विकासन्युज

मेटलाइफले बीमा समितिलाई टेरेन, पुँजी बढाउन अस्वीकार

काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनीले बीमा समितिलाई अटेर गरेको छ । बीमा समितिले २०७५ असार मसान्तभित्र पुँजी बढाएर २ अर्ब रूपैयाँ पुर्याउन दिएको निर्देशन मेट लाइफले अवज्ञा गरेको हो । कम्पनीले समितिलाई पत्र लेखेर पुँजी बढाउन नसकिने जानकारी दिएको छ । यसअघि पनि मेट लाइफले बीमा समितिलाई पटक पटक अटेर गर्दै आएको थियो । ‘हामीले पुँजी पुर्याउन दिएको प्रारम्भीक समय सकिएको छ, दुई पटक गरेर ६ महिनासम्म समय थप्ने सुबिधा छ, त्यो अवधीमा पुँजी पुर्याउँछन् होला’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले भने । उनले केहि समय अघि मात्रै पुँजी पुर्याउन नसक्ने कम्पनीहरुलाई पुस महिनापछि फोर्स मर्जरमा पठाउने बताएका थिए । मेटलाइफले समितिलाई लेखेको पत्रमा आफु विदेशी कम्पनी भएको र बिमितहरुको रकम सुरक्षित रहेकाले पुँजी पुर्याउनुपर्ने बाध्यताबाट मुक्त गराईदिन आग्रह गरेको हो । ‘विदेशी कम्पनीका रुपमा पुँजी पुर्याउनुपर्ने बाध्यताबाट छुटकारा दिन माग गर्दै मेट लाइफले पत्र पठाएको छ’, बीमा समिति श्रोतले भन्यो ।

एचआईडीसीएलले हकप्रद सेयर सूचना सार्वजनिक गर्न ढिलाइ गरेपछि नेप्सेले सोध्यो स्पष्टिरण

काठमाडौं । जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड (एआईडीसीएल) ले हकप्रद सेयर निष्कासन प्रस्तावको सूचना ढिलो प्रकाशित गरी बजारमा चलखेल गरेको भन्दै नेपाल स्टक एक्चेन्ज लिमिटेड (नेप्से) ले सोमबार स्पष्टिकरण सोधेको छ । नेप्सेले गत शुक्रबार सञ्चालक समितिले १०० प्रतिशत हकप्रद सेयर निष्कासनको निर्णय गरेर सोमबारमात्र सूचना पठाएर बजारमा चलखेल गरेको आशंकामा एचआईडीसीएलसंग स्पष्टिकरण सोधेको हो । हकप्रदको निर्णय गर्नु अगावै सूचना बाहिरिदा दोस्रो बजारमा भित्री कारोबार (इन्साईडर ट्रेडिङ्ग) गर्न मद्धत पुर्याएको आरोप नेप्सेको छ । सुचिकरण शाखाले यस विषयमा अध्ययन गरिरहेको नेप्सेका प्रवत्ता मुराहरि पराजुलीले बताए । अध्ययनपछि मात्र भित्री कारोबार भए वा नभएको थाहा पाइने उनको भनाई छ । “स्पष्टिकरण सोध्ने कुरा भएको थियो । पठाएकी पठाएन बुझन बाँकी छ”उनले भने । साउन ७ गतेदेखि नै कम्पनीको कारोबार र सेयर मूल्य दुबै निरन्तर बढ्दै आएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५४ रुपैयाँबाट बढेर १७६ रुपैयाँसम्म पुगेको छ । चित्तबुझदो जवाफ नआए नेप्सेले कम्पनीको कारोबार रोक्का समेत गर्न सक्छ ।

यस्तो देखियो स्वयम्भूमा सेल्फी हान्नेको लर्को

ल है साथी हो, एउटा सेल्फी जाओस् त   सेल्फी खिचेर फेसबुकमा त हाल्नै पर्यो एक सेल्फी स्वयम्भूको नाममा   स्वयम्भूको डाँडामा सेल्फीको मजै बेग्लै, आहा……!!!  

भूकम्प पीडितको सम्पत्ति लिलामी नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितको घरजग्गा लिलामी नगर्ने बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बैंक तथा वित्तीय संस्थाले कर्जा लिएको २ वर्षमै धमाधम घरजग्गा लिलामी गर्न थालेपछि केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गरी रोक्न भनेको छ । राष्ट्र बैंकले अर्को ब्यवस्था नभएसम्म भूकम्प पीडितको लिलाम नगर्न निर्देशन दिएको हो । भूकम्प पीडितलाई दिने सहुलियत कर्जाको अवधि न्युनतम ५ र १० वर्षसम्म तोकिएको छ । राष्ट्र बैंकले बैंकहरुलाई शुन्य ब्याजमा पुनर्कर्जा दिने व्यवस्था गरेको छ । सो रकम भूकम्प पीडितले २ प्रतिशत ब्याजमा मा पाउने ब्यवस्था गरिएको छ । यो व्यवस्था अनुसार हालसम्म १ अर्ब ७७ करोड रुपैयाँ कर्जा प्रवाह भएको केन्द्रीय बैंकले जनाएको छ । उपत्यकामा २५ लाख र बाहिर १५ लाख रुपैयाँसम्म ऋण पाउने व्यवस्था गरिएको छ ।पुनरकर्जाको अवधि १ वर्षको हुने र पछिल्लो १ वर्ष थप्ने व्यवस्था भएपछि बैंकले धमाधम लिलामी गर्न थालेका हुन् ।

जनता बैंकको थप दुई शाखा मोरङ र रोल्पामा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले मोरङ र रोल्पा गरि दुई नयाँ शाखाबाट कारोवार शुरु गरेको छ । यी दुई शाखा सहित बैंकको शाखा सञ्जाल १२१ पुगेको छ । साथै, बैंकले ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ्ग ईकाइ, २ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिरहेको छ । बैंकको हाल ५९ अर्ब ४२ करोड रुपैयाँ निक्षेप र ५४ अर्ब ८ करोड रुपैयाँ कर्जा कारोवार रहेको छ ।

महालक्ष्मी विकास बैंकले शुरु गर्यो निःशुल्क मेहेन्दी कार्यक्रम, विभिन्न ६ शाखाबाट लगाइने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले महिला ग्राहकका लागि पहिलोपटक मेहेन्दी कार्यक्रम २०७५ आयोजना गरेको छ । बैंकले साउन महिनाको अवसर पारी नेपाली नारीहरुलाई लक्षित गर्दै हिन्दु संस्कृतीको जर्गेना गर्ने प्रयास स्वरुप उक्त कार्यक्रम गरेको हो । आइतबारबाट शुरु भएको उक्त कार्यक्रम बैंकका विभिन्न ६ वटा शाखाहरुमार्फत साताभरि नै सञ्चालन हुने छ । बैंकले सो कार्यक्रम राजधानी भित्रका बसुन्धारा, महाराजगञ्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा पालैपालो गर्नेछ । यस कार्यक्रममा इच्छुक महिला ग्राहकहरुले आफुलाई पायक पर्ने शाखामा गई निःशुल्क रुपमा आर्कषक मेहेन्दी लगाउन सक्नेछन् । बैंकले साउन १३ गते बसुन्धारा शाखामा मेहेन्दी कार्यक्रम सम्पन्न गरेको छ । साथै, बैंकले क्रमश: महाराजगन्ज, बानेश्वर, कुमारीपाटी, सातदोबाटो, तथा दरबारमार्ग शाखाहरुमा साउन १४ देखि साउन १८ सम्म सो कार्यक्रम सञ्चालनमा ल्याउने छ ।

लक्ष्मी बैंकको नयाँ शाखा ललितपुरको सानेपामा

काठमाडौं । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा ललितपुरको सानेपामा ९५औँ शाखा विस्तार गरेको छ । यो शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु तथा विशेषगरी कृषि व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ । यस नयाँ शाखाको साथ लक्ष्मी बैंकको ९५ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०५ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ५१ शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । यी शाखाहरुका साथ बैंकले आफ्नो सेवाअझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

सिटिजन्स बैंकको प्रवक्तामा उमंग शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रवक्तामा उमंग शर्मालाई नियुक्त गरेको छ । करिव १७ वर्ष अघि नविल बैंक नेपालबाट करियर थालेकी शर्मा बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित छिन् । बैंकको स्थापनाकाल देखिनै कार्यरत शर्माले यस दौरानमा कर्जा विभाग अन्तर्गत उपभोक्ता बैकिंग यूनिट, संस्थागत कर्जा, एस एम ई जस्ता क्षेत्रमा उलेख्य काम गरिसकेकी छिन् । हाल उनी अन्तर्गत सामान्य सेवा विभाग, मानव संसाधन विभाग र कर्पोरेट कम्युनिकेशन विभाग रहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंकिङ क्षेत्रमा अनुभवी शर्माले बैंकलाई नयाँ उचाइँमा लैजाने विश्वास व्यक्त गरेका छन् ।