नेपालको पूर्वाधार विकासमा थप सहयोग गर्न तयार छौः जापान

<p>काठमाडौं । जापानी राजदुत मासामिचि साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताएका छन् । सोमबार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच भएको भेटमा उनले सो कुरा बताएका हुन् । राजदुत साइगोले नेपालको पुर्वाधार विकास र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी [&hellip;]</p>

काठमाडौं । जापानी राजदुत मासामिचि साइगोले आफ्नो कार्यकालमा नेपालसँगको सम्बन्धलाई थप मजवुद बनाउन पहल गर्ने बताएका छन् । सोमबार सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई र नेपालका लागि जापानी राजदुत मासामिचि साइगोबीच भएको भेटमा उनले सो कुरा बताएका हुन् ।

राजदुत साइगोले नेपालको पुर्वाधार विकास र भूकम्पपछिको पुनर्निर्माणमा जापानले इमान्दारी पुर्वक सहयोग गरेको भन्दै शहरी बिकास मन्त्रालयसँग समन्वय गरी आगामी दिनमा दिगो पुनर्निर्माण र पुर्वाधार बिकासमा थप सहयोग बिस्तार गर्ने बताएका छन् ।

भेटमा मन्त्री राईले नवनियुक्त राजदुतका रुपमा नेपाल आएकोमा बधाई दिदै उनको कार्यकालमा आफ्नो मन्त्रालयसँग सम्बन्धित कार्यमा जापानको सहयोग अपरिहार्य हुने बताएका छन् । उनले जापान सरकारले नेपालको आर्थिक, सामाजिक र मानवीय बिकासमा पु¥याएको योगदानको नेपाल सरकारले उच्च मुल्याङकन गरेको बताए ।

साथै, मन्त्री राईले काठमाडौ उपत्यकाको सडक सञ्जालको गुरुयोजना निर्माणमा जापानको सहयोगको उच्च मुल्याङकन गर्नुपर्ने बताए । भूकम्पपछिको पुनर्निर्माणमा जापानले खेलेको भूमिका अन्यन्तै महत्वपुर्ण रहेको भन्दै मन्त्री राईले आगामी दिनमा थप समन्वय गर्दै अघि बढ्न सरकार तयार रहेको बताएका छन् ।

Share News