विकासन्युज

‘पुँजीको सुरक्षा र नाफामा स्वतन्त्रता’ प्रचण्डको प्रतिवद्धता, देशभरको व्यवसायी भने ‘व्याज र कर’ धान्न सकिएन

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राष्ट्रिय पुँजीको सुरक्षा र नाफा कमाउने स्वतन्त्रता नभएसम्म मुलक समृद्ध बन्न नसक्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ–जिल्ला नगर उद्योग वाणिज्य संघहरूको राष्ट्रिय भेलालाई मंगलबार वीरगंजमा सम्बोधन गर्दै उनले निजी क्षेत्रलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिएका छन् । व्यवसायीहरूको धारणा सुनिसकेपछि समुद्घाटन कार्यक्रमलाई संवोधन गर्नुहुंदै ‘नाफा कमाउने स्वतन्त्रता, र उत्पादन गर्ने स्वतन्त्रता नहुन्जेल समृद्धि हासिल नहुने’ बताएको महासंघले जनाएको छ । ‘राष्ट्रिय पू“जीको सुरक्षा सहित मुलुकको समृद्धिका लागि निजी क्षेत्रस“ग सहकार्य अपरिहार्य रहेको छ । मुलुकमा राम्रो वातावरण भएमा मात्र स्वदेशी विदशी लगानी आउँछ’ प्रचण्डले भनेका छन् । पूर्व प्रधानमन्त्री प्रचण्डले सरल व्याजदरमा ऋण पाउनु पर्ने, नविकरण सरल गरिनुपर्ने, कर प्रणाली सहज बनाउनुपर्ने व्यवसायीहरूको माग जायज रहेको बताउदै यसमा आफ्ना तर्फबाट पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । ६३ वटा जिल्ला नगर उद्योग वाणिज्य संघहरूबाट करिव ३ सय जना उद्यमी व्यवसायीहरूको वृहद सहभागिता रहेको उक्त सम्मेलनमा सहभागी उद्यमी व्यवसायीहरूले प्रचण्ड समक्ष मुलुकभित्र उद्योग व्यवसाय गर्ने वातावारण बनाई दिन आग्रह गरे । स्थानीय, प्रादेशिक तथा संघीय गरी तीनै तहको सरकार क्रियाशिल रहेको अहिलेको अवस्थामा व्यवसाय गर्ने वातावरण सहज हुनुपर्नेमा झनै कठिन बन्दै गएको गुनासो उनीहरूले गरे । स्थायी सरकार हु“दाहु“दै व्यबसाय क्षेत्रमा झनै चुनौतीहरू थपिंदै गएको, व्यबसायिक वातावरण वातावरण बनाउने तर्फ तीनै तहको सरकार क्रियाशिल नदेखिएका, व्यवसायीहरूलाई करको भार थोपर्दै गएको, सहज वातावरणको सट्टा देशैभर व्यवसायीहरू समस्याबाट गुज्रिरहेका, बैंकहरूले मनलाग्दी व्याजर बढाएका, फर्म दर्ता नविकरणमा समस्या झेल्नु परेको गुनासो सहभागी उद्यमी व्यवसायीहरूको थियो । स्थानीय र प्रदेश सरकारबाट उठाउने करबाट उद्योग वाणिज्य क्षेत्रमा ठूलो असर परेकाले स्थानीय, प्रदेश सरकार र स्थानीय उद्योग वाणिज्य संघहरू बीच समन्वय गरी कर निर्धारणमा सहज वातावरण बनाउनु पर्न सुझाव सहभागी उद्यमी व्यवसायीहरुको थियो । उद्योग स्थापना गर्ने प्रक्रिया झंझटिलो रहेको हुंदा बिभिन्न निकायबाट लिनु पर्ने सिफारिश लगायतको कार्य एकै ठाउ“बाट गर्नको लागि छुटृै कार्यालय स्थापना गर्नु पर्ने, संघीय, प्रदेश र स्थानीय सरकारले अनिवार्य रुपमा स्वदेशी उत्पादनहरूको प्रयोग गर्ने व्यबस्था हुनु पर्ने, बजार अनुगमन स्थानीय उद्योग वाणिज्य संघहरूको प्रतिनिधिको रोहवरमा मात्र कार्यविधी बनाई गर्ने व्यबस्था गर्नु पर्ने बताए । एक्जीम कोड सम्बन्धमा साना व्यबसायीहरूलाई भंसार कार्यालयहरूमा भारतबाट सामान आयात गर्दा ३० तीस लाख धरौटी राख्नु पर्ने व्यबस्था भएको हुंदा समस्या सृजना भएकोले सो व्यबस्था हटाउनु पर्ने व्यवसायीको माग छ । स्थानीय उद्योग वाणिज्य संघहरूको सिफारिशमा फर्म दर्ता तथा नविकरण गर्ने व्यवस्था नभएको हुंदा तथ्याङक संकलन गर्न अप्ठेरो परेकोले स्थानीय उद्योग वाणिज्य संघहरूको सिफारिशमा मात्र फर्म दर्ता तथा नविकरण गर्ने व्यबस्था गर्नु पर्ने, देशमा व्याप्त सबै प्रकारको सिण्डिकेटको अन्त्य हुनु पर्ने सुझाव उनीहरूको थियो । कार्यक्रमका अतिथि एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले मुलुकभित्र सुशासन र वेथितिको अन्त्य गर्न वर्तमान सरकार लागीरहेको बताए । फर्म दर्ता नविकरणको लागि थप तीन महिनाको समय दिने सोंच सरकारको रहेको स्पष्ट पार्दै एकद्वार प्रणालीलाई कार्यान्वयनमा लैजाने बताए । महासंघका अध्यक्ष भवानी राणाले इतिहासकै शक्तिशाली सरकार आएको ८ महिनासम्म पनि उद्योगी व्यवसायीले यसको अनुभव गर्न नसकेको गुनासो गरिन् । महासघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष किशोर कुमार प्रधान, उमेशलाल श्रेष्ठ, चन्द्र प्रसाद ढकालले कर दर वृद्धिको विरोधमा वीरगंजका व्यवसायीहरुले गरेको आन्दोलनको सराहना गर्दै काला बजारी ऐन लगायतका ऐनहरू संशोधन हुनुपर्ने, बैकिङ व्याजदरमा सुधार हुनुपर्ने, बजार अनुगमनलाई थप व्यवस्थितर र मर्यादित बनाउनु पर्ने, करदातालाई सम्मान हुनुपर्नेमा जोड दिए । बीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले वीरगंजको मितेरी पुल पुुनरनिर्माण हुनुपर्ने, निर्यातमा सुहलियतको विधि स्पष्ट हुनु पर्ने, औद्योगिक करिडरसम्म भारी बोकेर आउने ४०० मे.ट.सम्मको कन्टेनर अमलेखगंजसम्म आउन सक्ने पूर्वाधार निर्माण तथा स्थानीय निकायहरुले व्यवसाय मैत्री वातावरण बनाउनु पर्ने लगायतका सुझाव दिएका छन् ।

असोजदेखि प्रमाणपत्र धितो राखेर ऋण दिने कार्यबिधि तयारी अन्तिम चरणमा, महिलालाई १५ लाख र दलितलाई १० लाख

काठमाडौं । सरकारले असोज महिनाबाट शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ । सरकारले चालु आर्थिक बर्षको बजेटमा शैक्षिक प्रमाणपत्र धितोमा राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाख रूपैयाँसम्म ऋण दिने व्यवस्था गरेको थियो । त्यस्तै, महिलाहरुको उद्यमशिलता विकासका लागि शिप सिकाएर सामुहिक जमानीमा ६ प्रतिशत ब्याज अनुदान दिएर १५ लाख रूपैयाँसम्म ऋण दिने कार्यक्रम पनि असोज महिनादेखि नै कार्यान्वयनमा आउँदैछ । यस्तै दलितहरूकाे उत्थानका तथा सामुहिक उत्पादन प्रणालीमा सहभागीता गराउन ५ प्रतिशत ब्याज अनुदानमा सामुहिक जमानी मार्फत उपलब्ध गराउने भनिएको १० लाख रूपैयाँ ऋण पनि असोजबाटै कार्यान्वयनमा आउँदैछ । अर्थमन्त्रालयले यी सबै कार्यक्रमहरु सञ्चालनको कार्यबिधि तयारी अन्तिम चरणमा पुर्याएको छ । ‘उद्यमशिलता प्रवद्र्धन मार्फत स्वरोजगार नागरिक निर्माणका लागि ब्याज अनुदान मार्फत अघि सारिएका कार्यक्रमहरु सञ्चालन सम्बन्धी कार्यबिधि अन्तिम चरणमा पुगेका छन्, असोज महिनाबाट कार्यान्वयन हुनेछ’, अर्थ मन्त्रालयकी प्रवक्ता चन्द्रकला पौडेलले विकास न्युजसँग भनिन् । हाल मन्त्रालयका वित्तिय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुख उत्तरकुमार खत्रीको नेतृत्वमा यी कार्यक्रमहरु कार्यान्वयनको कार्यबिधि बनिरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले असोज महिनादेखि स्वरोजगार प्रवद्र्धनका लागि ब्याज अनुदानमा अघि सारिएका कार्यक्रम कार्यान्वयन गर्ने योजना बनाएका छन् । सरकारले उपलब्ध गराउने ब्याज अनुदानका सबै कार्यक्रम मार्फत दिईने ऋणको अनिवार्य कर्जा सुरक्षण गरिएको हुनेछ । त्यस्तै बीमा कम्पनीहरु मार्फत परियोजनाहरुको बीमा हुनेछ । ‘कर्जाको सुरक्षण र परियोजनाको बीमा गरिनेछ, अनुगमनका लागि पनि बलियो संरचना तयार हुन्छ’, प्रवक्ता पौडेलले भनिन् । कति अध्ययन गरेकाहरुलाई ऋण दिने, कति दिने, अनुगमन कसरी गर्न भन्नेबारे खत्री नेतृत्वको समितिले राष्ट्र बैंक, निक्षेप तथा कर्जा सुरक्षण कोष र बीमा समितिसँग आवश्यक सल्लाह लिईरहेको छ । पहिलो चरणमा कति जनालाई, कहाँ कहाँबाट ऋण दिने भन्नेबारे पनि खत्री नेतृत्वको समितिले कार्यबिधिमा उल्लेख गर्नेछ ।

रेनोकोे एक्सचेन्ज कार्निभल मेला शुरु, ३ लाख रुपैयाँ बोनसका साथै आकर्षक अफरहरू

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा लि (विशाल समूहको सहायक कम्पनी)ले रेनो क्याप्चर कार्निभल मेला शुरु गरेको छ । रेनोले नेपालभरी यही साउन २२ गतेदेखि साउन २९ गतेसम्म उक्त मेलाको आयोजना गरेको हो । यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् । उक्त मेलामा रेनोको क्याप्चर, क्विड, डस्टर र लजी मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । यस अभियानले ग्राहकलाई ३ लाख रुपैयाँ बराबरसम्मको एक्स्चेन्ज बोनस अफर, २ बर्षसम्मको लागी फ्री सर्भिसिङ्ग, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, स्पट फाइनान्सको सुबिधा, तुरुन्त मुल्यांकन र एक्सचेन्ज जस्ता आकर्षक सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रतेक टेस्ट ड्राईभ गरेर आकर्षक उपहार जित्न नि सक्नेछन् । मेलाले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिनुका साथै उत्कृष्ट ड्राइभिङको आनन्द प्रदान गर्ने बारेमा जानकारी प्रदान गर्नेछ ।

नेपाल एग्रो माइक्रोफाइनान्सको बिक्री प्रवन्धकमा एसबिआई मर्चेण्ट, एक करोड ४४ लाखको आईपीओ जारी गर्दै

काठमाडौं । नेपाल एग्रो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले धितोपत्र निश्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरेको छ । संस्थाले एक करोड ४४ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)का लागि आफ्नो बिक्री प्रबन्धकमा एसबिआई मर्चेण्टलाई नियुक्त गरेको हो । बिक्री प्रबन्ध नियुक्ती सम्बन्धी सम्झौता पत्रमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र नेपाल एग्रो माइक्रोफाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तेजेन्द्र शर्मा लम्सालले हस्ताक्षर गरेका छन् । संस्थाले अंकित मूल्य १०० रुपैयाँ दरका १ लाख ४४ हजार कित्ता साधारण सेयरको जारी गर्न लागेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा अभिकर्ता कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दाङ शाखाले अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सम्मान पत्र दिएका छन् । कम्पनीले बीमा सम्बन्धी भईरहेका योजना र आगामी दिनमा ल्याउने योजनाको बारेमा जानकारी गराएको छ । साथै, राष्ट्रिय कलाकार तथा यस कम्पनीका ब्राण्ड एम्बेस्डर एवम् सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले मानिसको मृत्यू अनिश्चित भएको हुनाले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि हरेक व्यक्तिले बीमा गराउनु पर्ने बताएका छन् ।

वातावरण प्रदुषणले भन्दा सुर्तीजन्य पदार्थ सेवनको कारण निधन हुनेको संख्या धेरै: डाक्टर पौडेल

काठमाडौं । बरिष्ठ क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थनै नसर्ने रोगहरुको प्रमुख कारण भएको बताएका छन् । मंगलबार क्यान्सर काउन्सिल नेपालको आयोजना र माछापुच्छ्रे बैंकको सहकार्यमा काठमाडौंको कपनस्थित रिलायन्स पब्लिक स्कुलमा आयोजित जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रममा डाक्टर पौडेलले यस्तो बताएका हुन् । काउन्सिलका अध्यक्ष रुद्रलाल कडरियाको सभापतित्वमा आयोजित कार्यक्रममा उनले भने, ‘नेपालमा प्रत्येक वर्ष वातावरणीय प्रदुषणका कारणले ९ हजार भन्दा बढिको ज्यान गैरहेको छ । र, सुर्तीजन्य पदार्थको उपभोगले गर्दा लाखौं रुपैयाँ बराबरको क्षति भएको छ । सुर्तीजन्य पदार्थको सेवनका कारण तीसौं हजार मानिसले अकालमै ज्यान गुमाएका छन् । यसरी हेर्दा वातावरण प्रदुषणका कारणभन्दा सुर्तीजन्य पदार्थको सेवनका कारणले निधन हुनेको संख्या अत्यधिक देखिएको छ । यो डरलाग्दो तथ्यांक हो । हामी सबै सचेत हुनुपर्छ।’ त्यस्तै काउन्सिलका अध्यक्ष कडरियाले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयीस्तरबाट नै बालबालिकाहरुलाई सचेत गराउनुपर्नेमा जोड दिए । उनले थपे, ‘हामीले सुर्तीजन्य पदार्थको सेवनको रोकथामको लागि विद्यालयस्तरीयबाटै नै सचेतना अभियान सञ्चालन गर्नुपर्छ । आजका बालबालिकाहरु भनेको भविष्यका कर्णधार हुन् ।’ कार्यक्रममा माछापुच्छ्रे बैंक प्रदेश नम्बर ३ की जनसम्पर्क उप-व्यवस्थापक सुधा शर्माले पनि सुर्तीजन्य पदार्थको रोकथामको लागि काउन्सिलले खेलेको भूमिकाको प्रशंशा गरेकी थिईन् । उनले मुलुक समृद्धिको लागि सबैले आ–आफ्नो ठाउँबाट योगदान पुर्याउनुपर्नेमा जोड दिईन् । शर्माले बालबालिकाहरुलाई सानै उमेरदेखि वचत गर्ने बानिको विकास गर्न आग्रह गर्दै वित्तिय साक्षात्कारबारे पनि प्रकाश पारेकी थिईन् । उनले भनिन्, ‘बालिकालिकाहरुलाई फजुल खर्च गर्नबाट अभिभावले रोक्नुपर्छ । यसको लागि उनीहरुलाई सानैदेखि वचत गर्ने बानीको विकास गराउनुपर्छ । यसो भयो भने उनीहरु कुलतमा फस्दैनन् ।’

माधव नेपाललाई भेटे जापानी राजदुतले, के के भयो कुरा ?

काठमाडौं । नेपालका लागि जापानका नवनियुक्त राजदूत मासामिचि साइगोले पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नेता नेपालको नीजि निवास कोटेश्वरमा नवनियुक्त राजदुत मासामिचि साइगोले पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता नेपालसँग भेट गरेका हुन् । भेटमा दुई देशको सम्बन्ध र विकासमा साँझेदारीबारे छलफल भएको थियो । बरिष्ठ नेता नेपालले मासामिचि साइगोको कार्यकालमा दुई देशबिचको सम्बन्ध अझै मजबुत हुने, नेपालको विकासमा जापानको सहयोग बढ्ने विश्वास व्यक्त गरेका थिए । राजदूत साइगोले पनि नेपालको विकास र स्थायीत्वमा जापानले सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।

एनआईसी एशिया बैंककोे शाखारहित बैंकिङ्ग सेवा तनहुँको जामुुनेमा

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले तनहुँ जिल्लाको जामुने बजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यो बैंकको १६औँ शाखारहित बैंकिङ्ग सेवा हो । उक्त बैंकिङ्ग सेवाको उद्घाटन तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका उपाध्यक्ष सुक नारायण मल्लले गरेका हुन् । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा बैंकले रोविन श्रेष्ठलाई नियुक्त गरेको छ । हाल बैंकले २३५ शाखा कार्यालयहरु, २२४ एटिएम, १४ वटा एक्स्टेन्सन काउण्टर एवं १६ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।