएको छ । आयोजना सुदूरपश्चिमका डोटी, डडेलधुरा, बैतडी र बझाङ जिल्लामा पर्छ । आयोजना निर्माणपछि खपत केन्द्रसम्म बिजुली पुर्याउन आवश्यक ४ सय किलोमिटर लामो ४ सय केभीए क्षमताका प्रसारणलाइन बनाउन थप ४० अर्ब रुपैयाँ बढी लगानी लाग्ने छ । आयोजना अघि बढाउन २ हजार ३२० हेक्टर क्षेत्रफल अधिग्रहण गर्नुपर्ने देखिएको छ ।

मन्त्रालय मातहतमा १० वटा विभाग गाभियो, अब ५४ वटा मात्र हुने

काठमाडौं । संघीय संरचनामा केन्द्रीय मन्त्रालय मातहतमा ५४ वटामात्र विभाग हुने भएका छन् । यसअघि ६४ वटा विभाग हुने गरेकामा अब ५४ वटामात्र विभाग हुने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय प्रवक्ता सुरेश अधिकारीले जानकारी दिएका छन् । अहिले रहेका २१ मन्त्रालयको काम र प्रकृति अनुसार पहिले रहेका १० वटा विभागलाई गाँभेर ५४ वटा मात्र विभाग बनाइएको हो । मन्त्रालयका सहसचिव समेत रहनुभएका प्रवक्ता अधिकारीले एउटै प्रकृति र संघमा कार्यबोझ कम भएका विभागलाई गाँभिएको बताए। काम, अधिकारअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर ती विभागको टुंगो लगाइएको हो । मन्त्रालयका उपसचिव सालिक दाहालका अनुसार घरेलु तथा साना उद्योगलाई उद्योग विभागमा, आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागलाई वाणिज्य विभागमा, जल उत्पन्न प्रकोप विभागलाई सिँचाइ विभागमा, भू-सूचना तथा अभिलेख विभागलाई भूमि व्यवस्थापन विभागमा, यान्त्रिक तालीम केन्द्रलाई सडक विभागमा, भू तथा जलाधार संरक्षण विभागलाई वन विभागमा गाँभिने भएका छन् । यसैगरी प्रहरी किताबखाना र विद्यालय-शिक्षक किताबखानालाई निजामति किताबखानामा, शिक्षा विभाग, शैक्षिक जनशक्ति विकास केन्द्र र अनौपचारिक शिक्षा केन्द्रसहित तीन विभागलाई गाँभेर राष्ट्रिय शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइने भएको छ । मन्त्रालयका सहसचिवको नेतृत्वमा गठित संगठन तथा व्यवस्थापन सर्वेक्षण समितिले मन्त्रालयको काम र प्रकृति हेरेर ती विभागको टुंगो लगाएको हो । समितिले गत फागुन २८ गतेदेखि काम गरेको थियो । यसरी नयाँ बनाइएका विभागको स्वीकृतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा पेश गर्ने र सो बैठकले स्वीकृत गरेपछि मात्र लागू हुने मन्त्रालयले जनाएको छ । रासस