विकासन्युज

सिटिजन बैंकको एफपीओ आजदेखि खुला, २३०० कित्तासम्म भर्न पाइने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आजदेखि सर्वसाधारणका लागि थप निष्कासन (एफपीओ) गरेको छ । बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०० रुपैयाँ प्रिमियम थप गरी २०० रुपैयाँमा एफपीओ निष्कासन गरेको हो । बैंकले निष्कासन गर्न लागेको एफपीओ ४ लाख ६३ हजार ८२६ कित्ता रहेको छ । एफपीओबाट बैंकले ९ करोड २७ लाख ६५ हजार २०० रुपैयाँ संकलन गर्ने छ । एफपीओ निष्कासन बन्द छिटोमा साउन १८ गते शुक्रबार र ढिलोमा भदौ १४ गतेसम्म हुने निष्कासन तथा बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० र अधिकतम २ हजार ३०० कित्ता एफपीओ भर्न पाइने छ । ४ दिनभित्र पनि एफपीओमा पर्याप्त आवेदन नपरे संस्थागत लगानीकर्तालाई खुला हुने बैंकले जनाएको छ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखाबाट दरखास्त फारम लिने तथा बुझाउने व्यवस्था रहेको छ । एफपीओ बाँडफाँडपछि बैंकमा संस्थापकको ५१ र सर्वसाधारणको ४९ प्रतिशत स्वामित्व हुने छ । चुत्तापुँजी बढेर ८ अर्ब ७ करोड ९६ लाख रुपैयाा पुग्ने बैंकले जनाएको छ । संस्थापक र सर्वसाधारणको स्वामित्व ५१ः४९ प्रतिशत मिलाउन एफपीओ निष्कासन गरेको बैंकले जानकारी दिएको छ ।

एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनस दर, ८५ रुपैयाँसम्म दिने

काठमाडौं । लाइफ इन्स्योरेन्स कम्पनी (एलआईसी) नेपाल लिमिटेडले बिमितलाई ८५ रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ । कम्पनीले प्रतिहजार न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बिमितलाई बोनस दिने भएको हो । आर्थिक वर्ष ०७३/०७४ का लागि बिमितलाई नयाँ बोनस दर निधारण गरेको कम्पनीले जनाएको छ । कम्पनीले ल्याएको जीवन आस्था योजनामा प्रतिवर्ष न्युनतम ८० देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । यो अन्य योजनाको भन्दा बढी हो । सावधिक आजिवन जीवन बीमामा वर्ष हेरी न्युनतम ६१ देखि ८५ रुपैयाँसम्म बोनस दिने भएको छ । जीवन तरङ बीमामा न्युनतमा ६१ देखि ७२ र अग्रिम भुत्तानी सावधिक जीवन बीमामा प्रतिहजार ६१ देखि ६३ रुपैयाँसम्म बोनस दिने एलआईसीले जनाएको छ ।

वाइड बडी अन्नपूर्णले पायो अनुमति, पहिलो उडान दोहामा

काठमाडौ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको पहिलो वाइड बडी ‘अन्नपूर्ण’ विमानले यही साउन १६ गते देखि व्यावसायिक उडान शुरु गर्ने भएको छ ।नेपाल नागरिक उड्डयन प्राधिकरणले आज सो विमानलाई उडान अनुमति (एओसी) प्रदान गरेपछि निगमले उडान तालिका सार्वजनिक गरेको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारका अनुसार निगमको पहिलो वाइड बडी जहाजले राति १० बजे उडान गर्नेछ । निगमको जहाजले सातामा तीन उडान गर्नेछ । ‘नाइन एन एएलवाई’ कलसाइन दिएको उक्त वाइड बडी ए ३३०–२०० सिरिजको विमानले पुरानो गन्तव्य कतारको राजधानी दोहाबाट आफ्नो पहिलो उडान भर्न लागेको निगमले जनाएको छ । दोहाका लागि निगमको २७४ सिट नै भरिसकेको छ । “दोहा उडानका लागि निगमले आज नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट उडान अनुमतिपत्र (एओसी) पाएको हो”, महाप्रबन्धक कंसाकारले भने। “प्राधिकरणबाट आज अनुमति पाएका छौँ, भोलि मंगलबारसम्म सबै प्रक्रिया पूरा गरेर व्यावसायिक उडान शुरु गर्ने योजना बनाएका छौँ”, उन।ले भने वाइड बडीले भारतको नयाँ दिल्ली परीक्षण उडान ‘पुफिङ फ्लाइट’ गरिसकेको छ । पहिलो वाइड बडी गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले उक्त जहाज गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलसम्मको परीक्षण उडान गरिसकेको जनाएको छ । ‘अन्नपूर्ण’ नाम दिइएको सो जहाज गत असार १४ गते काठमाडौँ अवतरण भएको थियो । निगमले वाइड बडी ए ३३०–२२० सिरिजको जहाजमार्फत अन्तर्राष्ट्रिय उडानमा आफ्नो हिस्सा बढाउने लक्ष्य राखेको छ । अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठनको छाता संगठन (आइकाआ) ले व्यावसायिक उडान अघि परीक्षण उडान गर्नुपर्ने व्यवस्थाअनुसार सो प्रक्रियासमेत पूरा भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिशमा नै निगमको बाइड बडी जहाजले त्यस्तो उडान गरेको हो । निगमले उडानका लागि सबै प्रक्रिया पूरा गरेको छ । उक्त उडानमा निगमका प्राविधिक तथा अधिकारी सहभागी थिए । यस्तै निगमको ‘मकालु’ नाम राखिएको वाइड बडी जहाज यही साउन ११ गते काठमाडौँमा अवतरण भइसकेको छ । ‘नाइन एन एएलजेट’ कलसाइनको उक्त जहाज आइसकेको र उडान अनुमतिका लागि तयारी हालतमा छ । बढीमा अबको दुई साताभित्र त्यस्तो अनुमति प्राप्त हुनेछ । नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने लक्ष्यका साथ नयाँ जहाज खरिद गरिएको र त्यसले निगमको हिस्सा बढाउनसमेत सहयोग पुग्ने विश्वास लिइएको छ । नयाँ विमान दोहा र दुबईमा उडाउने तयारी गरिएको र निकट भविष्यमा जापान र चीनका विभिन्न गन्तव्यमा उडान गर्ने तयारी गरिएको छ । निगमले नयाँ वाइड बडी विमानबाट दक्षिण कोरिया, जापान, अस्ट्रेलिया, लण्डनजस्ता गन्तव्यमा उडान गर्ने योजना बनाएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । हाल अन्तर्राष्ट्रिय उडानका आठ गन्तव्य भारतको नयाँ दिल्ली, बेङ्लोर र मुम्बई तथा हङ्कङ, मलेसिया, थाइल्याण्ड, दोहा र दुबईमा उडान भर्दै आएको छ । रासस

नेपालको पूर्वाधार विकासमा थप सहयोग गर्न तयार छौः जापान

काठमाडौं । जापानी राजदुत मासामिचि साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताएका छन् । सोमबार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच भएको भेटमा उनले सो कुरा बताएका हुन् । राजदुत साइगोले नेपालको पुर्वाधार विकास र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी बिकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पुर्वाधार बिकासमा थप सहयोग बिस्तार गर्ने बताएका छन् । भेटमा मन्त्री राईले नवनियुक्त राजदुतका रुपमा नेपाल आएकोमा बधाई दिदै उनको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताएका छन् । उनले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय बिकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्च मुल्याङकन गरेको बताए । साथै, मन्त्री राईले काठमाडौ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानको सहयोगको उच्च मुल्याङकन गर्नुपर्ने बताए । भूकम्पपछिको पुनर्निर्माणमा जापानले खेलेको भूमिका अन्यन्तै महत्वपुर्ण रहेको भन्दै मन्त्री राईले आगामी दिनमा थप समन्वय गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।

अब घरबाटै वायुसेवा निगमको टिकट किन्न सकिने

काठमाडौं । नेपालको पहिलो पेमेन्ट गेट वे ‘इसेवा फोन पे प्रा.लि’ र ‘नेपाल वायुसेवा निगम’बीच अनलाईन टिकटिङका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवाका तर्फबाट सिइअाे रोशन लामिछाने र नेपाल वायुसेवा निगमका तर्फबाट महाप्रबन्धक सुगतरत्न कंसाकारले हस्ताक्षर गरेका छन् । सम्झौतासँगै इसेवाबाट सोमबारदेखि नै वायुसेवा निगमको आन्तरिक तथा बाह्य उडानका टिकट खरिद गर्न सकिनेछ । यसअघि इसेवाबाट बुद्ध एयर, श्री एयरलाइन्स्, यति एयरलाइन्स्, सिम्रिक एयर, सौर्य एयरलाइन्स्को टिकट खरिद गर्न सकिन्थ्यो । नेपाल एयरलाइन्स्ले हालैमात्र २ सय ७४ सिटका वाइडबडि जहाज सञ्चालनमा ल्याएको छ । निगमको बजार विस्तारलाई अनलाइन टिकटिङले पनि सहयोग पुर्याउने विश्वास लिइएको छ । इसेवामा वायु सेवा निगमको अनलाइन टिकटिङको सेवा थपिएपछि इसेवाका सिओओ लामिछानेले भने ‘अनलाइन टिकटिङको लागि नेपाल एयरलाइन्ससँग सहकार्य गर्न पाउँदा हामीलाई खुसी लागेको छ । अब यात्रुहरूले आन्तरिक सँगै बाह्य उडानमा पनि सहजै इसेवामार्फत् टिकट खरिद गर्न सक्नुहुनेछ ।’ इसेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो पेमेन्ट गेटवे हो । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४६ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ । हालसम्म इसेवाबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा ६० लाखभन्दा बढीले सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ३६ हजारभन्दा बढी एजेन्ट (इसेवा जोनतथा पोइन्ट)रहेका छन् । यी जोन पोइन्टबाट यात्रुहरूले सहजै एयरलाइन्सको टिकट खरिद गर्न सकिन्छ ।

घरवेटीलाई करको दायरामा ल्याइदै, डेरावालसंग सम्झौता गर्नुपर्ने

काठमाडौ । घर बहालमा बस्नेका लागि अनिवार्य रुपमा सम्झौता गरी करको दायरामा ल्याइनुपर्नेमा जोड दिइएको छ । घरबहाल सरोकार महासंघ नेपालले आज यहाँ आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा सो जोड दिइएको हो । बहालमा बस्नेमध्ये पाँचदेखि सात प्रतिशतसम्मले मात्र सम्झौता गरेको बताइएको छ । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी संहिता ऐन २०७४ को दफा ३८६ (२) मा राष्ट्रपतिले प्रमाणीकरण गर्नुअघि १० हजार रुपैयाँसम्मको बहालमा लिखत गर्नु नपर्ने भन्ने ठाउँमा २० हजार बनाइएको महासंघका महासचिव सीताराम खतिवडाले बताए। राजधानी शहरमै घरभाडा सम्झौता नहुने, घरधनीले बहालकर नतिर्ने, वार्षिक २० प्रतिशतसम्म भाडा बढाइनेलगायत समस्या छन् । वार्षिक दुईदेखि पाँच प्रतिशतसम्म मात्र भाडा वृद्धि गर्ने व्यवस्था मिलाउन अध्यक्ष शंकर कोइरालाले माग गरे। घरधनीले स्थानीय तहले तोकेभन्दा तेब्बरसम्म बढी भाडा लिने गरेको महासंघले जनाएको छ । निजी आवासमा पाँच वर्ष, व्यावसायिक प्रयोजनका लागि १७ वर्ष र उद्योगका लागि भाडामा लिँदा ३० वर्षसम्मको अवधि राखेर सम्झौता गर्नेगरी ऐन संशोधन हुनुपर्ने महासंघको माग छ । ऐनमा बहालकर भाडामा बस्नेले नै तिर्नुपर्ने व्यवस्था गरेर घरधनीलाई सुरक्षित बनाइएको अध्यक्ष कोइरालाले बताए । भाडाबाट हटाउन निजी आवासमा बस्ने सम्झौता गरेकालाई छ महिना, व्यवसाय गर्नेलाई तीन वर्ष र उद्योग स्थापना गरेर बसेकालाई पाँच वर्ष अघि नै सूचना दिनुपर्ने कानूनी व्यवस्था गरिनुपर्ने महासंघको माग छ । घरबेटीले धरौटी स्वरुप पहिलेनै धेरै रकम लिने व्यवस्था हटाउन महासंघका कोषाध्यक्ष केदार तिमल्सिनाले माग गरे। भाडामा बस्नेका लागि स्थानीय तहले परिचय पत्रको व्यवस्था गरे शहरको शान्ति सुरक्षामा पनि सहयोग पुग्नेमा कार्यक्रमका सहभागीले जोड दिए । यस्तो व्यवस्थाले आपराधिक घटनामा कमी ल्याउन पनि सहयोग गर्ने जनाइएको छ । हाल १३ प्रतिशत रहेको घरबहालकर तीनदेखि पाँच प्रतिशतमा झारी सबैसँग लिने व्यवस्था गर्नुपर्ने आवश्यकता औँल्याइयो । इलाम नगरपालिकाले १३ प्रतिशतलाई सात र दमक नगरपालिकाले १० प्रतिशतमा झारेको सो अवसरमा जानकारी पनि गराइयो । रासस

एनआईसी एशियाका ग्राहकलाई ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशत छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुले ओम हस्पिटलमा उपचार गराउँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । सोमबार दुई संस्थाबीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्ड वाहक तथा बैंकका सम्पूर्ण ग्राहकहरुलाई हस्पिटलमा उपचार गराउँदा सो मात्राको छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावलर हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेका छन् ।

गगन थापालाई माफी मगाउन दुताबासमा पत्र

काठमाडौं । काँग्रेस नेता गगन थापालाई माफी मगाउन भन्दै बंगलादेशस्थित नेपाली  दुताबासमा पत्र दर्ता भएको छ । बंगलादेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुको संस्थाले गगन थापाले माफी माग्नुपर्ने भन्दै दुताबासमा पत्र दर्ता गराएका हुन् । उनीहरुले काँग्रेस नेता गगन थापाले बंगलादेशमा अध्ययन गर्ने विद्यार्थीहरुले भ्रमपुर्ण अभिव्यक्ति दिएको आरोप लगाउँदै स्पष्टीकरणसहित माफी माग्नुपर्ने भन्दै दुताबासमा ध्यानाकर्षण पत्र दर्ता गराएका हुन् । उनीहरुले बी एण्ड सी मेडिकल कलेजका मालिक दुर्गा प्रसाईलाई कानुन अनुसार कारवाही गर्न पनि माग गरेका छन् । उनीहरुले बंगलादेशमा चरणवद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेका छन् । बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुका बारेमा नेपालमा जारी बहसले आफुहरुको आत्म सम्मानमा ठेस पुगेको आरोप पनि उनीहरुले लगाएका छन् ।